Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

कपिलवस्तु शब्दले सीमामा तनाव

Posted by Ram Kumar Shrestha on September 5, 2012

कपिलवस्तुको सीमावर्ती क्षेत्र अलिगढवामा निर्माण गरिएको प्रवेशद्वारामा लेखिएको “वेलकम टु कपिलवस्तु” शब्द मेटाउन भारतीय सीमा सुरक्षा बलले दबाब दिएको छ । सीमा क्षेत्रको पिपरा गाविस-७ चाकलचौडामा जिविसद्वारा नवनिर्मित प्रवेशद्वारमा लेखिएको उक्त शब्द मेटाउन सुरक्षा बलले दबाब दिएको हो ।

उनीहरूले कपिलवस्तु भारतमा पर्ने भन्दै द्वारको माथिल्लो भागमा ठूलो अक्षरमा लेखिएको वेलकम टु कपिलवस्तु शब्द मेटाउन दबाब दिएका हुन् । “एसएसबीका कमान्डर बर्मन चौधरीले बोलाएर कपिलवस्तु शब्द मेटाउन दबाब दिएको” द्वारको ठेक्का लिएका ठेकेदार रमेश मिश्रले बताउनुभयो । ठेकेदार मिश्रले भने ठेक्का दिने निकायले उक्त शब्दसहित बाक्य लेख्न दिएकाले आफूले मेटाउन नसक्ने बताउनुभयो ।

यस विषयमा भने स्थानीय प्रशासनलाई कुनै जानकारी नआएको प्रशासकीय अधिकृत पुरन गिरिले बताउनुभयो । उक्त नाका भएर आउने सर्वसाधारणदेखि पर्यटकलाई स्वागत गर्न भनेर दुई वर्षलगाएर जिविसले रु. १३ लाखभन्दा बढीको लागतमा द्वार बनाएको हो । विसं ००७ अघिदेखि नै नेपालतिर कपिलवस्तु नाम अस्तित्वमा थियो भने भारतमा बढीमा २० वर्ष अघिदेखि कपिलवस्तु नाम प्रचार गर्न लागिएको बताइएको छ ।

सीमादेखि ५०० – ७०० मिटर दक्षिण सिद्धार्थनगर जिल्लास्थित अलिगढवामा भगवान् गौतमबुद्धसँग सम्बन्धित एक बिहार रहेको छ । पछिल्लो समय भारतले त्यसैलाई राजा शुद्धोदनको राजधानी भनेर प्रचारप्रसार गरिरहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: