Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

अन्तर्राष्ट्रिय बौद्ध संस्कृति सम्मेलन सुरु

Posted by Ram Kumar Shrestha on April 23, 2011

१० वैशाख, ललितपुर । संस्कृति सम्पदाको संरक्षण एवम् विविध बुद्धधर्म, संस्कृतिसम्बन्धी अन्तर्राष्ट्रिय बौद्ध संस्कृति सम्मेलन शनिबारबाट सुरु भएको छ ।

विभिन्न १८ वटा सङ्घसंस्थाको सहयोगमा लोटस रिसर्च सेन्टरले आयोजना गरेको सम्मेलनमा नेपालसहित भारत, अमेरिका, जापान, जर्मनी, अष्ट्रेलियाका ५० भन्दा बढी बौद्ध विद्वान तथा प्राध्यापकहरुको सहभागिता छ । सम्मेलनमा बुद्धधर्म र संकृतिसम्बन्धी विदेशी विज्ञहरुबाट १३ र नेपाली विज्ञहरुबाट १७ वटा गरी ३० वटा कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ ।

सम्मेलन उद्घाटन गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. त्रिरत्न मानन्धरले बुद्धधर्मको अध्ययन अनुसन्धान गर्नु आमनेपालीको दायित्व भएको बताउनुभयो । आयोजक लोटस रिसर्च सेन्टरका महासचिव सुरेन्द्रमान बज्राचार्यले राष्ट्रिय अन्तर्राष्ट्रिय बौद्ध धर्माबलम्बीको सहभागिता रहेको सम्मेलनमा नेवारी बौद्ध संस्कृति परम्पराको संरक्षणका विषयमा समेत छलफल हुने बताउनुभयो ।

बुद्धधर्ममा तीन किसिमका धर्मालम्वीहरु क्रमशः लामा, भिक्षु र उपत्यकाका नेवार समुदायले मनाउने भिन्न किसिमका बौद्ध परम्परालाई विदेशी सामु दर्शाउन सम्मेलन बढी केन्दि्रत हुने बताइएको छ । सम्मेलनमा बुद्धधर्मसम्बन्धी परम्परा, वाद्यवादन तथा चर्यानृत्य प्रदर्शनी, बुद्धपूजा, मण्डला गर्दा अपनाइने सामग्री तथा बौद्ध, हिन्दुलगायतका पुराना ग्रन्थहरु प्रदर्शनी गरिएको छ । रासस

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: