Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for December, 2010

कपिलबस्तु दिवस: क्यानडामा सामुदायिक अन्तरकृया कार्यक्रम

Posted by Ram Kumar Shrestha on December 2, 2010

चन्द्र राइ, क्यानडा: जहाँ रहे पनि नेपाल र नेपालीको सम्मान,उत्थान र गौरबको निमित एक जुट हुने हामी स्वाभिमान र कर्तब्यपरायण नेपाली र नेपाली मुलका हुनुमा गौरब गर्छौ । यसको ताजा उदाहरण कपिलवस्तु दिवश विश्व अभियानको क्रममा नोवेम्बर २८ मा ग्रेटर टोरोन्टोको स्कारबोरोमा सम्पन्न भएको समुदायिक अन्तर्कृया कार्यक्रम हो ।

यस कार्यक्रममा सकृय सहभागी भइ कार्यक्रमलाई सफल बनाइदिनु भएकोमा आदरणिय सम्पूर्ण सहभागीहरु र बिभिन्न कठिनाईका कारण शरीरिक रुपमा उपस्थित हुन नसक्नु भए पनि टेलिफोन र ईमेल मार्फत सफलताको कामना गर्नु हुने सबैमा कपिलबस्तु दिवस अभियान क्यानडा राष्ट्रिय समिति हार्दिक धन्यवाद ज्ञापन गर्दछ । त्यसरी नै बिशेष गरेर कार्यक्रम स्थलको सहयोग गरी दिनु भएकोमा एभरेस्ट कम्युनिटी सेन्टरका अध्यक्ष श्री अनिल थापाज्यु,पदाधिकारीहरु र सम्पूर्ण कम्युनिटिप्रति अभियान आभार प्रकट गर्दछ ।

त्यसै गरी खानपीन र जलपानको स्पोन्सर गरी दिनु हुने श्रीमती सुनिता पाठक र गोविन्द सिवाकोटी, श्री कृष्ण तिम्सिना, श्री अङ्बरु शेर्पा,श्री दुर्गा अधिकारी, श्रीमती तुलसी राइ र चन्द्र राइ र श्री सुबास बिक धेरै धेरै धन्यवादका पात्र हुनुहुन्छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

2nd Kapilvastu Day Movement

Posted by rajshrestha2002 on December 2, 2010

Posted in Uncategorized | Leave a Comment »

उज्यालो ९० नेटवर्कको नेपाल दर्पण कार्यक्रममा कपिलबस्तु दिवससम्बन्धी कुराकानी

Posted by Ram Kumar Shrestha on December 1, 2010

उज्यालो ९० नेटवर्क एफएमको नेपाल दर्पण कार्यक्रममा दोस्रो कपिलबस्तु दिवसको अबसरमा कपिलबस्तु दिवससम्बन्धी बिषयमा अभियानका बिस्व संयोजक  रामकुमार श्रेष्ठ, कपिलबस्तु दिवस अभियान यूके राष्ट्रिय समितिका एक संयोजक सोफिया थापा र कपिलबस्तु दिवस अभियान बिस्व समितिका एक सल्लाहकार डा कबिताराम श्रेष्ठसंग गरिएको कुराकानी सुन्न यहाँ क्लिक गर्नु होस:

Posted in समाचार | Leave a Comment »

गौतम बुद्ध

Posted by Ram Kumar Shrestha on December 1, 2010

नहुने कुराले
जैले पनि यो मन
भयभित तुल्याइरहन्छ
आफ्नै डम्फु बजाउन
आफ्नै पर्ब मनाउन
ब्यस्त छन सबैजना
खल्लो अनुभूति
निस्तेज बन्छु
जताततै
त्रासको बास छ
प्रदुषित सोचाइहरु
यत्रतत्र छन
बिद्रोही मनहरुको बिचमा
बुद्ध बन्न मन् लाग्छ
बुद्धुहरुको बगालमा ।

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

दोश्रो कपिलवस्तु विश्व दिवस भव्य रुपमा मनाऔं, बुद्ध जन्मस्थल संसारलाई चिनाऔं

Posted by laxmanpuri on December 1, 2010

–लक्ष्मण पुरी  (नेपालका लागि संयोजक – कपिलवस्तु दिवस आन्दोलन विश्व कार्यसमिति )

भगवान गौतम बुद्धको जन्मस्थल कपिलवस्तु, लुम्बिनीको ऐतिहासिक महत्व, अन्तर्राष्ट्रिय पहिचान एवं भौगोलिक अवस्थितिप्रति बारम्बार हुँदै आएको अतिक्रमणको विरोध, छरिएका भ्रमहरुको निस्तेज एवं यसको अन्तर्राष्ट्रिय प्रवद्र्धन उद्देश्यले गत वर्षदेखि स्वदेशी एवं आप्रवासी नेपालीहरुको पहलमा आजको दिन डिसेम्बर १ मा दोश्रो कपिलवस्तु विश्व दिवस संसारभर मनाइदैंछ । विभिन्न कालखण्डमा लुम्बिनी कपिलवस्तुको पहिचान केही चिनियाँ यात्री एवं नेपालका खड्ग शम्शेरले समेत गरेको इतिहासमा उल्लेख गरेको पाइन्छ । यद्यपि बुद्ध जन्मस्थलको पहिचान गरी यस धर्मको महत्व प्रचार प्रसार गर्नमा पाट्लीपुत्र सम्राट अशोकको योगदान रहेको त्यहाँ उत्खनन गर्दा प्राप्त पुरातात्विक आधारबाट पुष्टि गर्न सकिन्छ । यसलाई आधुनिक विश्वमा पहिचान दिने काम चाहिँ सन् १८९६ को डिसेम्बर १ मा जर्मन आर्कोलोजिष्ट एन्टोन फुहररले गरेका थिए । उक्त दिनलाई नै चिरस्मरणीय बनाउने एवं कपिलवस्तुको पहिचान र महत्व अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले यस दिवसको शुरुवात गरिएको हो । राष्ट्रलाई नै पहिचान दिने, समग्र विश्वलाई शान्तिको सन्देश दिने विश्व शान्तिको केन्द्रविन्दु,  ऐतिहासिक महत्व बोकेको कपिलवस्तु लगायत लुम्बिनी क्षेत्रका महत्वपूर्ण ऐतिहासिक स्थलहरु भने सुगम जिल्ला हुँदाहुँदै पनि अति विपन्न क्षेत्रमा परिभाषित गर्नुपर्दा लुम्बिनीवासी लगायत समग्र राष्ट्रलाई नै लज्जाबोध हुने गरेको छ । विश्वका बुद्धिष्टहरुको पवित्र तिर्थस्थल, अन्तर्राष्ट्रिय शान्ति केन्द्र, देशको मुख्य पर्यटकीय स्थल एवं आर्थिक मेरुदण्ड लुम्बिनीको विकास, प्रवद्र्धन एवं सुरक्षा जुन मापदण्डमा हुनुपर्ने हो त्यो हुन नसक्नु नेपालको प्रशासनिक क्षेत्र तथा सरकारको नालायकीयपन एवं लाचार चरित्र हो । कपिलवस्तु लुम्बिनी दुर्भाग्यवश नेपाल–भारत सिमानामा अवस्थित छ । नेपालको अस्तित्व भन्दा पहिले नै कपिलवस्तु गणराज्यको रुपमा इतिहासमा उल्लेखित उक्त स्थलमा भगवान बुद्धले सर्वप्रथम पाइला टेकेका थिए । सौभाग्यवश उक्त स्थल नेपालमा रहेको तथ्य विभिन्न उत्खनन, पुरातात्विक प्रमाण एवं त्यहाँ भेटिएका अशोक स्तम्भमा उल्लेखित ब्रह्मलिपिमा लेखिएका अभिलेखहरुबाट समेत पुष्टि भैसकेको छ । उक्त तथ्यहरुलाई नै आधार मानि युकेस्कोले समेत लुम्बिनी क्षेत्रलाई विश्व सम्पदा Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

कपिलवस्तु दिवस अभियान नेपाल समितिको प्रेस विज्ञप्ति

Posted by rajshrestha2002 on December 1, 2010

भगवान गौतम बुद्धको जन्मस्थलबारे अन्तर्राष्ट्रिय जगतमा छरिएको भ्रमलाई चिर्दै यथार्थ जानकारी प्रदान गर्न बुद्धिष्टहरुको पवित्र तीर्थस्थल कपिलवस्तुको संरक्षण संवद्र्धन तथा अन्तराष्ट्रिय क्षेत्रमा कपिलवस्तु लुम्बिनी क्षेत्रको प्रवद्र्धन गर्न सघाउ पुर् याई नेपालको पर्यटन विकासमा टेवा पुर् याउने हेतुले संसारभर छरिएर रहेका नेपालीहरुको पहलमा गत वर्ष देखि डिसेम्बर १ का दिन कपिलवस्तु विश्व दिवस मनाउन आरम्भ गरिएको छ ।

सम्राट अशोकद्वारा पहिचान गरी बुद्ध धर्म तथा यस स्थलको प्रचारप्रसारमा सहयोग पुर् याएको इतिहास भएपनि आधुनिक विश्वलाई यस स्थलको उत्खनन गरी अन्तर्राष्ट्रिय पहिचान दिलाउन भुमिका खेलेका जर्मन आर्कोलोजिष्ट एन्टन फुहररले लुम्बिनी कपिलवस्तुलाई पहिचान दिएको दिन सन् १८९६ डिसेम्बर १ लाई चीरस्मरणीय बनाउन र कपिलवस्तुको अन्तर्राष्ट्रिय महत्व स्थापित गर्न यो दिवस मनाउन थालिएको जानकारी गराउन चाहन्छौं ।

विशेषतः सूचना प्रविधिको यस युगमा तीब्र संचारमाध्यमहरुको दुरुपयोग गर्दै बुद्ध जन्मस्थलबारे भ्रम सिर्जना गर्ने नक्कली लुम्बिनीको प्रवद्र्धन गर्ने त्यस क्षेत्रमा उत्खनन गरिएका पुरातात्विक सामानहरुको चोरी निकासी गर्ने उत्खननमा बाधा पुर् याउने उक्त क्षेत्र विकासमा अन्तर्राष्ट्रिय कुटनीति प्रयोग गरी अवरोध खडा गर्ने भारत तर्फ प्याकेजका रुपमा लुम्बिनी भ्रमण गराउने तर लुम्बिनी नेपालमा भएको जानकारी लुकाई भ्रम खडा गर्ने तथा उक्त भ्रमणबाट नेपाल सरकारलाई कुनै आर्थिक लाभ नहुने सीमा क्षेत्रको असुरक्षा एवं भारतीय पक्षबाट लुम्बिनी डुबानमा पार्ने नियतले बनाइएको खुर्दलोटन बाँध जस्ता कि्रयाकलाप र भारतको उत्तरप्रदेश सरकारको गुरुयोजनामा सम्पन्न हुन लागेको नक्कली लुम्बिनी निर्माण जस्ता गतिविधिका कारण स्वाभिमानी नेपालीहरुको आस्था विश्वास र पहिचानमा धावा बोलेको महसुस भएकाले जनस्तरबाट नै यसको प्रतिवाद गर्दै अन्तर्राष्टिय क्षेत्रमा यसको पहिचान स्थापना र प्रवद्र्धनको निम्ति यो दिवस लुम्बिनी क्षेत्रको प्रवद्र्धन हुने विभिन्न गतिविधि गरी विश्वभर मनाइन थालेको हो ।

भारत लगायत विभिन्न पश्चिमी मुलुकहरुमा समेत पाठ्यक्रममा बुद्धको जन्मस्थल भारत भएको उल्लेख भएको र संसारमा अरबौं बौद्ध धर्मावलम्बी हुँदा समेत यथार्थ जानकारी नहुँदा दिग्भ्रमित भई बुद्धिष्टहरुको पवित्र तिर्थस्थल ओझेलमा परी अत्यन्त न्यून सख्यामा मात्र तिर्थालु तथा पर्यटकको आगमन नेपालका लागि दुःखद अवस्था हो । राज्यस्तरबाट लुम्बिनी विकासमा देखाइएको उदासिनता आवश्यक पूर्वाधार निर्माणमा ढिलासुस्ती एवं प्रवद्र्धनमा देखाएको उपेक्षाले सम्पूर्ण नेपालीहरुलाई आवाज बुलन्दका निम्ति बाध्य पारिएको छ । तसर्थ राष्ट्रको पहिचानलाई नै आपुनो पहिचान ठानी यस प्रकारका कि्रयाकलापको प्रतिवाद गर्न एवं आपुनो पहिचानको स्तम्भलाई अन्र्तराििष्ट्रय जगतमा स्थापित गरी समग्र मुलुकलाई गौरवलायक एवं समृद्ध बनाउन सम्पूर्ण देशप्रेमी नेपालीहरुलाई यो दिवस भव्यताका साथ मनाउन अनुरोध गर्दछौं । साथै यस अभियानलाई सार्थक बनाउन भूमिका खेल्न समपूर्ण मिडियाहरुमा समेत सादर अनुरोध गर्दछौं  ।

कपिलवस्तु दिवस अभियान नेपाल समितिको तर्पुबाट लुम्बिनी र कपिलवस्तु क्षेत्रको सुरक्षा सम्बन्धी विशेष व्यवस्था गर्न सरकारसँग माग

भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई विश्व सामु परिचित गराउने उद्देश्यका साथ सुरु भएको कपिलवस्तु दिवस विश्व अभियानले डिसेम्बर १ २०११ देखि दोस्रो वर्षमा प्रवेश गर्दैछ । यसै सन्दर्भमा लुम्बिनी र कपिलवस्तु क्षेत्रका पुरातात्विक र ऐतिहासिक धरोहरहरुको सुरक्षा र संरक्षणको गम्भिर चासो व्यक्त गर्दै कपिलवस्तु दिवस अभियान नेपाल समिति निम्नलिखित मागहरु यथाशीघ्र पुरा गर्न नेपाल सरकारसँग जोडदार माग राख्दछ ।

१। नेपाल पर्यटन वर्ष २०११ को सन्दर्भमा लुम्बिनीलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा मात्रै प्रचारप्रसार नगरी विश्वभर छरिएर रहेका बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थलको रुपमा समेत लुम्बिनी र कपिलवस्तुको प्रचारप्रसार गरिनु पर्दछ । चीन जापान म्यान्मार थाइल्यान्ड उत्तर र दक्षिण कोरिया र श्रीलंका जस्ता बौद्ध धर्मावलम्बीहरु अत्यधिक रहेका देशहरुमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई बौद्धहरुकै पवित्र तीर्थस्थलको रुपमा नेपाल सरकारले प्रचारप्रसारलाई तीव्र बनाउनु पर्दछ । ती देशहरुबाट पर्यटकहरुलाई विशेष सहुलियत दिई अत्यधिक संख्यामा बौद्ध धर्मावलम्बीहरुलाई लुम्बिनी र कपिलवस्तुको भ्रमणका लागि आकर्षित गर्नु पर्दछ ।

२। लुम्बिनी र कपिलवस्तु क्षेत्रका ऐतिहासिक र पुरातात्विक महत्वका स्थानहरुको सुरक्षा र संरक्षणको विशेष व्यवस्था गर्नुपर्दछ । मायादेवी मन्दिरमा रहेको दानपात्र पटक पटक चोरी हुँदा समेत प्रहरी प्रशासनबाट कुनै कारवाही नहुँदा यस्ता गम्भीर प्रकृतिका अपराध बारम्बार दोहरिइ अपराधीहरुको मनोबल बढेको देखिन्छ । यसबाट बुद्धजन्मस्थलको पहिचान चिन्ह मार्कर स्टोनको सुरक्षामा समेत ढुक्क हुन नसक्ने अवस्था सिर्जना भएको छ भलै यसलाई बुलेटप्रुफ सिसाभित्र राखिएको किन नहोस् । त्यसैले लुम्बिनी र कपिलवस्तु क्षेत्रको ऐतिहासिक र पुरातात्विक स्थलहरुको सुरक्षा र संरक्षण पर्यटक र तीर्थयात्रीहरुको सुरक्षाका साथसाथै अपराध कार्यमा संलग्न अपराधीहरुलाई कडा कारवाही गर्न नेपाल सरकारसँग विशेष सुरक्षाको माग गर्दछ ।

३। लुम्बिनी र कपिलवस्तु क्षेत्रको भौतिक पूर्वाधार पर्यटन मैत्री र सन्तोषजनक नभएको हुँदा पर्यटक तथा तीर्थयात्रीहरुले सास्ती खेप्नुपरिरहेको छ । त्यसैले यस क्षेत्रमा विश्वस्तरको पर्यटन सुविधा उपलब्ध गराउन आवश्यक भौतिक तथा पर्यटकीय पूर्वाधारको निर्माण अविलम्ब सुरु गर्नुपर्दछ ।

४। लुम्बिनी र कपिलवस्तुक्षेत्रको सर्वाङ्गिण विकास गर्न गठित लुम्बिनी विकास कोषमा राजनीतिक नियुक्तिले गर्दा यस क्षेत्रको विकासमा प्रभावशाली भूमिका खेल्न नसकेको प्रत्यक्ष देखिन्छ । कोषमा पदाधिकारी नियुक्त गर्दा राजनीतिक स्वार्थबाट प्रेरित नभएका विशुद्ध अध्ययन र अनुसन्धानमा लागेका आस्थावान व्यक्ति नियुक्त गर्नुपर्दछ ।

५। भगवान् बुद्धको जन्मस्थलको रुपमा लुम्बिनीको महत्वपूर्ण स्थान भएजस्तै भगवान्ले २९ वर्षसम्म व्यतित गर्नुभएको कपिलवस्तुको महत्व पनि कम छैन । तर कपिलवस्तु क्षेत्र विकास पूर्वाधार चेतना शिक्षा आदि क्षेत्रमा पिछडिएको कारण लुम्बिनी भ्रमण पछि कपिलवस्तुको भ्रमणमा जाने पर्यटक तथा तीर्थयात्रीहरु त्यहाँको दुरावस्था देखेर दुखित हुने गरेकाछन् । कपिलवस्तु लुम्बिनीको पहिचान सँगै गाँसिएको हुँदा यहाँको पछौटेपनबाट अन्तरराष्ट्रिय जगतमा समेत नराम्रो सन्देश जान्छ । तसर्थ कपिलवस्तु र लुम्बिनीलाई एकीकृत विकास योजना अन्तर्गत संरक्षण र सम्वद्र्धन गरिनु पर्छ ।

६।नेपालको तिलौराकोट नै प्राचीन कपिलवस्तु हो भन्नेमा शंका छैन । तैपनि भारतको उत्तरप्रदेशको पिपरहवालाई प्राचीन कपिलवस्तु हो भन्दै त्यहाँ निर्माण कार्य भइरहेको छ । भारतीयहरुले दावी गरेको पिपरहवा वरपर बौद्ध साहित्यमा वर्णन गरिएका प्राचीन कपिलवस्तु वरपर हुनुपर्ने पुरातात्विक स्थलहरु कुनैको पनि अस्तित्व छैनन् । यसको ठीक विपरित तिलौराकोटमा ती स्थलहरुको किटानकासाथ पहिचान गरिएको छ । तिलौराकोट नै प्राचीन कपिलवस्तु हो भन्ने तथ्यलाई अझ सशक्त बनाउन नेपाल सरकारले छिट्टै अनुसन्धानविद् पुरातत्वविद् इतिहासकार तथा वैज्ञानिकहरुको टोली गठन गरी उत्खनन र अनुसन्धान कार्य अगाडि बढाइयोस् । उत्खननबाट प्राप्त पुरातात्विक वस्तुहरुको सुरक्षा गर्न विशेष सुरक्षा समेत अपनाइयोस ताकि ती अमूल्य वस्तुहरु सिमाना पारी चोरी निकासी हुन नपाओस् ।

राज श्रेष्ठ सार्क संयोजक
लक्ष्मण पुरी नेपाल संयोजक
कपिलवस्तु दिवस अभियान नेपाल समिित

Posted in समाचार | Leave a Comment »

कपिलवस्तु दिवश अभियानमा तपाईंको राष्ट्रप्रेमको प्रतिबद्धता

Posted by Ram Kumar Shrestha on December 1, 2010

By डा कबिताराम श्रेष्ठ, सल्लाहकार – कपिलबस्तु दिवस अभियान बिस्व समिति

कपिलवस्तु दिवश अभियान प्रथमतः बुद्ध भारतमा जन्मिएको हो भन्ने विश्वव्यापी भ्रमलाई चीर्दै बुद्ध नेपालमा जन्मिएको हो भन्ने शन्देस अन्तर्राष्ट्रिय समुदायलाई दिन आयोजित एउटा विश्वव्यापी अभियान हो ।

यो अभियान विशेषगरी भरतद्वारा भारतमै यसका बुद्धकालीन भग्नावशेषहरुलाई पुनरुद्धार गर्दै बुद्ध भारतमा जन्मेको हो भन्ने विश्वव्यापी भ्रमलाई अरु बल पुर्याउने चेष्टा भइरहेका हुँदा त्यस कुटिलता विरुद्ध यो गलत प्रचार हो बुद्ध नेपाली भूभागमा जन्मेका हुन् र सही कपिलवस्तु यतै पर्छ भन्ने प्रचारप्रसार अन्तर्राष्ट्रिय समुदायमा गर्न विश्वभर फैलिएका राष्ट्रवादी नेपालीहरुले सुरु गरेका हुन् । यसको सुरुवात गत वर्ष २००९ को डिसेम्बर १ को दिन भएको थियो ।

डिसेम्बर १ को दिन नै किन छानियो भने यसै दिन १९९६ मा बुद्ध नेपाली भूभागमा जन्मेका हुन् भन्ने प्रमाण दिने लुम्विनीको अशोक स्तम्भलाई जर्मन पुरातत्ववीद अन्टोन फुहररले विश्वसामू परिभाषित गरेका थिए र यसै गौरवशाली दिनलाई सम्मान दिँदै हामीले यो दिवश मनाउन चाह्यौँ । यसलाई हामीले त्यस दिनभर विश्वव्यापी रुपमा २४ घण्टासम्म बुद्ध र बुद्धसम्बद्ध नेपालकै विषयमा मात्र इन्टरनेटको फेसबुक ट्वीटर हाइफाइभ तथा इमेलहरुमार्फत अन्तरकृया गरेर एउटा दिवशको रुपमा मनाएका थियौँ ।

बुद्धको समय अर्थात आजबाट २६०० वर्ष पहिले आजको भारत बनेकै थिएन । न त नेपालै पनि बनेको थियो । आज सीर्फ ३०० वर्ष अघि कोरिएको सिमानाको आधारमा बुद्धलाई भारतीय भनी भन्न कसरी मिल्छ हामी बुद्धलाई त्यसको आधारमा नेपाली हुन् भन्न गइरहेका होइनौँ । हामी भन्दैछौँ बुद्धका जन्मस्थल नेपालमा पर्दछ । उनको यो जन्मस्थल हामीले आज आएर खुट्याएका होइनौँ । २३ सय वर्ष पहिले तत्कालीन सम्राट अशोकले आफै यहाँ तीर्थ गर्न आएर खुट्याएका थिए र उनले त्यसैको स्मृतिमा गाडेको स्तम्भ हाम्राअघि सदियौदेखि ठींग उभिएको छ । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

 
%d bloggers like this: