Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

ताइवानबासी नेपालीहरुले लोसार पर्व २०११ मनाए

Posted by Ram Kumar Shrestha on March 12, 2011

डा. हरिकुमार श्रेष्ठ, ताइपेई ताइवान मार्च ११ २०११ । ताइवानमा नेपालीहरुबाट सोनाम र ग्याल्पो लोसार पर्व धुमधामकासाथ मनाइयो । उक्त कार्यक्रमको आयोजना शेर्पा ह्योल्मो समाज ताइवानबाट गरिएको थियो । खासगरेर लोसार दुई तिब्बेतियन शब्दहरु “लो र सार” को सम्मिश्रणबाट बनेको पाइन्छ । “लो” को नेपाली अर्थ वर्ष र “सार” को अर्थ नयाँ हुन्छ । त्यसैले बौद्ध धर्माबलम्बीहरुले लोसार पर्वलाई लुनार नयाँ सम्बतको शुरुवातको रुपमा लिने गर्दछन् । यो वर्षलाई खरायो वर्षको रुपमा लिइन्छ ।

सोनाम लोसार पर्व फेब्रुअरी ३ र ४ २०११ का दिन सिन्चुवाङ्गमा विशाल कार्यक्रमको आयोजना गरी मनाइएको थियो । जहाँ सहभागीहरु लगातार २ दिनसम्म एकै ठाउंमा बसी मिष्ठान्न भोजनका साथै खेल र नाचगानमा पनि रमेका थिए भने केही नेपालीहरु भने ब्यस्तताको कारण समापनको दिन बेलुकीमात्र सहभागी हुन पुगेका थिए । त्यस्तैगरेर ग्याल्पो लोसार पर्व भने मार्च ६ २०११ का दिन सान्सियाको सान्सिया डाँडा (नगरकोट डाँडा)  मा गएर मनाइएको थियो । उक्त कार्यक्रममा बौद्धधर्म गुरुबाट बौद्धधर्म परम्पराअनुसार पूजापाठ गरि लुङ्ता टाङ्गने कार्य पनि हर्षोल्लासकासाथ सम्पन्न गरियो । कार्यक्रममा बालिएको विभिन्न प्रकारको धूपको बास्नाले कार्यक्रमस्थल पूरै सुगन्धमय भएको थियो । सहभागीहरुलाई आयोजकबाट विभिन्न खानाको परिकार पनि उपलब्ध गराइएको थियो ।

यस लोसार पर्व संचालनमा श्री कसा्रंग लामा श्री सोनाम शेर्पा श्री िमंमा शेर्पा श्री पुूर्बासोनाम शेर्पा श्री पासांग शेर्पा श्री धामे लामा र श्री कर्मा लामाको
विशेष भूमिका रहेको थियो । विगत वर्षहरुदेखि नै संचालन गर्दै आइएको यस कार्यक्रम सालबसालीरुपमा संचालन गर्दै लगिने कुरा पनि उक्त समाजका पदाधिकारीहरुबाट जानकारी गराईएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: