Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

सौरभले नेदरल्याण्डमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाए

Posted by Ram Kumar Shrestha on February 12, 2013

Saurab3

बिस्वब्यापी महत्वका कारण नेपाली राष्ट्रिय संपदाहरु वुद्धको जन्मस्थल लुम्बिनी र सगरमाथाका बिषयमा अनाबस्यक दिग्भ्रम सिर्जना गरिरहेको सन्दर्भमा त्यस किसिमका अनाबस्यक दिग्भ्रम निस्तेज पार्नका खातिर सही कुरोलाई सही भन्दै प्रचार प्रसार गर्नु पर्ने अनाबस्यक चुनौतिपूर्ण समस्या नेपालीले सामना गर्न परिरहेको छ । र यस्को लागि विस्वभरी छरिएर रहेका नेपालीहरुले बिभिन्न किसिमबाट आ-आफ्नो क्षमताले भ्याएसम्मका प्रयासहरु गरिरहेका छन । यस कार्यमा बिस्व साइकल यात्री सौरभ दाहालले पनि आफ्नो भ्रमणको क्रममा बिभिन्न देशमा बिभिन्न प्रयास गरिरहेका छन । नेदरल्यान्ड्सको राजधानी आम्स्टर्डममा आइतबार र सोमबार आयोजना भएको एक महोत्सवमा उन्ले यही प्रायोजनका लागि स्टल राखे ।

Saurab2

स्टलमा भगवान् बुद्ध नेपालमा नै जन्मेका हुन् र विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा नै पर्दछ भनेर प्रचार गरियो । यूरोपभरिका लाखौं मानिसहरुको सहभागिता रहेको कार्यक्रममा दाहालले संसारको सुन्दर देश नेपाल भएको र जहाँ शान्तिका प्रतीक गौतम बुद्ध जन्मिएका थिए भनी सन्देश बाँडे । सगरमाथा रहेको देशको एक पटक अवश्य भ्रमण गर्नुहोस् भनि सन्देश बाँडेका थिए दाहालले ।

Saurab

नेदरलेन्ड्सको राजधानी आम्स्टर्डममा आयोजना भएको वृहत् कार्यक्रममा एउटा सानो स्टल राख्न मात्र पनि १५०० यूरो तिर्नु पर्ने प्राबधान थियो, तर सौरभले गरेको विश्व साईकल यात्राको सफलताको लागि भन्दै आयोजकले भिआईपी कार्ड सहित कार्यक्रममा उन्लाई सहभागी गराएको थियो । उक्त कार्यक्रमलाई सहज बनाउनको लागि आम्स्टर्डममा रहेको माउण्ट एभरेष्ट नेपाली रेष्टूरेण्टका सञ्चालक श्याम केसीले पनि विशेष सहयोग गर्नु भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: