Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

एनआरएनए इटालीद्वारा इटलीमा नेपाल र भगवान बुद्ध बारे प्रचार प्रसार

Posted by Ram Kumar Shrestha on February 12, 2012

इटाली – रोटरी क्लब पादोवा एउगानेआ (Rotary Club Padova Euganea) इटालीद्वारा आयोजीत एक भब्य समारोहका बीच एन आर एन ए इटालीका अध्यक्ष डा. अनिल भट्टराईले नेपालको इतिहास, वर्तमान तथा भगवान बुद्धको जन्म थलो नेपालको लुम्बिनी नै हो भन्ने लगाएतका विभिन्न नेपालको पहिचान गराउने बिषयहरुमा लगभग ४५ मिनेट समय लिएर नेपालको बारेमा स्लाईड शो प्रस्तुत गर्नु भएको थियो।

इटालीको पादोवा शहरको होटेल शेराटनमा आयोजीत सो कार्यक्रममा भेनेतो रिजनका उद्योगपति, ब्यापारी, वकिल, चिकित्सक, ईन्जिनियर, राजनीतिज्ञ तथा पर्यटन व्यवसायीहरु गरि ७० जना भन्दा बढीको उपस्थिति रहेको थियो। नेपाल बाहेक अफ्रिकी राष्ट्र एरित्रेआको बारेमा पनि तेहा  इटालीयनहरुद्वारा स्लाईड सो प्रस्तुत गरिएको थियो। उक्त कार्यक्रममा डा. भट्टराईले नेपालको पर्यटन क्षेत्र, हाईड्रोपावोर, लगाएतका अन्य सम्भावेताका बारेमा बिस्तृत जानकारी गराउनुका साथै इटाली बासी नेपालीहरुका समस्याहरु पनि औलाऊदेइ सहयोगको लागि अनुरोध गर्नु भएको थियो। उक्त कार्यक्रम रोटरी क्लब पादोवा एउगानेआ का  अध्यक्ष श्री डा. मौरिचियो आकोर्दिको सभापतित्वमा सम्पन्न भएको थियो भने, डा. भट्टराईलाई उक्त संस्थाको बार्षिक कार्यक्रममा नेपालको बारेमा जानकारी लिन भनी बिशेष निम्तो गरिएको थियो।


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: