Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

अस्ट्रेलियामा बुद्ध धर्मं प्रबचन सम्पन्न

Posted by Ram Kumar Shrestha on November 14, 2010

Nepalisrael

सिड्नी बिगत २/३ बर्षदेखि बुद्ध धर्मको बारेमा संलग्न बुद्ध दर्शन समितिले गत ७ नोबेम्बरमा बुद्ध धर्मं प्रबचन कार्यक्रम संपन गरेको छ ! सिडनीको नेपाली समुदयामा संभवता प्रथम पटक खोटांग हलेसी/मारातिका गुम्बाका प्रमुख लामा  धर्मं गुरु खेन्पो कर्म वान्छु शेर्पाबाट प्रबचन संपन्न गरिएको उकता कार्यक्रममा शेर्पा, गुरुरंग, तमांग हेल्मो लगायत अन्य नेपाली समुदय र अस्ट्रेलियनहरुको सहभागिता रहेको थियो !
बुद्ध धर्मंप्रति आफूलाई अर्पण गर्न एकपल्ट ठूलो लामा गुरुको शरणमा परेर आफुले बचन बद्धता जाहेर गर्नु पर्ने, जुनसुकै अवस्थामा रहे पनि ॐ मनी पद्मे हु ऋ उच्चारण गर्नु पर्ने जस्ता कुराहरुबाट शुरु गरिएको प्रबचन, अत्यन्त शान्त, सरल, र समधुर ढंगमा करीब ३ घटासम्म सहभागीहरुलाई मंत्र मुग्ध गराइएको थियो भने  कार्यक्रमको अन्तिम चरणमा सातओटा आसनको ध्यान/ मेडीटेसन गराइएको थियो !  उक्त   कार्यक्रममा सहभागी हरुले आफ्नो मनमा लागेको कुराहरुलाई सोधेर तृष्णा मेटायेका थिए ! सो कार्यक्रममा बिपस्वी तथा आदिबासी जनजाति मंच. अस्ट्रेलियाका सभापति श्री गणेश तमांगले पनि आफ्नो भनाई राख्नु भएको  थियो !  कार्यक्रममा बुद्ध दर्शन समितिका जनसंपर्क अधिकारी श्री सुदीप गौचनले सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो भने प्रबिधिमा मोहन राइले सहयोग गर्नु भएको थियो !  आगामी दिनहरुमा पनी प्रबचन लाइ नियमित गर्ने समितिले सोच बनाएको छ ! कार्यक्रमबाट बिदा हुन अगाड़ी खेन्पोबाट सुंग्दी (जन्तर) मिन्दुप (पबित्र दाना) सहित आशीर्बाद दिनु भेएको थियो ! क्रयाक्रमको संचालन  बुद्ध दर्शन समितिका संयोजक  नीमा ग्याल्जे शेर्पा गोपर्माले गर्नु भएको थियो !


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: