Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

राष्ट्रसंघ महासचिव मुनसंगै बुद्व जयन्ती मनाइयो

Posted by Ram Kumar Shrestha on May 19, 2011

न्युयोर्क, जेष्ठ ५ – २५५५ औं बुद्व जयन्ती सयुक्त राष्ट्र संघको महासभा कक्षमा मनाइएको छ । सन २००० देखि हरेक बर्ष बुद्व जयन्तीको अवसरमा राष्ट्र संघको महासभा कक्षमा कार्यक्रम आयोजना हुँदै आएको छ । यसपटकको कार्यक्रम, राष्ट्र संघका लागि श्रीलंकाली स्थायी नियोगले गरेको थियो । कार्यक्रममा राष्ट्र संघको महासचिव वान की मुन प्रमुख अथिती थिए । विभिन्न देशबाट आएका सयौं बौद्व भिक्षु एवं भिक्षुणीहरुले सामूहिक बुद्व प्राथना र बन्दना संगैं कार्यक्रम संचालन गरिएको थियो ।

बुद्व जयन्तीलाई सम्बोधन गर्दै महासचिव मुनले तीन बर्ष नेपाल भ्रमणको क्रममा आफू बुद्व को जन्मस्थल लुम्बिनी पुगेको स्मरण गर्दै भने ‘शान्ति र मानवअधिकारको सम्बन्धमा राष्ट्र संघ र बुद्वको सिद्वान्त समानता छ ।’

कार्यक्रमलाई नेपाली स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यले बुद्वको जन्मस्थल लुम्बिनीको संरक्षण र प्रर्वद्वनका लागि नेपाल सरकारको तत्परता उल्लेख गरेका थिए । भारतीय राजदुत हरिदिप सिंह पुरीले बुद्वको जन्मस्थलबारे केहि नबोलेपनि बुद्वले भारतमा ज्ञान प्राप्त गरेको एवम बुद्व दर्शन सम्बन्धी तिर्थ स्थलहरु भारतमा रहेकोले उपस्थित सबैलाई भारत भ्रमणको निम्तो दिएका थिए । कार्यक्रममा आयोजक राष्ट्र संघका लागि श्रीलंकाली स्थायी नियोगका राजदुत डा पालिथा टि भी खोनाले पनि बोलेका थिए ।

@ekantipur

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: