Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

ताइवानमा बुद्ध जयन्ति संपन्न

Posted by Ram Kumar Shrestha on May 22, 2011

ताइपेई ताइवानबाट डा. हरिकुमार श्रेष्ठ मे २२ २०११ । मे १५ २०११ का दिन कपिलबस्तु दिवस अभियान रास्ट्रिय कार्य समिति र ताइवानबासी नेपालीहरुको आयोजनामा ताइपपेई सिटी ङिङ्गमापा ओग्यन धर्म केन्द्र सिङ्गलोङ्ग ताइपेईमा गै बुद्ध धर्म परम्पराअनुसार २५५५ औं बुद्ध जयन्ति मनाए । कार्यक्रममा बौद्धधर्मावलम्वी र शुभेच्छुकहरुको उपस्थिती थियो । नेपाली ताइवानी र इण्डोनेशियनहरु सहभागी उक्त कार्यक्रममा लामा गुरु भेन खेम्पो ङवाङ् राब्गा रिम्पोचेबाट तिब्बेतीयन भाषामा धर्मग्रन्थ वाचन गरी नेपाली र चिनीया भाषामा पनि उल्था गर्नु भएको थियो ।

उक्त कार्यक्रममा विशेषरुपमा श्री सोनाम शेर्पा श्री कसा्रंग लामा श्री िमंगमा शेर्पा फूर्वा शेर्पा लगायत अन्य साथीहरुको योगदान पनि विशेष रह्यो भने कार्यक्रममा लागेको खर्चमध्ये श्री सोनाम शेर्पा र श्री कसा्रंग लामाबाट क्रमशः प्रसादको लागि लाग्ने खर्च ताइवान डलर ३०००.०० र छेमी बत्तिको लागि लाग्ने खर्च ताइवान डलर २०००.०० पनि सहयोग गर्नु भएको थियो । कार्यक्रममा फलफूल, मथेको चियाको साथै अन्य हल्का खाने परिकार पनि उपलब्ध गराइएको थियो । कार्यक्रममा सहभागीहरुबाट विभिन्न जिज्ञासाहरु पनि राखिएको थियो । जसमध्ये बुद्धको जन्मस्थान लुम्बिनी नेपालको बारेमा पनि कुरा उठाइएको थियो । गुरुबाट बुद्धको जन्मस्थान नेपाल नै भएकोले कसैले भ्रामक प्रचार प्रसार गर्दैमा त्यो सफल हुनेछैन भन्नुभयो ।
कार्यक्रम सकिएपछि गुरुबाट त्यहां उपस्थित सबैजनालाई खाता लगाइ दिनु भै धन्यवाद ज्ञापन गर्नुभएको थियो भने आयोजक तथा सहभागीको तर्फबाट डा. श्रेष्ठबाट पनि गुरु त्यस धर्म केन्द्रका अध्यक्ष र टीम अनि अरु सहभागीलाई पनि धन्यवाद ज्ञापन गरिएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: