Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

२५५५ औँ बुद्ध जयन्तिको अवशरमा बुद्ध जन्मिएको देश भारत होइन नेपालनै हो भन्दै कोरियामा ब्यापक प्रचार प्रसार

Posted by Ram Kumar Shrestha on May 10, 2011

रघु त्रिपाठी, दक्षिण कोरियामा – मे ७ तारिक शनिवार र आइतवार दूई दिन दक्षिण कोरियाको राजधानि सउल स्थित छोगेसाको नामले चिनिने बुद्ध गुम्बाको आसपासमा विभिन्न राष्ट्रका बुद्ध धर्मावलम्विहरुले नेपालमा जन्मिएका शान्तिका दुत गौतम बुद्धको २५५५औँ बुद्ध जयन्ति भब्यरुपमा मनाएका छन् ।

बुद्धिष्ट संघ कोरियाले प्रत्येक वर्ष आयोजना गर्ने उक्त बुद्ध महोत्सवमा उपस्थित भक्तालुहरुले बिशाल शान्ति र् यालि निकालेर आ-आफ्नो राष्ट्रका भेष भुषा नृत्यकला तथा परेट खेल्नुका साथै बिभिन्न कार्यक्रमको आयोजना गरि बुद्ध जयन्ति कार्यक्रमलाई आकार्षक र हर्षोल्लाश बनाएका थिए । लाखौको संख्यामा उपस्थित भएका भक्तालु तथा पर्यटकहरुले सो अवसरमा विभिन्न राष्ट्रले देखाएका अन्तराष्ट्रिय आकर्षक प्रदर्शनहरुलाई रुचिका साथ अवलोकन गर्नुका साथै भरपूर्ण मनोाजन लिएका थिए । उक्त अवसरमा शान्तिका दुत भगवान गौतम बुद्ध जन्मिएको देश नेपाल नभै भारत हो भनेर भ्रममा रहेका कोरियन तथा अन्य मुलुकका हजारौ बिदेशी नागरिकहरुलाई बुद्ध भारतमा नभै नेपालमानै जन्मिएको हो भन्ने प्रस्ट तथ्य दिदै नेपालीहरुले प्रचार प्रसार गरेका थिए ।

नेपाल बौद्ध परिवारको नेतृत्वमा सनिवार बेलुका नेपालीहरुले निकालेको शान्ति र् यालिमा सहभागिता जनाउँन नेपाली राजदूत कमल प्रसाद कोइराला नेपाल पर्यटन बोर्ड कोरियाका प्रतिनिधी केपी सिटौला नेपाली संम्पर्क समितिका अध्यक्ष डेविड राई जनजाति महासंघका अध्यक्ष चंङ्ग कुमार गुरुङ्ग छाविय चिवकी आमा लगायत कोरियामा कृयाशिल नेपाली संघ सस्थाका प्रतिनिधीहरु र अन्य नेपाली समुदायले पनि भाग लिएका थिए । बौद्ध परिवारले आइतवार सबेरै देखी स्टलहरु राखेर चिया नास्ता विकि्र बितरणमा जुटेका थियो भने नेवा पःुचले बुद्धको पुजा आरधना गरेर प्रचार प्रसारमा जुटेका देखिन्थिए । कार्यक्रममा यूवाहरुद्धारा नव स्थापित सस्था योङ्ग स्टार ग्रुपको सकृयतामा नेपाली यूवाहरु सयूक्तरुपमा बुद्ध नेपालमा जन्मिएका हुन भन्ने ठोस तथ्य दिदै पोस्टर पम्प्लेट बितरण गरेका थिए । 

उक्त अवशरमा नेवा पुच द्धारा स्वयम्बू चैत्यको स्तुपा वनाई र् यालिको सोभा बढाएका थियो भने नेपाल बौद्ध परिवारले बुद्ध नेपाल भन्ने आकर्षक स्तुपा बनाएर प्रचार प्रसार गरेको थियो ।विभिन्न संध संस्था तथा कोरियामा बिभिन्न पेसामा आवद्ध नेपालीहरुको सहभागितामा राष्ट्रिय तथा जातिय पोशाकहरु लगाई व्यानर तथा राष्ट्रिय झण्डा सहित भाग लिएका थिए। सो अबसरमा महामहिम राजदूत कमल प्रसाद कोइरालले शान्तिका अग्रदुत भगवान गौतम बुद्धको प्रचार प्रसारमा सहभागी सम्पूर्ण नेपालीहरुलाई हार्दिक धन्यवाद ब्यक्त गरेका थिए । बुद्ध जयन्ति कार्यक्रमको थप समाचार हेल्लो नेपाल कोरिया डटकमले तयार पारेको भिडियोमा हेर्नु होला

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: