Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

बिश्व शान्तिको लागि बुद्ध शिक्षा – आजको आबश्यकता

Posted by Ram Kumar Shrestha on April 17, 2013

-भिक्षु मगर (नारायण ब. आले मगर)
[बिश्व शन्तिका लागि बुद्ध शिक्षा एवम बुद्ध जन्मस्थल लुम्बिनी नेपालको प्रबर्द्धन उदेश्यका साथ ६० मुलुक भ्रमण गर्न विश्व शान्ति यात्रा लुम्बिनीबाट शुरु गरी बिभिन्न मुलुक भ्रमण गरिराख्नु भएका भिक्षु मगर (नारायण बहादुर मगर), थाइल्याण्ड, मलेशिया, सिंगापुर हुँदै हाल इण्डोनेशियामा हुनुहुन्छ । ]

‘नमो तस्स भगवतो अरहतो सम्मासम बुद्धस्य’ 

Bhikkshu MagarBuddha born in Nepalआजको यस सन्सारमा भैरहेको हत्या, हिंसा, बैमनस्यता अशान्ति भैरहेको अवस्थामा जसले बिश्व समाजलाई शान्तिमय समाजको निरन्तरता दिने संकल्प लिएको हुन्छ, हामी सबैले बैरी सोचने, बदलाको भावना लिने जस्तो भ्रष्ट स्वभाव कुलषित बिचारधारा, संकुचित भावना स्वार्थगत मनोभाव दृष्टिलाई त्यागेर स्वस्थ मानसिकताको बिकास गर्नु पर्दछ । हामी मानव प्राणीमा रहेको बैरभावले बैरभाव कहिल्यै शान्त हुदैन । अबैरभावले मात्र बैरभावलाई शान्त पार्न सकिन्छ । अनि मात्र आजको यो सन्सारमा शान्ति आउनेछ ।

“भगवान बुद्धले धम्मपद पालीमा भन्नुभएकोछ, नहि बेरेन बिरानि सम्मन्तिथ कुदाचन । अबेरेनच सम्मन्ति यस धम्मो सनन्तनो ”

 

WPT

बैरभावले बैरभाव शान्त हुन सक्दैन, मैत्रिभावले मात्र बैरभाव शान्त हुन सक्छ । यहि सनातन बाट चलिआएको धर्म हो ।

Indonesia Program

Indonesia Program

शान्तिको महानायक भगवान बुद्ध लुम्बिनी नेपालमा जन्मनुभएको हो भन्ने कुरा बिश्वको कुना कुनामा पुर्याउने अभिप्राय बोकेर यस क्याराभान ब्रोडकाष्टिङ प्रा.लिले भगवान बुद्ध जन्मस्थल लुम्बिनीबाट बिश्व शान्ति पद यात्रा शुरु गरिएको हो । आजभन्दा २६३४ बर्ष  पहिले जन्मनुभएको भगवान बुद्धसंग जोडिएको बिभिन्न तथ्य खोज अनुसन्धानको क्रम ऐतिहासिक काल खण्डबाट अझैसम्म पनि अनुसन्भान भैरहेकोछ । बिभिन्न बिख्यात बिद्धानहरुको खोज अनुसन्धान भगवान बुद्धको समयको समाजको कैयौं तथ्य प्रमाणहरु आज हाम्रो सामु आइरहेकोछ । जसले गर्दा नेपालको इतिहास समृद्ध अनि गौरबमय छ , तर पनि हामीबाट टाढा ओझेलमा पर्दै गइरहेको छ । हामी नेपाली बुद्ध हाम्रो हो भनेर कराउन जानेको भएपनि भगवान बुद्धको शिक्षा र ऐतिहासिक महत्वको ठाउँप्रति अनभिज्ञ रहन्छौं । कुनै कुरा चलिहालेमा सरकारको काम हो भनि पन्छिन्छौं । यस्तो हाम्रो पहिचान आस्थाको केन्द्र अनि हाम्रो गौरब जोगाउन हामी सबै नेपालीको दायित्व होइन र ? यदि हामी नेपालीको दायित्व हो भने आउनुहोस हातमा हात मिलाइ हामिलाई साथ दिनुहोस अनि संकल्प गर्नुहोस :-

सिङापुर कार्यक्रम

सिङापुर कार्यक्रम

भगवान बुद्ध नेपालमा जन्मनुभएको हो । हामीसंग प्रमाण छ – इ.स पृ्र्ब २७७ बर्ष पहिले अशोक महाराज आफनो २० औं राज्यभिषेकको अवसरमा राख्न लगाउनुभएको सिलास्तम्भ त्यहाँ उल्लेख गरिएको छ ।

“देवा वातन पियन पियदस्सिन, लाजिन बिसति बसमिसितेन ।

अतन अगाच महिइते, हिद बुद्ध जाते शाक्यमुनि ती ।।

शिला बिगत भिच चालपित शिलाथ भिगच उसपायिते ।

इथ भगव जातेती लुम्मिनी गामे उवलिके अठ भागिय च ।।

अर्थ : देवताहरुको प्रिय प्रियदर्शि राजा राज्यभिषेकको २० औं बर्षमा आफै आएर यहाँ बुद्धशाक्यमुनिको जन्म भएकोले ढुंगाको प्रचिर (स्तम्भ) बनाउनु लगाउनु भयो र शिला स्तम्भ स्थापना गराउनु भयो । यहाँ भगवान बुद्ध जन्मनु भएकोले लुम्मिनी गाउंलाइ कर मुक्त गरियो र अष्ट भागिय पनि ।

बिश्व शान्ति पद यात्रीहरु :-

भिक्षु मगर (नारायण बहादुर आले मगर)
सरोज अर्याल (सन्चालक)
राम कृष्ण पुडासैनी
ईश्वर प्रसाद बर्तौला

भ्रमण गर्ने मुलुकहरु :-

थाइल्यान्ड, बर्मा, मलेशिया, सिंगापृ्र, इन्डोनेशिया, हङकङ, एशिया,चिन, यृ्रोप, क्यानाडा, अमेरिका, आदि ।

(हाल: ब्यङकक थाइल्यान्ड)

2 Responses to “बिश्व शान्तिको लागि बुद्ध शिक्षा – आजको आबश्यकता”

  1. Bhikkshu magar said

    Bhikkshu Magar I am a monk.I always want peace,lovingkindness,happiness and Compassion to living and non- living things. For me all are equal.

  2. Thank you so much Bhikkshu Magar for your inspiring message to those who counts for social discriminatory order that is prevailing in Nepal and India.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: