Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

दुई जापानीलाई बुद्ध शान्ति पुरस्कार प्रदान

Posted by Ram Kumar Shrestha on May 18, 2011

३ जेठ, रुपन्देही । नेपाल सरकारले पहिलोपटक गौतम बुद्ध अन्तर्राष्ट्रिय शन्ति पुरस्कार प्रदान गरेको छ । द्धितीय बिश्वयुद्धमा आणविक विष्फोटको चपेटामा परेका जापानका नागासाकी र हिरोसिमाका पूर्व मेयरद्धयलाई यो पुरस्कार प्रदान गरिएको हो ।

बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा मङ्गलबार भएको समारोहमा राष्ट्रपति डा. रामवरण यादवले विश्वशान्तिका लागि योगदान गरेबापत डा. तादातोसी अकिवा र तोमिहिसा ताउलाई सम्मान गरेका हुन् ।

पुरस्कारको राशि ५० हजार अमेरिकी डलर रहेको छ । पुरस्कारको रकमसँगै उनीहरुलाई स्वर्णपदक र प्रमाणपत्र प्रदान गरियो । समारोहमा सहभागीता जनाउन दुबैजना सोमबार नै काठमाडौँ आइपुगेका थिए ।

लुम्बिनी विकाश कोषको आयोजनामा भएको कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवले आजको विश्व परिस्थितिमा भगवान गौतमबुद्धले प्रतिपादन गर्नुभएको सत्य-ज्ञानको महत्व शान्ति, अहिंसा, मानवीय दुखःकष्टहरुलाई न्यूनीकरण गर्ने मानव एक्यबद्धतालाई प्रवर्द्धन गर्नु अझ बढी र सान्दर्भिक भएको बताउनुभयो ।

उहाँले शान्ति प्रवर्द्धन तथा हातहतियार निशस्त्रीकरणको क्षेत्रमा मानवीय दुःखकष्टको न्यूनीकरण बौद्ध दर्शनको रचनात्मक तथा व्यावहारिक कार्यान्वयनबाट द्वन्द्व र तनावलाई शान्तिपूर्णरुपमा समाधान गर्ने दिशामा योगदान पुर्‍याउने पुरस्कृत व्यक्तित्वहरुलाई धन्यवाद दिनुहुँदै बुद्ध नेपालमा जन्मे तापनि विश्वको नागरिक हुनुभएको विचार व्यक्त गर्नुभयो ।

उहाँले हालै जापानको आणविक दुर्घटना र सुनामीबाट भएको धनजनको क्षतिको स्मरण गर्दै विश्वका राष्ट्रहरुले आणविक शक्तिमा जोड दिँदा शान्तिलाई ध्यानदिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपराष्ट्रपति परमानन्द झाले बुद्धको सन्देश सारा विश्वमा फैलाउनुपर्ने विचार व्यक्त गर्दै शान्ति र अहिंसाका लागि पुरस्कार प्राप्त गर्न सफल व्यक्तित्वलाई धन्यवाद दिनुभयो ।

@Onlinekhabar

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: