Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

नेपालीले ए एन ए सम्मेलनमा ”गिनिज वर्ल्ड रेकर्ड्स ” तोड्ने

Posted by Ram Kumar Shrestha on April 21, 2013

KP2

अमेरिका, अप्रिल २१ । नेपाल बुटवल, रुपन्देही घर भै हाल कान्सस शहरमा कार्यरत बिपरित हिज्जे(MOST WORDS SPELT BACKWARDS IN ONE MINUTE ) गर्न सक्ने एक प्रतिभाशालि युवा कृष्ण पाण्डेले आगामी जुलाई ४ देखि ६ सम्म हुने ३१ औ ए एन ए न्युयोर्क सम्मेलनमा “गिनिज वर्ल्ड रेकर्ड्स” तोड्ने भएका छन् । बिश्वलाई नेपालको नाम पहिचान गराउँदै “बुद्ध र सगरमाथा नेपालका राष्ट्रिय सम्पदा र धरोहर हुन्” भन्दै सो किर्तिमान कायम गर्न र नेपालको झन्डा फ़र्फ़राउन योभन्दा अगाडि कायम गरिएको कीर्तिमानलाई तोड्ने तयारीमा अग्रसर छन ।

“गिनिज वर्ल्ड रेकर्ड्स” ले उनको निबेदन स्वीकृत गरी सकेको छ भने उनले गत साल ३०औ ए एन ए टेक्सास सम्मेलनमा प्रतिभा प्रतियोगितामा आफ्नो प्रतिभा देखाई सकेका छन् । करिब ६ बर्ष अघि अमेरिका अध्ययन गर्न छिरेका पाण्डे शिकागोमा अध्ययन समाप्त गरी हाल क्यान्ज़स शहर (Kansas city ) मा कार्यरत छन् । अमेरिकाको व्यस्त जीवनसंग संघर्ष गर्दै आफूभित्र निहित प्राकृतिक प्रतिभालाई प्रस्फुटन गर्दै बिभिन्न संचार माध्यम र अन्य कार्यक्रमद्धारा यस कार्यमा आफू सक्षम भएको प्रमाणित गरी सकेका छन् ।

ए एन ए सम्मेलनमा अत्यधिक नेपाली समुदायको सहभागिता हुने भएकोले ‘गिनिज वर्ल्ड रेकर्ड्स’ को प्रदर्शन उक्त सम्मेलन बीच प्रदर्शन गरिदा सम्पूर्ण बिश्वका सामू आफू, संस्था, नेपाल र नेपालीको नाम पहिचान हुने भएकोले यो सम्मेलनलाई लक्ष्य गरिएको छ । एक मिनेटमा अत्यधिक बिपरित हिज्जे भन्नेमा ”गिनिज वर्ल्ड रेकर्ड्स” तोड्ने अनवरत प्रयास गरी रहेका पाण्डे ‘गिनिज वर्ल्ड रेकर्ड्स’ का दिशा निर्देश (guidelines)मा दत्त चित्त छन् र यो कार्यक्रमभन्दा अगाडी उनी बिभिन्न ठाउँमा प्रदर्शन गर्ने अभियानमा छन् । Guinness World record in the category of “Most Words Spelt Backwards in one Minute.” This does mean the fastest reverse speller in the world. आफूसंग उक्त प्रतिभा भएको उन्लाई त्यस बेला महसूस भयो जब उनी आफ्नी बहिनिलाई बिज्ञानका शब्द भंडारहरु (Terminology )को लागि सिकाउने क्रममा सो अक्षर बारम्बार आफूले प्रयोगगर्दा अगाडीबाट हिज्जे (Spell )गर्दा कण्ठ भएको र पछाडीबाट पनि हिज्जे(spell) गर्दा आफूलाई सरल भएकोले आफूमा यस्तो क्षमता पनि रहेछ भनि प्रयोग गर्दा गर्दै ‘गिनिज वर्ल्ड रेकर्ड्स’ का लागि अथक प्रयासपस्चात साहस गरेका हुन् ।

१ मिनेटभित्र अत्यधिक बिपरित हिज्जे (MOST WORDS SPELT BACKWARDS IN ONE MINUTE ) भनी ‘गिनिज वर्ल्ड रेकर्ड्स’ कायम गर्न तैयार रहेका उन्ले १ मिनेट भित्र ५० वटा शब्दहरुको किर्तिमानलाई भत्काउनु पर्छ । तसर्थ ३१ औ ए एन ए न्युयोर्क सम्मेलनलाई यो प्रयोजनको लागि उपयोग गरी सो किर्तिमान तोड्न मंचमा गौतम बुद्धको मूर्ति र सगरमाथाको ठूलो तस्बिर राखेर ‘गिनिज वर्ल्ड रेकर्ड्स’ तोड्ने भएका छन् ।

सौजन्यकर्ता तथा प्रायोजनहरुको आवस्यकता पर्ने हुनाले आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गर्न सकिने अवस्था छ भने सहयोग गर्न आब्हान गर्दै नेपाल र नेपालीको नाम बिश्वभर चिनाउने र ३१ औ ए एन ए न्युयोर्क सम्मेलन स्थलबाट नै नेपालको झन्डा फरफराउने योजना छ ।

His Facebook Page link

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: