Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

बुद्धको ‘ब्रेन’

Posted by rajshrestha2002 on November 19, 2010

डा. ओम बानिया

बुद्ध नेपालका गौरव हुन् । बुद्ध शान्तिका अग्रदूत हुन् । बुद्ध अहिंसाका साक्षात् प्रतिमर्ूर्ति हुन् । बुद्ध बौद्ध धर्मका पर््रवर्तक विश्वप्रसिद्ध एक महापुरुष हुन्, एक महात्मा हुन् । बुद्ध एसियाका मात्र होइनन् कि, सारा विश्वब्रह्माण्डका तारा हुन् । बुद्ध र बुद्ध दर्शन आज विश्वको कुना-कुनामा मात्र होइन कि, स्नायुविज्ञानको ल्याबसम्म पुगेको छ । ‘बुद्धको ब्रेन’ स्नायुवैज्ञानिक तथा स्नायुमनोविद्हरूका लागि शोधखोजको विषय बनेको छ । तर, जुन देशमा बुद्ध जन्मिए, त्यही देशचाहि“ बत्तीमुनिको अ“ध्यारोजस्तो छ । बल्लतल्ल स्थापित भएको लुम्बिनी बौद्ध विश्वविद्यालयसमेत कागजको खोस्टोमा सीमित छ ।

नेपालको तर्राई लुम्बिनीमा शाक्य सम्राट महाराजा शुद्धोदन र रानी मायादेवीको कोखबाट जन्मेका बुद्धको नाम सिर्द्धार्थ गौतम हो । राजकुमार सिर्द्धार्थ युवा अवस्थामा नै श्रीमती, छोरा, बाबुआमा तथा राजपाठ छोडेर दुःख-कष्टको कारण र त्यसबाट छुटकारा पाउने उपायको खोजीमा निक्लेका हुन् । घुम्दाघुम्दै उनी भारतको कुशीनगरमा पुगे । अनि सिर्द्धार्थ गौतमले पीपलको रूखमुनि बसी ध्यान गर्न थाले । उनले पद्मासनमा बसेर केवल सास आवगमनको ध्यान गरे । मनको गहिराइमा डुबुल्की मार्दै गए । उनी विचारको उद्गममा पुगे । उनलाई दुःख-कष्टका कारण र यसबाट छुटकारा कसरी प्राप्त हुन्छ भन्ने कुराको आत्मबोध भयो । सिर्द्धार्थ गौतम महात्मा बुद्ध भए । हुन त, यस संसारमा, खास गरी भारतमा, लाखौं स्वघोषित महात्माहरू छन् तर संसारले नै मानेका केवल दर्ुइ महात्माहरू छन्, एक महात्मा बुद्ध र अर्को महात्मा गान्धी ।

महात्मा बुद्ध र उनका अनुयायीहरूले नै अहिंसा दर्शनलाई विश्वभरि फैलाए । तर, महात्मा गान्धीले अहिंसालाई प्रयोगमा ल्याए । महात्मा गान्धीले हिंसालाई अहिंसाको हतियारले पराजित गरे, शान्तिपर्ूण्ा आन्दोलनद्वारा अंग्रेजलाई भारतबाट लखेटे । गान्धीले फलामलाई काट्न फलाम नै चाहिन्छ भन्ने पुरातन सोचलाई गतिलो झापड दिए । उनले संसारसामु इ“टाको जवाफ फूलले दिनर्ुपर्छ भन्ने सिद्धान्त अघि सारे । वास्तवमा गान्धी आधुनिक कालका सत्य र अहिंसाका महान् प्रयोगकर्ता हुन्, अहिंसाका साक्षात् प्रतिमर्ूर्ति नै हुन् । त्यसैले त उनी महात्मा बुद्धपछिका अर्को महात्मा कहलिएका छन् ।

हालसालै स्नायुमनोविद् रिक हैनसन र स्नायुविद् रिचर्ड मेन्डियसले एउटा निकै चर्चित किताब लेखेका छन्, बुद्धज बे्रन -बुद्धको मस्तिष्क) । यस किताबलाई उनीहरूले आनन्द, प्रेम र विवेकको प्रयोगात्मक स्नानुविज्ञान -न्युरोसाइन्स) भनेका छन् । बुद्धज ब्रेनले आनन्द, पे्रम र विवेकपर्ूण्ा जीवनको सर्न्दर्भमा मनोविज्ञान, स्नायुविज्ञान तथा ध्यानको अन्तरसम्बन्धलाई उजागार गर्दै मूलभूत रूपमा दर्ुइ प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरेको छ । पहिलो प्रश्न हो, मानव मस्तिष्कको कुन त्यस्तो स्थितिमा आनन्द, प्रेम र विवेकको बुद्ध मनस्थिति प्राप्त हुन सक्छ – अर्को प्रश्न हो, यस्तो बुद्ध मस्तिष्क जगाउन र सुदृढ बनाउन कसरी आफ्नो मनलाई प्रयोग गर्न सकिन्छ –

स्नायुविज्ञानले हालै एउटा क्रान्तिकारी खोज गरेको छ । त्यो के भने मानिसको मस्तिष्कको विकास एक निश्चित अविधिसम्म मात्र हुने भए पनि मानिसको जीवनभरि नै मस्तिष्क परिर्वतनका लागि सधैं तत्पर रहन्छ । त्यसैले आठ वर्षो बालकको मात्र होइन कि, ८० वर्षो वृद्धवृद्धाको मस्तिष्क पनि परिवर्तन हुन सक्छ । जस्तो कि, जब गर्भधारण हुन्छ, भू्रण बन्ने प्रक्रियास“गै मस्तिष्कको विकास द्रूत गतिमा अगाडि बढ्छ । र, मानिसको बाल्यकालमा नै मस्तिष्कको उच्चतम विकास हुन्छ । एक वर्षो बालकको मस्तिष्कमा नै सबैभन्दा बढी न्युरोनहरू हुन्छन् । तर, मानव मस्तिष्कमा एक असाधारण र अद्भूत लचकताको गुण हुन्छ, त्यो गुणलाई स्नायुविज्ञानको भाषामा न्युरोप्ल्यास्टिसिटी भनिन्छ । मस्तिष्कको यही गुणका कारण नै मानिसको जीवनभरि नै मस्तिष्क पर्ुनर्संरचना सम्भव हुन्छ ।

मस्तिष्कको यही विशेषताका कारणले नै सिर्द्धार्थ गौतम बुद्ध बनेको हुन् । त्यो किनभने बुद्ध जन्मिँदै महात्मा बुद्ध भएर जन्मेका थिएनन्, अन्य मानिसको जस्तै मस्तिष्क लिएर जन्मिएका थिए । तर, बुद्धले मनद्वारा, ध्यानद्वारा मस्तिष्कलाई यसरी परिवर्तन गरे कि, विश्व नै परिवर्तन भयो । राजकुमार छ“दा सिर्द्धार्थ गौतमको मस्तिष्क जस्तो थियो, बुद्धत्व प्राप्त भएपछि उनको मस्तिष्क अर्कै भयो । बुद्ध जन्मिनुभन्दा पहिला विश्व जस्तो थियो, बुद्धको दर्शनपछि विश्व अर्कै भयो । स्नायुमनोविद् रिक हैनसनको किताब ‘बुद्धज ब्रेन’को निचोड भनेको पनि यही हो, मनले मस्तिष्कको पर्ुनर्संरचना गर्न सक्छ, जब मस्तिष्क परिर्वतन हुन्छ, मानिसको जीवन नै परिवर्तन हुन सक्छ, मानिस बुद्ध बन्न सक्छ, मानिस बुद्धिमान्, ज्ञानवान् र जागरुक बन्न सक्छ ।

ध्यान मस्तिष्क पर्ुनर्संरचनाको एक मनोवैज्ञानिक विधि हो । ध्यानले केवल आनन्द, प्रेम तथा विवेकको मनःस्थिति मात्र स्थापित गर्दैन कि, मानिसको चेतना आयामलाई बढाएर अतिचेतनाको स्थितिमा पुर्‍याउ“छ । अतिचेतनाको मनस्थिति नै सिर्जनशील बुद्धिको महासागर हो । त्यहा“बाट पैदा भएका हरेक विचार नै सिर्जनशील र दूरदर्शी प्रकृतिका हुन्छन् । कुनै गम्भीर विषयमा निर्ण्र्ाागर्नु पर्दा बुढापाकाहरूले शान्त मनले सोचेर निर्ण्र्ाागर भन्नुको अर्थ पनि यही हो ।

लोभ-लालच, घृणा-तृष्णा, आग्रह-पर्ूवाग्रहर्,र् इष्र्या-द्वेश, आवेग-उन्माद तथा रिस-राग आदि जस्ता मनोविकारहरूले नै मानिसको मनलाई अशान्त बनाउ“छ, प्रदूषित बनाउ“छ । यस्तो अशान्त र प्रदूषित मनबाट सधैं गलत र घातक विचार नै उत्पन्न हुने गर्छ । नेपालको राजनीति पनि ज्यादै प्रदूषित भएको छ । त्यसैले त नेपाली राजनीतिमा पनि यसरी नै गलत र घातक विचारहरू पैदा भइरहेका छन् । परिणाम, चार महिनाको अवधिमा पनि कुनै राजनीति निकास निस्कन सकेको छैन । मुलुक दिन प्रतिदिन समस्याको दलदलमा भासिँदै गएको छ । तर, प्रायः सबै राजनीतिक दलहरूले सहमतिको बेसुरा बा“सुरी बजाउ“दै र दोष अर्काको थाप्लोमा थोर्पन खोज्दै हलो अड्काएर गोरु चुटिरहेका छन् । वास्तवमा हरेक नेताको मनमा लोभ, घृणा, स्वार्थ र बदलाको भावना भरिएको छ । नतिजा, सबैका सामु र्छलंग छ । पानी घा“टी-घा“टीसम्म पुगिसकेको छ । त्यसैले हरेक दलका नेताले अब पनि यस कुराप्रति एक मुठी माटो लिएर शान्त मनले नसोच्नु, अहिलेसम्म जसोतसो जनआन्दोलनको राप र तापले बा“चेको मुलुकमा अकल्पनीय दर्ुघटना निम्त्याउनु हो ।

मनलाई शान्त बनाउन सबैभन्दा पहिला लोभ, घृणा, स्वार्थ र बदलाको भावनाहरू त्याग्नर्ुपर्छ । मनबाट यस्ता कुभावनाहरू हटेपछि मात्र मन शान्त र स्थिर हुन्छ । मन जति शान्त र निर्मल हुन्छ, विचार पनि त्यत्ति नै सिर्जनशील, दूरदर्शी र शक्तिशाली हुन्छ । त्यसैले त मानिसले शान्त मनभित्र सानो परिर्वतन मात्र गर्छ भने पनि मानिसको मस्तिष्कमा ठूलो परिर्वतन देखापर्छ । मस्तिष्कमा भएको यस्तो परिवर्तनले व्यवहारमा ठूलो छलाङ लगाउ“छ । यो नै ‘बुद्धज ब्रेनको’ निचोड हो । त्यसैले हरेक मानिसले आफ्नो मनलाई प्रशिक्षण दिएर वा मनशक्तिको उपयोग गरेर आनन्द, खुसी, प्रेम र विवेकपर्ूण्ा जीवनका लागि आफ्नो मस्तिष्क रिवायरिङ गर्नर्ुपर्छ, पर्ुनर्संरचना गर्नर्ुपर्छ । मस्तिष्क पुनःसंरचनाविना राज्यको पुनःसंरचना सम्भव छैन । चेतना भया ।

baniyaom@gmail.com
source: http://rajdhani.com.np/2010-11-15/7306.html
२०६७ – कार्तिक – २९

 

One Response to “बुद्धको ‘ब्रेन’”

  1. Dear Reader,
    There is a mistake here in this article. घुम्दाघुम्दै उनी भारतको कुशीनगरमा पुगे ।
    It is not Kushinagar, it is Bodhagaya.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: