Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

कतारमा कपिलबस्तु दिवस भब्यतापूर्वक मनाउने तयारी

Posted by Ram Kumar Shrestha on November 3, 2010

दोहा, कतार: युनेस्कोले समेत विश्व सम्पदा सूचिमा राखेको विश्वका एक नक्षत्र र एसियाको ज्योति गौतम बुद्धको जन्मस्थान नेपालमा अवस्थित लुम्बिनीको कपिलबस्तुलाई केही समय यता सन् २०१२ मा निर्माण कार्य सम्पन्न गर्ने गरी नेपालको सीमा नजिकै पिपरहवामा कपिलबस्तु जस्तै संरचनाको निर्माण गरी वास्तविक कपिलबस्तुलाई विवादमा ल्याउने र सांस्कृतिक रुपमा हस्तक्षेप गर्न लागि परिरहेको सन्दर्भमा विश्वभर गौतमबुद्धको जन्मस्थल लुम्बिनी कपिलबस्तु नेपालमा नै रहेको तथ्यलाई दह्रोसंग स्थापित गर्नु आबस्यक भएको महसूस बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले गरे । अशोक स्तम्भ खडग सम्शेरले पत्ता लगाएको भए तापनि अन्तरराष्ट्रिय जगत सामू ल्याउने महत्वपूर्ण काम भने १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले गरे र यो नै गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण भएकोले यो महत्वपूर्ण दिनलाई ऐतिहासिक महत्व दिइनु धेरै अर्थमा महत्व राख्ने देखिएको कारण यस दिनलाई कपिलबस्तु दिबसको रुपमा मनाइने निर्णय गरिएको हो । र १ डिसेम्बर २००९ मा पहिलो पटक बिस्वभर छरिएर रहेका नेपालीहरुले बिभिन्न देशमा बिभिन्न किसिमले कपिलबस्तु दिवस बिस्व दिवसको रुपमा मनाए ।
कपिलबस्तु दिवसलाई निरन्तरता दिन अभियानको रुपमा संस्थागत गरिनु आबस्यक देखिएको र भारतद्धारा सिर्जित दिग्भ्रमले बिभिन्न तवरबाट बिस्वब्यापी रुप लिएको कारण अभियानको प्रकृति बिस्वब्यापी हुनुपर्ने महसूस गरी कपिलबस्तु दिवस अभियान बिस्व कार्य समिति निर्माण कार्य पुरा गरी अब क्षेत्रीय र राष्ट्रिय समितिहरु निर्माण गर्ने क्रम तीव्र छ भने १ डिसेम्बरलाई कपिलबस्तु दिवसको रुपमा मनाउन विश्वभरका नेपालीहरु उत्साहित देखिएका छन । यसै क्रममा कपिलबस्तु दिवस अभियानका मध्यपूर्व संयोजक हरि नेपालीको उपस्थिति तथा कतार राष्ट्रिय कार्यसमितिका संयोजक श्रीकृष्ण भट्टराईको विशेष सक्रियतामा कतारमा कार्यरत विभिन्न २८ वटाभन्दा बढी संघसंस्थाहरुको दोहाको मुन्ताजा पार्कमा यही अक्टोबर ३० मा बसेको भेलाले व्यापक छलफल र अन्र्तकि्रयापश्चात डिसेम्बर ३ का दिन कपिलबस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कपिलबस्तु दिवस भव्यतापूर्वक सम्पन्न गर्ने निर्णय गरेको छ । जसको लागि भेलाले मान बहादुर साँवा लिम्बुको संयोजकत्वमा कार्यक्रम आयोजनाको लागि मुल समारोह समितिको समेत निर्माण गरेर तयारीको कामलाई तीव्रता दिएको छ । समितिका अन्य सदस्यहरुमा श्रीकृष्ण भट्टराई, कमल रेग्मी, बुद्धिराज अर्याल, भुपराज दवाडी, मुक्तिप्रसाद अधिकारी, तिलविक्रम थेवे, राधाकृष्ण देव, सुन्दर लामा, याकुव इब्राहिम र राम सुयाल रहेका छन् । जसले विभिन्न उपसमितिहरु बनाई कार्यविभाजन सहज र व्यवस्थित बनाउने समेत निर्णय भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: