Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for October, 2012

जापानमा बुद्ध जन्मस्थल चिनाउने नेपालीको नयाँ काइदा

Posted by Ram Kumar Shrestha on October 15, 2012

२८ असोज, काठमाण्डौ । भगवान गौतम बुद्ध भारतमा जन्मिएका हुन भन्ने भ्रम चिर्न जापानमा ब्यबसाय गरिरहेका एक नेपालीले नयाँ जुक्ति निकालेका छन् ।

बुद्धमार्गी जापानी नागरिकमाझ बुद्ध भारतमा जन्मिएका हुन् भन्ने भ्रम छ । गौतम बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने सन्देश दिन जापानको नागोयामा रेष्टुरेण्ट ब्यबसाय गरिरहेका बिष्णुप्रसाद घिमिरेले चपस्टिकको सहारा लिएका छन् …।

जापानी भाषामा ‘हासि’ भनिने चपस्टिक स्थानीय जापानीहरुले खाना खान प्रयोग गर्छन् । नेपाली रेष्टुरेण्टमा खान आउने जापानीहरुले पनि यस्तो चपस्टिक प्रयोग गर्छन् । उनीहरुले बिहान बेलुकी नै प्रयोग गर्ने चपस्टिकको खोलमा बुद्ध नेपालमा जन्मिएको सन्देश दिंदा प्रभावकारी हुने ठानी घिमिरेले ‘बुद्ध नेपालमा जन्मिएका हुन’ लेखिएको चपस्टिक प्रयोग गर्न थालेका छन् ।

‘चपस्टिकको खोलमा यस्तो सन्देश लेख्दा निकै प्रभावकारी भएको पायौं’- एनआरएन जापान तोकाई होकुरिकुका क्षेत्रीय उपसंयोजकसमेत रहेका घिमिरेले अनलाइनखबरसँग भने-’ ग्राहकहरु नेपालको बारेमा जानकारी लिन थप उत्सुक भएको र बुद्धबारे भ्रम चिर्न सफल भएको पायौं।’ चपस्टिकको खोलमा गौतम बुद्ध बाहेक नेपाललाई चिनाउने जिवित देवी कुमारी, सगरमाथासहितका अग्ला हिमश्रृङखला र नेपाल जापान सम्बन्धको इतिहास पनि लेखिएको छ ।

नितान्त ब्यक्तिगत पहलमा यस्तो प्रयास गरेको बताउँदै घिमिरेले जापानमा रहेका नेपाली रेष्टुँराहरुले यस्तो बिधि अपनाउँदा ठूलो संख्याका रहेका जापानीमाझ बुद्धबारेको भ्रम चिर्न सकिने बताए ।

‘विश्वकै अग्ला हिमश्रृङला, हिमताल एक सिंगे गैंडा, पाटे बाघ लगायत वन्यजन्तुले भरिएका राष्ट्रिय निकुन्ज, विश्वकै अनौठो आकारको रुपमा रहेको राष्ट्रिय झन्डा, नेपाली जीवन शैली, राष्ट्रिय बिभुतिहरुको बारेमा पोष्टर, ब्यानर, पम्पेल्ट आदिको बनाएर सँस्थागतरुपमा विश्वभर छरिएर बसेका स्वाभिमानी नेपालीहरु कस्सिने हो भने हाम्रा अमुल्य सम्पति, र बिभूतिमाथि कसैले आँखा लगाउन सक्दैनथ्यो ।’- घिमिरेले भने । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

 
%d bloggers like this: