Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

लुम्बिनी विकास गुरुयोजना सहयोग जुटाउन आज दाहाल अमेरिका जाने

Posted by Ram Kumar Shrestha on November 5, 2011

काठमाडौँ, कात्तिक १९/एकीकृत माओवादीका अक्ष्यक्ष पुष्पकमल दाहालले शनिबारदेखि हुने आफ्नो अमेरिका भ्रमणका जाने भएका छन् । दाहाल उच्चस्तरीय लुम्बिनी विकास गुरुयोजना सहयोग जुटाउने न्यूयोर्क जान लागेका हुन् ।
उनले अमेरिका भ्रमणका क्रममा लुम्बिनी विकासका साथै नेपालको शान्ति प्रक्रियामा समेत संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रि्रय निकायको सहयोग र समर्थन मागिने बताए ।
शनिबार संवैधानिक उपसमितिको बैठकपछि संवाददातालाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले यसअघि आफ्नो अमेरिका भ्रमण लुम्बिनीको विकासमा केन्दि्रत रहने योजना बनाइए पनि सातबुँदे सम्झौता पछिको परिवर्तित अवस्थामा शान्ति प्रक्रियाका लागि समेत सहयोग माग्ने एजेण्डा तय भएको बताए ।
उनले सेना समायोजनको क्रममा पुनःस्थापना र अवकाशमा जाने लडाकूका लागि चाहिने रकमका लागि संयुक्त राष्ट्रसङ्घलगायत अन्य निकायसँग सहयोग मागिने उल्लेख गरे । 
राष्ट्र सङ्घका महासचिवसँगको भेटका क्रममा नेपालमा शान्तिका लागि भइआएका कामबारे जानकारी गराउने तथा राष्ट्रसङ्घलाई थप सहयोगका लागि आग्रह गरिने अध्यक्ष दाहालले बताए ।

लुम्बिनी विकास राष्ट्रिय समितिको निर्देशकमा सरकारले अध्यक्ष दाहाल र सदस्यमा नेपाली कांगे्रसका नेता डा मिनेन्द्र रिजाल र नेकपा एमालेका नेता मङ्गलसिद्धि मानन्धरलगायतलाई नियुक्ति गरेपछि सो टोली शनिबार लुम्बिनीको विकासमा केन्दि्रत रही अमेरिकाको भ्रमणमा जानलागेको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: