Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

बुद्ध जयन्तीको सान्दर्भिकता

Posted by Ram Kumar Shrestha on May 18, 2011

लक्ष्मण पुरी

विश्व शान्तिका अग्रदुत एवं बुद्ध धर्मका प्रवर्तक भगवान बुद्धको २५५५ औं जन्मजयन्ती यही वैशाख पूर्णिमाका दिन विश्वभर मनाईदैंछ । शान्ति, अहिंसा, मैत्री र करुणाले नै मानिसलाई सत्मार्गमा प्रेरित गर्छ एवं आध्यात्मिक र भौतिक चिन्तनको सही अभ्यासबाट मात्र मानिसले दुःखबाट मुक्ति प्राप्त गर्दछ भन्ने सन्देश साथ समग्र मानव जीवनलाई शान्ति र सुखतर्फ प्रेरित गर्ने उनका शाश्वत चिन्तन मानव समाजका निम्ति सदैव प्रेरित रहनेछ ।

रोग, भोक, कलह, हिंसाबाट आक्रान्त समग्र विश्व जगत भौतिक विकासको शिखरमा पुग्दा समेत मानिसका दुःख र समस्या ज्यूँका त्यूँ रहँदा आज उनका प्रेरणारुपी दर्शन झनै घनीभूत रुपमा महत्वपूर्ण हुँदैं आएको छ । आफूलाई नबुझी संसार बुभ्mन सकिदैंन । सहअस्तित्व बिना शान्तिको कल्पना गर्न सकिदैंन । ईश्वर आफूभित्र नै हुन्छ भनि संसारलाई भौतिक लालसाको उच्च मनोकांक्षालाई सन्तुलित गर्ने र अरुको अस्तित्व स्वीकार्दा मात्र आप्mनो अस्तित्वको रक्षा हुन्छ भनि सद्भावका निम्ति प्रेरित गर्ने उनको विचार–विज्ञान मानवका लागि भौतिक विज्ञानको कालखण्डमा समेत महत्वपूर्ण रहिरहनेछ ।

इशा पूर्व ५६३ मा तत्कालिन ऐतिहासिक गणराज्य कपिलवस्तु (हालको कपिलवस्तु, नेपाल) मा जन्मिएका गौतम बुद्धको आर्दश नेपालका लागि जति प्रेरणादायी छ, त्यति नै उनि जन्मिएको पवित्रस्थललाई आप्mनो आँगनमा समेट्न पाउँदा नेपाल अन्तर्राष्ट्रिय रुपमै गौरवान्वित समेत छ । तर बिडम्बनाको कुरा विश्व शान्तिका स्रोतको आप्mनै पवित्र मन्दिर र जन्मभूमि आपैm भोक, गरिबी, अशिक्षा, हिंसा र सामाजिक विखण्डनले रन्थनिएको छ ।

दूरदर्शिताको अभाव, जनता नै शासक हुन् र राज्यको प्रतिफल सबै जनतामा समान हुनुपर्दछ, जाति, धर्म, भाषा मानिसका सांस्कृतिक विशेषण भएपनि मानवीयताले नै मानिसलाई एकाकार गरी समाजलाई शान्तिपूर्ण रुपमा गतिशिल बनाएको हुन्छ भन्ने भावलाई नबुझी केवल आफु र आप्mनै वर्गीय स्वार्थमा मानव समाजलाई शोषण र दोहन गर्दै नेपालको शासकीय स्वरुप आजसम्म आइपुग्दा नै नेपाली समाजले यो दुरावस्था भोग्नुपरेको विदितै छ । प्रकृतिको अनुपम सौन्दर्य, अपूर्व प्राकृतिक स्रोत र साधनले पूर्ण, विश्वकै निम्ति प्राकृतिक स्वर्गको रुपमा रहेको नेपालमा बहुसंख्यक जनता गरिबीको रेखामुनि रहेको तथ्यांक विश्वले हेर्नु पर्दा अन्तर्राष्ट्रिय जगतले हामीलाई गिज्याइरहेको छ । घरमा भकारी लुकाएर छिमेकीका मानो माग्न हिंड्ने नेपाली प्रवृत्तिले नै हामीलाई यो स्थानमा राखेको छ ।

भगवान बुद्धको जन्मस्थल लुम्बिनी, कपिलवस्तुलाई मात्र भएपनि प्रभावकारी रुपमा अन्तर्राष्ट्रिय जगतमा प्रचार प्रसार गर्ने र विश्वभरका बुद्धिष्टहरुको ध्यानाकर्षित गर्ने हो भने लुम्बिनी एक्लैको आयले समग्र नेपालको विकासमा टेवा पुग्न सक्छ । विश्वभर करिब १ अर्ब देखि डेढ अर्बसम्म बुद्धिष्ट धर्मावलम्बीहरु रहेको अनुमान गरिन्छ । संख्यात्मक रुपमा यो विश्वकै तेस्रो ठुलो धर्मको रुपमा स्थापित भएको छ । यति धेरै संख्यामा रहेका बुद्धिष्टहरुलाई नै बुद्ध जन्मेको स्थल नेपालमा पर्छ भन्ने थाहा छैन । ग्लोबमा समेत नभेटिने सानो देश नेपालको बारेमा नेपालका सरोकारवालाहरुले उचित प्रवद्र्धन गर्न नसक्दा आज लुम्बिनी ओझेल र अपेक्षित विकासमा पछाडि त परेको छ नै यसलाई प्रतिविम्बित गर्ने गरी कृत्रिम रुपमा खडा गरिएका नक्कली स्थलहरुले आज विश्व पर्यटकहरुको ध्यान खिंचिरहेको छ । कुल बुद्धिष्टहरुको करिब १ प्रतिशत मात्र तीर्थयात्रीहरु भित्र्र्याउने हो भने करिब १ करोड पर्यटक संख्या हुन्छ । जुन नेपालको कल्पना भन्दा पनि बाहिरको कुरा हो । पर्यटन वर्ष मनाउँदा समेत करिब ५ लाख पर्यटकका लागि रुनुपर्ने नेपाललाई यो संख्याको अनुमान पनि भारी हुन्छ । गत वर्ष सन् २०१० मा मात्र १ लाख ५० हजार जना इण्डियन सहित विदेशी पर्यटकले मात्र भ्रमण गरेका छन् । के हाम्रो लागि यो लज्जाको विषय होइन र ? तर यथार्थ यही हो । उचित प्रचारप्रसार हुन नसक्दा विश्वका थुप्रै पर्यटकहरुलाई नेपालका बारेमा जानकारी छैन र भएकामा समेत भ्रम छ नेपाल एउटा स्वतन्त्र मुलुक नभई भारतकै एउटा अंग हुनुपर्दछ । जसको फाइदा भारतले उठाइरहेको छ । आजपनि हजारौं पर्यटक भारतीय बाटो हुदैं नेपालको लुम्बिनी घुमेर जान्छन् । तर उनिहरु घुमेको क्षेत्र नेपालको लुम्बिनी हो भन्ने तथ्य अनभिज्ञ राखिन्छ । नेपाल भारतको सिमाना छुट्टिने गरी पर्यटकलका लागि कुनैपनि संकेत त्यहाँ राखिएको छैन । जसको आर्थिक घाटा त छ नै सामरिक घाटा समेत नेपालले व्यहोर्दै आएको छ । हालै मात्र संयुक्त राष्ट्र संघका महासचिव एवं थाइल्याण्डका संस्कृति मन्त्रीले लुम्बिनीबारे जानकारी भर्खर पाएको मिडियामा आएको छ । यो भन्दा ठूलो अक्षमता सरकारका लागि के हुन्छ ? सरकारी पक्षको उदासिनता, भारतीय शासकप्रति नेपाली राजनीतिज्ञहरुको चाकरी प्रथा, स्वतन्त्र अडानको अभाव, अन्तर्राष्ट्रिय षडयन्त्र र विशेषगरी भारतको हेपाहा प्रवृत्तिकै कारण समग्र लुम्बिनीको विकास दु्रत गतिमा नभई कछुवा गतिमा भैरहेको छ । त्यसमा पनि विदेशी केही बौद्ध मुलुकहरुको सदाशय एवं सहानुभूतिबाट मात्र त्यो प्राप्त भएको हो ।

कुनैपनि क्षेत्रको प्रर्वद्धनमा प्रचार प्रसारको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । विशेषगरी आजको युग प्रविधिको युग हो र प्रचारको सहज माध्यम इन्टरनेट संजाल नै हो । विश्वभरका मानिस अब जानकारीका लागि इन्टरनेटको भरमा पुगेका छन् । तर विडम्बना यसको सदुपयोग गर्न नसक्दा सम्पूर्ण फाइदा आज छिमेकी मुलुकले उठाइरहेको छ । हाम्रो पर्यटन बोर्ड, पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोष जस्ता निकाय राजनीतिक भागबण्डा गर्ने र व्यवसाय गरी खाने तर प्रविधिबाट अनभिज्ञ १२ औं शताब्दीको मन्त्र जपी विकासको सपना देखिरहेका छन् । राष्ट्रिय पहिचान र गौरवलाई अन्तर्राष्ट्रियकरण गर्न नसक्दा रोजगारीकै सिलसिलामा विदेशिएका नेपालीहरुले आप्mनो पहिचान दिन सकेका छैनन् । बुद्ध र सगरमाथाको देश भन्दा सबै अनभिज्ञ रहेको चिसो अनुभूति थुप्रै नेपाली दाजुभाई दिदीबहिनीहरुले साट्नु भएको छ । यही तथ्यले गर्दा विश्वभर रहेका नेपालीहरुले यसका लागि जनस्तरबाट अभियान चलाउने प्रयास गरेका छन् । तर सरोकारवालाहरुले महत्व नदिंदा समेत नागरिकले आफै आप्mनो दायित्व निर्वाह गर्नुपरेको छ ।

लुम्बिनी क्षेत्रको विकासको प्रतिफल राष्ट्रले त पाउन सकेको छैन नै स्थानीय रुपमा समेत यसले उपलब्धि दिन सकेको छैन । लुम्बिनी कै काखमा कपिलवस्तु, रुपन्देही, नवलपरासीका बहुसंख्यक जनता गरिबीका रेखामुनि रहेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारीमा उनिहरुको न्यून पहुँच छ । यसबाट समेत सामाजिक असन्तुलन बढ्न गई स्वयं लुम्बिनीकै सुरक्षामा चुनौती थपिएको छ ।

जतिसुकै लोभी र पापी भएपनि समग्र समाजको भलाईमा नै आप्mनो पनि भलाई निहित हुन्छ । अन्यथा त्यो लोभ र स्वार्थको आय धेरै टिकाउ हुदैंन । केही स्वार्थी प्रवृत्तिका कारण लुम्बिनी विकासले महत्व नपाएको हुनसक्छ । तर समय सधैं एकनास रहदैंन र चुप लागेर पनि बस्दैन । सरोकारवालाहरुले यसलाई महत्व नदिउन् तर आउने पुस्ताले आप्mनो पहल शुरु गरिसकेको छ । राष्ट्रिय स्वाभिमान र आर्थिक समृद्धिको मुलाधारमा यो पुस्ता चुप लागेर बस्ने छैन । आफुले जानेको सीप र प्रविधिबाट विश्व जगतको ध्यान लुम्बिनीमा अवश्य खिंचिने छ । भलै हाम्रा सरोकारवालाहरु बुद्ध जयन्तीमा गएर एक थान भाषण सुनाएर छाती फुलाएर मिडियामा आप्mनो मुख देखाउन् तर युवा पुस्ता आप्mनो विवेक र सामथ्र्यको भरमा शान्ति, समृद्धि र स्वाभिमानमा योगदान दिन प्रतिबद्ध छ र दिइरहनेछ । हामी युवाका लागि बुद्ध जयन्तीको सान्दर्भिकता यही हो ।

कपिलवस्तु दिवस विश्व कार्य समिति । (सदस्य – नेपाल)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: