Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

लुम्बिनी विकास समितिले मुनलाई पत्र लेख्ने

Posted by Ram Kumar Shrestha on October 22, 2011

४ कार्तिक, काठमाडौं । बृहत्तर लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिले संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय समितिसँग समन्वय गर्दै अघि बढ्ने निर्णय गरेको छ ।

समितिको शुक्रबार बसेको पहिलो बैठकले राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय समितिसँग समन्वय गर्दै अघि बढ्न राष्ट्रसंघका महासचिव बाव कि मुनलाई पत्राचार गर्ने निर्णय गरेको छ । बैठकमा महासचिव वानलाई नेपाल भ्रमणमा बोलाउनेबारे समेत छलफल भएको समितिका सदस्य मंगलसिद्धि मानन्धरले जानकारी दिनुभयो ।

बैठकले लुम्बिनीको विकाससम्वन्धी अन्तराष्ट्रिय समिति समिति पुनर्गठन गर्न पहल गर्ने निर्णय समेत गरेको छ । समितिको बैठकले समिति गठनको उद्देश्यहरु निर्धारण गरेको छ । बृहत्तर लुम्बिनीको विकासको योजना बनाउने, लुम्बिनी विकास कोषलाई सघाउने र अन्तराष्ट्रिय सहयोग जुटाउने समितिको उद्देश्य छ ।  समितिका सदस्य मिनेन्द्र रिजालले भन्नुभयो-’यो कुनै एउटा संस्थालाई छिराउन गठन भएको हैन । राष्ट्रसंघदेखि इच्छुक सबै अन्तराष्ट्रिय समुदायको सहभागिता सुनिश्चित गर्न समिति गठन गरिएको छ ।’

राष्ट्रसंघका महासचिव वान लुम्बिनीको विकासमा सघाउन व्यक्तिगत रुपमा इच्छुक हुनुहुन्छ भने माओवादी अध्यक्ष प्रचण्ड उपाध्यक्ष रहको चिनियाँ गैरसरकारी संस्था एपेकले लुम्बिनीको विकासका लागि भन्दै करोडौंको महत्वकाक्षी योजना घोषणा गरेको छ ।

समितिको सदस्य-सचिव तथा अन्य पदहरुमा थप मनोनयनबारे अर्को बैठकले निर्णय लिने समितिले जनाएको छ । सरकारले हालै मात्र माओवादी अध्यक्ष प्रचण्डको संयोजकत्वमा छ सदस्यीय बृहत्तर लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन गरेको थियो ।

लुम्बिनी विकास समितिले मुनलाई पत्र लेख्ने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: