Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

अभियानको विस्व कार्य समितिका ताईवान संयोजक डा. श्रेष्ठको कवितासंग्रह विमोचन

Posted by Ram Kumar Shrestha on December 12, 2011

ताईवानको ताइपेइमा रहँदै आउनु भएका डा. हरिकुमार श्रेष्ठको “फर्मोसाबाट नेपाली सुस्केरा” कविता संग्रहको आज काठमाडौंमा विमोचन गरिएको छ । ऐक्यबद्धता मासिकको आयोजनामा गरिएको सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा वरिष्ठ साहित्यकार दामोदर पुडासैनी रहनुभएको थियो । प्रमुख अतिथि पुडासैनीद्दारा गमलाको फूलमा पानी सिंचन गरेर कवितासंग्रहको उद्घाटन गर्नुभएको थियो भने पुस्तक विमोचनको परम्परागत तोडी पुष्प गुच्छाबाट पुस्तक निकालेर विमोचन गरिएको थियो ।

प्रमुख अतिथि पुडासैनीले डा. श्रेष्ठको यो पुस्तक नेपाली साहित्यका साथै संसारको साहित्यको लागि उत्प्रेरणात्मक तथा जीवन र जगतलाई माथि उठाउने खालको भएको भनि टिप्पणी गर्नुभयो । यो पुस्तकमा फर्मोसामा बसेर पनि नेपालकै डाँडा पखेरा गाम बेसी समसामयिक राजनीतिको कुरा भरियाका कुरालाई सरक्क टिपेर ल्याइएको छ भन्नुभयो डा.श्रेष्ठ क्षमतावान व्यक्तित्व भएको र उहाँको सृजनाले नेपाली साहित्यले थप प्रेरणा प्राप्त गर्न सक्ने बताउँदै आगामी दिनमा अझै स्तरिय पुस्तक प्राप्त होस् भन्नुभयो ।

कार्यक्रममा अतिथि रहनुभएका डा. विष्णु धितालले लेखक डा. श्रेष्ठको शौक्षिक पारिवारिक साहित्यीक पृष्ठभूमिका बारेमा अवगत गराउनु भयो । त्यस्तै अर्का अतिथि परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले यो पुस्तकमा देशप्रतिको माया देशको समसामयिक स्थितिको चिन्ता पाएको बताउनु भयो । विदेशमा रहँदा देशप्रतिको माया गहिरो हुने बताउँदै प्रवासमा रहँदा घरपरिवार र देशको सम्झना आउँदा रेष्टुरेन्ट तथा बारमा गएर रमाउनु भन्दा कलम र कापी लिएर स्वदेशको सम्झना गर्नुपर्ने बताउनु भयो । श्रेष्ठले उहाँका कवितामा देशभक्ति परिवर्तनमुखी सृजना पाएको भन्दै आगामी दिनमा थप कृतिको रचना होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । फर्मोसाबाट नेपाली सुस्केराका लेखक डा हरिकुमार श्रेष्ठले भावुक हुँदै आफ्नो साहित्यीक यात्राको बारेमा बोल्नु भएको थियो । विभिन्न देशमा नेपालीहरुले पाएको दुःख गाउँमा बिताएका यादहरु सोझासिधा जनताले पाएका दुःख पोखुँ पोखुँ लाग्ने गरेको भए पनि विभिन्न कारणबस कोरिएका रचनाहरु पनि गर्भमै रहने गरेको पिडा व्यक्त गर्नुभयो । पछिल्लो समयमा फेसबुक र विभिन्न व्यक्तित्वहरुको प्रेरणाले १ वर्षदेखि यता लेखिएका कविताहरुलाई समेटी यो पुस्तकको रुप दिन सफल भएको बताउनु भयो ।

कार्यक्रममा अध्यक्षता गरेका ऐक्यबद्धता प्रकाशन प्रालिका अध्यक्ष निलकण्ठ तिवारीले डा. श्रेष्ठसँग ऐक्यबद्धताको सम्पर्कदेखि उहाँका गतिविधिका बारेमा बोल्नु भएको थियो । श्रेष्ठसँग परिचय भएको लामो समय नभए पनि उहाँको प्रगतिवादी विचारलाई ऐक्यबद्धताले साथ दिँदै आएको स्पष्ट पार्नुभयो । जे देख्यो त्यही लेख्ने स्पष्ट यथार्थ आलोचकका श्रेष्ठ उत्कृष्ट कवि भएको धारणा राख्नुभयो । सो अवसरमा प्रमुख अतिथि एवम् वरिष्ठ साहित्यकार दामोदर पुडासैनीलाई नेपाली साहित्यको क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । डा. श्रेष्ठकी बहिनी श्रीमती सम्झना श्रेष्ठले सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा श्रेष्ठका पिता कोमलनारायण श्रेष्ठ, श्रीमती लक्ष्मीमाया श्रेष्ठ पनि अतिथिका रुपमा रहनुभएको थियो । गोरखा गाइखुर जन्मेका श्रेष्ठले एग्रोनोमी बीउबिजन प्रविधि तथा खेती प्रणालीमा रामपुरस्थित कृषि क्याम्पसबाट बीएस्सी कृषि गरेका छन् भने स्कटल्याण्डबाट बीउबिज्ञान तथा प्रविधिमा एम.एस्सी गरेका छन् भने जी.एम.ओ गुणस्तर नियन्त्रण तथा व्यवस्थापनमा ताइवानमा पीएचडी गर्नुभएको छ ।
श्रेष्ठका यसअघि पनि फुटकर रुपमा विभिन्न लेखरचनाका साथै कविता गजल पनि प्रकाशन हुँदै आएका छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ताइवानको संस्थापक सदस्य एवम् हाल महासचिव रहेका श्रेष्ठ लुम्बिनी – कपिलवस्तु दिवस अभियानको विश्व कार्य समितिमा ताईवानका तर्फबाट संयोजक समेत हुनुहुन्छ ।

2 Responses to “अभियानको विस्व कार्य समितिका ताईवान संयोजक डा. श्रेष्ठको कवितासंग्रह विमोचन”

  1. Dr K Kaphle said

    Congrats Dr Hari Kr Shrestha, will go through your look of your life in your book.
    All the best and what remains in life is the memoirs of lifetime and the footprints left in the space of time and virtuality.

    Dr K Kaphle
    Nepal/Canada

    • Hari said

      Dear Dr. Krishnajee,
      Thanking you a lot for your message with very encouraging words. It was an output due to my friends like you who has encouraged me always in a very positive way.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: