Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

टोकियोमा २८४७ औं सोनाम ल्होछार मनाइयो

Posted by worldamity on March 7, 2011

१ मार्च, २०११ । तामाङ जातीको महत्वपूर्ण पर्व सोनाम ल्होछार आइतबार टोकियोमा विविध कार्यक्रमहरुसहित मनाइयो । चौथो अधिवेशनसहित मनाइएको २८४७ औं सोनाम ल्होछार कार्यक्रमको जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तामाङले समुदघाटन गर्नुभएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै राजदूत डा. तामाङले सोनाम ल्होछारको उपलक्षमा स्वदेश तथा बिदेशमा बस्ने समस्त तामाङ जातीहरु लगायत समग्र नेपालीहरुको उन्नती-प्रगति र समृद्धिको कामना गर्नुभएको थियो ।

यसैगरी ल्होछार पर्वको उपलक्षमा सुख, समृद्धि, सुस्वास्थ्य एवं नेपाली एकताको कामना गर्दै बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले पनि शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । शुभकामना मन्तब्य दिनेहरुमा एनआरएन जापानका रोशन केसी, नेपाली आदिबासी जनजाती महासंघका टोकियोका अध्यक्ष ध्रुब भट्टचन, थकाली सेवा समिति जापानका अध्यक्ष शरदकुमार गौचन, नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष बलराम श्रेष्ठ, नेपाली जनप्रगतिशील मोर्चा जापानका प्रतिनिधि छक्कू उदासी, हातेमालो समाजका अध्यक्ष गौतम महर्जन, नेवाः अन्तरराष्ट्रिय फोरम जापानका अध्यक्ष राजीव श्रेष्ठ, तमू धीं जापानका उपाध्यक्ष पदम गुरुङ, नेपाली समाचार साप्ताहिक तथा समुद्रपारि डट कमका तिलक मल्ललगायतका हुनुहुन्थ्यो ।

कार्यक्रममा कपिलवस्तु दिवस ग्लोबल कमिटी जापानका संयोजक ओम गुरुङले भगवान गौतम बुद्ध नेपालमै जन्मेको ध्रुबसत्य तथ्यलाई बिश्वब्यापी अभियानकारुपमा प्रचारप्रसार गरी तत्ससम्बन्धि फैलिएका नकारात्मक भ्रम चिर्न एवं लुम्बिनीको प्रबर्द्धन गर्न आफुहरु क्रियाशील रहेको बिचार ब्यक्त गर्दै तत्सम्बन्धि सन्दर्भ-सामाग्री पावर प्वाइन्टद्वारा प्रस्तुत गर्नुभएको थियो ।

बिहानीको सत्रमा भएको समाजको चौथो अधिवेशनले सुकमान थिङ तामाङ (चिबा) को अध्यक्षतामा आगामी २ बर्षे कार्यकालको लागि नयाँ कार्यसमितिको गठन गरेको छ । सर्बसम्मत ढंगबाट गठित नयाँ कार्यसमितिको उपाध्यक्षद्वयमा मंगल तामाङ (साइतामा) र कुमार मोक्तान तामाङ (साइतामा), महासचिव हवलचन्द्र बम्जन तामाङ (टोकियो), सचिव कुमार मोक्तान तामाङ (टोकियो), कोषाध्यक्ष शान्ता लोप्चन तामाङ (साइतामा), सहकोषाध्यक्ष तारा गोले तामाङ (टोकियो) निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा सञ्जिव लामा तामाङ, तेन्जिङ योञ्जन तामाङ, अमित लामा तामाङ, चन्द्रराज लामा तामाङ, तासी लामा तामाङ, सम्झना लामा तामाङ, विमल लामा तामाङ, सन्तोष योञ्जन तामाङ, कविर लामा तामाङ, करमा वाङगेल लामा तामाङ, जगतमान योञ्जन तामाङ, उदय मोक्तान तामाङ, नरेश तामाङ, दिपेश तामाङ, शितल योञ्जन, कुमार गोङ्बो तामाङ, पूर्ण तामाङ रहनुभएको छ ।

यसैगरी समाजको सल्लाहकारहरु गंगाबहादुर स्याङतान तामाङ, आले तामाङ, प्रविण थिङ तामाङ, श्याम लामा तामाङ चयन हुनुभएको छ भने प्रमुख सल्लाहकारमा रेख ब्लोन तामाङ रहनुभएको छ । कार्यसमितिमा ३ जना सदस्य पछि थपिने बताइएको छ ।

निबर्तमान अध्यक्ष रेख ब्लोन तामाङले नवगठित कार्यसमितिको नामावली घोषणा गर्दै चौथो अधिवेशनसहितको सोनाम ल्होछार कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्नुभएको थियो । ल्होछार कार्यक्रममा शितल तामाङ, बिमल तामाङ, तासी लामा, रामकृष्णबम मल्ल, अम्बर गुरुङ, ऋषि पौडेललगायतका कलाकारहरुले मनोरञ्जनपूर्ण एवं देशभक्तिपूर्ण साँगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

 

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: