Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

APEC team makes first Lumbini visit

Posted by Ram Kumar Shrestha on August 12, 2011

MADHAV DHUNGANA
BAHAIRAHAWA, AUG 11 –
Representatives of China’s Asia Pacific Exchange and Cooperation (APEC) Foundation toured Lumbini on Thursday. The visit led by APEC Joint Chairman Colin Heseltine marks the first visit by the organisation after it announced a US$ 3 billion project to develop Lumbini as a global centre for Buddhism study.

Only on Wednesday, Taiwan-based communication company, TCCL, had returned after wrapping up the preliminary study on a modern communication facility for the proposed project.

“APEC is planning to transform Lumbini into an international hub for Buddhism, while helping in the preservation of ancient ruins and artifacts related to Buddhism,” said Heseltine.

He said APEC would equip Lumbini with modern communication technology and provide its assistance in infrastructure development works in the first phase. APEC could also launch various income generating activities to lift the economic standard of local people in the future, Heseltine said.

Majhilal Tharu Thainat, treasurer of Lumbini Development Trust, said that Heseltine’s visit helped confirm the APEC’s plan for Lumbini. 

There was a widespread doubt among many people about the ambitious project announced by the APEC.

Narendra Ulak, APEC member, said that as part of the nine-year development plan, the organisation aims to turn Lumbini into a modern satellite city with an international airport, road, railway system and modern communication network.

He said that US$ 1.5 billion has been benchmarked for the first two-year of the project.

लुम्बिनीलाई स्याटलाइट सहर बनाउने एपेकको घोषणा

भैरहवा, श्रावण २७ – लुम्बिनीलाई आधुनिक स्याटलाइट सहरका रूपमा विकास गर्ने एसिया प्यासेफिक एक्सचेन्ज कोअपरेसन -एपेक) का उच्च पदाधिकारीले जानकारी दिएका छन् ।

एपेकका सहअध्यक्ष कोलिन ह्याचमिनसहितको टोलीले बिहीबार लुम्बिनीको स्थलगत भ्रमण गर्दै उक्त जानकारी गराएको हो । ‘लुम्बिनीलाई पवित्र तीर्थस्थलका रूपमा आधुनिक स्याटलाइट सहर बनाउने योजना छ,’ सहअध्यक्ष कोलिनले पत्रकारहरूसँग भने, ‘लुम्बिनीको ऐतिहासिक संरचना, प्राचीन स्मारक र सांस्कृतिक सम्पदा संरक्षण गरी पुरानो गुरुयोजनालाई सघाउँदै आधुनिकीकरण गर्दै जाने लक्ष्य छ ।’

लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल, सडक, रेलवे, सूचना प्रविधि, सञ्चार सेवा पुर्‍याई अत्याधुनिक स्याटलाइट सहर बनाउने योजना राखेको एपेकका सदस्य नरेन्द्र उलकले जनाकारी दिए । नेपालीका तर्फबाट उलक रहेको भ्रमण टोलीमा ८ जना थिए ।

यसअघि एपेकसँग आबद्ध ताइवानको ताइतुङ कम्युनिकेसन कम्पनी लिमिटेड लुम्बिनीमा अत्याधुनिक सञ्चार सुविधासम्बन्धी सहयोग गर्न प्रारम्भिक अध्ययन गरेर फर्किसकेको छ । लुम्बिनीलाई इस्लामको मक्का र इसाईको जेरुसेलमजस्तै पवित्र धार्मिक तथा पर्यटकीय स्थल बनाउने महत्त्वाकांक्षी लक्ष्य एपेकले लिएको छ ।

सहअध्यक्ष कोलिनका अनुसार पहिलो चरणमा लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीय स्थलका रूपमा चाहिने सुविधा उपलब्ध गराइनेछ । यसका लागि तत्काल आधुनिक मोबाइल सेवा, स्याटलाइट फोन र अन्य आधुनिक सञ्चारका पूर्वाधार सुरु गरिनेछ । लुम्बिनीजस्तो पवित्र तीर्थस्थलमा सघाउन अनेकौं राष्ट्रबाट धेरै संघसंस्थ्ाा इच्छुक रहेको र चीनसहित धेरै देशबाट सहयोग जुट्ने दाबी उनले गरे ।

एपेकले लुम्बिनीको विकासमा ३ अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेपछि लुम्बिनी भ्रमण गर्ने सहअध्यक्ष कोलिन पहिलो उच्च पदाधिकारी हुन् । उनी चीनका दुई पत्रकारसहितका प्रतिनिधि बिहान दुई हेलिकप्टरबाट लुम्बिनीमा अवतरण गरेका थिए ।

लुम्बिनीमा महत्त्वाकांक्षी परियोजना घोषणा गर्ने उक्त संस्थाको आधिकारिकता र विश्वसनीयतामाथि प्रश्न उठिरहेका बेला एपेकले लुम्बिनीमा आफ्नो उपस्थिति देखाउन थालेको हो । ‘कोलिनसहितको टोलीले लुम्बिनी भ्रमण गरेपछि यहाँ अब केही हुन्छ भन्ने विश्वास बढेको छ,’ लुम्बिनी विकास कोषका कोषाध्यक्ष मझिलाल थारू थनैतले भने ।

यसअघि चीनको एसियन प्यासेफिक इकोनोमिक फन्डले लुम्बिनीलाई सहयोग गर्ने भनेको ८ अर्ब रुपैयाँ पनि अब यही संस्थामा समावेश भएको उलकको दाबी छ । उनका अनुसार एपेकको लुम्बिनीमा ९ वर्षको कार्ययोजना हो । काम सुरु गरेको पहिलो २ वर्षका लागि साढे १ अर्ब अमेरिकी डलर छुट्याइनेछ ।

एपेकले बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, रामग्रामलगायत बौद्ध सर्किट स्थलको सडक, विद्युत्, खानेपानी, सञ्चार, यातायातजस्ता भौतिक पूर्वाधार क्षेत्रमा लगानी गर्ने जनाएको छ । बुद्ध सर्किट क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीको आर्थिक स्तर उकास्ने खालका आयमूलक योजना पनि दीर्घकालीन रूपमा सञ्चालन गर्न सकिने कोलिनले बताए । टोलीलाई लुम्बिनी गुरुयोजनाबारे कोषका सूचना अधिकृत हरि राईले जानकारी गराएका थिए ।

कोच्चिँदै पुलिसको गाडीमा कोलिनसहितको टोलीको लुम्बिनी भ्रमणबारे कोषलाई पूर्वजानकारी नहुँदा हेलिकप्टरबाट ओर्लनासाथ टोलीले लुम्बिनीको सूचना केन्द्रसम्म पुग्न प्रहरी गाडीको सहारा लिनुपर्‍यो ।

अवतरण भएपछि उक्त टोलीलाई स्वागत गर्न कोषका कोही पनि पदाधिकारी हेलिप्याडसम्म पुगेनन् । न त उनीहरूलाई लिन कुनै गाडीको नै प्रबन्ध थियो ।

अतिथिलाई लिन कुनै गाडी आएको नदेखेपछि इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर देवी पौडेलले आफ्नो गाडी दिएका थिए । गाडीको पछाडिपट्ट िकोचाकोच गर्दै टोली सूचना केन्द्र पुगेको थियो । कोषका कोषाध्यक्ष मझिलाल थारू थनैतले कोलिनको लुम्बिनी आगमनप्रति आफूलाई पूर्वजानकारी नभएको बताए । सूचना केन्द्रका हरि राईले कति जना, कसरी र कुन समयमा आउने भन्नेबारे जानकारी नहुँदा व्यवस्थापन गर्न नसकेको जानकारी दिए ।  ‘दुईवटा हायस गाडी लिन विमानस्थल पठायौं,’ राईले भने, ‘उड्नुअघि कुनै जानकारी भएन र एक्कासि हेलिकप्टर लुम्बिनीमा अवतरण गरेपछि मात्रै थाहा पाइयो ।’

@ekantipur

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: