Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for November, 2010

Kapilvastu Day Movement Spain Committee Poster

Posted by Ram Kumar Shrestha on November 30, 2010

Advertisements

Posted in बिबिध | Leave a Comment »

संचारकर्मी र कलमकर्मीहरुद्धारा प्रसंशनीय कार्यको शुरुवात

Posted by Ram Kumar Shrestha on November 30, 2010

(अप्रिल २०१० मा पोस्टिङ् गरिएको यो सामग्री केही अपडेटका साथ दोश्रो कपिलबस्तु दिवसको अबसरमा पुन: पोस्टिङ् गरिएको छ – यस्ले केही थप  पत्रकारहरुलाई पनि यसो गर्न अभिप्रेरित गर्न सक्छ कि भन्ने बिस्वासका साथ । यो अभियानमा हातेमालो गर्दा कसैले पनि गुमाउनुभन्दा पाउनेछन, हीनताबोधभन्दा गौरब गर्न सक्नेछन, जिब्रो चपाउनुभन्दा खुलस्त बोल्न सक्ने छन ।)

हामी नेपाली भनेर त्यस बेलासम्म भन्न पाउनेछौं जुन बेलासम्म नेपाल एउटा स्वाभिमान देशको रुपमा रहिरहन्छ । नेपालको अस्तित्व समाप्त भएको खण्डमा हामी नेपाली भन्ने अबसरबाट बन्चित हुनेछौं । कुनै पनि देशको सरकारको एउटा प्रमुख कार्य भनेकै राष्ट्रियताको संरक्षण गर्नु र देशभित्र शान्ति अमन चयन कायम गर्नु हो । संक्रमण काल भएको कारण शान्ति सुरक्षाको सवालमा लचकता देखाउन सकिन्छ सरकारद्धारा  उद्धेस्य प्राप्त गर्न नसकेको खण्डमा, तर राष्ट्रियताको सवालमा सबैभन्दा पहिला सरकार बोल्नै पर्ने हुन्छ । यो सर्ब मान्य कुरा हो जुनसुकै देशको लागि पनि, तर वारंवार सीमा अतिक्रमणका घटनाहरु भएका छन; सीमा क्षेत्रमा वलात्कार लगायतका अनगिन्ति आमानवीय घटनाहरु भएका छन; वारंवार हतियार सहित भारतीय प्रहरीहरु नेपाल छिरेका छन; बिना अनुमति भारतीय लडाकु विमान नेपाली भूभागमा उडेका छन; भारतीय सेनापतिले नेपाली शान्ति प्रकृयामा अवरोध पुग्ने किसिमका गंभीर आपत्तिजनक कुरा उठाएका छन; अमेरिकाबाट प्रकाशित हुने न्यूजवीक साप्ताहिकका सम्पादक, अन्तराष्ट्रिय गतिविधिका नियमित लेखक तथा अमेरिकी टेलिभिजन च्यानल सीएनएनका संचालक फरिद जकरियाले आफ्नो पछिल्लो पुस्तक अमेरिका पछिको विश्व  (The Post American World) को १५४ पृष्ठको अन्तिम प्याराग्राफमा “बुद्ध भारतीय थिए र बुद्धिज्म भारतमा पत्ता लगाइएको थियो” भनी उल्लेख गरेका छन(यसबारेको समाचार हेर्न यहाँ क्लिक गर्नुहोस) र हालसालै भारतले सगरमाथा पनि भारतमा नै पर्छ भन्ने अभियान शुरु गरेको छ, भारतले  करोडौं रुपयाँ खर्च गरेरनक्कली कपिलबस्तु २०१२ मा सकाउने गरी अधिकांश कार्य सकाउन लागिसक्यो, गुगलमा बुद्धको जन्मस्थल खोज्दा भारत देखाउँथ्यो, PBS जस्तो ठूलो कंपनीले “The Buddha” भिडिओ सार्वजनिक गर्‍यो हाम्रो थुप्रै बिरोधका बाबजुद बुद्धलाई उही भारतीय परिचय दिंदै, तर सरकार आँफै यस्ता संबेदनशील बिषयहरुमा बोल्न पर्नेमा जन दबाब, संचारकर्मी र कलमकर्मीहरुको दबाबका बाबजूद पनि सुने नसुने झैं, थाहै नपाए झै गरी बसेको देखिनु आस्चर्यको कुरा हो । यस्ता कुरामा सरकार आँफै अग्रसर हुँदा समस्या समाधानका संभाबना जति सहज हुन्छ त्यत्ति सहज अरुले गर्दा हुन सक्तैन । र पनि नेपाली जनता आ-आफ्नै किसिमले आफ्नो राष्ट्रियताको संरक्षणको लागि जतिसुकै समस्या सामना गर्न परे पनि संघर्षरत देखिन्छन । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

शुभ-कामना तिमिलाई

Posted by Ram Kumar Shrestha on November 30, 2010

By सन्तोष न्यौपाने,
कपिलबस्तु दिवस अभियान बेल्जियम संयोजक

शुभकामना छ कपिलवस्तु दिवस तिमिलाई
दोश्रो वर्ष प्रवेश गरेको अवसरमा
छोटो समयमा धेरैलाई समेटन सकेकोमा
बुद्धलाई चिनाउन अगाडि बढेकोमा

आइ पर्ने बाधा ब्यवधान
सहज रुपमा पार होस
समस्या होइन रहोस समाधान
अभियानले रचोस इतिहास

साथ म सदा दिनेछु
मेरो अन्तिम सास रहेसम्म
बुद्ध मेरै देश नेपालकै हुन
यो विश्व रहेसम्म

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

कपिलबस्तु दिवस: दोस्रो कपिलबस्तु दिवसको लागि पोस्टिङ् गर्न उपयुक्त केही सामग्रीहरु

Posted by Ram Kumar Shrestha on November 30, 2010

गत बर्षदेखि कपिलबस्तु दिवस मनाउन शुरु गरिएको छ बिस्व दिवसको रुपमा १ डिसेम्बरलाई  । छोटो समयमा नै कपिलबस्तु दिवसले आफ्नै किसिमले गति लिएको छ । आ-आफ्नै किसिमको ब्यस्त जीवनका बाबजुद बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले आ-आफ्नो अनुकूलतानुरुप १ डिसेम्बरको केही दिन अघि पछि कपिलबस्तु दिवस मनाउने गरिएको छ । अन लाइनमा भने सबैले १ डिसेम्बरमा नै सहभागिता जनाउने गरिएको छ । सबैको सुबिधालाई ध्यानमा राखेर केही उपयुक्त सामग्रीका लिंकहरु यहाँ राखिएका छन र यस्ले अबस्य पनि यहाँहरुको समय जोगाउन मद्धत पुर्याउने नै छ । आशा छ २४ घण्टामा केही मिनेट दिएर र अरुहरुलाई पनि त्यसो गर्न प्रोत्साहित गरेर एउटा नागरिकीय जिम्मेवारी यहाँहरु सबैले पुरा गर्नु हुनेछ ।

दोस्रो कपिलबस्तु दिवसको लागि पोस्टिङ् गर्न उपयुक्त केही सामग्रीहरु

Posted in बिबिध | Leave a Comment »

भिक्ष् सोभित स्थविज्यूको २९औं प्रबज्या कार्यक्रमको अवसरमा बौद्ध विद्वान र व्यक्तित्वहरु सम्मानित तथा डा। कविताराम श्रेष्ठको अनुसन्धानात्मक कृति महाभिनिष्क्रमणका अस्वीकृत पाइला विमोचित

Posted by rajshrestha2002 on November 30, 2010

काठमाडौ Mangsir १३ । भिक्ष् सोभित स्थविरज्यूको २९ औं प्रवज्या दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बौद्ध धर्म प्रचारमा उल्लेखनीय योगदान दिनुहुने बौद्ध विद्वान र व्यक्तित्वहरुलाई सम्मान तथा अभिनन्दन गरिएको छ । धर्म विजय पवनम गण महाविहार गणवहालको आयोजनामा गरिएको उक्त कार्यक्रममा वरिष्ठ भिक्ष् कुमार काश्यप महास्थविर र भिक्ष् अश्वघोष महास्थविरको समुपस्थिति रहेको थियो । यसै गरी नेपालका लागि श्रीलंकाका राजदूत श्री थोसापाला हेवागे आपुना धर्मपत्नीका साथ उपस्थित हुनुहुन्थ्यो । यस अवसरमा अनागारिका धम्मदिन्ना र भिक्ष् धम्मशोभनलाई बौद्ध धर्म प्रचारमा उहाँहरुका योगदानलाई कदर गर्दै भिक्ष् सोभित स्थविरज्यूबाट उहाँहरु अभिनन्दित हुनु भयो । यसै गरी आआपुनो क्षेत्रबाट विशिष्ट योगदान गर्नु हुने बौद्ध विद्वान तथा व्यक्तित्वहरु श्री बखतबहादुर चित्रकार श्री हर्षमुनि शाक्य श्री केदार शाक्य श्री प्रेमलाल चित्रकार श्री घनश्याम राजकर्णिकार र श्री केशरी बज्राचार्य सम्मानित हुनुभएको छ । सम्मानि हुनु हुने व्यक्तित्व श्री केदार शाक्य कपिलवस्तु दिवस अभियानका सार्क क्षेत्रका सल्लाहकार हुनुहुन्छ ।

सोही कार्यक्रममा कपिलवस्तु दिवस अभियान विश्व समिति र विवेक सीर्जनशील प्रकाशन प्रा।लि। प्रकाशक रहेको पुस्तक महाभिनिष्क्रमणका अस्वीकृत पाइला भिक्ष् त्रय भिक्ष् सोभित स्थविर भिक्ष् कुमारकाश्यप महास्थविर र भिक्ष् अश्वघोष महास्थविरज्यूले विमोचन गर्नुभयो । उक्त पुस्तकका लेखक डा। कविताराम श्रेष्ठ यस अभियानका सल्लाहकार हुनुहुन्छ भने उहाँको प्रस्तुत पुस्तक बुद्ध जीवनीमा आधारित अनुसन्धनात्मक उपन्यास भएको हुँदा धेरैको आकर्षणको केन्द्र रहेको छ । कार्यक्रममा अभियानको तर्पुबाट श्री लक्ष्मी िसंखडा अमेरिका संयोजक श्री राज श्रेष्ठ सार्क संयोजक श्री लक्ष्मण पुरी नेपाल संयोजक र श्री विजयराज आचार्य सहप्रकाशकको तर्पुबाट को उपस्थिति थियो ।

Posted in Uncategorized | Leave a Comment »

कपिलबस्तु दिवस: यूकेमा दोस्रो कपिलबस्तु दिवस संपन्न

Posted by Ram Kumar Shrestha on November 28, 2010

सो एशिया रेस्टुरेन्ट, स्लाउ, लण्डन २७ नोभेम्बर :
जहाँ छन बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर
प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता
झल्किन्छ ममता मेरो भाव गंगा जताजता
……………………………………………
एउटा भेलामा अनायास यो गीत गुन्जन थाल्छ मीठो महिला स्वरमा र उपस्थित सबै अनपेक्षित तवरबाट अनायाश गाइएको मीठो गीतले पहिला आस्चर्य चकित र त्यसपछि मन्त्रमुग्ध हुन्छन, तर यो कुनै गीति कार्यक्रम भने थिएन । यो त थियो वेलायतमा दोस्रो कपिलबस्तु दिवस कार्यक्रम मनाउन शुरु गर्न भूमिकाको रुपमा शिक्षिका, गायिका र लेखिकाको रुपमा चिनिनु भएकी कार्यक्रम उदघोषिका सोफिया थापाले गाउनु भएको गीत ।
कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूत डा सुरेश चन्द्र चालिसेले ईतिहास तोडने मोडने प्रब्रिति पुरानो भएको र बलियाले त्यस्लाई आफ्नो पक्षमा पार्ने परंपराकै परिणति बर्तमान लुम्बिनीको प्रश्न रहेको बताउनु हुँदै यो अभियान यस्को धरोहर भएको बताउनु भयो । र साधन, श्रोत र आफ्नो शक्तिले भ्याएसम्म यो अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । आफू प्रधानमन्त्रीको सल्लाहकार रहेको बेलामा श्रीलंकाको रास्ट्रपति राजपक्ष नेपाल भ्रमणमा आउनु हुँदा सबभन्दा पहिला लुम्बिनीको भ्रमण गरेपछि मात्र अन्य कुरा गर्ने कुरा बताउनुले उनीहरुको बुद्धप्रतिको अगाध आस्था प्रतिबिम्बित गर्ने बताउनु भयो । उहाँले लुम्बिनीलाई अन्तरास्ट्रिय सांस्कृतिक डेस्टिनी बनाइनु पर्ने कुरामा जोड दिंदै रामदेव लण्डन आएको बेलामा उन्लाई भेटदा आफूलाई सबैको सामू बुद्धको देशको मान्छे भनी चिनाएको प्रसंग जोडनु भयो । अन्तरास्ट्रिय जनमतलाई आफ्नो पक्षमा पार्न दलाई लामा जस्ता ब्यक्तित्वलाई लुम्बिनी नेपालको हो भन्न लगाउने मात्र हो भने पनि त्यस्ले ठूलो प्रभाब पार्नेतर्फ पनि ध्यान दिइनुपर्ने बताउनु हुँदै सकेसम्म त्यसतर्फ पनि केही गर्न सल्लाह दिनु भयो । यसरी बिदेशमा नेपालीहरु देशप्रति अत्यन्तै सचेत र चिन्तित भएकोमा आफू गौरवान्वित भएको बताउनु हुँदै निस्वार्थ रुपमा देशको ईतिहास सुरक्षित गर्न लागि पर्नेहरु प्रसंशाका पात्र भएको बताउनु भयो ।

Posted in समाचार | Leave a Comment »

कपिलबस्तु दिवस: यूकेमा दोस्रो कपिलबस्तु दिवस संपन्न

Posted by Ram Kumar Shrestha on November 28, 2010

सो एशिया रेस्टुरेन्ट, स्लाउ, लण्डन २७ नोभेम्बर :
जहाँ छन बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर
प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता
झल्किन्छ ममता मेरो भाव गंगा जताजता
……………………………………………
एउटा भेलामा अनायास यो गीत गुन्जन थाल्छ मीठो महिला स्वरमा र उपस्थित सबै अनपेक्षित तवरबाट अनायाश गाइएको मीठो गीतले पहिला आस्चर्य चकित र त्यसपछि मन्त्रमुग्ध हुन्छन, तर यो कुनै गीति कार्यक्रम भने थिएन । यो त थियो वेलायतमा दोस्रो कपिलबस्तु दिवस कार्यक्रम मनाउन शुरु गर्न भूमिकाको रुपमा शिक्षिका, गायिका र लेखिकाको रुपमा चिनिनु भएकी कार्यक्रम उदघोषिका सोफिया थापाले गाउनु भएको गीत ।
कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूत डा सुरेश चन्द्र चालिसेले ईतिहास तोडने मोडने प्रब्रिति पुरानो भएको र बलियाले त्यस्लाई आफ्नो पक्षमा पार्ने परंपराकै परिणति बर्तमान लुम्बिनीको प्रश्न रहेको बताउनु हुँदै यो अभियान यस्को धरोहर भएको बताउनु भयो । र साधन, श्रोत र आफ्नो शक्तिले भ्याएसम्म यो अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । आफू प्रधानमन्त्रीको सल्लाहकार रहेको बेलामा श्रीलंकाको रास्ट्रपति राजपक्ष नेपाल भ्रमणमा आउनु हुँदा सबभन्दा पहिला लुम्बिनीको भ्रमण गरेपछि मात्र अन्य कुरा गर्ने कुरा बताउनुले उनीहरुको बुद्धप्रतिको अगाध आस्था प्रतिबिम्बित गर्ने बताउनु भयो । उहाँले लुम्बिनीलाई अन्तरास्ट्रिय सांस्कृतिक डेस्टिनी बनाइनु पर्ने कुरामा जोड दिंदै रामदेव लण्डन आएको बेलामा उन्लाई भेटदा आफूलाई सबैको सामू बुद्धको देशको मान्छे भनी चिनाएको प्रसंग जोडनु भयो । अन्तरास्ट्रिय जनमतलाई आफ्नो पक्षमा पार्न दलाई लामा जस्ता ब्यक्तित्वलाई लुम्बिनी नेपालको हो भन्न लगाउने मात्र हो भने पनि त्यस्ले ठूलो प्रभाब पार्नेतर्फ पनि ध्यान दिइनुपर्ने बताउनु हुँदै सकेसम्म त्यसतर्फ पनि केही गर्न सल्लाह दिनु भयो । यसरी बिदेशमा नेपालीहरु देशप्रति अत्यन्तै सचेत र चिन्तित भएकोमा आफू गौरवान्वित भएको बताउनु हुँदै निस्वार्थ रुपमा देशको ईतिहास सुरक्षित गर्न लागि पर्नेहरु प्रसंशाका पात्र भएको बताउनु भयो ।

Posted in समाचार | Leave a Comment »

Kapilavastu Day Movement National Committee formed in New Zealand

Posted by Ram Kumar Shrestha on November 25, 2010

Kapilavastu Day Movement National Committee formed in New Zealand. After Global Committee of the Movement,New Zealand is the fifth country to form National Committee. Spain was the first, Belgium the second, UK the third and Canada the fourth to form National Committee and many countries are preparing to form their National Committees. Here is the full text of the mail sent by Baburaja Maharjan, the Regional Coordinator to look after Australia, New Zealand and surrounding countries,  from New Zealand:

It’s my pleasure to inform all of you that Kapilvastu  Day Movement, New Zealand National Committee is formed to preserve and protect one of the world’s renowned heritage – Kapilvastu, Lumbini; birthplace of Lord Gautam Buddha. This committee will encourage all concerned people and organizations to contribute raising awareness on people against misleading information regarding the birthplace of Buddha.

Why do we need this movement?

  1. India is constantly and vigorously trying to establish newly built copy of Kapilvastu as original birthplace of Lord Gautam Buddha
  2. India has already engaged in propaganda warfare using world’s largest film making industry, Bollywood. Movie “Chandani Chowk to China” is just an example Read the rest of this entry »

Posted in News | Tagged: , , , , , , , , | Leave a Comment »

बुद्ध, कपिलवस्तु र बुद्धुहरु

Posted by Ram Kumar Shrestha on November 23, 2010

डा. मधु माधुर्य, कपिलबस्तु दिवस अभियान यूरोप संयोजक 

एउटा घाइते वर्तमान
विवसतासँग असमान सम्झौता गरिहेछ
पृथक चेतनाको ओडारहरुबाट
निस्किरहेकाछन् धेरै मानिसहरु
बुद्ध र बुद्धुहरु

बुद्धहरु संसारलाई दु:खमय देखेर
भीर पाखाहरु जंगल पसिरहेकाछन्
बुद्धुहरु संसारलाई नै जीवन सम्झेर
आफैलाई बिर्सदै बाँचीरहेकाछन्

बुद्ध आफैलाई सोधिरहेछ
म को हुँ
बुद्धु अरुलाई सोधिरहेछ
तँ को होस

Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

Kapilvastu Day Movement National Committee formed in Canada

Posted by Ram Kumar Shrestha on November 23, 2010

Chandra Rai, Canada: Kapilvastu Day Movement National Committee formed in Canada. This is the fourth country to form Kapilvastu Day Movement National Committee. Spain was the first country to form the National Committee. Belgium became the second  and UK the third.

After forming the committee, its first meeting has made  the following decisions:

–Chandra Rai will be coordinating the Kapilvastu Day National committee.

–Kapilvastu Day Movement will be coordinated with NRN Canada.

–Organizing an interaction program to celebrate 2nd Kapilvastu Day, On November 28, Sunday @ 1.00pm—3.00pm at ECC Community Center at 81Gilder Drive, Scarborough, ON, M1K4P7,
Major intersection, East of Midland and Eglinton

–Friends in different province and cities could organize 2nd Kapilvastu Day in different ways according to their local condition. Read the rest of this entry »

Posted in News | Tagged: , | Leave a Comment »

Visit Nepal 2011: Free Visa Buddha Birth Place, World Peace

Posted by Ram Kumar Shrestha on November 22, 2010

Visit Nepal, visit Lumbini – the birth place of Buddha

Read the rest of this entry »

Posted in Visual | 1 Comment »

गजल

Posted by Ram Kumar Shrestha on November 21, 2010

By  उमा सुवेदी

धमिलियो रगतले लुम्बिनीको पानी आज
बुध्द डुल्ने फुलबारीमा युद्धको कहानी आज

डराउँछन् पाइलाहरू सत्मार्गमा लाग्न पनि
दिनदहाडै आँगनीमै लुटिंदैछन् आनी आज

नेपालका मान बुध्द एसियाकै सान बुद्ध
पराइका भयौ अरे बोल्छन् लाज नमानी आज

फेरि अब शान्तिक्षेत्र नेपाल भनी चिनाउने
जन्माउन सके हुन्थ्यो बुध्द जस्तै ज्ञानी आज

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

कपिलवस्तु अभियान र जंगे पिलरहरु

Posted by Ram Kumar Shrestha on November 21, 2010

By शिवजी श्रेष्ठ

करिब १० वर्ष अगाडि लन्डनको म्याडम टुसाद भ्रमण गर्न जाँदा दलाई लामाको मूर्तिमा राखिएको उनको चिनारीमा आँखा टक्क अडियो जहाँ लेखिएको थियो “बुद्धको अनुयायी” । बुद्धलाई कोष्ठभित्र “भारत” भनी उल्लेख गरिएको देखेपछि पंक्तिकारको मन अमिलिएको थियो । त्यतिखेर लाग्यो- नेपालसँग २ सय वर्ष पुरानो ऐतिहासिक सम्बन्ध भएको देशमा त “बुद्ध”; को बारेमा त्यस्तो भ्रम छ भने अन्यत्र के होला  अझ त्यसमा भारतमा कपिलवस्तु निर्माण गर्ने क्रम लगभग समाप्तितिर पुगिरहेको अवस्था छ ।

जब कुनै वस्तु व्यक्ति वा स्थानको आफ्नै किसिमको महत्व हुन्छ तब त्यसमाथि स्वाभाविकरुपमा सबैको ध्यानाकर्षणसँगै हकदाबी पनि सुरु हुन्छ नै । सायद यही भइरहेछ अहिले । जब-जब बुद्ध सिद्धार्थ गौतम को सर्वोपरि महत्व बढ्दै गयो संसारको ध्यानाकर्षण हुँदै गयो । भारतलाई तत्कालीन ऐतिहासिकताको फाइदा लिन इच्छा जाग्यो । भारतको विश्व प्रभावका कारण बुद्ध भारतमा जान्मिएको भन्ने भ्रम फैलाउन ऊ सफल भइरहेको छ । सबैभन्दा अचम्म त के छ भने बुद्धको बारेमा फैलिएको भ्रमको बारेमा बौद्धिक जगत् तथा बुद्धसँग सम्बन्धित संघसंस्थाहरु अस्वाभाविकरुपमा मौन छन् । त्यसमा पनि सरकारी निकायको बेवास्ता त छँदैछ । तेन्जिङ शेर्पा सगरमाथा आरोहण गरिसकेपछि भारतीय नागरिक हुन जानु, आप्पा शेर्पा बीसौं पटक सगरमाथा चढेपछि अमेरीका बस्न जानुपर्ने अवस्था सिर्जना हुनु दुःखलाग्दो विषय हो । त्यसमाथि देश नै राजनीतिकरुपमा नाजुक अवस्थामा छ । यस्तो अवस्थामा नेपालमा जन्मिएका बुद्धको बारेमा सरकारी अन्योल हुनु नौलो विषय होइन पनि ।

Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

China to invest Rs 8b in Lumbini

Posted by worldamity on November 21, 2010

By: Purna Basnet (Republica Daily)

China will invest eight billion rupees to develop Lumbini as an International Buddha Center.

The Chinese private sector will invest in the proposed construction project that will include a 100-meter Buddha statue and some new constructions and renovations.

The Beijing Zhongtai Jinghu Investment Company headed by the former Chinese ambassador to Nepal, Li Debiao, has already been granted permission by the Nepal government for the project.

“This project has been brought to develop Lumbini as the Buddhist Center in the line of Mecca for Muslims and the Vatican City for Christians,” former ambassador Debiao told Republica. “The monks and Chinese Buddhist Association wish to share the message of peace from Nepal by developing Lumbini as the International Buddhist Center,” Debiao added.

Secretary at the Ministry of Culture and State Restructuring Mod Raj Dotel said the project proposes construction of a 100-meter Buddha statue, excavation of the remaining part of the Maya Devi Temple, construction of an international Buddhist Museum and operation of green buses in the Lumbini region.

“The ministry has given permission to move forward the biggest project yet in Lumbini,” Dotel said. “We are awaiting the project design and the go ahead from the Chinese government as the project has private investment,” he added.

Sources claimed the Chinese company and the Lumbini Development Trust are signing a project agreement within a month as the Chinese government has already agreed to it. Nepal coordinator of the project Binod Bahadur Shrestha claimed the construction of the 100-meter Buddha statue alone would cost around four billion rupees even if Nepali sculptors are used.

“Many countries have constructed Buddha temples in Lumbini according to their respective beliefs. This international center is being constructed to embrace all of them,” Shrestha said.

The 100-meter statue, if erected, would become the seventh largest in the world. China, which has 300 million Buddhists, currently has five of the 10 largest Buddha statues in the world.

Posted in Uncategorized | Leave a Comment »

कपिलबस्तु दिवस: कतार कार्यक्रम

Posted by Ram Kumar Shrestha on November 20, 2010

कपिलबस्तु दिवस अभियानका मध्यपूर्व संयोजक हरि नेपालीको उपस्थिति तथा कतार राष्ट्रिय कार्यसमितिका संयोजक श्रीकृष्ण भट्टराईको विशेष सक्रियतामा कतारमा कार्यरत विभिन्न २८ वटाभन्दा बढी संघसंस्थाहरुको दोहाको मुन्ताजा पार्कमा यही अक्टोबर ३० मा बसेको भेलाले व्यापक छलफल र अन्र्तकि्रयापश्चात डिसेम्बर ३ का दिन कपिलबस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कपिलबस्तु दिवस भव्यतापूर्वक सम्पन्न गर्ने निर्णय गरेको छ । जसको लागि भेलाले मान बहादुर साँवा लिम्बुको संयोजकत्वमा कार्यक्रम आयोजनाको लागि मुल समारोह समितिको समेत निर्माण गरेर तयारीको कामलाई तीव्रता दिएको छ । समितिका अन्य सदस्यहरुमा श्रीकृष्ण भट्टराई, कमल रेग्मी, बुद्धिराज अर्याल, भुपराज दवाडी, मुक्तिप्रसाद अधिकारी, तिलविक्रम थेवे, राधाकृष्ण देव, सुन्दर लामा, याकुव इब्राहिम र राम सुयाल रहेका छन् । जसले विभिन्न उपसमितिहरु बनाई कार्यविभाजन सहज र व्यवस्थित बनाउने समेत निर्णय भएको थियो ।

Posted in समाचार | Leave a Comment »

कपिलबस्तु दिवस: वेलायत कार्यक्रमको सूचना

Posted by Ram Kumar Shrestha on November 20, 2010

नेपाललाई बिस्व सामू चिनाउने महत्वपूर्ण आधारहरु हुन सगरमाथा र बुद्ध । तर भारत सरकारले उत्तर प्रदेश राज्यको पिपरहवामा नेपालको कपिलवस्तु सीमा नजिकै नक्कली कपिलवस्तु निर्माण कार्यलाई तीब्र गतिमा अगाडि बढाइरहेको छ सन २०१२ मा संपन्न गर्ने किसिमले । भारतीय पुरातत्वविदहरुको सहयोगमा कपिलवस्तु भन्सार नाका चाकरचौडादेखि तीन किलोमिटर दक्षिणमा प्राचीन कला तथा संस्कृतिको नक्कल गरी नक्कली कपिलवस्तुको बिस्तारलाई भारतले जारी राखेको छ । सो स्थानमा केही वर्ष यता भारतले गौतमबुद्धको जन्मस्थल भनेर प्रचार गर्दै अन्तराष्ट्रिय विमानस्थललगायतका पूर्वाधार निर्माण गरिरहेको छ । नक्कली कपिलवस्तुलाई भारतले दिग्भ्रमित पार्न कृत्रिम नदीको रुपमा नहरसमेत निर्माण गरेको छ । यसरी भारतले नक्कली लुम्बिनी बनाउने कार्य करीब अन्तिम अवस्थामा पुगिसक्ता पनि कतैबाट पनि औपचारिक र संगठित रुपमा बिस्वका दिग्भ्रमित जनता बीच दिग्भ्रमलाई निस्तेज गरी सत्यका पर्यायबाची बुद्धमाथि नै असत्यको खेती गरिने कार्यलाई निरुत्साहित गरिनु पर्ने नैतिक र मानबीय कार्य नगरिएको कारण शुरु भएको कपिलबस्तु दिवस अभियानले करीब १ बर्षको अबधिमा प्रत्यक्ष अप्रत्यक्ष किसिमले धेरै उपलब्धि हासिल गरिसकेको छ । आगामी डिसेम्बर १ मा दोस्रो कपिलबस्तु दिवस मनाउने तयारी बिभिन्न देशमा आ-आफ्नै किसिमले भैरहेको सन्दर्भमा वेलायतमा भने महामहिम राजदूतको प्रमुख आतिथ्यमा आगामी नोभेम्बर २७ शनिबारका दिन so asia Slough मा प्रा.डा. कविताराम श्रेष्ठद्वारा लिखित “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” नामक बुद्धको जीवनीमा आधारित अनुसन्धानात्मक उपन्यासको महामहिम राजदूतबाट बिमोचन गरिने, अभियानको इ-स्मारिका महामहिम राजदूतद्धारा रिलिज गराइने तथा अभियानको पुस्तिका दूताबासको भिसा शाखामा भिसा तथा अन्य प्रायोजनको लागि आउने बिदेशीको जानकारीको लागि राखिदिनको लागि हस्तान्तरण गरिने लगायतका कार्यक्रम सहित मनाउने किसिमले कार्य भैरहेको छ । उक्त कार्यक्रममा उपस्थित हुनको लागि सबैमा हार्दिक अनुरोध गरिन्छ ।
समय: उपस्थिति समय बिहान ११ देखि १२ बजे र कार्यक्रम शुरु हुने समय १२ बजे
स्थान : sa asia Slough
277 High Street
Slough
Berkshire
SL1 1BN
Kapilvastu Day Movement UK National Committee

Posted in समाचार | Leave a Comment »

Lumbini: Lord Buddha’s Birth Place

Posted by Ram Kumar Shrestha on November 19, 2010

Information about Lumbini:

Location: Lumbini is situated in the Southwestern Nepal amid Tarai.
Climate: Summer 44°C to 28°C, winter 26 °C to 7 °C
Best time to visit: October to March
Nearest International Airport: Tribhuwan International Airport Kathmandu
Nearest Domestic Airport: Lumbini Airport
Must Visits: Buddha Vihar and Ashoka Pillar
Language spoken: Nepalese, Awadhi and Maithali
STD Code: +977-71
Significance: Birthplace of Lord Buddha

Lumbini is the birthplace of Lord Buddha. It is situated 230 km away from Kathmandu in Rubandehi District of Southern Terai (lowland), at an altitude of 600 ft. above sea level. Lumbini, respected by all Buddhists. In 1998, Lumbini was declared as the Fountain of world peace and the pilgrimage for all the peace loving people of the world.  Read the rest of this entry »

Posted in Miscellaneous | 1 Comment »

बुद्धको ‘ब्रेन’

Posted by rajshrestha2002 on November 19, 2010

डा. ओम बानिया

बुद्ध नेपालका गौरव हुन् । बुद्ध शान्तिका अग्रदूत हुन् । बुद्ध अहिंसाका साक्षात् प्रतिमर्ूर्ति हुन् । बुद्ध बौद्ध धर्मका पर््रवर्तक विश्वप्रसिद्ध एक महापुरुष हुन्, एक महात्मा हुन् । बुद्ध एसियाका मात्र होइनन् कि, सारा विश्वब्रह्माण्डका तारा हुन् । बुद्ध र बुद्ध दर्शन आज विश्वको कुना-कुनामा मात्र होइन कि, स्नायुविज्ञानको ल्याबसम्म पुगेको छ । ‘बुद्धको ब्रेन’ स्नायुवैज्ञानिक तथा स्नायुमनोविद्हरूका लागि शोधखोजको विषय बनेको छ । तर, जुन देशमा बुद्ध जन्मिए, त्यही देशचाहि“ बत्तीमुनिको अ“ध्यारोजस्तो छ । बल्लतल्ल स्थापित भएको लुम्बिनी बौद्ध विश्वविद्यालयसमेत कागजको खोस्टोमा सीमित छ ।

नेपालको तर्राई लुम्बिनीमा शाक्य सम्राट महाराजा शुद्धोदन र रानी मायादेवीको कोखबाट जन्मेका बुद्धको नाम सिर्द्धार्थ गौतम हो । राजकुमार सिर्द्धार्थ युवा अवस्थामा नै श्रीमती, छोरा, बाबुआमा तथा राजपाठ छोडेर दुःख-कष्टको कारण र त्यसबाट छुटकारा पाउने उपायको खोजीमा निक्लेका हुन् । घुम्दाघुम्दै उनी भारतको कुशीनगरमा पुगे । अनि सिर्द्धार्थ गौतमले पीपलको रूखमुनि बसी ध्यान गर्न थाले । उनले पद्मासनमा बसेर केवल सास आवगमनको ध्यान गरे । मनको गहिराइमा डुबुल्की मार्दै गए । उनी विचारको उद्गममा पुगे । उनलाई दुःख-कष्टका कारण र यसबाट छुटकारा कसरी प्राप्त हुन्छ भन्ने कुराको आत्मबोध भयो । सिर्द्धार्थ गौतम महात्मा बुद्ध भए । हुन त, यस संसारमा, खास गरी भारतमा, लाखौं स्वघोषित महात्माहरू छन् तर संसारले नै मानेका केवल दर्ुइ महात्माहरू छन्, एक महात्मा बुद्ध र अर्को महात्मा गान्धी ।

Read the rest of this entry »

Posted in लेख / रचना | 1 Comment »

Lumbini, Nepal: The birth place of Buddha

Posted by Ram Kumar Shrestha on November 17, 2010

 

Posted in Visual | 1 Comment »

तिलौराकोट नै प्राचीन कपिलवस्तुको राजधानी हो

Posted by Ram Kumar Shrestha on November 16, 2010

By राज श्रेष्ठ, कीर्तिपुर काठमाडौं

लुम्बिनी नेपालमा छ र कपिलवस्तु नेपालको आधुनिक तिलौराकोट हो भारतको पिपरहवा होइन ।

भारतीयहरुले दावी गरेको पिपरहवा वरपर बौद्ध साहित्यमा वर्णन गरिएका प्राचीन कपिलवस्तु वरपर हुनुपर्ने यस्ता पुरातात्विक स्थलहरु कुनैको पनि अस्तित्व रहेका छैनन् । यसको ठिक विपरित तिलौराकोटमा उक्त स्थलहरुको किटानकासाथ पहिचान गरिएबाट तिलौराकोट नै प्राचीन कपिलवस्तुको राजधानी हो भन्ने प्रमाणित हुन्छ ।

यस्तो संवेदनशील मुद्दालाई चुपचाप बसेर भारतले जे गरे पनि प्रतिक्रियाविहीन भएर बस्नु भनेको समय नपुग्दै मृत्युशय्यामा सुत्नु बराबर हो ।

विवाद उठ्छ भनेर भारतले खडा गरेको नक्कली कपिलवस्तुको बारेमा एक शव्द पनि नबोल्ने प्रवृत्ति अब नेपाल सरकारका जिम्मेवार निकायले त्याग्नु पर्दछ । होइन भने धार्मिक पर्यटनको एक ठूलो हिस्सा नेपालले गुमाउने छ र बौद्ध धर्मावलम्बीहरुको ठूलो सङ्ख्या लुम्बिनी र कपिलवस्तु भ्रमणमा आउन छाडी दिनेछन् भने केही वर्ष पछि बुद्ध जन्मेको देश भनेर नेपालको नाम विश्वले बिर्सिदिनेछ ।

लुम्बिनी र कपिलवस्तुको इतिहासमा १ डिसेम्बर १८९६ को दिनले विशेष महत्व राख्दछ । यो दिन डा। ए। फुहरर्ले लुम्बिनीमा अशोक स्तम्भको प्रमाणिकरण गर्नुभएको थियो । यस स्तम्भमा ब्राम्ही लिपि नेपाली भाषामा कुँदिएको ‘हिद बुध जाते शाक्यमुनिति’ अर्थात ‘शाक्यमुनी बुद्धको जन्म यहाँ भएको हो’ भन्ने वाक्यांशले तथागत्को जन्म लुम्बिनीमा भएको हो भनी निक्र्यौल गरिएको थियो । अशोकस्तम्भमा कुँदिएको शिलालेखको आधारमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको पहिचान गरिएको एक शताव्दी भन्दा केही वर्ष भईसकेको छ तापनि भारतीय समाचार माध्यम र भारत सरकारबाट बेलाबखत भगवान् बुद्ध भारतमा जन्मिएको हुन भन्ने प्रचार प्रसार रोकिएको छैन । भारतीय प्रचार अभियानको एउटा उदाहरण हेरौं । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

अस्ट्रेलियामा बुद्ध धर्मं प्रबचन सम्पन्न

Posted by Ram Kumar Shrestha on November 14, 2010

Nepalisrael

सिड्नी बिगत २/३ बर्षदेखि बुद्ध धर्मको बारेमा संलग्न बुद्ध दर्शन समितिले गत ७ नोबेम्बरमा बुद्ध धर्मं प्रबचन कार्यक्रम संपन गरेको छ ! सिडनीको नेपाली समुदयामा संभवता प्रथम पटक खोटांग हलेसी/मारातिका गुम्बाका प्रमुख लामा  धर्मं गुरु खेन्पो कर्म वान्छु शेर्पाबाट प्रबचन संपन्न गरिएको उकता कार्यक्रममा शेर्पा, गुरुरंग, तमांग हेल्मो लगायत अन्य नेपाली समुदय र अस्ट्रेलियनहरुको सहभागिता रहेको थियो !
बुद्ध धर्मंप्रति आफूलाई अर्पण गर्न एकपल्ट ठूलो लामा गुरुको शरणमा परेर आफुले बचन बद्धता जाहेर गर्नु पर्ने, जुनसुकै अवस्थामा रहे पनि ॐ मनी पद्मे हु ऋ उच्चारण गर्नु पर्ने जस्ता कुराहरुबाट शुरु गरिएको प्रबचन, अत्यन्त शान्त, सरल, र समधुर ढंगमा करीब ३ घटासम्म सहभागीहरुलाई मंत्र मुग्ध गराइएको थियो भने  कार्यक्रमको अन्तिम चरणमा सातओटा आसनको ध्यान/ मेडीटेसन गराइएको थियो !  उक्त   कार्यक्रममा सहभागी हरुले आफ्नो मनमा लागेको कुराहरुलाई सोधेर तृष्णा मेटायेका थिए ! सो कार्यक्रममा बिपस्वी तथा आदिबासी जनजाति मंच. अस्ट्रेलियाका सभापति श्री गणेश तमांगले पनि आफ्नो भनाई राख्नु भएको  थियो !  कार्यक्रममा बुद्ध दर्शन समितिका जनसंपर्क अधिकारी श्री सुदीप गौचनले सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो भने प्रबिधिमा मोहन राइले सहयोग गर्नु भएको थियो !  आगामी दिनहरुमा पनी प्रबचन लाइ नियमित गर्ने समितिले सोच बनाएको छ ! कार्यक्रमबाट बिदा हुन अगाड़ी खेन्पोबाट सुंग्दी (जन्तर) मिन्दुप (पबित्र दाना) सहित आशीर्बाद दिनु भेएको थियो ! क्रयाक्रमको संचालन  बुद्ध दर्शन समितिका संयोजक  नीमा ग्याल्जे शेर्पा गोपर्माले गर्नु भएको थियो !


Posted in समाचार | Leave a Comment »

कपिलबस्तु अभियान र जंगे पिलरहरु

Posted by Ram Kumar Shrestha on November 13, 2010

By  शिवजी श्रेष्ठ
[प्रस्तुत लेख अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण भएको तर समयाभाबको कारण यस्लाई टाइप गर्न नभ्याइएको कारण जे जस्तो रुपमा प्राप्त भएको छ सोही रुपमा फोटो फर्म्याटमा प्रस्तुत गरिएको छ र पछि यस्लाई टाइप गरेरर पुन: प्रकाशित गरिनेछ । यस्ले पाठकहरुमा पर्न गएको असुबिधाप्रति हामी क्षमा प्रार्थी छौ । – कपिलबस्तु दिवस अभियान]

Read the rest of this entry »

Posted in लेख / रचना | 1 Comment »

कपिलबस्तु दिवस अभियान यूके राष्ट्रिय समिति गठन

Posted by Ram Kumar Shrestha on November 11, 2010

नेपाललाई बिस्व सामू चिनाउने महत्वपूर्ण आधारहरु हुन – सगरमाथा र बुद्ध । तर भारत सरकारले उत्तर प्रदेश राज्यको पिपरहवामा नेपालको कपिलवस्तु सीमा नजिकै नक्कली कपिलवस्तु निर्माण कार्यलाई तीब्र गतिमा अगाडि बढाइरहेको छ सन २०१२ मा संपन्न गर्ने किसिमले । भारतीय पुरातत्वविदहरुको सहयोगमा कपिलवस्तु भन्सार नाका चाकरचौडादेखि तीन किलोमिटर दक्षिणमा प्राचीन कला तथा संस्कृतिको नक्कल गरी नक्कली कपिलवस्तुको बिस्तारलाई भारतले जारी राखेको छ । सो स्थानमा केही वर्ष यता भारतले गौतमबुद्धको जन्मस्थल भनेर प्रचार गर्दै अन्तराष्ट्रिय विमानस्थल लगायतका पूर्वाधार निर्माण गरिरहेको छ । नक्कली कपिलवस्तुलाई भारतले दिग्भ्रमित पार्न कृत्रिम नदीको रुपमा नहरसमेत निर्माण गरेको छ । यसरी भारतले नक्कली कपिलबस्तु बनाउने कार्य करीब अन्तिम अवस्थामा पुगिसक्ता पनि कतैबाट पनि औपचारिक र संगठित रुपमा बिस्वका दिग्भ्रमित जनता बीच दिग्भ्रमलाई निस्तेज गरी सत्यका पर्यायबाची बुद्धमाथि नै असत्यको खेती गरिने कार्यलाई निरुत्साहित गरिनु पर्ने नैतिक र मानबीय कार्य नगरिएको कारण शुरु भएको कपिलबस्तु दिवस अभियानले करीब १ बर्षको अबधिमा प्रत्यक्ष अप्रत्यक्ष किसिमले धेरै उपलब्धि हासिल गरिसकेको छ । र यस्को बिस्व कार्य समितिले पूर्णता पाएपस्चात यस्को क्षेत्रीय र राष्ट्रिय समितिहरु गठन कार्य तीब्र गतिमा अगाडि बढने क्रममा कपिलबस्तु दिवस अभियान राष्ट्रिय समिति गठन गर्ने यूके तेस्रो मुलुक हुन पुगेको छ । यसरी राष्ट्रिय समिति गठन गर्नेमा स्पेन पहिलो र बेल्जियम दोस्रो देश हुन ।
कपिलबस्तु दिवस अभियानका बिस्व संयोजक इ. रामकुमार श्रेष्ठको बिशेष उपस्थितिमा सुरेन्द्र श्रेष्ठ (वेलायत)को राष्ट्रिय संयोजकत्वमा गठित १५ सदस्यीय समितिका अन्य संयोजकहरुमा (स्मरण रहोस अभियानले संगठनात्मक संरचना ठाडो नभएर तेर्सो संरचनालाई अंगीकार गरेकोले हरेक तहमा एक जना मूल संयोजक र अन्यलाई संयोजकको रुपमा राख्ने नीति लिएको छ) वेलायतबाट इ. तुलसी फुयाँल, डा राजुबाबु श्रेष्ठ, बिकल आचार्य, सुश्री सोफिया थापा, श्रीमती नरमाया गुरुङ थापा, बिपिन गुरुङ, सुश्री रमी श्रेष्ठ, होम परिबाग र मनिष कुमार श्रेष्ठ हुनुहुन्छ भने वेल्सबाट महेश देवकोटा, इ. रोशन भट्टराई र गोपाल तमाङ; स्कटल्याण्डबाट सुश्री सन्जु श्रेष्ठ र उ. आयरल्याण्ड प्रदीप के सी हुनुहुन्छ र यस्लाई अभियानको लागि उपयुक्त ब्यक्ति पाइएको खण्डमा भबिस्यमा बिस्तार गरिनेछ ।

Posted in समाचार | 2 Comments »

Nepal Zen: Lumbini, Buddha’s birthplace, is a major world pilgrimage site that strongly conveys that aura of spirit of place

Posted by Ram Kumar Shrestha on November 8, 2010

Augusto Villalon Philippine Daily Inquirer

The airlines on the tarmac at the Kathmandu airport were definitely local: Druk, Cosmic, Yeti, Sita.

And then there was Buddha Air, which, ever so appropriately, was the airline that took us to the birthplace of the Lord Buddha, a World Heritage site in Lumbini in the flat, rice-growing landscape of southern Nepal. It was an arid place in the postharvest summer season of our visit. Read the rest of this entry »

Posted in Article | 1 Comment »

Lumbini, birthplace of the Buddha, struggles with identity

Posted by Ram Kumar Shrestha on November 8, 2010

oregonlive.com

The growing town in Nepal is trying to appeal to tourists as well as pilgrims

LUMBINI, Nepal — It’s 6 p.m. when a dusty sun descends beyond the rice paddies in Lumbini, Nepal, in the southern Terai region near the Indian border. A hundred Thai Buddhist pilgrims, dressed completely in white, have gathered beside the Maya Devi Temple and in front of the Ashoka pillar, prepared for twilight.

They ignite their offering of candles and incense, and their gentle chanting takes on a sense of urgency.

The pillar that the pilgrims sit by is an edict left by Ashoka, India’s Buddhist emperor of the third century B.C., proclaiming Lumbini as the birthplace of Siddhartha Gautama — the man who came to be known as the Buddha.

Next to the Ashoka pillar is the unassuming brick Maya Devi Temple, at the heart of this area called the Sacred Garden. Inside rests a nativity sculpture, and a stone, protected by bulletproof glass, marking the spot where the birth is believed to have taken place. On the other side of the Ashoka pillar sits another group of Thai pilgrims, listening to an orange-robed monk recite ancient Pali verses over a megaphone: “Sadhu. Sadhu. Sadhu.” Read the rest of this entry »

Posted in Article | Leave a Comment »

 
%d bloggers like this: