Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

अस्ट्रेलियामा यस बर्षको बुद्ध जयन्ती भब्य रूपले मनाइदै

Posted by Ram Kumar Shrestha on May 11, 2011

नेपालअष्ट्रेलियान्युज सम्वाददाता

बुद्ध दर्शन तदर्थ  समिति अस्ट्रेलियाले सदा झै यस पटक पनि बिबिध कार्यक्रमका साथ २५५५ औ बुद्ध जयन्ती भब्य रुपमा मनाउने भएको छ  । १५ मे आइतबार २०११ बिहान १० बजे देखि १ बजे सम्म न्यू साउथ वेल्स- नेपाली महाबाणिज्य दूतको कार्यालय, १५५ मिलर स्ट्रीट, नोर्थ सिड्नीमा सो कार्यक्रमको  आयोजना हुने भएको छ 
कार्यक्रमका  प्रमुख आकर्षणहरुमा बुद्ध धर्मं गुरु खेन्पोबाट  बुद्धको  परम्परागत पूजा , १०८ दीप प्रज्वलन , बुद्धको जीवन, दर्शन र जन्मथलो कपिलबस्तुको बारेमा छोटो दृश्य अवलोकन र प्रस्तुति,’कपिलबस्तु दिवस  अस्ट्रेलिया’ को औपचारिक घोषणा र श्रीलंका, थाईल्याण्ड, बर्मा, भारत  र नेपाल का राजदूताबासका प्रतिनिधीहरुबाट बुद्धका बारेमा मन्तब्य साथै बिपस्यना ध्यान, बुद्ध दर्शनका बारेमा प्रबचन , बुद्धका जीवन सम्बन्धी फोटो प्रदर्शनी , बुद्ध भजन र ध्यान मग्न धुनहरुको प्रत्यक्ष प्रस्तुति रहने आयोजकले बताएका छन । कार्यक्रममा शुद्ध साकाहारी भोजन निशुल्क रूपमा बितरण गरिनेछ 

बुद्ध कप भलीबल टूर्नामेन्ट को पनि आयोजना हुने भएको छ  । दिउसो ३ बजे देखि साँझको ७ बजेसम्म पीसी वाई सी क्लब म्यारिक भील  कबर्ड हलमा उक्त टूर्नामेंट को आयोजना हुनेछ, जसमा प्रथम, द्वितिय र तृतीय हुने टीमहरुलाई नगद तथा अन्य पुरस्कारको ब्यवस्था गरिएको छ  । साथै कार्यक्रममा राफल चिट्ठाकोको ब्यवस्था गरिएको छ ।
कार्यक्रम सम्बन्धी अन्य जानकारीको लागि नीमा शेर्पा (०४२२३३४३७१ ),भीमसेन सापकोटा  (०४३४५७०३७९ ),सानु घिमिरे  ( ०४२३६५२८०५  ), सुदीप गौचन (०४०३१५२७९०) वा अरुण तमांग (०४२४३२४३१६) लाइ संपर्क गर्न हुन अनुरोध  गरिएको छ 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: