सो एशिया रेस्टुरेन्ट, स्लाउ, लण्डन २७ नोभेम्बर :
जहाँ छन बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर
प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता
झल्किन्छ ममता मेरो भाव गंगा जताजता
……………………………………………
एउटा भेलामा अनायास यो गीत गुन्जन थाल्छ मीठो महिला स्वरमा र उपस्थित सबै अनपेक्षित तवरबाट अनायाश गाइएको मीठो गीतले पहिला आस्चर्य चकित र त्यसपछि मन्त्रमुग्ध हुन्छन, तर यो कुनै गीति कार्यक्रम भने थिएन । यो त थियो वेलायतमा दोस्रो कपिलबस्तु दिवस कार्यक्रम मनाउन शुरु गर्न भूमिकाको रुपमा शिक्षिका, गायिका र लेखिकाको रुपमा चिनिनु भएकी कार्यक्रम उदघोषिका सोफिया थापाले गाउनु भएको गीत ।
कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूत डा सुरेश चन्द्र चालिसेले ईतिहास तोडने मोडने प्रब्रिति पुरानो भएको र बलियाले त्यस्लाई आफ्नो पक्षमा पार्ने परंपराकै परिणति बर्तमान लुम्बिनीको प्रश्न रहेको बताउनु हुँदै यो अभियान यस्को धरोहर भएको बताउनु भयो । र साधन, श्रोत र आफ्नो शक्तिले भ्याएसम्म यो अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । आफू प्रधानमन्त्रीको सल्लाहकार रहेको बेलामा श्रीलंकाको रास्ट्रपति राजपक्ष नेपाल भ्रमणमा आउनु हुँदा सबभन्दा पहिला लुम्बिनीको भ्रमण गरेपछि मात्र अन्य कुरा गर्ने कुरा बताउनुले उनीहरुको बुद्धप्रतिको अगाध आस्था प्रतिबिम्बित गर्ने बताउनु भयो । उहाँले लुम्बिनीलाई अन्तरास्ट्रिय सांस्कृतिक डेस्टिनी बनाइनु पर्ने कुरामा जोड दिंदै रामदेव लण्डन आएको बेलामा उन्लाई भेटदा आफूलाई सबैको सामू बुद्धको देशको मान्छे भनी चिनाएको प्रसंग जोडनु भयो । अन्तरास्ट्रिय जनमतलाई आफ्नो पक्षमा पार्न दलाई लामा जस्ता ब्यक्तित्वलाई लुम्बिनी नेपालको हो भन्न लगाउने मात्र हो भने पनि त्यस्ले ठूलो प्रभाब पार्नेतर्फ पनि ध्यान दिइनुपर्ने बताउनु हुँदै सकेसम्म त्यसतर्फ पनि केही गर्न सल्लाह दिनु भयो । यसरी बिदेशमा नेपालीहरु देशप्रति अत्यन्तै सचेत र चिन्तित भएकोमा आफू गौरवान्वित भएको बताउनु हुँदै निस्वार्थ रुपमा देशको ईतिहास सुरक्षित गर्न लागि पर्नेहरु प्रसंशाका पात्र भएको बताउनु भयो ।
कपिलबस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले भारतले नक्कली लुम्बिनी सन २०१२ सम्ममा संपन्न गर्ने किसिमले अधिकांश प्राय: काम सकाइसक्ता पनि कतैबाट पनि संस्थागत रुपमा यस्का बिरुद्ध आबाज नउठाइएको कारण अभियानको शुरुवात गरिनु पर्ने अवस्था सिर्जना भएको बताउँदै बिस्व कार्य समितिपछि हालसम्म स्पेन, बेल्जियम, यूके, क्यानडा र न्युजिल्याण्डमा राष्ट्रिय समिति गठन भैसकेको र कतिपय देशमा राष्ट्रिय समिति गठनका लागि तयारी भैरहेको जानकारी दिनु भयो । भावना भएको खण्डमा जसरी पनि अभियानलाई सहयोग गर्न सकिने बताउँदै आफूले आफ्नो

भिजिटिङ कार्डमा Nepal – the country of the Mt Everest and the Buddha भनेर लेखेको र एउटा पत्रिकाले ब्लग हेडमा Buddha was born In Nepal – Let’s join Kapilvastu Day लेखेपछि यस्लाई समाचार बनाएर संचारकर्मीहरु बीच लैजाने कामका कारण अहिले त्यसरी लेख्ने पत्रिका र ब्लगको संख्या करीब एक दर्जन पुगी सकेको बताउँदै यस्ले पनि केही न केही हदसम्म यस किसिमको समस्या समाधानमा प्रत्यक्ष परोक्ष सहयोग पुर्याउने बताउनु भयो । यो अभियानले उठाएको मुद्धा निर्बिबाद बिषय भएकोले संपूर्ण नेपाली पुर्खाले राखेको एतिहासिक गौरबलाई निरन्तरता दिंदै देशको ईतिहास र सत्यता जोगाउन एक ढिक्का भएर लाग्नु पर्ने कुरामा जोड दिनु भयो । आस्थाका आधारमा कसैले बुद्धलाई मेरो अथवा हाम्रो भन्छ भने बुद्ध सर्ब स्वीकार्य महा मानब भएकोले त्यस्मा आपत्ति नहुने, तर बुद्ध जन्मिनु हुँदा नेपाल तथा भारत कुनै पनि देश नभएको तर संपूर्ण प्रमाणका आधारमा बुद्ध जन्मिनु भएको स्थान नेपालमा पर्ने प्रमाणित भैसकेकोले नक्कली लुम्बिनी बनाएर बिस्वलाई दिग्भ्रमित गरिने कार्यमा भने मौन बस्न नहुने प्रस्ट पार्नु भयो । उहाँले बिभिन्न देशमा कार्यरत कुटनितिज्ञहरुले यस अभियानलाई सघाउ पुग्ने किसिमले गरिराख्नु भएको फेहरिस्त पेश गर्दै नेपाली बीच बिद्धत ब्यक्तित्वको रुपमा परिचित महामहिम राजदूतलाई आफ्नो कार्यकाल सकाएर नेपाल फर्कनु अघि सबै नेपालीले संधै सझिराख्ने किसिमले यस किसिमका राष्ट्रिय स्वाभिमान कायम गर्ने कार्यक्रमलाई उपयुक्त सुझाब दिन र सहयोग र सहकार्य मार्फत हौसला र उत्प्रेरणा दिन पनि आग्रह गर्नु भयो ।
एनआरएनए यूकेका अध्यक्ष सूर्य गुरुङ्ले हामीसंग इतिहास र प्रमाण हुँदाहुँदै पनि बिस्वका अधिकांश ब्यक्तिहरुले बुद्ध भारतमा जन्मेको भन्ने बातावरण सह्य हुन नसक्ने बताउनु हुँदै लुम्बिनीलाई बुद्धिस्टहरुको राजधानी बनाउन पहल गरिनु पर्ने कुरामा जोड दिनु भयो । त्यसरी नै सबैले शान्ति चाहिरहेको बर्तमान अवस्थामा बुद्धलाई बिस्वब्यापी रुपमा चिनाउन अरु थप प्रयास गरिनु पर्ने बताउनु भयो ।

तमुधी र एनआरएनए यूकेका पूर्व अध्यक्ष डम्बर घलेले हरेक कार्यक्रममा आफ्ना प्रस्तुतिहरुमा बुद्ध र सगरमाथालाई जोड दिने गरेको उल्लेख गर्नु हुँदै हाम्रो ईतिहास र अस्तित्वसंग संबन्धित संबेदनशील कुरा भएको र हामीसंग प्रमाण भएको कारण संयुक्त राष्ट्र संघ जस्ता आधिकारिक संस्था मार्फत यो मुद्धालाई लैजाने हो कि भन्ने धारणा राख्नु भयो ।
प्रगतिशील नेपाली समाज यूकेका प्रकाश शर्माले भारतीय हेपाहा प्रब्रितिका कारण नेपाल कहिल्यै अगाडि बढन नसकेको बताउनु हुँदै नेपालीहरुमा समेत यस किसिमका अभियान र गतिबिधिलाई प्राथमिकता नदिने प्रब्रिति अधिक रहेको गुनासो गर्नु भयो । बीसीसी यूकेका अध्यक्ष काजी शेर्पाले यूकेमा बुद्धिस्टहरुको फेहरिस्त पेश गर्दै दलाई लामा वेलायत आउनु भएको बेलामा नेपाल बुद्धको देशको भएको कारण नेपालीलाई धेरै समय दिएको बताउनु हुँदै बुद्ध सबैको साझा हो भन्ने सन्देश दिनु पर्ने बताउनु भयो । बुद्ध धर्मका बिद्धान धर्म भक्त शाक्यले कपिलबस्तुको महत्व तथा बुद्धको जीवनीबारे प्रकाश पार्नु भयो ।
कपिलबस्तु दिवस अभियान यूके राष्ट्रिय संयोजक सुरेन्द्र श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमको समापन गर्ने क्रममा आफ्नै देशमा जन्मेको बुद्धलाई नेपालमा जन्मेको भनेर देखाउन यसरी अभियान नै शुरु गर्नु पर्ने बिडम्बना भएको बताउनु हुंदै भबिस्यमा यो अभियानलाई टुङोमा पुर्याउन सबैको सक्दो सहयोग आबस्यक पर्ने बताउनु भयो । र कार्यक्रममा जम्मा भएको २३५ पाउण्ड बिस्व संयोजक रामकुमार श्रेष्ठलाई हस्तान्तरण गर्नु भयो । उक्त कार्यक्रममा नक्कली लुम्बिनीसम्बन्धी संबेदनशील भिडिओ प्रदर्शन गरिएको थियो ।

सो अबसरमा प्रा.डा. कविताराम श्रेष्ठद्वारा लिखित “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” नामक बुद्धको जीवनीमा आधारित अनुसन्धानात्मक उपन्यासको महामहिम राजदूतबाट बिमोचन गरिनुका साथै अभियानको इ-स्मारिका महामहिम राजदूतद्धारा रिलिज गराइयो । त्यसरी नै अभियानको पुस्तिका दूताबासको भिसा शाखामा भिसा तथा अन्य प्रायोजनको लागि आउने बिदेशीको जानकारीको लागि राखिदिनको लागि अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले महामहिम राजदूतलाई हस्तान्तरण गर्नु भयो ।
अभियानका सल्लाहकार तथा बिमोचन गरिने पुस्तक “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” का लेखक प्रा. डा. कविताराम श्रेष्ठले पुस्तकबारे प्रकाश पार्दै बुद्धलाई बुद्ध बनाउने परिस्थिति करीब २६०० बर्ष पहिला के थियो भन्ने कुरामाथि प्रकाश पार्नु भयो । पर्यटकहरु भारतबाट ल्याइएर नेपाल घुमाउँदै भारत फर्काइंदा समेत नेपाल पसेको थाहा नै दिइन्न भने नेपालमा समेत त्यस किसिमको जानकारी दिन सकिने निम्नतम कुराहरुको समेत ब्यबस्था नगरिएको उल्लेख गर्नु भयो । भारतको रवैयाप्रति सरकार, एनआरएन सबै सकारात्मक हुँदाहुँदै पनि सबै मौन रहन आबस्यक नभएको बताउँदै बिबाद ननिम्तिने किसिमले बुद्ध नेपालको भन्ने सन्देश दिन कुनै समस्या नपर्ने बताउनु भयो । बटन रसेल तथा महान बैज्ञानिक आइन्स्टाइन समेत बुद्ध धर्मका प्रसंशक भएको चर्चा गर्दै यो धर्म अत्यन्तै बैज्ञानिक धर्म भएको चर्चा गर्नु भयो ।
कार्यक्रमको शुरुमा कपिलबस्तु दिवस अभियान यूके राष्ट्रिय समितिका बिकल आचार्यले राष्ट्रियताको भावनाले ओतप्रोत कबिताबाट स्वागत भाषण शुरु गर्दै देशको इतिहास र सत्यता जोगाउन यो अभियानलाई सबैले साथ दिनु पर्ने कुरामा जोड दिनु भयो ।
स्मरण रहोस गत बर्षदेखि कपिलबस्तु दिवस बिस्व दिवसको रुपमा मनाउन शुरु गरिएको हो प्रत्येक डिसेम्बर १ लाई र आ-आफ्नो स्थानीय परिस्थिति अनुरुप सो दिनको आसपासको दिनलाई कपिलबस्तु दिवस मनाउने गरिएको छ ।
उपस्थित सहभागीहरुलाई नेपालमा बनेको “टप टि” होम पारीबागले र खाना सो एशिया स्लाउले नि:शुल्क उपलब्ध गराएका थिए ।
More photos:
Published Links:
35.387579
-85.962483
Like this:
Like Loading...
Related
This entry was posted on November 28, 2010 at 6:01 pm and is filed under समाचार.
You can follow any responses to this entry through the RSS 2.0 feed.
You can leave a response, or trackback from your own site.
Leave a Reply