Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for May, 2012

शान्तिका अग्रदूत गौतम बुद्ध

Posted by Ram Kumar Shrestha on May 26, 2012

- केदार शाक्य

सिद्धार्थ गौतम बुद्धले प्राचीन कपिलवस्तु राजदरवारबाट महाभिनिष्क्रमण गरी सम्पूर्ण राज्यसुखभोग त्याग गरेपछि पनि उनलाई आफ्नो मातृभूमिप्रति माया र श्रद्धा थियो । यो कुरा बुद्धकालीन ऐतिहासिक घटना प्रसङ्गहरूबाट पुष्टि भएको छ ।

प्राचीन कपिलवस्तु शाक्यगणतन्त्र समुन्नत थियो । आफ्नो जातीयताप्रति उत्तिकै गौरवशाली थिए । कोसल नरेश प्रसेनजीत पनि निकै प्रभावित थिए । उनी बुद्धका शाक्यवंशीय राजपरिवारसित वैवाहिक सम्बन्ध गाँस्न चाहन्थे । प्रसेनजीतले आफ्ना लागि शाक्यकुलकी कन्या माग्न पठाए । शाक्यगणतन्त्रका राजपरिवारमा निकै तहल्का मच्चियो । कपिलवस्तुका शाक्यवंशीय राजपरिवारले जातीय स्वाभिमानले गर्दा आफ्ना सजातीय छोरी दिन चाहेनन् । अन्ततः सन्थागारमा एउटा ऐतिहासिक निर्णय गरियो । महानाम शाक्यका नागमुण्डा नामकी दासी पत्नीबाट जन्मिएकी पुत्री वासवखत्तियालाई विवाह गरी पठाउने तय भयो । यो निर्णय पछिगएर कपिलवस्तुका शाक्यवंशकै महाबिनासको कारण बन्यो ।

राजा प्रसेनजीत र वासभखत्तियाको कोखबाट जन्मिएका छोरा बिडुडभले एक दिन मामाघर कपिलवस्तु राजदरवार आउँदा आफू दासीपुत्रीको सन्तान भएको रहस्य उनका अंगरक्षकले अर्की दासीबाट थाहा पाए । आफूलाई भान्सामा अलग राखेर खुवाएको र आफू बसेको पिरूका दूधले धोएको थाहा पाएपछि त्यहीबेला बिडुडभले आफ्नो घोर अपमान भएको महसुस गरी आफू राजा भएपछि कपिलवस्तुका शाक्यहरूको रगतले भान्साको पिरूका पखाल्ने प्रण गरेका थिए

उता कोसल राज्यका महाकोसल राजाले आफ्नी छोरी कोसलदेवीलाई अङ्ग-मगधका राजा विम्बिसारलाई विवाह गरिदिंँदा छोरीका लागि काशी भन्ने गाउँ दाइजो दिएका थिए । जब अजातशत्रु राजाले आफ्ना पिता बिम्बिसारलाई निर्मम हत्या गरे तब शोकले कोसलदेवीको पनि मृत्यु भयो । अजातशत्रुले आफ्ना पिता विम्बिसारलाई मारेको शोकमा डुबेर मेरी बहिनी कोसलदेवी पनि मरिन् । यस्ता पितृ घातक चोरलाई दाइजोमा दिएको काशी गाउँ पनि दिने छैन भनी दुई राज्यबीच युद्ध हुँदा प्रसेनजीत कोसल राजा आफ्ना भाञ्जा अजातशत्रुबाट तीन पटकसम्म पराजित हुनुपरेको थियो । प्रसेनजीत कोसल राजा युवा राजा अजातशत्रुसित बारबार पराजित भएपछि खानपान छाडेर शोक मनाउँदै बसेका बेला बुद्धले ः “विजयले वैरभाव उत्पन्न गराउँछ । पराजित पुरुष दुःखपूर्वक सुत्छ । शान्त पुरुष जय र पराजयलाई त्यागेर सुखपूर्वक सुत्छ” भन्ने धम्मपद गाथा भिक्षुहरूलाई सुनाउनु भएको थियो ।

पछि प्रसेनजीत राजाले अजातशत्रुलाई हराउन जेतवन विहारमा आफ्ना चरपुरुषहरू पठाइ भिक्षुहरूको मन्त्रणा सुनेर सोही अनुसार युद्धकौशल देखाई अजातशत्रुलाई बन्दी बनाएर ल्याएका थिए । प्रसेनजीत राजाले उनलाई सम्झाईबुझाई ठीक ठाउँमा ल्याएर छोरी वजिर राजकुमारी विवाह गरिदिए । काशी गाउँ फेरि छोरीलाई दाइजोमा दिए । त्यसपछि यी दुई राज्यबीच सुमधुर सम्बन्ध कायम भयो ।

यस्तो अवस्थामा जब दीर्घकारायणले धोका दिई बिडुडभ राजकुमारलाई सिंहासनमा राखेपछि प्रसेनजीत कोसल नरेश साह्रै दुःखी भए । अजातशत्रुलाई साथमा लिएर फेरि आफ्नो राज्य फर्काउने सोचेर राजगृहतिर लागेका प्रसेनजीत बास बसेकै ठाउँमा मरे । अजातशत्रुले यो कुरा थाहा पाएर बिडुडभमाथि हमला गर्ने सोच बनाएका थिए तर अमात्यहरूले तपाईंका मित्र प्रसेनजीत राजा नै नभएपछि युद्ध गर्नुृ उचित छैन भनी सम्झाए । बरू तपाईंको कृपाले बिडुडभ पनि छत्र धारण गर्न योग्य छन् भनेपछि अजातशत्रु शान्त भएका थिए । यिनै अजातशत्रुले देवदत्तको कुमन्त्रणाले आफ्ना पिता बिम्बिसार राजाको हत्या गरी ३२ वर्षसम्म राज्य गरेका थिए । पछि यिनी बुद्धको शरणमा गए । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

अभियानको दोश्रो बिस्व कार्य समितिको लागि तयारी मूल समिति गठन

Posted by Ram Kumar Shrestha on May 25, 2012

मूलत: भारतले सन २०१२ सम्ममा नक्कली लुम्बिनी निर्माण कार्य संपन्न गर्ने किसिमले सन २००९ मा झन्डै असी प्रतिशत काम संपन्न गर्दा समेत कतैबाट पनि आवाज नउठेकोले त्यस्को बिरोधमा बिस्वब्यापी रुपमा आवाज उठाउनका लागि १ डिसेम्बर २००९ मा इतिहासमा पहिलो पटक कपिलवस्तु दिवस बिस्व दिवसको रुपमा बिभिन्न देशमा बिभिन्न कार्यक्रम गरी मनाइयो । बिशेषत: अन्तरराष्ट्रिय सामाजिक सन्जाल फेसबुकमा संसारभरिबाट चौबिसै घण्टा सान्दर्भिक सामग्रीहरु पोस्टिङ् गरिए । यस्को लागि वेलायत निवासी रामकुमार श्रेष्ठले फेसबुक, ईमेल, यसै प्रयोजनका लागि तयार गरिएको ब्लग र संभब भएसम्मका संचार सामग्रीहरुको यथासक्य प्रयोग गरी तयारी गरेका थिए । सो कार्यक्रमलाई निरन्तरता दिने संस्थागत गरिनु पर्ने महसूस गरी श्रेष्ठकै बिस्व संयोजकत्वमा ११ मै र सेप्टेम्बर १६ गरी दुई चरणमा २१ जनाको कपिलवस्तु दिवस अभियान बिस्व कार्य समिति गठन गरियो जस्मा तीन ठूला पार्टी र दुई जना बिदेशी समेतको प्रतिनिधित्व गराइेएर आठ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । हालसम्म यस्ले चौध देशमा राष्ट्रिय समिति गठन, नेपालमा पत्रकारहरु र पर्यटन ब्यबसायीहरुको छुट्टाछुट्टै र स्थानीय स्तरमा स्थानीय समितिहरु समेत गठन गरिसकेको छ । यस बीचमा अभियानको उद्धेस्य प्राप्तीकै सिलसिलामा गुगलमा बुद्धको जन्मस्थलबारे गलत जानकारी सच्याउने कार्य भएको छ भने मासिक ११५ मिलियनभन्दा बढी ग्राहकका बीच पुग्ने ३५० भन्दा बढी स्थानीय टिभी च्यानलहरुको सन्जाल पिबिएस, न्यूजवीकका संपादक, सिएनएनका कार्यक्रम प्रस्तोता एबं लेखक जाकारीया, वार्षिक करीब ६० लाख भिजिटर भएको ब्रिटिश म्युजियमहरुलाई बुद्ध जन्मस्थलबारे गरिएका आ-आफ्ना गल्ती सच्याउन दबाब दिने र तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई दुई सरकारबीच कुराकानी गर्न र बिभिन्न देशका पाठ्य पुस्तकमा भएका बुद्ध जन्मस्थलबारे गलत जानकारी सच्याउन बिभिन्न देशमा रहेका कुटनितिक निकायहरु मार्फत काम गर्नका लागि सरकारी स्तरबाटै पहल गरिनु पर्ने कुरामा जोड दिंदै ज्ञापन पत्र बुझाउने समेत काम गरेको छ । अभियानले नेपाल सरकारलाई दिएका सुझाबहरु र अभियानका गतिबिधिहरुबारे जानकारी यस लिंकबाट प्राप्त गर्न सक्नु हुनेछ  (लिंकको लागि यहाँ क्लिक गर्नुहोस) जुन अझै अपडेट हुन बाँकी नै छ ।  Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

गौतम बुद्धको जन्मस्थल नेपाल हो भनेर लेखिएको सन् १८९७ अर्थात् १ सय १४ वर्षअघि नै प्रकाशित एक जर्मन पत्रिका फेला

Posted by Ram Kumar Shrestha on May 19, 2012

by Nabin Panth Nepali

करबि एक महिनाअघिको प्रसंग हो। मध्यरातमा एकोहोरो ढंगबाट मेरो मोबाइलमा घन्टी बज्यो। त्यसले निद्रा मात्रै बिथोलेन, कसलाई के आपत् परेछ भनेर म भयभीत पनि भएँ। फोन उठाएपछि थाहा भयो, जर्मन मित्र राइनर रहेछन्। उनले अत्यन्तै उत्साहित तर हतारिएको स्वरमा आफूले मूल्य बढाबढमार्फत सामान किन्ने अनलाइन साइट ‘इबे’मा गौतम बुद्धको जन्मस्थल नेपाल हो भनेर लेखिएको सन् १८९७ अर्थात् १ सय १४ वर्षअघि नै प्रकाशित एक पत्रिका फेला पारेको जानकारी गराए।

अप्रत्यासित रूपमा जुरेको यो संयोग मेरा निम्ति कम्ती रोचक थिएन। बुद्धको जन्मस्थलबारे अझै पनि भारतीयहरू भ्रमको खेती गर्छन्। त्यस्ता खेती गर्नेका विरुद्ध यो एउटा बलियो प्रमाण मात्रै थिएन, बुद्धको जन्मस्थल नेपाल हो भन्ने कुरामा एक सय वर्षभन्दा पहिलेदेखि जर्मनहरूसमेत जानकार थिए भन्ने तथ्यको उद्घाटन पनि थियो। अर्धनिद्रामै मैले ती मित्रलाई भने, “जति पैसा परे पनि त्यो पत्रिका किनेर मलाई तुरुन्त पठाइदिनू।”  Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

Facebook Upshot: T-shirt with Buddha’s Birthplace

Posted by Ram Kumar Shrestha on May 18, 2012

The weather was surprisingly wonderful today, so I went to the town centre wearing T-shirt with Buddha’s photo. Three guys came to me and hugged. After having chat for a while they expressed their wish to born in Lumbini, Nepal where Buddha was born in their next life. I said, “Tathastu (Amen)” and we hugged each other again. This time we had different feeling than before.— with Sonam Rinpoche and http://www.facebook.com/browse/participants/?q=AeLEyP_cf0193ijiAQH1MH13kfsgRxFqeOZOnVV9wPYbIx16O91J86iJNY4lE4VzcbXcb2PUbURlYegfnulO0mL7JXOT96aGgsnB594F7OrKcCZVogJR3GcgQA4SpZMjJQccreO_yQhdIZFCTInmkEvldU_wvtcv8KkYcgFVBMhoGuHivUr-89WnEvY7X8gbT_VKUoR50geDmTu8HOAEQuIgDgAABHGtS4ZoK_6FhNW1iFkW9zGtPiUJkVR1XdsWTzIpZrlr9cPKaUomfk0vB48AGUsYCh9u_cPUvD1Bop5I8q4aLP3zevLsvmYHGqW2_a620-Xo5E5EGy81-eIeUU_EkV9Zdcy2cTSvwWyW8KbB6M4segXkNKdPM8SlxW80g0V8Zt1hAlJxO0PaAssT5cyTmb-OuGjX5zaKR3Cy6_oKMhhKws0uw546RSf7D8XE-hdSC8qUSmvJrRA_H8GkEoJRCl5hdvViPgFZJIFfI7TXvO70oaJw_IWlkapoeu88shghBC7iejXZAL5Uv8wmCi9R_JdNvj42xuZBzmwvbMCMlWbCVVyUI1-6Igbmgx3L8grNAflJ3ea28r539N8is0D8uci9C1tNK-dI79O7ZjbX8TYr7K7VHuggczVV8IBw-F0b5TsISUAgnpSoIXg7kTXdKhKboFv5DIBLgJPUCPzkz_UWqj8stSP-jkxqyRu6CdbTazkRSLjcSaQPnpqoa9g4v-Wd1HWAhnw2sTcL5AbXzA” rel=”dialog”>28 others.
27Unlike ·  · Share

Posted in Miscellaneous | Tagged: , , , , , | Leave a Comment »

Facebook Upshot: अभियानका बिभिन्न देशका प्रतिनिधिहरुको अनुभबहरु

Posted by Ram Kumar Shrestha on May 18, 2012

जय स्वाभिमान कार्यकर्ममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका केही अभियान्ताहरुसंगको कुराकानी: एकातिर बुद्ध जन्मस्थलबारे दिग्भ्रम संसारभरी ब्याप्त देखिन्छ भने आफना सीमित साधन र श्रोतका बाबजुद सो दिग्भ्रम निस्तेज पार्न आफ्नै किसिमले निरन्तर लागिरहेको लुम्बिनी-कपिलवस्तु दिवस अभियानले साथ पाउने मात्रै नभएर देखिने र नदेखिने दुबै रुपमा ब्यबधान पनि सामना गर्दै आइरहेको छ । हेरौं जय स्वाभिमानको यो लिंकमा अभियानका बिभिन्न देशका प्रतिनिधिहरुको अनुभबहरुhttp://www.canadanepalvideo.com/2012/04/jaya-swabhiman-april-1st-2012.html

— with Sujan Neupane and http://www.facebook.com/browse/participants/?q=AeJJfeeJFjMv4Df1IincQeaHuA4G3iuYT9drSs2lRk_u6m9uwbQ4H2na_IFC8vJGQVerkhtcxt5AebymdatxxDTixWitTFeQqu6UINRQuoBYwp4AinSX14ql7-nG77p8YZ5infJwyjwfoTy-nmcJnrQRY__STIyphHy5CAedo362ZcK2Vbf1f79L-qTV8foBqtLr-ZOGMPQxs-YaCPOBdN9y8yi7_iPRPAR5z92JIjOrL3xjSg6fgX8DE5BA0ZM6UXsyvzwgPp23CrKlT9stTv-fOb8m229YmvsuI07ejl1M4gxUaf-1JYPSL-L1xIwLAWE4FdCwTS6Xeu_-sXCex0vb7E6ZWNQXfkqEmGtTSZku4G2HHNCNwFxmTAPAl_-E-UfLzpuxoAhtl3UkiRhhAh0gY2uBX2qWaaU4NFglktG9BrSX-YcWNTxO232Dv_9IyCyOmwdcKEQokbWjDdeb5OvMOxSzYhJBL3GVlxXWMFEVSbLaMsk5APMPBqN55rEn-3GLl6Oy3REg3huvqYPo97pUmrBnquH4ab3dh1iRur27vIf_Y380Xbskj8kGmxf0xU0kIL5gy7wcQwYPA0isJ_2e7KuBOWgtOl7aTFsZQktlYBqUTl68ZPpJ_ouAZZe0N_5pjQO87Edd3LYN6uofve_Z7e2wnUEbs3d6maJfLPnV96JwFV6r5xV9lhNMe31bDt_544ZafwnHFaQU2VIJ7qcjNVhVr56tH-KGmGkZbCDDyNpi-b-jmMwgglaoBcAIQRU” rel=”dialog”>32 others.

219195Unlike ·  · Share
    • Ram Kumar Shrestha सभागीहरुमा अभियानका बिस्व सल्लाहकार डा कबितारामा श्रेष्ठ, सार्क सल्लाहकार केदार शाक्य, बिस्व कार्य समितिका ताईवान संयोजक डा हरी कुमार श्रेष्ठ, अभियानका अस्ट्रेलिया राष्ट्रिय संयोजक निमा शेर्पा र अभियानका पर्यटन दूत निलेश अधिकारी

      April 1 at 5:15pm · Like ·  11
    • नेपाली छोरो बाँदरहरुको कामै आफू पनि केही नगरने अरुलाई पनि केही गर्न नदिने । अरुले केही गर्न लाग्यो कि भित्र भित्रै भाँडने र मोर्चाबन्दी गर्ने, अनी केही भयो भने अनेक बहाना गर्दै र नाटक रच्दै जश लिना भने अगाडि आइपुग्ने । केको लाज केको शरम? कलम उनैको हातमा, पत्र पत्रीका उनैको हातमा, पुरस्कार उनैको हातमा । के काम ती कलम, के काम ती पत्रीका, के काम ती पुरस्कार? दिनभरी पाप गरेर मन्दिर धाउने र धार्मिक कुरा गर्ने अपराधीहरु जस्ता । अबको जमानामा पनि यी अपराधीहरुको नाटक कतिन्जेल होला र? Read the rest of this entry »

Posted in बिबिध | Tagged: , | Leave a Comment »

2556th Buddha Jayanti in Israel

Posted by Ram Kumar Shrestha on May 15, 2012

Posted in Visual | Leave a Comment »

इजरायलमा २५५६औँ बुद्धजयन्ती भव्यताका साथ सम्पन्न

Posted by Ram Kumar Shrestha on May 13, 2012

१२ मइ, तेलअबिब, इजरायल: लुम्बिनी-कपिलबस्तु दिवस अभियान इजरायल रास्ट्रिय समितिले बिभिन्न संघ सस्थाहरुसंग संयुक्त रुपमा तेलअविव स्थित लेवेन्स्की पार्कमा २५५६ औं बुद्ध जयन्ती बिहान ११ बजे देखि खुल्ला मंचमा शान्ति –याली सहित धार्मिक विधीअनुसार पाठ पूजाबाट कार्यक्रम आरम्भ गरि भब्यताका साथ मनाएको छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

सिडनीमा लुम्बिनी भ्रमण बर्ष २०१२ प्रबर्द्धन बिषयमा छलफल

Posted by Ram Kumar Shrestha on May 10, 2012

सानु घिमिरे, सिडनी अस्ट्रेलिया: सिडनीको आमा रेस्टुरेन्टमा ८ मइका दिन नेपाल सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्ष २०१२ लाई बिदेशमा रहेका नेपालीका हैसियतले नागरिकीय दायित्व निर्बाह गर्ने क्रममा के कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित भएर छलफल भएको छ । उक्त छलफलमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व सल्लाहकार डा कबिताराम श्रेष्ठ, लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठ, लुम्बिनी-कपिलवस्तु दिवस अभियान

अस्ट्रेलिया राष्ट्रिय संयोजक एबं बुद्ध दर्शन समितिका अध्यक्ष निमा ग्याल्जे शेर्पा ‘गोपर्मा’, NINFA एबं बुद्ध दर्शन समितिका उपाध्यक्ष सुदिप गौचन, तमु समाज सिड्नीका अध्यक्ष एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियान अस्ट्रेलिया राष्ट्रिय समितिका संयोजक एबं तमु समाज सिडनीका अध्यक्ष ईन्द्र गुरुङ, NINFA का सचिब एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियान अस्ट्रेलिया राष्ट्रिय समितिका संयोजक लीला बहादुर गुरुङ, र इन्दिरा गुरुङको सहभागिता थियो ।

छलफलका क्रममा सिडनीमा भएका ट्राभल एजेन्सी र नेपालका ट्राभल एजेन्सीहरुका बीच संपर्क गराएर अस्ट्रेलियाबाट नेपाल जाने पर्यटकहरुको  भ्रमण प्याकेजमा बुद्धको जन्मभूमि लुम्बिनीलाई पनि समाबेश गराउन प्रयास गरिनु पर्नेमा जोड दिइयो । यस्ले लुम्बिनी भ्रमण बर्ष २०१२ लाई सहयोग पुग्ने मात्रै नभएर बुद्धको जन्मभूमिका बारे सिर्जित विश्वब्यापी दिग्भ्रम निस्तेज पार्नमा पनि केही हदसम्म सहयोग पुग्ने कुरामा छलफलमा  सहभागीहरु सबैले विश्वाश ब्यक्त गरे । चौथो Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

सिडनीमा २५५६ औं बुद्ध जयन्ति भब्यताका साथ सम्पन्न

Posted by Ram Kumar Shrestha on May 9, 2012

सानु घिमिरे, सिडनी, अस्ट्रेलिया: बिभिन्न कार्यक्रमहरु सहित यस बर्षको बुद्ध जयन्ति सिड्नीमा धुमधामका साथ सम्पन्न भएको छ ।

अस्ट्रेलियामा रहेका बिभिन्न ६ वटा संस्थाहरुले संयुक्त रुपमा यहि ६ मे बुद्ध जयन्तिको दिन बुद्ध पुजा अर्चना , बिपस्यना ध्यान , लुम्बिनी भ्रमण बर्ष २०१२ लाई प्रबर्द्धन गर्ने सामाग्रीहरुको प्रदर्शन ,फोटो प्रदर्शनी , शान्ति र्याली , रक्तदान कार्यक्रम ,बुद्ध कप सकर प्रतियोगिता , बुद्धकप भलिबल प्रतियोगिताका साथै छेलो हान्ने रोमान्चकारी प्रतियोगिता सहित सो कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी ,न्यु साउथ वेल्स अस्ट्रेलियाका लागि महाबाणिज्यदूत दिपक खड्काले आजको युद्ध र हिंसा ग्रस्त समाजमा गौतम बुद्धले दिनु भएको शान्ति , अहिंसा , प्रेम र करुणाको संदेश अझ बढी सार्थक भएको बताउदै लुम्बिनी कपिलबस्तु दिवस भियानले आफूलाई लुम्बिनी प्रबर्द्धनको लागि घच्घच्याएको बताउनु भयो ।

कार्यक्रमका बिशेष अतिथी लुम्बिनी कपिलबस्तु दिवस बिश्व अभियान समितीको बिश्व समितीका सल्लाहकार डा कविता राम श्रेष्ठले शान्तिका अग्रदूत भगवान गौतम बुद्धले दिएको शान्तिको सन्देशलाई बिश्व सामु फैलाउने प्रमुख दायित्व हाम्रै हो भन्दै , गौतम बुद्ध जन्मेको पवित्र भुमी लुम्बिनीको जगेर्ना गर्ने कर्तब्य पनि हामी नेपालीहरुको नै भएको बताउदै सबै नेपालीहरुलाई जागरुक हुन आव्हान गर्नु भयो । नेपाल सरकारले मनाइ रहेको लुम्बिनी भ्रमण बर्ष २०१२ लाई प्रबर्द्धन गर्दै हामी प्रबासी नेपाली हरुले पनि देश बिकासमा सके जति सहभागी हुन् उहाँले अपिल गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्का बिशेष अतिथि लुम्बिनी कपिलबस्तु दिवस बिश्व अभियानका बिश्व संयोजक रामकुमार श्रेष्ठले यो अभियानको शुरु गरिनु पर्नाका कारण, विकास, औचित्य आदिमाथि प्रकाश पार्नु भएको थियो । उहाँले नेपाललाई माया गर्ने हरेक नेपालीले आफ्नो रास्ट्रियता र पहिचान गाँसिएको गौतम बुद्ध, उहाँ दिनु भएको उपदेशलाई आत्मसात गर्नु साथै उहाँ जन्मिनु भएको जन्मस्थलको प्रबर्द्धन गर्नु कर्तब्य भएको बताउनुभयो । बिस्वभरि बुद्ध जयन्ती मनाउनुको आफ्नै किसिमको बहु आयामिक अर्थ र महत्व हुँदाहुँदै पनि यस्तो पावन दिनमा बुद्धको सन्देशका उद्धेस्य प्राप्तीका लागि सहयोगी हुने केही न केही आचार र बिचार ब्यबहारमा उतार्न प्रतिबद्धता जाहेर गर्नुले बुद्धप्रति व्याबहारिक रुपमा आदर गरेको ठहरिने भएकोले त्यस्तो प्रतिबद्धता जाहेर गर्नुको अझ महत्व हुने बताउनु भयो । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

आइफल टावरलाई साक्षी राखेर बुद्धको सन्देश

Posted by Ram Kumar Shrestha on May 7, 2012

पर्यटकको भिडमभिड लाग्थ्यो सधैं पेरिसको थ्रोकादेरो भन्ने ठाउँमा । झट्ट देख्दा याद नहुने पहाडको थुम्कोबाट तल देखिने विश्व प्रसिद्द आइफल टावरलाई अँगालोमा राखेर, टाउकामा ठड्याएर, दायाँबायाँ टाँसेर जसरि खिचेपनि हुने तस्विर । यहाँ हजारौं हजार पर्यटकको भिड लाग्छ । तर हिजो अलि भिन्न थियो यो ठाउँको वातावरण । सयौं देशका पर्यटकको भिडमा थियो नेपालीको अर्को भिड । Read the rest of this entry »

Posted in समाचार | 2 Comments »

इजरायलमा बुद्ध जयन्ति मे १२ मा मनाइने

Posted by Ram Kumar Shrestha on May 7, 2012

तेलअविव । इजरायलको तेलअविब त्यहा रहेका नेपालीहरुका संघ संस्थाहरुको संयुक्त आयोजनामा २५५६ औ बुद्ध जयन्ति भव्य रुपले मनाइने भएको छ । शुक्रवार साझ तेलअविव, इजरायलमा बसेको संयुक्त बैठकले शान्तिका अग्रदूत भगवान बुद्धको २५५६ औं बुद्ध जयन्ती आउदो मे १२ तारिखका दिन इजरायलको तेलअविव स्थित लेवेन्सकी चिल्ड्रेन पार्कमा भब्य रुपमा मनाउने निर्णय गरेको हो ।

इजरायल शेर्पा संघको मुल संयोजकत्वमा नेपाल तामाङ समाज, इजरायल, शेर्पा किदुक, इजरायल, नेवा खः खल, इजरायल र लुम्विनी कपिलवस्तु दिवस अभियान, इजरायल गरी ५ वटा संस्थाहरू आयोजक रहने गरी संयुक्त रुपमा एकै थलोमा २५५६ औं बुद्ध जयन्ती मनाउने निर्णय गरेका हुन्। कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्नका लागि संस्थागत रुपमा कार्य विभाजन तथा जिम्मेवारीहरू बाडफाड गरी अन्तिम तयारीमा लागेका नेपाल तामाङ समाज इजरायलका महासचिव सुन्दर सिंह लामा तामाङले जानकारी दिनु भयो ।कार्यक्रममा उपस्थित हुन आयोजकहरुले सम्पूर्ण इजरायलवासी नेपालीहरुका अनुरोध गरेका छन् ।

 

Posted in समाचार | 1 Comment »

हङकङमा लुम्बिनी

Posted by Ram Kumar Shrestha on May 7, 2012

‘स्थानीय चिनियाँमा बुद्धको जन्मथलोबारे भ्रम छ,’ महासंघकी सचिव रिता गुरुङले भनिन्, ‘भ्रम हटाउन प्रदर्शनी गरेका हौं ।’ विगतमा देशविदेशका प्रदर्शनी समेत निजी खर्चमा गरेको पन्तले यसक्रममा आठ लाख रुपैयाँ खर्च भएको दाबी गरे । ‘गलत प्रचारका कारण बुद्ध जन्मस्थलबारे धेरै अनभिज्ञ भेटें,’ लामो समय विभिन्न सञ्चारमाध्यममा लुम्बिनीबारे रिपोर्टिङ गरेका पन्तले भने, ‘फोटो तथा भिडियोका माध्यमबाट स्पष्ट पार्न चाहेको हुँ ।’ 

निर्मल श्रेष्ठ

हङकङ, वैशाख २४ – लुम्बिनी भ्रमण वर्ष २०१२ घोषणा भएको चार महिना बितिसक्दा समेत प्रवर्द्धनका लागि सरकारी निकाय उदासिन भइरहेका बेला एक सञ्चारकर्मी लुम्बिनी चिनाउन हङकङ आइपुगेका छन्, तस्बिरहरू लिएर । तीन वर्षअघि बुद्धजयन्तीकै दिन लुम्बिनीबाट सुरु चेतन पन्तको प्रदर्शनी यात्रा काठमाडौँ र थाइल्यान्ड हुँदै यहाँ आइपुगेको हो । Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

Buddha Purnima

Posted by Ram Kumar Shrestha on May 7, 2012

Buddha Jayanti or also known as Buddha Purnima is the most sacred festivals of Buddhist. Buddha Purnima (Buddha Birthday) is celebrated in remembrance Lord Buddha. Lord Buddha is the founder of Buddhism. This day is the birth anniversary of Lord Buddha. It falls on the full moon of the fourth lunar month (month of Vaisakh) i.e. April or May. This day commemorates three important events of Buddha’s life Read the rest of this entry »

Posted in News | Leave a Comment »

Lumbini Garden

Posted by Ram Kumar Shrestha on May 7, 2012

Gardenvisit Editorial
The Lumbini Garden was the Buddha’s birthplace. In Sanskrit, Lumbini means ‘the lovely’. It was the family home of his mother, Mayadevi, and she returned here from Kapilavastu (25 km east of Lumbini) to give birth to Siddhartha Gautama, later the Buddha (‘Enlightened One’). The site was described by the Chinese pilgrim Fa Xian and re-discovered in 1896.The sacred pool had earth banks at the time of its re-discovery. It now has a paved margin and steps – but it remains a place of exceptional calm. Read the rest of this entry »

Posted in Miscellaneous | Leave a Comment »

Rajapaksa pledges support for Lumbini

Posted by Ram Kumar Shrestha on May 6, 2012

BHAIRAHAWA, MAY 06 – Chamal Rajapaksa, speaker of Sri Lankan parliament, has said the Sri Lankan government and its people will continue to work for the development of Lumbini, the birth place of Gautam Buddha.

Addressing a programme organised on the occasion of 2556th birth anniversary of Lord Buddha in Lumbini on Sunday, Rajapaksa said Buddha and Buddhism strengthened relations between Nepal and Sri Lanka. Read the rest of this entry »

Posted in News | Leave a Comment »

बुद्धको नाममा ‘शीतयुद्ध’

Posted by Ram Kumar Shrestha on May 6, 2012

भारतले चाहेको भए धेरै पहिले नै नेपालसँग मिलेर एक विशेष सांस्कृतिक योजनाद्वारा आफ्नो सिमाक्षेत्र लुम्बिनीको विकास गरी काठमाडौँ र विश्वका बौद्ध समुदायको भावना जित्न सक्थ्यो। त्यस विपरित आफ्नै भूभागमा नक्कली लुम्बिनी खडा गर्न भारतीयहरू किन अग्रसर भए भन्ने प्रश्न लुम्बिनीको विकासको क्रममा अझ बढी उठ्नेछ। चीनको चासोपछि लुम्बिनीको रणनीतिक महत्व निकै बढेको छ। बुद्धलाई एसियाको प्रतिक बनाएर ‘सफ्ट पावर’ विस्तार गर्ने चीन र भारतको बौद्ध रणनीति लुम्बिनी विकासका लागि राम्रो अवसर हो। दुवै छिमेकी राष्ट्रको चासोमा धक्का नपुग्ने गरी लुम्बिनी विकासमा राष्ट्रसंघलाई अग्रसर गराउन सक्नु नेपालका लागि एउटा चुनौती हो। तर त्यसले नै लुम्बिनीलाई ‘शीतयुद्ध’ बाट टाढा राखेर बुद्धलाई विश्व शान्तिका प्रतिकका रुपमा उभ्याउन मद्दत गर्नेछ।

पूर्ण बस्नेत, हङकङ, वैशाख २५- हङकङमा अघिल्लो साता आयोजना गरिएको तेस्रो विश्व बौद्ध सम्मेलनमा चिनिया कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य जिया चिङलिन देखिएका भए चीनको सांस्कृतिक रुपान्तरणबारे नयाँ बहस शुरु हुने थियो। तर नौ सदस्यीय स्थायी समितिका शक्तिशाली नेता जिया बुद्धका तीन वटा मूर्ती र खप्परको अवशेष अगाडि झुकेर उद्घाटन समारोहमा मन्तव्य दिनेगरी प्रत्यक्ष उपस्थित भएनन्। ‘वृहत् सामाजिक सद्भाव र विश्व शान्तिका लागि बौद्ध शिक्षाको भित्री अर्थ खोज्न’ आग्रह गरिएको उनको बधाई सन्देशमा चीनको बौद्ध रणनीतिक आकांक्षा झल्किन्थ्यो। दलाई लामा पछिका दोस्रो उच्च तिब्बती बौद्ध नेता पञ्चेन लामालाई पहिलो पटक मुख्यभूमी चीनबाट हङकङसम्म ल्याएर बेइजिङले आफ्नो रणनीतिक यात्रा शुरु गरेको छ। पञ्चेन लामाका अनुसार अब उनको विश्व यात्रा मकाउ, ताइवान, सिंगापुर हुँदै अगाडि बढ्नेछ। Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

लुम्बिनी प्राथमिकता

Posted by Ram Kumar Shrestha on May 6, 2012

लुम्बिनी बृहत् परिक्रमा चलाउन सके लुम्बिनीको छविलाई ओझेलमा पार्नेहरुको बदनियत विखण्डन हुनेछ ।

भिक्षु कृष्णमान

बुद्ध जयन्ती वैशाख पूणिर्मा अर्थात् लुम्बिनी दिवसलाई त्रिसंयोग दिवसका नामले पुकारिन्छ । आजकै दिन शाक्यमुनि बुद्धले लुम्बिनी उद्यानमा जन्म लिनुभएको, बोधगयामा बुद्धत्व प्राप्त गर्नुभएको र आजकै दिन बुद्धले कुशीनगरमा महा परिनिर्वाण प्राप्त गर्नुभएको हो भन्ने मान्यता छ । अतः आजको दिनलाई त्रिसंयोग दिवसका रूपमा जोडिएको छ । विश्वका विभिन्न बौद्ध समुदायहरूले बुद्ध जयन्तीलाई आआफ्नै देशकाल, परिस्थितिअनुसार मनाउने गरेको पाइन्छ । अमेरिकास्थित अन्तर्राष्ट्रिय बौद्ध समुदायले ज्ञान लाभ गरेको दिन अर्थात् बुद्धत्व प्राप्त गरेको दिनलाई बोधगया दिवस भनेर मनाउने गरेको छ ।

भारतीय संविधानका महान् प्रवर्तक बाबा अम्बेडकर नेपाल आएर भाग लिनुभएको चतुर्थ विश्व बौद्ध सम्मेलनले राजा महेन्द्रको मस्तिष्कमा लुम्बिनी विकासप्रति ध्यान केन्दि्रत गराएको हो । तत्कालीन संयुक्त राष्ट्रसंघका महासचिव उथान्तको लुम्बिनी भ्रमणपश्चात् आजको लुम्बिनी दिग्दर्शन बौद्ध जगत्ले नियाल्न पाएको हो । उथान्तकै पहलमा खटिएको जापानका महान् विश्वप्रसिद्ध शिल्पकार प्रोफेसर केन्जो टाङ्गेले १९७८ मा तयार पार्नुभएको लुम्बिनी गुरुयोजनाको साकार रूप देख्न नपाउँदै उहाँ बित्नुको र आजसम्म गुरुयोजनाले पूर्णता पाउन नसक्नुको तीतो सत्यलाई सबैले महसुस गर्नुपरेको छ, यद्यपि नेपाल सरकार र लुम्बिनी विकास कोषको अगुवाइमा वर्ष २०१२ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको छ । यसबाट लुम्बिनी गुरुयोजनाको बाँकी काम निकट भविष्यमा सम्पन्न हुने आशा पलाएको छ । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

नेपाली उपन्यास जगत्मा नयाँ पाइला ‘महाभिनिष्क्रमणका अस्वीकृत पाइला’

Posted by Ram Kumar Shrestha on May 5, 2012

– डा. देवीप्रसाद सुवेदी

छब्बीस सय वर्ष अघिका महामानव गौतम बुद्ध अनि २०२६ सालमा एउटा आन्दोलन वा अभियानका रुपमा देखापरेको अस्वीकृत जमात ! अभियानका अग्रगामी पाइला महात्मा बुद्धका अनि सामाजिक र साहित्यिक अन्धविश्वास र अन्धपरम्पराप्रति अस्वीकृतिस्वरुप जन्मिएको केही युवा साहित्यकारहरुको सामूहिक प्रयत्नको नाम ‘अस्वीकृत जमात ’। यो सबै आकस्मिक वा अज्ञात संयोजन बनेको हो वा अस्वीकृत विचारका उन्नायक कवितारामको तिनलाई संयोजन गर्ने प्रयत्नको प्रतिफल ? यति परसम्म सोच्ने बौद्विक विकास २६ साले ती युवाहरुमा कहाँ पाइनु ? तिनले त ठिटौले आवेगमा, केही पाश्चात्य बिटल र विट्निकहरुको अनि केही मात्रामा कलकत्ताको ‘हङ्ग्री जेनेरेसन’का युवाहरुको मिसमास अनुकरण गरेका थिए । ती सबै केही समय नेपाली कला साहित्यमा केही हुनुको रुपमा देखापरे र अन्तत ः अभियानका सबैजसो सदस्यहरुले क्रमश त्यसलाई छोड्दै गएपछि कविताराम एक्लै अस्वीकृत अभियानलाई विचार र चिन्तनको भारी बोकाउने प्रयत्नमा लाग्दै आए । उनले आफ्ना कविता,कथा,नाटक,उपन्यास आदि विधागत सिर्जनामा अस्वीकृत विचारको छाप त्यसपछि लगाउँदै आएका छन् । त्यसबाहेक उनले नेपाली भाषा साहित्य जगत्मा अपुरस्कृत अतः अस्वीकृत स्रष्टाका कृितलाई पुरस्कृत गर्ने शैलीद्वारा पनि अस्वीकृत विचारलाई निरन्तरता दिँदै आएका छन् । त्यही निरन्तरतामा उनको नवीन प्रयत्न बनेर आएको छ उपन्यास ‘महाभिनिष्क्रमणका अस्वीकृत पाइलाहरु’ पनि ।

‘महाभिनिष्क्रमणका अस्वीकृत पाइलाहरुलाई’बुद्धका जीवनमा आधारित अनुसन्धानात्मक उपन्यास भनिएको छ । नेपाली साहित्यको औपन्यासिक परम्पराका क्रममा जीवनीपरक एवम् एेितहासिक उपन्यासहरुको भन्दा यो पृथक् चिनारीका साथ देखा परेको छ। Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

प्रधानन्त्रीको कार्यालयबाट मन्त्रालयहरुलाई अभियानका सुझाबहरु कार्यन्वयनका लागि निर्देशन

Posted by Ram Kumar Shrestha on May 5, 2012

लुम्बिनी-कपिलवस्तु दिवस अभियानले तेश्रो लुम्बिनी-कपिलवस्तु दिवस मनाउने क्रममा नेपालमा आयोजना गरेको “लुम्बिनी बिकास: संभाबना र चुनौतिहरु” बिषयक अन्तराष्ट्रिय संगोस्ठीपस्चात सरकारका तर्फबाट लुम्बिनीको सन्दर्भमा देखा परेका समस्या समाधानका खातिर कार्यान्वयन गरिनु पर्ने थुप्रै सुझाब सहित तयार पारेको प्रतिबेदन प्रधानमन्त्री, वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति, बिभिन्न मन्त्री र पार्टी कार्यालयहरुलाई बुझाएको थियो । यही बैशाख ६ गते प्रधानमन्त्री कार्यालयबाट पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र संघीय मामिला, संबिधानसभा, संसदीय ब्यबस्था तथा संस्कृति मन्त्रालयलाई प्रधानमन्त्रीको कार्यालयबाट अभियानले पेश गरेको प्रतिबेदनमा भएका संबन्धित मन्त्रालयसंग संबन्धित कार्यन्वयनयोग्य बुँदाहरु कार्यन्वयन गर्न आदेश सहित पत्र पठाएको छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Movement Profile Link

Posted by Ram Kumar Shrestha on May 5, 2012

To go through Lumbini-Kapilvastu Day Movement profile please click here

Posted in News | Leave a Comment »

अभियानको प्रतिबेदन अन लाइन लिंक

Posted by Ram Kumar Shrestha on May 5, 2012

लुम्बिनी-कपिलवस्तु दिवस अभियानले तेश्रो लुम्बिनी-कपिलवस्तु दिवस मनाउने क्रममा नेपालमा आयोजना गरेको “लुम्बिनी बिकास: संभाबना र चुनौतिहरु” बिषयक अन्तराष्ट्रिय संगोस्ठीपस्चात सरकारका तर्फबाट लुम्बिनीको सन्दर्भमा देखा परेका समस्या समाधानका खातिर कार्यान्वयन गरिनु पर्ने सुझाब सहित तयार पारेको प्रतिबेदन अन लाइन लिंक। To read easily please click Full-Screen View

Posted in समाचार | Leave a Comment »

Invitation in Buddha Jayanti Program

Posted by Ram Kumar Shrestha on May 2, 2012

“Peace comes from within. Do not seek it without.”

Dear Community Leaders
And all friendsSubject: Inviting as a  Guest in Buddha Jayanti Program

We would like  to invite all of you in a program of 2556 th Buddha Jayanti, going to be held on 6th May, 2012.

I am so please to inform you that in this program, Advisor of Lumbini Kapilvastu Day, Dr Kavitaram Shrestha( Nepal), Global Coordinator of Lumbini Kapilvastu Day Ram Kumar Shrestha( London) as well as Manishwor Raj Bajracharya ( President of Nepal Buddhist Council) is going to address the program.Cultural Ambassador of Lumbini Kapilvastu Day, Manoj Gajurel is also attending this program. Read the rest of this entry »

Posted in News | Tagged: , , , , | Leave a Comment »

Buddhism: Time to Catalyze World Peace

Posted by Ram Kumar Shrestha on May 1, 2012

| by Ram Kumar Shrestha
Kindness, compassion and empathy are the synonyms of Buddhism. The eyes of Buddha are the insignia of love. Lumbini is the place where mind and heart take pleasure in for peace. This is the land when eyes are closed, heart opens. And Lumbini symbolized ultimate peace and harmony. This could be the right time to work together to declare Lumbini a World Peace City to catalyze World Peace in the present critical world situation.
( May 01, 2012, Kathmandu, Sri Lanka Guardian) While the world is preparing to celebrate 2556th Buddha Purnima (Vesak), it is facing Global warming, political instability, recession, terrorism, disaster etc. as major problems and the ultimate source of these problems is not external – it is us and only us, our current lifestyles, our historical choices, our way of thinking and doing with full of selfishness and our future ambitions. We ourselves, therefore, must be the solution. Now the world is already in very crucial moment and this provides opportunity as well to the world leaders, scientists and humanitarian activists to show their capability and broadness and prove themselves as historic persons. One of the most important questions we are facing today due to the reality we are facing in the name of development is: “Do we really love our generations or not?” This is already clear that just the continuation of existing development trend without drastic changes could destroy the world very soon and we, hence, must have new perspectives to bring everything in the right track. Irrespective of interest everybody has to read, see, watch and listen to unwanted news full of violence, crime, rape, hunger, accident, war, epidemic, disaster etc in everyday life. However, dedicated persons and organizations are still optimistic for a better and peaceful globe. Buddhism is considered not only as one of the world major religions but also as science and not facing any debate. This, therefore, could play important role in World peace in the present world context.
Problems do not arise from those who do not know, but from those who know and pretend not to know. Due to this attitude, the world is in crisis. Until we purge ourselves of these problems nothing will happen on the journey to create a wonderful and safe world for future generations. Most people think seriously about their responsibilities and rights but not about their duty to others. So many use their freedom to violate others and deny them of their freedom. This attitude could be the result of mediocre thinking, selfishness and not respecting others.
Kindness, compassion and empathy are the synonyms of Buddhism. The eyes of Buddha are the insignia of love.

Posted in Article | Tagged: , , , , , , , , , , , , , , , , , , , , , | Leave a Comment »

 
Follow

Get every new post delivered to your Inbox.

Join 3,038 other followers

%d bloggers like this: