Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for March, 2011

लुम्विनीलाई खुला चिडियाखाना बनाउने योजना

Posted by Ram Kumar Shrestha on March 31, 2011

शेरबहादुर केसी, लुम्विनी, चैत १७- शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्विनीलाई प्राकृतिक दृष्टिले भरिपूर्ण बनाउन लुम्विनी विकास कोषले खुला चिडियाखानाको अवधारणा अघि सारेको छ। डब्लुडब्लुएफको सहयोगमा कोषले लुम्विनीलाई खुला चिडियाखाना बनाउने योजना अघि सार्न गइरहेको हो।

‘बुद्ध जन्मस्थललाई प्राकृतिक दृष्टिले विकास गर्ने सोचअनुरुप खुला चिडियाखाना बनाउने योजना अघि सारेका हौं– लुम्विनी विकास कोषका सदस्य सचिव राजेन्द्र थापाले नागरिकलाई भने।

लुम्विनीलाई खुला चिडियाखाना बनाउने योजना दीर्घकालीन दृष्टिले अघि बढाउनेबारेमा डब्लुडब्लुएफका अधिकारी र लुम्विनी विकास कोषबीच केही चरणमा छलफलसमेत भइसकेको छ। यो दीर्घकालीन योजना अघि बढाउन डब्लुडब्लएफसँगको छलफल प्रारम्भिक भएको कोषको भनाई छ।

कोषले यो अवधारणा सुरु गर्न पहिलो चरणमा वन विस्तारका लागि नर्सरी व्यवस्थापन र कोषको खुला क्षेत्रलाई तारवार लगाउने कामलाई पहिलो चरणमा राखेको छ। कोषको कोषको ७ सय ७७ हेक्टर क्षेत्रफलको वरिपरिको १६ किलोमिटर क्षेत्रफलमा तारबार लगाए खुलारुपमा सर्वसाधारण कोषको क्षेत्राधिकारभित्र मनपरी पस्न पाउँदैंनन्। Read the rest of this entry »

Advertisements

Posted in समाचार | Leave a Comment »

साहित्य महासंघको तेस्रो बैठक सम्पन्न, केन्द्रिय सचिवालय निर्माण

Posted by Ram Kumar Shrestha on March 30, 2011

[कपिलबस्तु दिवस अभियानले बुद्ध र बुद्ध जन्मस्थलबारे भ्रम सिर्जना गर्ने सामग्री सहितका पुस्तक, लेख एबं वेब साइटहरुको लिस्ट तयार गर्ने योजना बनाएको सन्दर्भमा बिस्व नेपाली साहित्य महासंघले नेपाल र नेपालीको सम्बन्धमा विभिन्न विदेशी लेखकहरुले लेखेका पुस्तक तथा लेखहरुमा रहेका गल्तिहरुलाई औल्याएर सहयोगि सुझाव दिनको लागि निर्माण गरेको ‘नेपाल सम्बन्धि सूचना सुधार कार्यदल’को कार्य चुनौतिपूर्ण भए तापनि अत्यन्तै स्वागतयोग्य छ ।]

ब्रुनाई २८ मार्च २०११ विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको तेस्रो इ-बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भयो ।

बरिष्ठ साहित्यकार स्व. डायमण्ड शमशेर राणाको चिर आत्माले शान्ति पाओस भन्ने कामना गर्दै एक मिनेट मौनधारणबाट शुरु भएको बैठकले अघिल्लो बैठकको निर्णयहरुको समिक्षा गर्दै अध्यक्ष डा. मधु माधुर्य (रसिया), उपाध्यक्ष तिलक मल्ल (जापान) र महासचिव विश्वासदीप तिगेला (ब्रुनाई) रहेको ३ सदसिय महासंङ्घ केन्द्रिय सचिवालयको निर्माण भएको घोषणा गर्यो, बाँकी २ जना भविश्यमा थप गर्ने निर्णय भयो ।

नेपाल र नेपालीको सम्बन्धमा विभिन्न विदेशी लेखकहरुले लेखेका पुस्तक तथा लेखहरुमा रहेका गल्तिहरुलाई औल्याएर सहयोगि सुझाव दिनको लागि महासंघले निर्माण गरेको ‘नेपाल सम्बन्धि सूचना सुधार कार्यदल’मा बरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई (किर्तिपुर) र कपिलबस्तु दिवस अभियान अभियन्ता रामकुमार श्रेष्ठ (वेलायत)लाई सर्वसम्मत आग्रह सहित चयन गर्यो र अघिल्लो बैठकबाट चयन हुनुभएका साहित्यकार मुरारीराज शर्मा सहित अब ३ सदस्यित कार्यदल बन्न पुगेको छ, साथै भविश्यमा स्पेनिस, फेन्च, चाइनिज लगायत अन्य भाषाविदहरुलाई पनि समेटिने निर्णय गर्यो । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , | 1 Comment »

बुद्धदर्शनबारे अन्तर्राष्ट्रिय सम्मेलन प्रारम्भ

Posted by Ram Kumar Shrestha on March 28, 2011

काठमाडौँ, चैत १३ गते । राष्ट्रपति डा. रामवरण यादवले नेपालमा लोकतान्त्रिक संविधान लेखन र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन भगवान् बुद्धको दर्शन उपयोगी हुने बताउनुभएको छ ।

राष्ट्रपति यादवले आइतबार राजधानीमा सुरु भएको ‘बुद्धदर्शनः परम्परागत अभ्यास र बहुपक्षीय खोज’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनका अवसरमा सो विचार व्यक्त गर्नुभएको हो ।

उहाँले द्वन्द्वपछिको अहिलेको अवस्थामा मानिसले दिगो शान्ति र असुरक्षाबाट मुक्ति चाहेका बेला भगवान् बुद्धको दर्शन निकै उपयोगी हुने बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसियाली अध्ययन केन्द्र -सिनास) र इन्डियन काउन्सिल फर कल्चरल रिलेशन -आईसीआरसी) ले संयुक्त रूपमा आयोजना गरेको सो सम्मेलनमा राष्ट्रपति यादवले भन्नुभयो- बुद्धले प्रतिपादन गर्नुभएको प्रेम र सद्भावको सन्देश अहिले पनि नेपाल र विश्वका लागि सान्दर्भिक रहेको छ ।

सम्मेलनमा नेपालका लागि भारतीय राजदूत राकेश सूदले बुद्धदर्शनले नेपाल-भारत सम्बन्धलाई विस्तार गर्न सफल भएको बताउनुभयो ।
सो अवसरमा त्रिभुवन विश्वविद्यालयका रेक्टर सूर्यलाल अमात्यले सम्मेलनले दक्षिण एसियाका लागि शान्तिको सन्देश दिनसक्ने बताउनुभयो ।
कार्यक्रममा सिनासका कार्यक्रम संयोजक डा. रमेश ढुङ्गेल र आईसीआरसीका निर्देशक योगेश्वर बर्माले अहिलेको सन्दर्भमा बुद्धदर्शन उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

दुई दिनसम्म चल्ने सो सम्मेलनमा नेपाल, भारत, थाइल्यान्ड, दक्षिण कोरिया, म्यान्मार, जापान, श्रीलङ्का र भूटानका प्रतिनिधिको सहभागिता रहेको छ ।

@Gorkhapatra

Posted in समाचार | Leave a Comment »

गैरआवासीय नेपाली संघद्धारा बौद्धमा गरिने पूजाको सन्दर्भमा सुझाब

Posted by Ram Kumar Shrestha on March 27, 2011

जापानमा गएको महाभूकम्प तथा सुनामीका कारण अत्यन्त ठूलो जन धनको क्षति हुन गएको सन्दर्भमा गैरआवासीय नेपाली संघले समबेदना एवं शान्तीको कामना गर्दै जापान सरकार तथा जापानी जनता प्रति शोक एवं सम्वेदना संदेश पठाउने उद्धेश्यले तथा दिवगंत आत्माहरुको चीर शान्ति एवं अंगभंग भएकाहरुको शीघ्र स्वास्थ्य लाभ एवं दुई देशका जनता र सरकार वीचको सम्बन्धलाई अझ सुदृढ र गाढा बनाउन जापानका महामहिम राजदूत तात्सुओ मिजुनोको समुपस्थितिमा जापान सरकार एवं जापानी जनताका नाममा गरिन लागेको पूजा कार्यक्रमम आयोजना गर्दै छ बौद्धमा । यसै सन्दर्भमा कपिलबस्तु दिवस अभियान जापान संयोजक ओम गुरुङले उक्त पूजा बौद्धको सट्टा बुद्धको जन्मस्थान लुम्बिनी अथबा त्यसबेलाको राजाधानी कपिलबस्तुमा आयोजना गर्न सकिएको खण्डमा अझ राम्रो हुने सुझाब सहित गैरआवासीय नेपाली संघका अध्यक्ष देबमान हिराचनलाई अनुरोध गर्दै पत्र लेख्नु भए थियो । गैरआवासीय नेपाली संघका तर्फबाट निमन्त्रणा सहित पठाइएको पत्र र सुझाबको लागि पठाइएको पत्र दुबै जानकारीको लागि यहाँ राखिएको छ ।

Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

लुम्बिनीका खतराउन्मुख स्मारकहरु उत्पत्तिस्थलमा नै संरक्षण हुने

Posted by Ram Kumar Shrestha on March 16, 2011

काठमाडौं, फागुन २० (नागरिक)- युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भगवान बुद्धको जन्मस्थल लुम्बिनीस्थित तीन महत्वूर्ण स्मारकहरु शीला लेख, जन्मसँग सम्बन्धित मूर्ति र अशोक स्तम्भका स्मारक रहेको स्थानबाट नहटाई यथास्थानमा नै संरक्षण गर्ने कार्य यसै वर्षको अप्रिलदेखि सुरु हुने भएको छ। लुम्बिनी सन् १९९७ देखि विश्व सम्पदा सूचीमा परेको हो। इटालीका संरक्षणविद् कोस्तान्तिनो मेस्सीले नेतृत्व गरेको एउटा अन्तर्राष्ट्रिय टोली लुम्बिनी पुगेर हालै फर्केको छ, जहाँ उक्त टोलीले लुम्बिनी विकास कोष तथा पुरातत्व विभागका तर्फबाट सहभागी राष्ट्रिय विज्ञहरुको समूहलाई तालिम प्रदान गरेको थियो। राष्ट्रिय विज्ञहरु पनि अप्रिलदेखि सुरु हुने मायादेवीको मन्दिरभित्र र बाहिरको क्षेत्रमा गरिने उक्त तीनवटा स्मारकहरुको संरक्षण कार्यमा मेस्सीको समूहसँगै सामेल हुनेछन्।

पुरातत्व विभागका महानिर्देशक विष्णु कार्की भन्छन्- “संरक्षण कार्यले लुम्बिनीमा रहेका उक्त तीनवटा स्मारकहरुलाई थप क्षति हुनबाट बचाउनेछ। त्यसका लागि हामी सबै सुविधाहरु उपलव्ध गराउने छौं, जसले गर्दा ती स्मारकहरुको उद्गमस्थलमा नै संरक्षण गर्ने कार्य सकेसम्म छोटो समयमा नै सफलपूर्वक सम्पन्न हुन सकोस्। Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Indian grand design to build duplicate Lumbini in vain

Posted by Ram Kumar Shrestha on March 15, 2011

Indian efforts to substantiate the birth of Lord Buddha in India by constructing similar duplicate Lumbini in Aligadhawa of Uttar Pradesh have gone in vain.

The recent discovery of the contemporary town of Buddha’s time in Tilaurakot of Kapilbasto by a research team of UK Durham University has thrown cold water on India’s ploy to claim the Light of Asia as belonging to India. The Archaeologists led by Professor Robin Coningham have come up with the findings that there lay remnants of palace, four-land road, city, orchard among others under the earth in the present birthplace of Gautam Buddha.

 

Duplicate Lumbini site being constructed by India in Aligadhawa, Uttar Pradesh Read the rest of this entry »

Posted in News | Tagged: , | 3 Comments »

Condolence to Japanese Earthquake and Tsunami Victims

Posted by Ram Kumar Shrestha on March 14, 2011

On behalf of Kapilvastu Day Movement its Global Coordinator Mr. Ram Kumar Shrestha sent a condolence letter to H.E. Mr. Tsuneo NISHIDA, Ambassador Extraordinary & Plenipotentiary Permanent Representative of Japan to the United Nations. In the letter Mr. Shrestha wrote, “On behalf of Kapilvastu Day Movement, we would like to extend the deep condolence to the people and the Government of Japan for the great loss of many lives due to the recent devastating earthquakes and the Tsunami. We, Nepalese are deeply shocked to witness such a big loss of lives and the properties of Japan, our very friendly nation.”

 

Mr. Shrestha further wrote, “Your Excellency, kindly accept our prayers and confidence that the great and capable nation like Japan would overcome these tragedies. Nepal and the people of Nepal have always stood at the side of Japan and we will stand at the side of Japan in this convoluted hour.”

 

Posted in News | Leave a Comment »

ताइवानबासी नेपालीहरुले लोसार पर्व २०११ मनाए

Posted by Ram Kumar Shrestha on March 12, 2011

डा. हरिकुमार श्रेष्ठ, ताइपेई ताइवान मार्च ११ २०११ । ताइवानमा नेपालीहरुबाट सोनाम र ग्याल्पो लोसार पर्व धुमधामकासाथ मनाइयो । उक्त कार्यक्रमको आयोजना शेर्पा ह्योल्मो समाज ताइवानबाट गरिएको थियो । खासगरेर लोसार दुई तिब्बेतियन शब्दहरु “लो र सार” को सम्मिश्रणबाट बनेको पाइन्छ । “लो” को नेपाली अर्थ वर्ष र “सार” को अर्थ नयाँ हुन्छ । त्यसैले बौद्ध धर्माबलम्बीहरुले लोसार पर्वलाई लुनार नयाँ सम्बतको शुरुवातको रुपमा लिने गर्दछन् । यो वर्षलाई खरायो वर्षको रुपमा लिइन्छ ।

सोनाम लोसार पर्व फेब्रुअरी ३ र ४ २०११ का दिन सिन्चुवाङ्गमा विशाल कार्यक्रमको आयोजना गरी मनाइएको थियो । जहाँ सहभागीहरु लगातार २ दिनसम्म एकै ठाउंमा बसी मिष्ठान्न भोजनका साथै खेल र नाचगानमा पनि रमेका थिए भने केही नेपालीहरु भने ब्यस्तताको कारण समापनको दिन बेलुकीमात्र सहभागी हुन पुगेका थिए । त्यस्तैगरेर ग्याल्पो लोसार पर्व भने मार्च ६ २०११ का दिन सान्सियाको सान्सिया डाँडा (नगरकोट डाँडा)  मा गएर मनाइएको थियो । उक्त कार्यक्रममा बौद्धधर्म गुरुबाट बौद्धधर्म परम्पराअनुसार पूजापाठ गरि लुङ्ता टाङ्गने कार्य पनि Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

लुम्बिनीमा अब बुद्धकालीन हरियाली

Posted by Ram Kumar Shrestha on March 11, 2011

अब्दुल्लाह मियाँ
काठमाडौ, फाल्गुन २७ –  गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट र मावली रामग्राम (नवलपरासी) मा २५ सय वर्षअघि कुन प्रजातिका रूख थिए होलान् ? तीमध्ये कति प्रजाति बाँकी होलान् ?

एकिन तथ्यांक वन मन्त्रालय र सम्बन्धित जिल्ला वन कार्यालयसँग पनि छैन । तर अनुसन्धानकर्ताहरूले बुद्धकालीन अवस्थाका धेरै रूखका प्रजाति लुम्बिनीबाट हराइसकेको बताएका छन् ।

जर्मनीलगायत विभिन्न मुलुकका अनुसन्धानकर्ताको अध्ययनले सिसौबाहेक त्यतिबेलाका धेरै प्रजातिका रूख/बिरुवा हराइसकेको निष्कर्ष निकालेका छन् । त्यसैले लुम्बिनीलाई बुद्धकालीन रूखका प्रजातिहरूले फेरि हराभरा बनाउने प्रयास थालिएको छ ।

वन तथा भूसंरक्षण र संस्कृति मन्त्रालयका साथै लुम्बिनी विकास कोष त्यो अभियानमा छन् । गौतम बुद्धको समयका पीपल, कदम, जामुन, सीता अशोक, बरलगायत औषधिजन्य र अन्य साधारण वनस्पतिका बिरुवा लुम्बिनी क्षेत्रमा अब रोपिनेछ ।

पर्यटन वर्ष र अन्तर्राष्ट्रिय वन वर्षको अवसरमा बुद्धकालीन रूखका प्रजाति लगाउन अभियान थालिएको हो । ‘लुम्बिनी क्षेत्रमा बुद्धकालीन परिवेश निम्त्याउन खोजिएको हो,’ वन मन्त्रालयका सचिव युवराज भुसालले भने, ‘त्यसो हुँदा अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको महत्त्व बढाउन मद्दत पुग्छ ।’ सरकारले सन् २०११ लाई ‘प्लान्ट होलिडे’ घोषणा गर्दै काँचा रूख नकाट्न भनेको छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

विश्व साइकल यात्री ढाकेश्वर क्षेत्रीलाई स्वागत एबं सहयोग कार्यक्रम

Posted by Ram Kumar Shrestha on March 9, 2011

मार्च ५, आसफोर्ड, केण्ट, वेलायत । ५४ बर्षीय विश्व साइकल यात्री ढाकेश्वर क्षेत्री विश्वका ३९ वटा मुलुकको भ्रमण पुरा गरी ४०औ मुलुकको भ्रमण गर्ने क्रममा वेलायतको आसफोर्ड आइपुगेको अवसरमा गुरुङ समाज केण्ट, वेलायत र कपिलबस्तु दिवस अभियानद्धारा संयुक्त रुपमा स्वागत र सहयोग कार्यक्रम आयोजना गरियो । समयाभाबका कारण गुरुङ समाज, केण्टका पदाधिकारी, फोल्कस्टोनका काउन्सिलर धन गुरुङ र कपिलबस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ र परिवारको उपस्थिति थियो इण्टरनेशनल हाउसमा आयोजित उक्त कार्यक्रममा । दुबै संस्थाहरुद्धारा  बिस्व साइकल यात्री ढाकेस्वर क्षेत्रीले अहिलेसम्म गर्नु भएको सफलताको लागि हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनका कार्यक्रम अझ सहज र सफल रहोस भनी आ-आफ्नो संस्थाका तर्फबाट छुट्टाछुट्टै प्रमाणपत्र पनि प्रदान गरिएको थियो । कार्यक्रममा गुरुङ समाज केण्टका तर्फबाट २१५ पाउण्ड र कपिलबस्तु दिवस अभियानका तर्फबाट १५१ पाउण्डको चेक सहयोग स्वरुप बिस्व साइकल यात्री ढाकेस्वर क्षेत्रीलाई हस्तान्तरण गरियो । Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

Balance Sheet May

Posted by Ram Kumar Shrestha on March 9, 2011

Posted in News | 2 Comments »

टोकियोमा २८४७ औं सोनाम ल्होछार मनाइयो

Posted by worldamity on March 7, 2011

१ मार्च, २०११ । तामाङ जातीको महत्वपूर्ण पर्व सोनाम ल्होछार आइतबार टोकियोमा विविध कार्यक्रमहरुसहित मनाइयो । चौथो अधिवेशनसहित मनाइएको २८४७ औं सोनाम ल्होछार कार्यक्रमको जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तामाङले समुदघाटन गर्नुभएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै राजदूत डा. तामाङले सोनाम ल्होछारको उपलक्षमा स्वदेश तथा बिदेशमा बस्ने समस्त तामाङ जातीहरु लगायत समग्र नेपालीहरुको उन्नती-प्रगति र समृद्धिको कामना गर्नुभएको थियो ।

यसैगरी ल्होछार पर्वको उपलक्षमा सुख, समृद्धि, सुस्वास्थ्य एवं नेपाली एकताको कामना गर्दै बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले पनि शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । शुभकामना मन्तब्य दिनेहरुमा एनआरएन जापानका रोशन केसी, नेपाली आदिबासी जनजाती महासंघका टोकियोका अध्यक्ष ध्रुब भट्टचन, थकाली सेवा समिति जापानका अध्यक्ष शरदकुमार गौचन, नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष बलराम श्रेष्ठ, नेपाली जनप्रगतिशील मोर्चा जापानका प्रतिनिधि छक्कू उदासी, हातेमालो समाजका अध्यक्ष गौतम महर्जन, नेवाः अन्तरराष्ट्रिय फोरम जापानका अध्यक्ष राजीव श्रेष्ठ, तमू धीं जापानका उपाध्यक्ष पदम गुरुङ, नेपाली समाचार साप्ताहिक तथा समुद्रपारि डट कमका तिलक मल्ललगायतका हुनुहुन्थ्यो ।

Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

बुद्ध, लुम्बिनी र नक्कली लुम्बिनीले उब्जाएका केही जटील प्रश्नहरु

Posted by Ram Kumar Shrestha on March 1, 2011

By रामकुमार श्रेष्ठ, कपिलबस्तु दिवस अभियान बिस्व संयोजक
समाज जहाँ छ त्यसैमा चित्त बुझाई रहने, समाजले जे मान्ने र स्वीकार्ने गरेको छ त्यही नै संधै मान्न र स्वीकार्न खोज्ने, समाजले जुन कुराहरुलाई जसरी बुझिरहेको छ त्यस्लाई त्यसरी नै मात्र बुझ्न खोज्ने जस्ता प्रबृत्तिले न त मानिस महान बन्न सक्छ न त समाज अगाडि बढन नै । यसरी समाजमा विद्यमान अप्रगतिशील मान्यताहरुलाई तात्कालिन अवस्थामा सामना गर्नु पर्ने अनेकन जटीलता, कठीनता र ब्यबधानका बाबजुद पनि अस्वीकृत गर्दै अगाडि बढ्ने क्रममा प्राप्त प्रतिफलहरुलाई के कस्तो तबरले के कति हदसम्म स्वीकार्य बनाउँदै अगाडि बढन र बढाउन सक्षम भइन्छ तदनुरुप नै महानताको स्वरुप पनि निर्धारित हुन सक्छ ।  । युवराज सिद्धार्थ मूलत: धार्मिक तथा दार्शनिक चिन्तनका दृष्टिले बौद्धिक जगतमा आमूल परिवर्तनकारी सिद्धान्तका प्रतिपादक, शान्तिका अग्रदूत एवं सर्वमान्य महामानव गौतम बुद्धका रुपमा रुपान्तरण हुनुको कसी र आधार यही नै हो । र जीवनको अर्थ बुझ्ने क्रममा उहाँद्धारा गरिएका त्याग र ततपस्चात प्राप्त संपूर्ण सफलताका कारण सिंहासनभन्दा जनताको दिलको आशन महत्वपूर्ण भन्ने भनाइलाई चरितार्थ बनाउने सबभन्दा राम्रो उदाहरण संपूर्ण मानब इतिहासमा बुद्ध नै हुनुहुन्छ भन्ने कुरामा बिबाद गरिराख्नु पर्ने देखिन्न । त्यसैले बुद्धको बिस्वब्यापी महत्व हुनु स्वाभाबिक देखिन्छ र छ पनि । बुद्ध ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उत्प्रेरक, प्रेरणादायी र आस्थाका पुन्ज हुनुहुन्छ र त  करीब २६०० बर्ष अघि जन्मेर पनि यो बैज्ञानिक युगमा पनि झन झन महत्व बढदै जाने सदाबहार सर्ब स्वीकार्य महामानबका रुपमा स्थापित  उहाँप्रति संपूर्ण जाती, धर्म, सम्प्रदाय नमस्तक भएका छन । यो नै हो मैले बुझेको र परिभाषित गरिने श्रद्धेय बुद्ध ।
ब्यक्तिको महानतासंगसंगै निजसंग सम्बन्धित हरेक कुराको महत्व पनि बढन थाल्छ । बुद्धद्धारा प्रतिपादित सुख र शान्ति प्राप्तीका लागि अबलम्बन गरिनु पर्ने सिद्धान्त र बिधिहरु बुद्धिज्मको रुपमा बिस्व प्रसिद्ध भएका कारण बुद्ध जन्मनु भएको स्थानको बिस्वब्यापी महत्व छ आध्यात्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको दृष्‍टिकोणले । त्यसैले युनेस्कोले यस्लाई बिस्व संपदा सूचिमा  समाबेश गरेको हो १९९७ मा ।

Posted in लेख / रचना | Leave a Comment »

 
%d bloggers like this: