Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

कपिलवस्तु दिवस अभियान नेपाल समिति गठन

Posted by Ram Kumar Shrestha on January 24, 2011

काठमाडौं माघ ८ २०६७ । भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई विश्व सामु परिचित गराउने उद्देश्यका साथ डिसेम्बर १ २००९ का दिन शुरु भएको कपिलवस्तु दिवस विश्व अभियानको विश्व कार्य समितिले पूर्णता पाएपस्चात यस्को विश्व सन्जाल बिस्तार गर्ने क्रममा बिभिन्न देशहरुमा राष्ट्रिय समितिहरु गठन कार्य तिब्र गतिमा अगाढि बढिरहेको छ । यसै सिलसिलामा यस अभियानको नेपाल समिति गठन गरिएको छ । नेपाल पर्यटन वर्ष २०११ को सन्दर्भमा लुम्बिनी र कपिलवस्तुलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा मात्रै प्रचारप्रसार नगरी विश्वभर छरिएर रहेका बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थलको रुपमा समेत प्रचारप्रसार गर्न योगदान दिने प्रमुख उद्देश्यका साथ कपिलवस्तु दिवस अभियान नेपाल समिति गठन गरिएको हो । सो अवसरमा अभियानले गर्नु पर्ने आगामी कार्यक्रम बारेमा पनि सल्लाहकार र सदस्य बीच अन्तरकि्रया भयो ।

कपिलवस्तु दिवस अभियान विश्व समितिका सल्लाहकार डा. कविताराम श्रेष्ठ, सार्क सल्लाहकार केदार शाक्य र अमेरिका संयोजक लक्ष्मी सिंखडा  तथा वरिष्ठ व्यक्तित्व बेखारत्न शाक्यज्यूका प्रमुख आतिथ्यमा राज श्रेष्ठ (सार्क संयोजक), नेपाल संयोजक द्धय लक्ष्मण पुरी र निलकण्ठ तिवारी नेपाल संयोजक को संयोजकत्वमा निम्नलिखित पदाधिकारी रहने गरी नेपाल समिति गठन गरिएको छ ।

सल्लाहकारहरु:
१. बेखारत्न शाक्य पूर्वमेयर (ललितपुर)
२. घनश्याम राजकर्णिकार बौद्ध विद्धान तथा साहित्यका
३. डा. कुसुम शाक्य सहप्राध्यापक त्रिवि
४. मनोरमा शेरचन अध्यक्ष लुम्बिनी समाज 
५. रामचन्द्र पाण्डे अध्यक्ष देवदह संरक्षण प्रतिष्ठान
६. गुह्यरत्न शाक्य समाजसेवी

अन्य पदाधिकारीहरु:
१ दुर्गा अर्याल, कपिलवस्तु 
२  निलेश अधिकारी, रुपन्देही 
३ भीम अधिकारी, सुनसरी 
४ अमरनाथ ढकाल, स्याङ्जा 
५ पूर्णचन्द्र लामिछाने, नवलपरासी 
६ सुनिल पोखरेल, दाङ 
७ गोपाल खतिवडा, खोटाङ

स्मरण रहोस समस्याको प्रकृति बिस्वब्यापी भएका कारण यस अभियानलाई बिस्वब्यापी बनाइनु पर्ने ठहर गरी दुई चरण गरी कपिलबस्तु दिवस अभियान बिस्व कार्य समितिलाई पूर्णता दिएपस्चात क्षेत्रीय र राष्ट्रिय समिति गठन गर्दै बिस्व सन्जाल बिस्तार गर्ने उद्धेस्य अनुरुप क्रमश: स्पेन, बेल्जियम, वेलायत, क्यानडा, न्यूजिल्याण्ड, ताईवान र डेनमार्कमा कपिलबस्तु दिवस अभियान राष्ट्रिय समिति गठन भैसकेकोले नेपाल यसरी राष्ट्रिय समिति गठन गर्ने आठौं मुलुक बन्न पुगेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: