Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for November, 2011

कपिलवस्तु दिवस अभियानको नाम परिवर्तन

Posted by Ram Kumar Shrestha on November 30, 2011

२००९ को सेप्टेम्बरको शुरुतिर अनलाइन खबर पत्रिकामा “भारतद्धारा नक्कली ‘कपिलबस्तु’ निर्माण” शिर्षकमा सो निर्माण कार्य सन २०१२ मा सम्पन्न गर्ने गरी करीब अन्तिम अबस्थामा पुगेको समाचार प्रकाशित हुँदासम्म बुद्ध जन्मनु भएको देशका तर्फबाट भने कुनै पनि किसिमको  आवाज नउठेकोले बिभिन्न देशमा छरिएर रहेका नेपाली बीच यसरी मौन बस्न नहुने ठहर गरी “कपिलवस्तु दिवस विस्व दिवस” को रुपमा जे जसरी हुन्छ मनाएर आवाज उठाइनु पर्ने सहमति भए अनुरुप उपयुक्त दिन खोज्ने क्रममा अशोक स्तम्भ खडग सम्शेरले पत्ता लगाएको भए तापनि अन्तरराष्ट्रिय जगत सामू ल्याउने महत्वपूर्ण काम भने १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले गरेको दिनलाई ऐतिहासिक महत्व दिइनु धेरै अर्थमा महत्व राख्ने देखिएको कारण यस दिनलाई कपिलबस्तु दिबसको रुपमा मनाइने निर्णय गरिएको हो । गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण नै अशोक स्तम्भ हो । नेपाललाई संसारमा चिनाउने एउटा बलियो आधार शान्तिका प्रतिमूर्ति गौतम बुद्ध जन्मनु भएको प्रमाण विस्व सामू सार्वजनिक गरिएको सो दिनलाई एउटा ऐतिहासिक महत्व दिनु आबस्यक देखिएको र त्यस्तो निर्णयका कारण यस क्षेत्रको बिकासको लागि उपयुक्त बातावरण सिर्जना गर्न सकिएको खण्डमा नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याइ अन्तत्वगत्वा नेपालको बिकासमा नै सहयोग पुर्याउने मात्र नभएर राष्ट्रिय अन्तरराष्ट्रिय शान्ति प्रकृयामा समर्थन, ऐक्यबद्धता र टेवा समेत दिन सक्ने भएकोले १ डिसेम्बरलाई कपिलबस्तु दिबसको रुपमा मनाउने निर्णय गरिएको हो । Read the rest of this entry »

Posted in समाचार | Tagged: | Leave a Comment »

तेश्रो लुम्बिनी-कपिलवस्तु दिवसको अबसरमा पुष्पकमल दाहाल प्रचन्डको शुभ-कामना

Posted by Ram Kumar Shrestha on November 30, 2011

Posted in बिबिध | Leave a Comment »

कपिलवस्तु हाम्रो

Posted by Ram Kumar Shrestha on November 30, 2011

कपिलवस्तु हाम्रो ज्ञानभूमी बुद्ध हाम्रो शान
ज्यानको आहुती दिएर बचाउँछौं स्वाभिमान

परि आए तयार हुन्छौं रगतले धर्ती सिंच्न
दशगजा होईन रातारात वैरीले सीमा मिच्न

नेपालीको इज्जतसँग खेलबाड गर्न नखोज्नु
नेपालीको गौरवगाथामा गिद्दे नजर नगाढनु

आआफ्नो संस्कृतिको रक्षा गर्दा हुन्छ राम्रो
विश्व भरी प्रख्यात बनेको कपिलवस्तु हाम्रो

अर्काको स्वाभिमान कुल्ची हामी वीर हुँदैनौं
झुटको खेती गरेर गीता र महाभारत छुँदैनौं Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | 1 Comment »

कपिलबस्तु दिवस: दोस्रो कपिलबस्तु दिवसको लागि पोस्टिङ् गर्न उपयुक्त केही सामग्रीहरु

Posted by Ram Kumar Shrestha on November 30, 2011

नक्कली लुम्बिनीसम्बन्धी संबेदनशील भिडिओ

Kapilvastu, Not in India
रामदेब भन्छन भारत गलत भ्रम फैल्याइरहेछ
Evolution of Buddhism and Archeological Excavations in Lumbini
Lumbini the Peace-Shrine and Peace of Pilgrimage
The Historical Dynasties and Ancient Archeological Sites in Nepal
The Discovery of the Birthplace of the Buddha
Showing the Seeds of the Lotus
Where the Buddha was born: Lumbini, Nepal
Lumbini on Trial:  The Untold Story
Life and Teachings of Buddha Some Gleanings
Lumbini’s latest Discovery: the Birth Spot of the Buddha
Ramagram Excavation-IV
NEPAL’S LUMBINI: WHERE THE BUDDHA WAS BORN
Buddha and Buddhism related clips
Newsweek Zakaria apologized tactfully
Sacred stone solves mystery of Buddha’s birthplace
Dirty controversy about Kapilvastu
Why Kapilvastu day as global day?
Poster
Leaflet

Posted in Uncategorized | Leave a Comment »

कपिलबस्तु दिवस: तेश्रो कपिलबस्तु दिवसको लागि पोस्टिङ् गर्न उपयुक्त केही सामग्रीहरु

Posted by Ram Kumar Shrestha on November 30, 2011

कपिलवस्तु दिवसको रुपमा मनाउन शुरु गरेको दुई बर्ष ब्यतित भैसकेको छ । छोटो समयमा नै कपिलबस्तु दिवसले आफ्नै किसिमले गति लिएको छ । आ-आफ्नै किसिमको ब्यस्त जीवनका बाबजुद बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले आ-आफ्नो अनुकूलतानुरुप १ डिसेम्बरको केही दिन अघि पछि कपिलबस्तु दिवस मनाउने गरिएको छ । अन लाइनमा भने सबैले १ डिसेम्बरमा नै सहभागिता जनाउने गरिएको छ । सबैको सुबिधालाई ध्यानमा राखेर केही उपयुक्त सामग्रीका लिंकहरु यहाँ राखिएका छन र यस्ले अबस्य पनि यहाँहरुको समय जोगाउन मद्धत पुर्याउने नै छ । आशा छ २४ घण्टामा केही मिनेट दिएर र अरुहरुलाई पनि त्यसो गर्न प्रोत्साहित गरेर एउटा नागरिकीय जिम्मेवारी यहाँहरु सबैले पुरा गर्नु हुनेछ ।

नक्कली लुम्बिनीसम्बन्धी संबेदनशील भिडिओ

Posted in Miscellaneous | Leave a Comment »

तेश्रो लुम्बिनी-कपिलवस्तु दिवसको अबसरमा जीवा लामिछानेको शुभ-कामना

Posted by Ram Kumar Shrestha on November 30, 2011

Posted in बिबिध | Leave a Comment »

क्यानडामा लुम्बिनी – कपिलवस्तु दिवसको अबसरमा रेडियो कार्यक्रम

Posted by Ram Kumar Shrestha on November 29, 2011

क्यानडामा लुम्बिनी – कपिलवस्तु दिवसको अबसरमा नमस्ते रेडियोले अभियानका क्यानडा राष्ट्रिय समितिका संयोजक सुबाश बिकसंग अन्तरबार्ता लिएको थियो जस्लाई यो लिंकमा क्लिक गरेर सुन्न सक्नुहुन्छ ।

Posted in अन्तरबार्ता | Leave a Comment »

China eager to bring train service to Lumbini

Posted by Ram Kumar Shrestha on November 29, 2011

Republica

Deputy Prime Minister and Foreign Minister Narayankaji Shrestha is back after wrapping up his week-long visit to China in the wake of Chinese Premier Wen Jiabao´s impending visit to Nepal in mid-December. OurSpecial Correspondent Purna Basnet met Shrestha in Hong Kong on his way back to Kathmandu. Excerpts:

How did your first China visit as a foreign minister go?

After becoming foreign minister, I have been to UN General Assembly, India and SAARC summit under the leadership of prime minister. This is the first formal foreign visit under my leadership and it has been very fruitful. We held cordial discussions on all aspects of bilateral relations and I am confident that we will see positive results soon.

What would such positive results be?

Nepal-China friendship should not be seen as just another neighborly relation. It holds great significance. We could convince China to expand financial help to Nepal which was one of the two major agendas of my visit. China is likely to announce an increment in its annual grant to Nepal during the Chinese premier´s visit in December. We have also sought a one-time special grant at a time when we are approaching the final stage of the peace process and constitution drafting.

Did you have any discussion on reducing the massive trade deficit with China?

We had serious discussion on increasing bilateral trade and reducing the trade deficit. We have not been able to capitalize on the duty waiver offered by China on export of around 400 goods. Therefore, this time we urged China to provide waiver on those goods that we can export. They have asked us to provide a list of such items. Read the rest of this entry »

Posted in Interview | Tagged: , , , , , , , , , , | Leave a Comment »

तेश्रो कपिलवस्तु दिवस मनाउन नेपालमा बिशेष तयारी

Posted by Ram Kumar Shrestha on November 28, 2011

काठमाण्डौं, मंसिर ११: आगामी डिसेम्बर १, २०११ (तेश्रो कपिलवस्तु दिवस) को अवसरमा नेपाल पर्यटन बोर्ड समेतको सहकार्यमा “लुम्बिनी विकास: सम्भावना र चुनौतीहरु” नामक एक वृहत अन्तरक्रिया एवं लुम्बिनी विकासका पहल गर्न नेपाल सरकारद्वारा गठित वृहत लुम्बिनी विकास निर्देशक समितिका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई अभिनन्दन गर्न बिशेष तयारी गरेको छ । कार्यक्रममा पर्यटन तथा नागरिक उड्यन मन्त्री लोकेन्द्र बिष्ट, संस्कृति राज्यमन्त्री सुस्मा शर्मा, रुपन्देही; कपिलबस्तु र नवलरासी जिल्लाका सांसदहरु, थाइल्याण्डका The Dhammakaya Foundation का अध्यक्ष Lalita Pat र Ven. Kittipong, World Fellowship of Buddhist Youth का अध्यक्ष Dr. Pornchai Pinyapong, बेल्जियमबाट Pauul Vande Moortel को उपस्थिति रहनेछ । साथै वृहत लुम्बिनी विकास निर्देशक समिति, नेपाल पर्यटन बोर्ड, अभियानका बिस्व कार्य समितिका बिभिन्न देश तथा नेपाल राष्ट्रिय समितिका प्रतिनिधिहरु, पर्यटन ब्यबसायी, शिक्षक एबं बिद्यार्थी र सर्ब साधारणको समेटा उक्त कार्यक्रममा उपस्थिति रहने छ ।

कार्यक्रमको पहिलो सत्र बिहान ९ बजेदेखि १२ बजेसम्म चल्नेछ् भने दोस्रो सत्र दिनको १ बजेदेखि ३ बजेसम्म । दोस्रो सत्रमा “लुम्बिनी विकास: सम्भावना र चुनौतीहरु” नामक एक वृहत अन्तरक्रियामा अभियानका ताईवान संयोजक डा. हरिकुमार श्रेष्ठ, अन्तर्राष्ट्रिय साँस्कृतिक दूत श्री मनोज गजुरेल, सार्क सल्लाहकार श्री केदार शाक्य, नेपाल राष्ट्रिय संयोजक नीलकण्ठ तीवारी र लुम्बिनी स्थानीय संयोजक श्री दुर्गा अर्यालले कार्यपत्र पेश गर्नु हुनेछ । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , | 1 Comment »

बुद्ध जन्मस्थलबारे दिग्भ्रम निस्तेज पार्न स्वाभिमानको नयाँ ईतिहास आरम्भ गरौं

Posted by Ram Kumar Shrestha on November 27, 2011

Posted in Visual | Tagged: , , , , | Leave a Comment »

अन्तर्राष्ट्रिय मञ्चमा गौतम बुद्धको कथा

Posted by Ram Kumar Shrestha on November 25, 2011

शंकर खरेल

बनारस (भारत), मंसिर ७ – संसारको विकास शान्तिबाट मात्र सम्भवछ । जहाँ शान्ति छैन त्यहाँ विकास छैन अनि चैन पनि छैन । यो संसारलाई उजाड बनाउने हो भने हिंसा काफी छ । अब मान्छेले शान्ति रोज्ने हो की हिंसा पछि दगुर्ने ?

दरवारीया शौखमा हुर्किएका सिद्धार्थ गौतम कसरी सांसारिक सुख छाडेर विश्वलाई शान्तिको सन्देश दिन सफल भए ? उनैलाई पात्र बनाएर देखाइएको नाटक ‘बुद्धम शरण्म गच्छामी’ ले दिएको सन्देश यहि हो । सम्राट अशोकलाई हिंसाबाट शान्तिको बाटोमा ल्याउँदा होस या भृकुटीले चीनमा गएर बुद्धको यहि सन्देश प्रचार गरेका दृश्य हुन, सटीक प्रस्तुतीलाई दर्शकले खुबै सराहना गरे ।

भारत दिल्लीबाट सहभागि ‘दिल्लीका किस्सा’ नाटकका निर्देशक इरसद अलाम खुबीले भने-‘शान्तिबाहेक अर्को विकल्प छैन, विषयलाई गहिराईमा पुर्‍याएर नयाँ कलाकारद्धारा अभिनय गराइएको नाटकले मन छोयो ।’ Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

लुम्बिनी विकास योजना अन्तिम चरणमा

Posted by Ram Kumar Shrestha on November 24, 2011

जितेन्द्र साह

काठमाडौ, मंसिर ८ – लुम्बिनी विकासको एकीकृत व्यवस्थापन योजना (आईएमपी) अन्तिम चरणमा पुगेको छ । यही वर्षको अन्त्यसम्ममा योजना लागू गर्ने तयारी भएको हो । युनेस्कोको ‘वल्र्ड हेरिटेज सेन्टर’ ले लुम्बिनीको दीर्घकालीन विकासका लागि योजना ल्याउनुबाहेकको विकल्प नरहेको बताएपछि नेपाली पक्ष तातेको छ ।

करिब सात महिनाअघि यो योजनाका लागि पुरातत्त्व विभाग, युनेस्को कन्सल्ट्यान्ट, संस्कृति मन्त्रालय र लुम्बिनी कोष सम्मिलित समितिले छलफल गरेर योजनालाई अन्तिम रूप दिंदैछ । ‘नोभेम्बरमा हुने दुईवटा बैठकले यसको टुंगो लगाउनेछ,’ पुरातत्त्व विभागका अधिकृत सुरेश श्रेष्ठले सोमबार कान्तिपुरसँग भने । उनी कमिटीमा फोकल प्वाइन्टको रूपमा सहभागी छन् ।

छरिएर आउने लगानीलाई एकद्वारबाट विकासमा लगाउन र जथाभावी निर्माण रोक्न यस्तो अवधारणा ल्याइएको उनले बताए । जापानी वास्तुविद् क्यान्जो टाङ्गेले ३० वर्षअघि लुम्बिनीको एक माइल टाढाबाट सुरु हुने नहरदेखि मायादेवी मन्दिरसम्मको भागलाई आधुनिकीकरण र कोलाहलबाट टाढा राखेर शान्त स्थलका रूपमा विकास गर्ने योजना अघि सारेका थिए । विभागका महानिर्देशक विष्णुराज कार्कीले यही मान्यताको आधारमा लुम्बिनीमा विकास हुनुपर्ने युनेस्कोले भन्दै आएको बताए । एकद्वार प्रणालीअन्तर्गत त्यहाँ हुने विकास निर्माण कार्यको समन्वय गर्न र बिनाविवाद अन्तर्राष्ट्रिय सहभागिता जुटाउन ‘आईएमपी’ आवश्यक भएको उनले बताए । ‘योजना तयार भएर विभागमा प्रस्तुत हुनेछ, संस्कृति मन्त्रालय हँुदै मन्त्रिपरिषद्को बैठकमा पेस हुनेछ,’ महानिर्देशक कार्कीले भने, ‘पारित गर्नुको विकल्प छैन ।’ Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

नेपालमा तेश्रो कपिलवस्तु दिवस मनाउने बिशेष तयारीको लागि ब्यबस्थापना समिति

Posted by Ram Kumar Shrestha on November 22, 2011

काठमाण्डौं, मंसिर ५:  आज मिति २०६८ मंसिर ५ गते बसेको कपिलवस्तु दिवस अभियान नेपाल समितिको बैठकले आगामी डिसेम्बर १, २०११
(तेश्रो कपिलवस्तु दिवस) को अवसरमा नेपाल पर्यटन बोर्ड समेतको सहकार्यमा “लुम्बिनी विकास: सम्भावना र चुनौतीहरु” नामक एक वृहत अन्तरक्रिया एवं लुम्बिनी विकासका पहल गर्न नेपाल सरकारद्वारा गठित लुम्बिनी विकास निर्देशक समितिका अध्यक्ष एवं एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई अभिनन्दन गर्ने निर्णय गरेको छ । साथै उक्त कार्यक्रमलाई भव्य र व्यवस्थित गर्न यस समितिका विश्व सल्लाहकार डा. कविताराम श्रेष्ठको संयोजकत्वमा निम्न पदाधिकारीहरुको सहभागिता रहने गरी कार्यक्रम व्यवस्थापन समिति समेत चयन गरेको छ । पदाधिकारीहरु निम्नप्रकार रहनु भएको छ ।

संयोजक                       –    प्रो.  डा. कविताराम श्रेष्ठ (विश्व सल्लाहकार)
सह–संयोजक               –     हरिकुमार श्रेष्ठ (ताइवान)
ओम गुरुङ्ग (जापान)
सदस्य सचिव               –     लक्ष्मण पुरी
सह–सचिव                  –     निलेश अधिकारी
कोषाध्यक्ष                    –     धर्म बहादुर शाक्य Read the rest of this entry »

Posted in समाचार | Tagged: | 1 Comment »

China’s $3 Billion Investment in Buddhist Mecca Sparks a Row

Posted by Ram Kumar Shrestha on November 21, 2011

By Jane Poretsis

On the 9th August, China declared that it had just signed a USD 3 billion deal with Nepal to develop Lumbini, the birth place of Buddha, sparking a row of lack of transparency.

The investment will see China leading the project, to transform the small town of Lumbini into a Buddhist Mecca and place of pilgrimage for Buddhists from around the world. A huge building project situated in the Southern region adjoining India. Seeing the construction of a new airport, highway, hotels, convention centre, temples and a Buddhist university; plus, the water, electricity and communication lines it currently lacks.

According to the Xinhua News Agency, in July, the United Nations Industrial Development Organization (UNIDO) and the Hong Kong based – Asia Pacific Exchange and Cooperation Foundation (APECF), signed a MoU (Memorandum of Understanding) in Beijing.

This was met by concern in certain quarters of the Nepalese Government, which felt that it had been left in the dark and not consulted; prompting a dismissal from China on reports in the media of a secret pact with certain Maoist sections of the Government. Read the rest of this entry »

Posted in Article | Tagged: , , , , , , , , | Leave a Comment »

Is China’s $3 Billion Investment into Lumbini Off?

Posted by Ram Kumar Shrestha on November 21, 2011

By Jane Poretsis

Just weeks after publicly declaring that they had just signed a USD 3 billion deal with Nepal to develop Lumbini, the birth place of Buddha, China is left wondering where they stand.

An investment that would have seen China leading the project to transform the small town of Lumbini into a Buddhist Mecca and place of pilgrimage for Buddhists from around the world was mired in controversy from the start.

Sparking a row of lack of transparency, the news was met by concern in certain quarters of the Nepalese Government, which felt that it had been left in the dark and not consulted; prompting a dismissal from China on reports in the media of a secret pact with certain Maoist sections of the Government.

The Secretary in the Ministry of Culture, Modraj Dotel, also promptly quit stating: “I have resigned as works are being done in a non- transparent way which has become a matter of concern for us,” he was quoted as saying by Annapurna Post Daily.

However, responding to queries from The Kathmandu Post the Vienna-based United Nations Industrial Development Organisation (UNIDO) has denied entering into any valid contractual agreement with the Asia Pacific Exchange and Cooperation Foundation (APECF). Stating further, that contrary to what had been claimed: they were not involved in any activity related to the Lumbini ‘Special Development Zone.’ Flatly refuting claims made by APECF that they had signed a Memorandum of Understanding (MoU) with them. Read the rest of this entry »

Posted in Article | Tagged: , , , , , , , | Leave a Comment »

तिलौराकोट

Posted by Ram Kumar Shrestha on November 20, 2011

Read the rest of this entry »

Posted in Visual | Tagged: , | Leave a Comment »

कपिलवस्तु दिवस अभियान नेपाल समितिमा सल्लाहकार थप

Posted by Ram Kumar Shrestha on November 20, 2011

३० कार्तिक पिमबहाल, ललितपुर: आज भएको एक कार्यक्रममा कपिलवस्तु दिवस अभियान नेपाल राष्ट्रिय समितिका लागि एक जना सल्लाहकारको रुपमा धर्म बहादुर शाक्यलाई थप गर्ने निर्णय गरिएको छ । स्मरण रहोस माघ ८ २०६७ का दिन काठमाण्डौंमा अभियानको नेपाल रास्ट्रिय समिति गठन गर्दा निम्न ब्यक्तिहरुलाई सल्लाहकारमा राखिएको थियो:

१. बेखारत्न शाक्य पूर्वमेयर (ललितपुर)
२. घनश्याम राजकर्णिकार बौद्ध विद्धान तथा साहित्यकार
३. डा. कुसुम शाक्य सहप्राध्यापक त्रिवि
४. मनोरमा शेरचन अध्यक्ष लुम्बिनी समाज
५. रामचन्द्र पाण्डे अध्यक्ष देवदह संरक्षण प्रतिष्ठान
६. गुह्यरत्न शाक्य समाजसेवी Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

वेलायतमा तेश्रो कपिलवस्तु दिवस कार्यक्रम

Posted by Ram Kumar Shrestha on November 19, 2011

१७ नोभेम्बर, लण्डन: लन्डनस्थित नेपाली दूतावास हाताभित्र तेश्रो कपिलवस्तु दिवस कार्यक्रम मनाइको छ । २००९ देखि कपिलबस्तु दिवस विश्व दिवसका रुपमा मनाउन शुरु गरिएको हो । प्रत्येक डिसेम्बर १ र बिभिन्न देशमा आ-आफ्नो समयानुकुल सो दिनको आसपासमा कपिलबस्तु दिवस मनाउने गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले आफू प्रधानमन्त्रीको सल्लाहकार रहेका बेला श्रीलंकाली राष्ट्रपति राजपक्ष नेपाल भ्रमण आएको स्मरण गर्दे डा. चालिसेले राजपाक्षले सबैभन्दा पहिला लुम्बिनी भ्रमण गरेपछि मात्र अन्य कुरा गर्ने बताउनु, नेपालका लागि बर्माका राजदूतले आफ्नी आमालाई लुम्बिनी लिएर जानु, आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा बुद्धको मूर्ति वेलायतकी महारानीलाई उपहार स्वरुप दिंदा उपहारको अत्यन्तै प्रसंशा गरेर सो मूर्ति शाही संग्राहलयमा राखिने जानकारी दिनु, जापानीहरुले लुम्बिनी भ्रमणको क्रममा त्यहाँको माटो लिएर जानु जस्ता दृस्टान्तहरुले उनीहरुको वुद्धप्रतिको अगाध आस्था प्रतिविम्बित गर्ने बताए । डा. चालिसेले वेलायतको कुनै पनि ठाउँमा बुद्ध जन्मस्थलबारे दिग्भ्रम देखिएको खण्डमा त्यस्को समाधानको लागि कपिलवस्तु दिवस अभियान र सरोकार संस्थाहरुसंग मिलेर काम गर्न संधै तत्पर रहेको बताउनु भयो । 
कार्यक्रमका बिशिस्ठ अतिथि सांसद माननीय भान्ते आनन्द पथले नाम लिंदा मात्रै पनि आनन्दानुभूति हुने अलौकिक स्वभावका भगवान बुद्धले नेपाली माटोको बिशिस्ठ पुत्रको रुपमा नेपालको नाम विस्वभरी सगरमाथा जस्तै उँचो राख्ने काम गर्नु भएको उल्लेख गर्दै उहाँ संसारकै आदर्श पुरुष भएको बताउनु भयो । मन्तब्य दिने क्रममा भान्तेले वुद्ध विस्व शान्तिका प्रणेता भएको उल्लेख गर्नु भयो ।
प्रबासी जीवन बिताएर पनि देशको राष्ट्रियता, इज्जत र पहिचानको लागि नेपालमा बसेर गर्न नसकेको सर्हाहनीय काम कपिलवस्तु दिवस अभियानका सर्जकहरुले गरेर माटोको ऋण चुकाउने महत्वपूर्ण काम गरेको बताउँदै सांसद भान्तेले भारतले किन नक्कली कपिलवस्तु बनाउँदैछ भन्ने फेहरिस्त पेश गर्दै ऐतिहासिक र पुरातात्विक प्रमाणहरु भने नेपालमा नै भएको दाबी गर्नु भयो । भौतिक संरचना र प्रचार प्रसारको माध्यमबाट पर्यटन बिकास गर्न सकिएको खण्डमा लुम्बिनीले नेपालको अर्थतन्त्रमा नै कायापलट ल्याउन सक्ने दाबी गर्दै सांसद भान्तेले नील गाई जस्ता दुर्लभ बन्यजन्तु भएको लुम्बिनी प्राकृतिक दर्शनीय स्थलयुक्त प्राकृतिक श्रोत र संपदाले धनी भएको पनि उल्लेख गर्नु भयो ।              Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , | 1 Comment »

पत्रकार नविन पोखरेल कपिलवस्तु दिवस अभियानद्धारा सम्मानित

Posted by Ram Kumar Shrestha on November 18, 2011

१७ नोभेम्बर, लण्डन: नेपाली पत्रका संपादक एबं कान्तिपुर दैनिक सम्बद्ध पत्रकार नविन पोखरेलले वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने ब्रिटिश संग्रहालयमा बुद्धबारे राखिएको भ्रामक जानकारीसम्बन्धी सामग्रीहरु बिस्तृत रुपमा कान्तिपुर दैनिकमा १३ कार्तिक (अक्टोबर २९) र कार्तिक १६ (नोभेम्बेर २) र नेपाली पत्रको बर्ष ६, अंक १८ मा प्राथमिकताका साथ प्रकाशित गरेर म्युजियमको ध्यानाकर्षण गरेकै कारण संग्रहालयले फेसबुकको आफ्नो पेजमा नोभेम्बर ४ तारिख दिनको ३:४६ बजे संग्रहालयले बुद्ध नेपालमा नजन्मेको भनी उल्लेख नगरेको सूचना जारी गरेको र सोही सूचनालाई आधार बनाएर संग्रहालयलाई दबाब दिन जन परिचालन गर्ने सहज वातावरण तयार भएको थियो । छोटो समयमा नै सोही सूचनामा भएको ब्यापक जन दबाबका कारण नोभेम्बर ७ तारिख दिनको ११:०५ मा संग्रहालयले वुद्ध लुम्बिनी नेपालमा जन्मिनु भएको उल्लेख गर्ने सूचना जारी गरेको थियो । यसरी विस्वभरका त्यत्ति  ठूलो संख्याका पर्यटकहरुले अबलोकन गर्ने ब्रिटिश संग्रहालयमा वुद्धबारे भ्रामक जानकारी सच्याउने बातावरण सहज बनाउने महत्वपूर्ण भूमिका निर्बाह गर्नु भएकोमा पत्रकार नविन पोखरेललाई कपिलवस्तु दिवस अभियानले बिभिन्न देशमा तेश्रो कपिलवस्तु दिवस मनाउने क्रममा कपिलवस्तु दिवस अभियान वेलायत राष्ट्रिय समितिले लण्डनस्थित नेपाली दूतावासमा आयोजना गरेको तेश्रो कपिलवस्तु दिवस कार्यक्रमका वीच सम्मान गरेको छ ।
सम्मान गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि वेलायतका लागि नेपाली राजदुत महामहिम डा सुरेशचन्द्र चालिसे, कार्यक्रमका बिशिस्ठ अतिथि सांसद माननीय भान्ते आनन्द पथ र कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठद्धारा संयुक्त रुपमा हस्ताक्षरित प्रमाणपत्र राजदुत महामहिम डा सुरेशचन्द्र चालिसे र माननीय भान्ते आनन्द पथले संयुक्त रुपमा प्रदान गर्नु भयो । प्रमाणपत्रमा लेखिएको छ, “वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने ब्रिटिश संग्रहालयमा बुद्धबारे राखिएको भ्रामक जानकारीसम्बन्धी सामग्रीहरु तयार गरी संग्रहालय र सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराएर जानकारी सच्याउने वातारण सहज बनाउने महत्वपूर्ण भूमिका निर्बाह गर्नु भएकोमा सम्मान स्वरुप यो प्रमाणपत्र प्रदान गरिएको छ ।”
गैरआवासीय नेपाली संघ वेलायतका अध्यक्ष कुल आचार्यले पत्रकार पोखरेललाई खादा ओडाएर सम्मान गर्नु भयो ।
सम्मान गर्नु अघि कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले उहाँ अघि धेरै नेपाली त्यहाँ गए तापनि यस बिषयमा कसैले आवाज उठाएको नपाईएको भन्दै अभियानको उद्धेस्यलाई टेवा पुर्याउने र राष्ट्रिय स्वाभिमान उच्च राख्दै अन्तरराष्ट्रिय महत्व सहितको दूरगामी परिणाममुखी उहाँको यस किसिमको ऐतिहासिक खोजी पत्रकारितालाई सम्मान गर्दै अभियानले उहाँलाई सम्मान गर्ने निर्णय गरेको जानकारी दिनु भएको थियो ।

Posted in समाचार | Tagged: , , | Leave a Comment »

लुम्बिनीको विकासमा सहयोग गर्ने: मुन

Posted by Ram Kumar Shrestha on November 11, 2011

Posted in Visual | Leave a Comment »

Lumbini, Nepal – the Birth Place of the Buddha

Posted by Ram Kumar Shrestha on November 11, 2011

Lumbinī (Sanskrit: लुम्बिनी, “the lovely”) is a Buddhist pilgrimage site in the Rupandehi district of Nepal. It is the place where Queen Mayadevi gave birth to Siddhartha Gautama, who as the Buddha Gautama founded the Buddhist tradition. The Buddha lived between roughly 563 and 483 BCE. Lumbini is one of four magnets for pilgrimage that sprang up in places pivotal to the life of the Buddha.

Lumbini is in Nepal. It is geographically located 25 km east of the municipality of Kapilavastu, Nepal; where the Buddha lived till the age of 29. Lumbini has a number of temples, including the Mayadevi temple, and others under construction. Also here is the Puskarini or Holy Pond – where the Buddha’s mother took the ritual dip prior to his birth and where he, too, had his first bath – as well as the remains of Kapilvastu palace. At other sites near Lumbini, earlier Buddhas were, according to tradition, born, achieved ultimate awakening and finally relinquished earthly form. Read the rest of this entry »

Posted in Miscellaneous | Tagged: , , , , , , , , , , , , , , | Leave a Comment »

Buddha Born in Nepal – Nepali Documentary Trailer

Posted by Ram Kumar Shrestha on November 9, 2011

Posted in Visual | Leave a Comment »

UN Gen Secy agrees to support greater Lumbini development

Posted by Ram Kumar Shrestha on November 9, 2011

THT ONLINE

KATHMANDU: Former Prime Minister and Chairman of the UCPN-Maoist Pushpa Kamal Dahal, aka, Prachanda met United

Former Prime Minister and Chairman of the UCPN-Maoist Pushpa Kamal Dahal shakes hand with United Nations Secretary General Ban Ki-moon on Tuesday at UN headquarters in New York.

Nations Secretary General Ban Ki-moon on Tuesday at UN headquarters in New York.

Dahal is in New York as the Chairman of the High Level National Steering Committee for the development of Greater Lumbini, seeking international assistance for the development of the UNESCO World Heritage Site, located in Rupandehi district, about 300 km southwest of Kathmandu.

During the meeting, Dahal briefed the UN Secretary General about the commitment of the Government of Nepal to develop Lumbini as a world peace city as a pilgrimage and a heritage city with inclusive livelihood programs for the people living around there.

Prachanda explained to Ban Ki-moon that the recently formed High Level National Steering Committee reflects strong and long-term commitment of the Government of Nepal to the preservation and development of all aspects of Greater Lumbini with a
multi-stakeholder approach through national and international support.

While urging Moon to form a broader Lumbini development international committee under his chairmanship, Dahal said, spiritual dimension of Lumbini for world peace fits in very well with the noble ideals of peace and justice of the United Nations.

“Lumbini would be developed as an enduring source of international peace, harmony and understanding.” Read the rest of this entry »

Posted in News | Tagged: , , , , , , , , | 1 Comment »

गौतम बुद्धका बारेमा भारतीय लेखकले छरेको अर्को भ्रम

Posted by Ram Kumar Shrestha on November 8, 2011

-ऋषिराज बुढाथोकी

प्रत्येक नेपालीलाई थाहा छ भगवान् गौतम बुद्ध लुम्बिनीको कपिलवस्तु जिल्लाको राजपरिवारमा जन्मिएका हुन्। यसमा कुनै दुइ मत छैन किनभने तपाई हामी सबैले सानै देखी किताबमा पढेका थियौ गौतम बुद्ध कपिलवस्तुका राजा शुद्धोदनका पुत्र थिए। तर नेपाल बाहिरका करोडौं व्यक्तिले पढ्ने पुस्तकमा भगवान् गौतम बुद्ध भारतका शासक थिए भनेर वर्णन गरिएको छ।

बेलायतको सार्वजनिक पुस्तकालयहरुमा लेखक के ई सुल्लिभानको ‘ईन्डियन मिथ्स् एण्ड लैजेन्ड्स’ नामक पुस्तकमा यस्तो भ्रमात्मक कुरा लेखिएको छ। सन् १९९८ मा  पहिलो पटक प्रकाशित ‘ईन्डियन मिथ्स् एण्ड लैजेन्ड्स’ नामक पुस्तकको पेज नम्बर ७७ भित्र चौथो प्याराग्राफमा भगवान् गौतम बुद्धले एउटा साधारण भारतीय शासकको रुपमा प्रारम्भिक जीवन बिताएका थिए भनेर उल्लेख गरिएको छ। यहाँ लगभग प्रत्येक व्यक्ति पुस्तकालय जान्छ र कुनै न कुनै पुस्तक लिएर फर्कन्छ त्यसैले पुस्तकालयको अति नै महत्व रहेको मुलुकको पुस्तकालयमा त्यसरी भ्रमात्मक जानकारी दिने खालको पुस्तक राखिनुले हाम्रो भावनामा एकातिर ठेस पुर्‍याइएको छ भने अर्कातिर तथ्यलाई मिथ्याले छोप्न खोजेको छ।

विश्व मानचित्रमा नेपाललाई खोज्न गाह्रो पर्छ तर पनि विश्वसामु नेपालको आफ्नै पहिचान छ। नेपालीलाई विदेशमा आफ्नो देशको पहिचान दिन गाह्रो पर्दैन किनभने नेपाल संसारको अग्लो हिमाल सगमाथा र भगावान् गौतम बुद्ध जन्मिएको देश भनेर चिनिन्छ। मैले पनि विदेशमा आएर आफु नेपाली हुनुको पहिचान भगवान गौतम बुद्ध जन्मिएको देशबाट आएको भनेर परिचय दिएको थिए। मेरो मात्र नभएर स्वदेश तथा विदेशमा बस्ने हरेक नेपालीको नेपाली हुनुको पहिचान पनि भगवान गौतम बुद्धसँग जोडिन्छ। तर अहिले आएर भगवान् गौतम बुद्ध छैटौं शताब्दीको मध्यतीर भारतको उत्तर पूर्वी क्षैत्रमा जन्मिएको भनि गलत प्रचार गरिएको छ। Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

लुम्बिनीमा भारतको चासो रहने भारतीय कङ्ग्रेस नेता करण सिंहको भनाई

Posted by Ram Kumar Shrestha on November 8, 2011

काठमाडौ, कात्तिक २२ (नागरिक)- भारतीय काग्रेस आईका विदेश विभाग प्रमुख करण सिंहले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतको चासो रहने बताएका छन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भारतीय सीमा भन्दा आठ किलोमिटरमात्र टाढा रहेको लुम्बिनीमा अन्य मुलुकले लगानी गर्दा भारतको पनि चासो रहने बताएका हुन्।उनले गौतम बुद्ध नेपालमा जन्मिए पनि भारतमै ज्ञान आर्जन गरेको र भारतमै देह त्याग गरेकोले लुम्बिनीमा भारतको चासो रहनु स्वभाविक भएको उनको तर्क थियो। 

उनले भारतदेखि लुम्बिनीसम्म बुद्धिस्ट सर्किट भएको भन्दै यसको विकासमा भारतले पनि लगानी गर्नु पर्ने बताए। यसका लागि आफूले भारतीय प्रधानमन्त्रीसँग कुरा गर्ने उनले दृढता ब्यक्त गरे। लुम्बिनीको विकासको लागि नेपाल र भारतले मिलेर काम गर्नुपर्ने उनले बताए।

सिहले एपेकमार्फत् चिनिया लगानी लुम्बिनीमा ल्याउने र माओवादी अध्यक्ष पुष्पकमल दाहाल लुम्बिनीमा सहयोग जुटाउन अमेरिका गएको विषयमा आफूलाई कुनै जानकारी नभए पनि अरुले लुम्बिनीमा लगानी गर्दा भारतको चासो भने रहने स्पष्ट पारे। 

उनले लुम्बिनी र पशुपतिनाथ नेपाल भारत सम्बन्धको पहिचानको रुपमा रहेकोले पशुपतिनाथको पनि गुरुयोजना बनाएर विकास गर्नु पर्ने सुझाव दिए। Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

 
%d bloggers like this: