Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

कपिलवस्तु दिवश अभियानमा तपाईंको राष्ट्रप्रेमको प्रतिबद्धता

Posted by Ram Kumar Shrestha on December 1, 2010

By डा कबिताराम श्रेष्ठ, सल्लाहकार – कपिलबस्तु दिवस अभियान बिस्व समिति

कपिलवस्तु दिवश अभियान प्रथमतः बुद्ध भारतमा जन्मिएको हो भन्ने विश्वव्यापी भ्रमलाई चीर्दै बुद्ध नेपालमा जन्मिएको हो भन्ने शन्देस अन्तर्राष्ट्रिय समुदायलाई दिन आयोजित एउटा विश्वव्यापी अभियान हो ।

यो अभियान विशेषगरी भरतद्वारा भारतमै यसका बुद्धकालीन भग्नावशेषहरुलाई पुनरुद्धार गर्दै बुद्ध भारतमा जन्मेको हो भन्ने विश्वव्यापी भ्रमलाई अरु बल पुर्याउने चेष्टा भइरहेका हुँदा त्यस कुटिलता विरुद्ध यो गलत प्रचार हो बुद्ध नेपाली भूभागमा जन्मेका हुन् र सही कपिलवस्तु यतै पर्छ भन्ने प्रचारप्रसार अन्तर्राष्ट्रिय समुदायमा गर्न विश्वभर फैलिएका राष्ट्रवादी नेपालीहरुले सुरु गरेका हुन् । यसको सुरुवात गत वर्ष २००९ को डिसेम्बर १ को दिन भएको थियो ।

डिसेम्बर १ को दिन नै किन छानियो भने यसै दिन १९९६ मा बुद्ध नेपाली भूभागमा जन्मेका हुन् भन्ने प्रमाण दिने लुम्विनीको अशोक स्तम्भलाई जर्मन पुरातत्ववीद अन्टोन फुहररले विश्वसामू परिभाषित गरेका थिए र यसै गौरवशाली दिनलाई सम्मान दिँदै हामीले यो दिवश मनाउन चाह्यौँ । यसलाई हामीले त्यस दिनभर विश्वव्यापी रुपमा २४ घण्टासम्म बुद्ध र बुद्धसम्बद्ध नेपालकै विषयमा मात्र इन्टरनेटको फेसबुक ट्वीटर हाइफाइभ तथा इमेलहरुमार्फत अन्तरकृया गरेर एउटा दिवशको रुपमा मनाएका थियौँ ।

बुद्धको समय अर्थात आजबाट २६०० वर्ष पहिले आजको भारत बनेकै थिएन । न त नेपालै पनि बनेको थियो । आज सीर्फ ३०० वर्ष अघि कोरिएको सिमानाको आधारमा बुद्धलाई भारतीय भनी भन्न कसरी मिल्छ हामी बुद्धलाई त्यसको आधारमा नेपाली हुन् भन्न गइरहेका होइनौँ । हामी भन्दैछौँ बुद्धका जन्मस्थल नेपालमा पर्दछ । उनको यो जन्मस्थल हामीले आज आएर खुट्याएका होइनौँ । २३ सय वर्ष पहिले तत्कालीन सम्राट अशोकले आफै यहाँ तीर्थ गर्न आएर खुट्याएका थिए र उनले त्यसैको स्मृतिमा गाडेको स्तम्भ हाम्राअघि सदियौदेखि ठींग उभिएको छ ।

यसैको अधारमा हामी कुर्लँदै छौ कि बुद्ध नेपाली भूमीमा जन्मेका हुन् तर भारतमा होइन । यसलाई बल पुराउने अरु प्रमाणहरु पनि हामीसाथ छन् जस्तै युनेस्कोले विश्वसम्पदा सुचीमा राखेको बुद्धका राजधानी कपिलवस्तु हो भन्नेँ “तिलौराकोट” अनि बबुद्धका मावली “देवदह”को अवशेष समेत हामीसँग छ ।

विडम्बना यो छ कि संसारभर बुद्धको जन्म भारतमा भएको भन्ने सोच व्याप्त छ र संसारभरका पाठयपुस्तकमा यही बताइएको छ कि बुद्ध भारतीय राजकुमार हुन् । भारत यही चाहन्छ र बढीमा बढी यसै भ्रमलाई फैलाउँदै नेपालतर्फको प्रमाणहरुलाई गलत नभने पनि छायाँमा पार्दै गइरहेको छ । भारत सरकार यसमा प्रत्यक्ष संलग्न छैन तर यसै भ्रमलाई बल पुर्याउन यसका मिडियालाई बडो सशक्त ढंगमा परिचालित गर्दै छ । उता बुद्धकालीन बुद्धको गणराज्य नपरेका होइनन् र उता पनि अनेकन नीधि नभएका होइनन् तर तथ्य यो हो कि लुम्बिनी यता पर्द छ कपलिवस्तु र उनका मावली देवदह पनि यतै पर्दछ । अहिले आएर उता भएका उनीहरुका नीधिहरुलाई उकास्दै र पुरुद्धार गर्दै उता अर्को कपिलवस्तु नै बनाइँदै छ । उता जिल्लाको नाम तथा नगरको नामसमेत कपिलवस्तु र शिद्धार्थनगर वा शिद्धार्थजनपद आदि बनाइएको छ । उनीहरु यसमा यतिसम्म सफल भएका छन् कि धार्मिक पर्यटकहरुको ओइरो अब नेपाल तर्फबाट मोडिँदै उतै डोलिएका छन् । उता लुम्बिनीको ठीक पारी केही किलोमिटरमै भारतले पर्यटकहरुको लागि सुविधासम्पन्न होटल तथा पर्यटकीय पूर्वाधारहरु पनि खडा गरेका छन् र लुम्बिनी भनेर यता भ्रमण गर्न आउने पर्यटकहरुसमेत उतै बस्ने गर्दछन् ।यता दृश्यावलोकन गर्दै उतै फर्कन्छन् । यसमा हम्रातर्फको कमी कमजोरी नभएको होइन यता यस्ता पूर्वाधार नहुँदा पर्यटकहरुलाई उतै बस्दै यता भ्रमण गर्न सजिलो पर्दछ । त्यत्तिमात्र होइन यो सरहद नेपाल हो भन्ने चिनाउने एउटा साइन बोर्डसम्म हाम्रातर्फबाट टाँगिएका छैन । पर्यटकहरुलाई यता नेपाल छिरेर लुम्बिनी भ्रमण गरेर फर्केर जाँदासम्म थाहा हुन्न कि उनीहरुले नेपालमा पुगेर नेपालमा बुद्धको जन्मस्थलको भ्रमण गरे । भारतीय पर्यटन व्यवसायीहरु यो नेपाल हो भनी एकै शव्द नबोली पर्यटकहरुलाई उतै फिर्ता लान्छन् ।

हाम्रो सरकार र हामी सबै लुम्बिनी स्तम्भजस्तो मार्कर आफूतिर हुँदाहुँदै पनि यसलाई अघाडी राखेर बुद्ध नेपालमै जन्मेका हुन् भनी भन्न पछाडि परिरहेछौँ । यो एउटा आवश्यकता हो भन्ने सोचसम्म पनि हामीमा कहिल्यै सशक्त रुपमा भएन । त्यो विश्वले जान्ने कुरा हो हामीले किन भनीराख्न पर्यो भन्ने सोचको हामी शिकार छौँ । वा भारतसँग कन्फ्रट हुनसक्ने डर उनमा  छ । तर हामीलाई किन भारतसँग कन्फ्रन्टन गर्न परेको छ र हामी त बुद्ध नेपालमा जन्मेका हुन् यता हेर हामीसँग २३०० वर्ष पुरानो मार्कर छ मात्र भन्न चाहन्छौँ । त्यो सत्य देखाउन चान्छौँ । भारत स्वयमले पनि त लुम्बिनीलाई बुद्धको जन्मस्थल होइन भनी कतै भनेको छैन । हामी किन त्रस्त ?

हामीले गत वर्ष त्यो एकदिने दिवश बडो सफलतापूर्वक मनायौँ । त्यो एक दिने दिवशको रन्को महिनौँसम्म विश्वभरका वुद्धिजीवि सापमू घन्किरह्यो । यसै उर्जालाई समेटेर हामीले अन्ततः उनै विश्वभर छरिएर ऐक्यवद्धता जनाउने बुद्धीजीविहरुलाई समेटेर वेलायतबासी इन्जिनीयर श्री राम कुमार श्रेष्ठको संयोजकत्वमा २१ सयोजकहरु रहेका विश्व समिति नै गठन गर्यौँ । यसको लागि बढी सहभागतिा जुटाउने हेतुमा नेपालका प्रमुख ३ राजनीतिक दलका प्रतिनीधिहरुसहति कपिलवस्तुका सांसद बुद्धिजीवी प्रतिनीधि र अन्तरराष्ट्रिय दुइ विद्वान र धार्मिक गुरु गरी  आठ सल्लाहकारहरुको पनि चयन गरियो । यी समाहित व्यक्तित्वको नामावली कपिलवस्तु व्लग https://worldamity.wordpress.com/ बाट उपलव्ध गर्न सकिन्छ ।

यस बीच यस अभियानको सक्रृयतामा बुद्धको जन्मस्थल भारततीर देखाउने गुगल म्यापमा नेपाल देखाउने गरी सच्याइएको छ । नेपाल सरकारलाई यस समस्याको ज्ञापन पत्र पनि दिइयो । यता आएर स्पेन वेल्जीयम, युके, श्कनाडा र  न्यूजीलैंड माँ राष्ट्रिय समिति पनि गठन भएको छ र हरेक वर्ष यो दिवश नमाउने क्रममा यो दिसम्बर १ मा दोस्रो दिवश मनाउने तयारी भइरहेको छ । पहिलेका अनुभवका साथै अरु कार्यक्रमहरुसमेत संयोजित हुने यो कार्यक्रम अरु सशक्त हुने पक्का छ ।

अब यसपछि विश्वव्यापी रुपमा यसको राष्ट्रिय समिति गठन हुने पक्का छ र विश्वले बुद्ध नेपालमा जम्मिएको हो भन्ने तथ्यलाई प्रभावकारी ढंगमा थाहा पाउँदै जाने छन् ।

यहासम्म स्वत:  स्फूर्त रुपमा जे भयो भयो तर यसरी नै यो भारतीय कुटिलताबिरुद्धको संघर्ष हामीले चाहेको निष्कर्षयुक्त उचाइमा पक्कै पुग्ने छैन ।   स्वत:स्फूर्तता  कतिसम्म अगाढ़ी  जाला ? र के संसारभरका नेपाली  बुद्धिजीवी सरकारका निरीहतासंगै  यत्तिकै पौरूषहीन रहन सक्छन ? होइन भने के गर्न पर्छ ? के यो अभियानमात्र यथेष्ट हुनेछ? यो मेरो मात्र होइन आजका मुट्ठी भरका  रास्ट्रबादी जनताको गंभीर प्रश्न हो । आउनोस आफ्नो कुरा तथा सल्लाह अगाडी  राखौं । धन्यबाद ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: