Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

आइफल टावरलाई साक्षी राखेर बुद्धको सन्देश

Posted by Ram Kumar Shrestha on May 7, 2012

पर्यटकको भिडमभिड लाग्थ्यो सधैं पेरिसको थ्रोकादेरो भन्ने ठाउँमा । झट्ट देख्दा याद नहुने पहाडको थुम्कोबाट तल देखिने विश्व प्रसिद्द आइफल टावरलाई अँगालोमा राखेर, टाउकामा ठड्याएर, दायाँबायाँ टाँसेर जसरि खिचेपनि हुने तस्विर । यहाँ हजारौं हजार पर्यटकको भिड लाग्छ । तर हिजो अलि भिन्न थियो यो ठाउँको वातावरण । सयौं देशका पर्यटकको भिडमा थियो नेपालीको अर्को भिड ।

महिलाहरु सारीमा सजिएका । कोहि गुरुङ भेषमा । कोहि शेर्पा पहिरनमा । टाउकोमा हिमाल झैं ट्वाक्क ठडिएका नेपाली टोपी । कसैका शरिरमा नेपाली दौरा सुरुवालको पोशाक । विश्वमा कतै नमिल्ने अड्मिल्दो नेपाली झण्डा फहराइरहेको । बुद्द गजदम्म परेर बसेका मूर्तीका रुपमा । नेपालीको त्यो भिडले पार्नुसम्म छक्क पार्‍यो पर्यटकहरुलाई । गोरो छालाकी सानी नानि भदै थिइ “ओ ला ला, मामँ तु से जँ केस्किल फों ला ? (आम्मामा, आमा यत्रा मान्छे भएर के गर्न लागेका हुन् यहाँ ?)”

२५५६ औं बुद्द जयन्ति । विश्वभरि अशान्ति मच्चिएका बेला शान्तिको खाँचो अझ बढि देखिन्छ । त्यसैले विश्वभरिका मान्छेको भिड लाग्ने यो ठाउँबाट बुद्दको सन्देश छरिदिए विश्वका धेरै मुलुकमा पुग्छ ।

(यी फुच्चे हातमा बुद्दको फोटो लिएर यता उति दगुरिरहेका भेटिए । कम्तिमा यी वाल मस्तिस्कमा बुद्द, नेपाल र नेपालीको चासो घुसाइदिए भोली फ्रान्सेली मनमा जरो गाडीदिने काम यीनैले गर्छन्)

विश्वमा मानवताको सन्देश र भावना फैलाउने बुद्द नेपालमा जन्मिए । तर अहिले खोटी मन्, आक्रमणकारी नीति, लुटेरा मानसिकता हुने भारतीय गिद्दे द्रिष्टिले बुद्दलाई जबर्जस्ति भारतको हो भन्दै भ्रम छर्ने काम गरिरहेको छ । सयौं देशका मान्छेहरुको बिचमा ‘बुद्द त नेपालमा जन्मेका हुन्, नेपाली हुन्’ भनेर तथ्य र प्रमाणका आधारमा फैलाइदिए संसारभरी पुग्छ । नेपाललाई अरु देशका पर्यटकलेपनि चिन्छन् । योपनि अवशरनै थियो ।

कुनै न कुनै रुप, बखेडा वा निहुँमा संयुक्त कार्यक्रम, एकै बोली, एउटै उद्देश्यमा मिल्न नसकेका पेरिसका छ वटा नेपाली संस्था नेपाली सांस्क्रितिक ग्रिह, नेपाली एकता समाज, तमु समाज फ्रान्स, पाकोफेन, एन आर एन फ्रान्स, एभरेस्ट नेपाल एशोसियसनले संयुक्त रुपमा आयोजना गरेका थिए यो कार्यक्रम । यो राम्रो पक्ष देखियो ।

तर यति धेरै नेपाली संस्था मिल्दापनि कार्यक्रममा नेपाललाई माया गर्ने, नेपाली भनेपछि हुरुक्क हुने, नेपाली कार्यक्रममा सदा उपस्थित हुने फ्रान्सेलीपनि देखिएनन् । यसले देखायो, आयोजकहरुले उति दुख गरेनन् । आ……… हामलाई मात्रै के खाँचो ? हाम्रो मात्रै कार्यक्रम भए पो दुख गर्नु ? अरुले गरे गर्छन् नत्र हाम्लेमात्रै के दुख गर्नु ? हामीलाई मात्रै जस आउने होइन के रे जति राम्रो भएपनि । यस्तै यस्तै केहि सोचेकैले त्यस्तो देखिएको हो । तरपनि हिजोको कार्यक्रम जसरि भयो, यो निकै प्रशंसनिय हो । अघिल्लो वर्ष नेपाली एकता समाजले यो कार्यक्रम गरेर राम्रो कामको शुरुवात गरेको रहेछ ।

गुरुङहरुको पोशाक । कति सुन्दर छ यो पहिरन । नेपालीका विविध खाले पहिरनमा कतै जाँदा बिदेशीहरु हाम्रो सम्पन्नता देखेर साँच्चै छक्क पर्छन् ।

छेउमा बुद्द । हातमा नेपाली झण्डा । शिरमा अर्को नेपाली पहिचान ढाकाको टोपी । यति सानैमा नेपाल, नेपाली संस्क्रिति, नेपालको पहिचान यो वाल मस्तिस्कमा घुसाइदिने हो भने यहि पिढीले भोलीको नेपाललाई चिनाउँदै हिँड्छ ।

गजधम्म बुद्द : कार्यक्रममा बुद्दको यो मूर्तीले निकै आकर्षण गरेको थियो ।

नेपाली महिलाहरु नेपली पोशाक र गरगहनामा सजिएका । कोहि पर्यटकलाई यहि गरगहननै अचम्म लाग्ने रहेछ, नियालिरहेका देखिन्थे ।

वाल र किशोरको आफ्नै ताल । नेपाली टोपी र टोपीरहित यीनको छुट्टै संसार थियो । फोटो सेसनमा खुब तानिँदै थिए यी ।

@Nepal Plus

2 Responses to “आइफल टावरलाई साक्षी राखेर बुद्धको सन्देश”

  1. Hari Kumar Shrestha said

    Good job brothers and sisters. Keep it up.

  2. jagat gurung said

    Proud to be Buddhist ………….

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: