Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

उपन्यासको अन्तरक्रिया सम्पन्न

Posted by Ram Kumar Shrestha on April 23, 2012

काठमाण्डौं १९ अप्रिल २०१२: नेपाल लाईब्रेरी फाउन्डेसन तथा नेपाल रिडिङ एशोसिएशनको संयुक्त तत्वावधानमा डा कविताराम श्रेष्ठद्धारा लिखित “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” नामक बुद्धको जीवनीमा आधारित अनुसन्धानात्मक उपन्यासबारे अन्तरकि्रया कार्यक्रम संपन्न भएको छ ।

नेपाल रिडिङ्ग एसोसियसन तथा नेपाल लाइब्रेरि फाउन्डेशनद्धारा आयोजित अन्तरकि्रया कार्यक्रममा प्रा डा देविप्रसाद सुवेदीले कार्यपत्र प्रस्तुत गर्दै बुद्ध भारतमा जन्मेका हुन् भनी विश्वमा भ्रम फैलिरहेका बेला बुद्ध नेपालको लुम्बिनीमा जन्मेको प्रमाणित गर्न उपन्यासले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा प्राध्यापक सोमनाथ घिमिरे, कवि राधेश्याम भट्राई र प्रा केदार शाक्यले कार्यपत्रमा टिप्पणी गर्दै बुद्ध नेपालमा जन्मेको प्रमाण हुँदाहुदै पनि भ्रम फैलिएकोमा दुःख व्यक्त गरे । साथै उहाँहरुले यस सम्बन्धी बिषयबस्तु पाठ्यक्रमको माथिल्लो स्तरमा समावेश हुनुपर्नेमा जोड दिएका थिए । उठेका सबालहरुमा उपन्यासकार डा कविताराम श्रेष्ठ र कार्यक्रम प्रस्तोता डा देवी प्रसाद सुवेदीद्वारा जिज्ञासाहरु मेटाउने काम भएको थियो ।

उक्त अन्र्तकि्रया कार्यक्रमको सभापतित्व शरदबावु श्रेष्ठले गर्नु भएको थियो भने स्वागत मन्तव्य धन कुमार श्रेष्ठले तथा संचालन गोपाल प्रसाद खतिवडाले गर्नु भएको थियो । स्मरण रहोस बुद्धको जीवनीमा आधारित उक्त उपन्यासको प्रकाशन लुम्बिनी-कपिलवस्तु दिवस अभियान (पहिला कपिलवस्तु दिवस अभियान) र विवेक सिर्जनशील प्रकाशन प्रा लि ले संयुक्त रुपमा गरेको हो र यस पुस्तकका उपन्यासकार डा श्रेष्ठलाई बुद्धको जीवनीमा आधारित पहिलो उपन्यास लेख्नु भएकोमा २५५६ औं बुद्ध जयन्ती मनाउने क्रममा बुद्ध दर्शन समितिका तर्फबाट अष्टेलिया सिड्नीमा सम्मान गरिदैछ ।

 

 

 

 

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: