Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

बुद्ध (सिद्धार्थ गौतम) अवशेष फेला परेको अनुमान

Posted by Ram Kumar Shrestha on November 2, 2011

रुपन्देहीको देवदह – ९ भलुही बयरडाँडामा गौतम बुद्धसँग सम्बन्धित अवशेष फेला परेको अनुमान गरिएको छ ।

भलुही बयरडाँडामा पुरातात्विक चिलिम इँट्टा खपडा पूजा गर्ने सामानलगायतका ऐतिहासिक वस्तु फेला परेको स्थानीयवासीले बताएका छन् । सो स्थानमा फेलापरेको वस्तु सिद्धार्थ गौतमसँग सम्बन्धित भए-नभएको उत्खनन् गरी अध्ययन गरेपछि मात्र थाहा हुने लुम्बिनी विकास कोषका पुरातत्व विभागका पुरातत्वविद् हिमाल उप्रेतीले बताउनुभयो ।

बयरडाडा र रोहिणी नदी नजिकै भएको हुदाँ बुद्धसँग सम्वन्धीत हुनसक्ने पुरातत्वविद् उप्रेतीले बताउनुभयो ।

उक्त क्षेत्र बुद्धसँग सम्बन्धित रहेको हँुदा उत्खनन र संरक्षण गर्न स्थानीयवासी तयार रहेको स्थानीय हेमलाल गौतमले बताउनुभयो । केही समय पहिले उक्त स्थानमा एक भिक्ष्ा आएर अवलोकन गर्ने गरेका थिए ।

सिद्धार्थ गौतमको मावली देवदह क्षेत्रमा रहेको कन्यामाई क्षेत्रमा गत वर्ष दुई महिना उत्खनन गरिएको थियो । उत्खनन् गर्ने बेलामा फेला परेका वस्तु अध्ययन भइरहेको छ । गत असोज २६ गतेदेखि कन्यामाई क्षेत्रमा उत्खनन सुरु भएको पुरातत्वविद् उप्रेतीले बताउनुभयो । उक्त क्षेत्रमा यस वर्ष तीन महिनासम्म उत्खनन् गरिने जनाइएको छ ।

बुद्ध (सिद्धार्थ गौतम) अवशेष फेला परेको अनुमान.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: