Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

बुद्धदर्शनबारे अन्तर्राष्ट्रिय सम्मेलन प्रारम्भ

Posted by Ram Kumar Shrestha on March 28, 2011

काठमाडौँ, चैत १३ गते । राष्ट्रपति डा. रामवरण यादवले नेपालमा लोकतान्त्रिक संविधान लेखन र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन भगवान् बुद्धको दर्शन उपयोगी हुने बताउनुभएको छ ।

राष्ट्रपति यादवले आइतबार राजधानीमा सुरु भएको ‘बुद्धदर्शनः परम्परागत अभ्यास र बहुपक्षीय खोज’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनका अवसरमा सो विचार व्यक्त गर्नुभएको हो ।

उहाँले द्वन्द्वपछिको अहिलेको अवस्थामा मानिसले दिगो शान्ति र असुरक्षाबाट मुक्ति चाहेका बेला भगवान् बुद्धको दर्शन निकै उपयोगी हुने बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसियाली अध्ययन केन्द्र -सिनास) र इन्डियन काउन्सिल फर कल्चरल रिलेशन -आईसीआरसी) ले संयुक्त रूपमा आयोजना गरेको सो सम्मेलनमा राष्ट्रपति यादवले भन्नुभयो- बुद्धले प्रतिपादन गर्नुभएको प्रेम र सद्भावको सन्देश अहिले पनि नेपाल र विश्वका लागि सान्दर्भिक रहेको छ ।

सम्मेलनमा नेपालका लागि भारतीय राजदूत राकेश सूदले बुद्धदर्शनले नेपाल-भारत सम्बन्धलाई विस्तार गर्न सफल भएको बताउनुभयो ।
सो अवसरमा त्रिभुवन विश्वविद्यालयका रेक्टर सूर्यलाल अमात्यले सम्मेलनले दक्षिण एसियाका लागि शान्तिको सन्देश दिनसक्ने बताउनुभयो ।
कार्यक्रममा सिनासका कार्यक्रम संयोजक डा. रमेश ढुङ्गेल र आईसीआरसीका निर्देशक योगेश्वर बर्माले अहिलेको सन्दर्भमा बुद्धदर्शन उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

दुई दिनसम्म चल्ने सो सम्मेलनमा नेपाल, भारत, थाइल्यान्ड, दक्षिण कोरिया, म्यान्मार, जापान, श्रीलङ्का र भूटानका प्रतिनिधिको सहभागिता रहेको छ ।

@Gorkhapatra

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: