Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

दोश्रो कपिलवस्तु विश्व दिवस भव्य रुपमा मनाऔं, बुद्ध जन्मस्थल संसारलाई चिनाऔं

Posted by laxmanpuri on December 1, 2010

–लक्ष्मण पुरी  (नेपालका लागि संयोजक – कपिलवस्तु दिवस आन्दोलन विश्व कार्यसमिति )

भगवान गौतम बुद्धको जन्मस्थल कपिलवस्तु, लुम्बिनीको ऐतिहासिक महत्व, अन्तर्राष्ट्रिय पहिचान एवं भौगोलिक अवस्थितिप्रति बारम्बार हुँदै आएको अतिक्रमणको विरोध, छरिएका भ्रमहरुको निस्तेज एवं यसको अन्तर्राष्ट्रिय प्रवद्र्धन उद्देश्यले गत वर्षदेखि स्वदेशी एवं आप्रवासी नेपालीहरुको पहलमा आजको दिन डिसेम्बर १ मा दोश्रो कपिलवस्तु विश्व दिवस संसारभर मनाइदैंछ । विभिन्न कालखण्डमा लुम्बिनी कपिलवस्तुको पहिचान केही चिनियाँ यात्री एवं नेपालका खड्ग शम्शेरले समेत गरेको इतिहासमा उल्लेख गरेको पाइन्छ । यद्यपि बुद्ध जन्मस्थलको पहिचान गरी यस धर्मको महत्व प्रचार प्रसार गर्नमा पाट्लीपुत्र सम्राट अशोकको योगदान रहेको त्यहाँ उत्खनन गर्दा प्राप्त पुरातात्विक आधारबाट पुष्टि गर्न सकिन्छ । यसलाई आधुनिक विश्वमा पहिचान दिने काम चाहिँ सन् १८९६ को डिसेम्बर १ मा जर्मन आर्कोलोजिष्ट एन्टोन फुहररले गरेका थिए । उक्त दिनलाई नै चिरस्मरणीय बनाउने एवं कपिलवस्तुको पहिचान र महत्व अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले यस दिवसको शुरुवात गरिएको हो । राष्ट्रलाई नै पहिचान दिने, समग्र विश्वलाई शान्तिको सन्देश दिने विश्व शान्तिको केन्द्रविन्दु,  ऐतिहासिक महत्व बोकेको कपिलवस्तु लगायत लुम्बिनी क्षेत्रका महत्वपूर्ण ऐतिहासिक स्थलहरु भने सुगम जिल्ला हुँदाहुँदै पनि अति विपन्न क्षेत्रमा परिभाषित गर्नुपर्दा लुम्बिनीवासी लगायत समग्र राष्ट्रलाई नै लज्जाबोध हुने गरेको छ । विश्वका बुद्धिष्टहरुको पवित्र तिर्थस्थल, अन्तर्राष्ट्रिय शान्ति केन्द्र, देशको मुख्य पर्यटकीय स्थल एवं आर्थिक मेरुदण्ड लुम्बिनीको विकास, प्रवद्र्धन एवं सुरक्षा जुन मापदण्डमा हुनुपर्ने हो त्यो हुन नसक्नु नेपालको प्रशासनिक क्षेत्र तथा सरकारको नालायकीयपन एवं लाचार चरित्र हो । कपिलवस्तु लुम्बिनी दुर्भाग्यवश नेपाल–भारत सिमानामा अवस्थित छ । नेपालको अस्तित्व भन्दा पहिले नै कपिलवस्तु गणराज्यको रुपमा इतिहासमा उल्लेखित उक्त स्थलमा भगवान बुद्धले सर्वप्रथम पाइला टेकेका थिए । सौभाग्यवश उक्त स्थल नेपालमा रहेको तथ्य विभिन्न उत्खनन, पुरातात्विक प्रमाण एवं त्यहाँ भेटिएका अशोक स्तम्भमा उल्लेखित ब्रह्मलिपिमा लेखिएका अभिलेखहरुबाट समेत पुष्टि भैसकेको छ । उक्त तथ्यहरुलाई नै आधार मानि युकेस्कोले समेत लुम्बिनी क्षेत्रलाई विश्व सम्पदा सूचीमा सुचिकृत गरिसकेको तथ्य सर्वविदितै छ । तथापि उक्त प्रमाणहरुलाई समेत चुनौती दिदैं बुद्धजन्मस्थलबारे भ्रम दिने सूचना एवं आलेखहरु बेला बेलामा छिमेकी मुलुक भारत लगायत विभिन्न मुलुकबाट आउनु नेपालका लागि दुर्भाग्य हो । उत्खनन गरिएका पुरातात्विक प्रमाणहरु समेत लगातार रुपमा चोरीनिकासी हुनु, उत्खनन कार्यमा बाधा पु¥याउनु, लुम्बिनी क्षेत्रमा नियमित रुपमा चोरी हुनु, ऐतिहासिक स्थलहरु संरक्षणका अभावमा गाईभैंसी चरनशाला हुनु, भेटिएका ऐतिहासिक प्रमाणहरु अलपत्र पर्नु यो क्षेत्रको उपेक्षाका प्रमाणहरु हुन् । भारतको उत्तर प्रदेश सरकारले करिब एक दशक अघि लुम्बिनी कपिलवस्तु सिमामा जोडिएकोे बस्ती जिल्लालाई विभाजित गरी सिद्धार्थनगर जिल्ला निर्माण गरेको छ । उक्त जिल्लाको सदरमुकामको रुपमा पिपरहवा भन्ने स्थानलाई हाल कपिलवस्तु चित्रित गर्दै एकीकृत रुपमा विगत केही वर्षदेखि नक्कली लुम्बिनीको विकास तीब्र गतिमा गरिरहेको छ । अर्बौ रुपैया लगानी गरिएको उक्त गुरुयोजनाले लगभग अन्तिम रुप पाइसकेको तथ्य विभिन्न संचारमाध्यमबाट समेत सम्प्रेषित भैसकेको र स्वयं उत्तरप्रदेश सरकारद्वारा त्यहाँका मिडियाहरुमा सार्वजनिक गरिएको योजनाको खाकाले समेत पुष्टि गरेको छ । तर आफुलाई बुद्धको देश भनि आत्मरतिमा रमाइरहेको नेपाल सरकार भने यस्ता भ्रमहरुलाई निस्तेज पार्नुको सट्टा कानमा तेल हाली दास मानसिकता प्रदर्शन गरिरहेको छ । सन् १९७८ मा नै पारित भैसकेको लुम्बिनी एकीकृत गुरुयोजना हालसम्म पनि अलपत्र अवस्थामा रहेको छ । लुम्बिनी क्षेत्रमा जे जति विकास भएको छ त्यो पनि नेपाललाई माया गर्ने केही बुद्धिस्ट देशले निर्माण गरिदिएका छन् । नेपाल सरकार भने वर्षेनि बुद्ध पुर्णिमाका दिन सम्मेलन गरी भाषण छाँट्ने परम्परालाई निरन्तरता दिदैं आएको छ । खुला सिमानाको फाइदा उठाउँदै वर्षेनि लाखौं पर्यटकहरु प्याकेजका रुपमा भारतबाट नेपालको लुम्बिनी भ्रमण गरिरहेका छन् । तिनीहरुबाट राज्यलाई न त कुनै आयआर्जन भएको छ न त कुनै पर्यटकीय लाभ । अझ त्यस विपरित बुद्धजन्मस्थल लुम्बिनी नेपालमा पर्दछ भन्ने समेत जानकारी नपाई भारतमा पर्दछ भन्ने मानसिकता बोकेर फर्किरहेको दृष्टान्त पाइएको छ । त्यसले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नकारात्मक प्रभाव परिरहेको छ । भारत, इजिप्ट, चीन लगायत थुप्रै पश्चिमी मुलुकहरुको स्कुल पाठ्यक्रममा समेत बुद्धको जन्म भारतमा भएको तथ्य अध्ययन गराइन्छ । लुम्बिनी क्षेत्रमा बसोबास गर्ने स्थानीय जनतालाई यस क्षेत्रको महत्व, संरक्षण र विकासमा सहभागी नगराइँदा स्थानीयवासीबाट समेत यस स्थलले नोक्सानी व्यहोर्नु परेको छ । कुनै पनि क्षेत्रको विकासको प्रत्यक्ष लाभमा जबसम्म स्थानीयवासीलाई सरिक गराइदैंन तबसम्म त्यो क्षेत्रको संरक्षण, विकास र सम्बद्र्धन हुन सक्दैन । तर कपिलवस्तुका जनता भने यस ऐतिहासिक पर्यटकीय नगरीको छायाँमा निकै कष्टकर एवं विपन्न जीवनयापन गरिरहेका छन् । अधिकांश मधेसी र मुसलमान जनताको बाहुल्य रहेको यस क्षेत्रका जनताको जीवनस्तर विकासमा स्वयं जनप्रतिनिधिहरु एवं सरोकारवाला नै मौन छन् । जसको विम्बचित्रले लुम्बिनी भ्रमणबाट नकारात्मक सन्देश अन्तर्राष्ट्रिय जगतमा पुगिरहेको छ । हालै मात्र सरकारले लुम्बिनी अन्तर्राष्ट्रिय शहरको परिकल्पना समर्थन गर्दै यस बजेटमा प्राथमिकतामा पारेको कदम स्वागतयोग्य छ । तथापि योजना तयार पार्ने तर कार्यान्वयन नगर्ने नेपाली राज्यव्यवस्थाको परम्पराले यो योजना पनि तुहिने आशंका समेत प्रबल छ । वर्षौ देखिको अन्तर्राष्ट्रिय स्तरको विमानस्थल र विभिन्न पूर्वाधार विकासको मागलाई हालसम्म पनि सरकारले महत्वपूर्ण चासोको रुपमा लिएको छैन । बौद्ध अन्तर्राष्ट्रिय तीर्थस्थल एवं शान्ति केन्द्रको रुपमा लुम्बिनी विकास गर्न सक्ने हो भने नेपालको अर्थतन्त्रमा हिरा फलाउने क्षमता यस क्षेत्रले राख्दछ । यस्तै सरकारी अर्कमण्यता, अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिएको भ्रम एवं नेपालको पर्यटन विकासमा सहयोग पु¥याउने हेतुले गत वर्ष देखि कपिलवस्तु विश्व दिवस मनाउने निर्णय भएको हो । विभिन्न मुलुकमा रहेका प्रतिष्ठित एवं आप्mनो माटोलाई माया गर्ने स्वाभिमानी नेपालीहरुले सूचना सञ्जाल मार्फत यथार्थ जानकारी दिने र भ्रमहरुलाई प्रतिवाद गर्ने उद्देश्य सहित विश्वभरि विभिन्न गतिविधि गर्दै मनाउँदै आउनु भएको छ । विशेष गरी इन्टरनेट, फेसबुक, ट्वीटर जस्ता सामाजिक संजाल एवं सूचना प्रविधिको उच्चतम प्रयोग गरी यथार्थ जानकारी विश्वमाझ पस्किने उद्देश्य यस दिवस अभियानले लिएको छ । जनस्तरबाट संचालित यस अभियानले सिएनएन संचालक फरिद जकरियाको सिद्धार्थ भारतमा जन्मेको भन्ने पुस्तकको विरोध गर्ने, गुगलले देखाएको बुद्धजन्मस्थलको गलत नक्सालाई सच्याउन बाध्य पारेको, इ–जर्नल प्रकाशित गरी विभिन्न देशका भिसा शाखामा जानकारीका लागि राख्ने कार्य गरेको तथा नेपाल सरकारलाई समेत यस दिवसको महत्वको बारेमा जानकारी गराइसकेको छ । आगामी दिनमा समेत कपिलवस्तु र लुम्बिनी सम्बन्धी छरिएका भ्रमहरुलाई प्रतिवाद गर्ने, यसको अन्तर्राष्ट्रिय प्रवद्र्धनमा सहयोग पु¥याउने, “भिजिट नेपाल, भिजिट लुम्बिनी” नाराका साथ पर्यटन वर्ष २०११ लाई सफल पार्न सहयोग पु¥याउने उद्देश्य यस अभियानले लिएको छ । राष्ट्र र राष्ट्रियतालाई मुटुमा राखेर करिब एक दर्जन भन्दा बढी मुलुकहरुमा यस अभियान समिति गठन गर्दै आप्रवासी नेपाली एवं स्वदेशी नेपालीहरुले कपिलवस्तु लुम्बिनीको महत्व संसारसामु प्रकाश पार्न भुमिका खेलिरहनु भएको छ । यसलाई अझ परिस्कृत र विश्वव्यापी रुपमा स्थापित गर्न सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुले आप्mनो कर्तव्यका रुपमा लिई नेपाल र नेपालीको स्वाभिमान रक्षा एवं सम्बद्र्धन गर्न आजको यस दिवसलाई बुद्ध र शान्तिको पक्षमा विभिन्न गतिविधि गरी मनाउने अपेक्षा यस अभियानले लिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: