Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

‘कपिलवस्तु’ प्रति भारतीय सुरक्षाकर्मीको आपत्ति

Posted by Ram Kumar Shrestha on August 24, 2012

कपिलवस्तु, भाद्र ५ –
सीमा क्षेत्रको पिपरा ७, चाकलचौडामा नवनिर्मित प्रवेशद्वारमा लेखिएको शब्दप्रति भारतीय सीमा सुरक्षा बल -एसएसबी) ले विरोध जनाएको छ । जिविसले निर्माण गरेको द्वारको माथिल्लो भागमा ठूलो अक्षरमा लेखिएको ‘वेलकम टु कपिलवस्त’ु वाक्यप्रति आपत्ति व्यक्त गरेका हुन् । कपिलवस्तु भारतमा पर्ने भएकाले त्यसलाई मेटाउन निर्देशन गरेका थिए । एसएसबीका कमान्डर बर्मन चौधरीले बोलाएर कपिलवस्तु शब्द मेटाउन निर्देशन गरेको द्वारको ठेक्का लिएका ठेकेदार रमेश मिश्रले बताए । अधिकृतले बुद्धकालीन कपिलवस्तु गणराज्य भारतको सिद्धार्थनगर जिल्लास्थित अलिगढवामा पर्ने भन्दै विरोध गरेका हुन् ।

ठेकेदार मिश्रले ठेक्का दिने निकायले शब्दसहित वाक्य लेख्न दिएकाले आफूले मेटाउन नसक्ने बताए । दुई देशका डीएम -जिल्ला प्रमुख) स्तरमा कुराकानी गरेर समस्या समाधान गर्न उनलाई -एसएसबी कमान्डर) सुझाएको बताए । यस विषयमा स्थानीय प्रशासनलाई कुनै जानकारी नआएको प्रशासकीय अधिकृत पुरन गिरीले बताए । नाका भएर आउने सर्वसाधारणदेखि पर्यटकलाई स्वागत गर्न भनेर २ वर्ष लगाएर जिविसले १३ लाखभन्दा बढीको लागतमा द्वार बनाएको हो ।

२००७ सालअघिदेखि नेपालमा कपिलवस्तु नाम अस्तित्वमा थियो भने भारतमा २० वर्षअघिदेखि कपिलवस्तु नाम प्रचार गर्न लागिएको बताइएको छ । सीमादेखि ५/७ सय मिटर दक्षिण सिद्धार्थनगर जिल्लास्थित अलिगढवामा भगवान गौतम बुद्धसँग सम्बन्धित एक बिहार रहेको छ ।

@ekantipur

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: