Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

नेपाली संचार रेडियोद्धारा लगातार २४ घण्टे बुद्धसम्बन्धी कार्यक्रम प्रसारण गरिने

Posted by Ram Kumar Shrestha on May 24, 2013

Special

अस्ट्रेलियाको मेलबर्नबाट सन्चालित २४/७ नेपाली संचार रेडियोले २५५७ औं बुद्ध जयन्तीलाई परिलक्षित गरी लगातार २४ घण्टे बुद्धसम्बन्धी कार्यक्रम मात्रै प्रसारण गर्ने भएको छ । कार्यक्रम मेलबर्न समय २४ मइको रातको १२ बजे शुरु गरेर २५ मइको रातको १२ बजे अन्त्य हुनेछ । कार्यक्रम अनुसार मेलबर्नमा हुने दुई बेग्लाबेग्लै बुद्ध जयन्तीको प्रत्यक्ष प्रसारण र बाँकी समय बुद्ध र लुम्बिनीसम्बन्धी जानकारीहरु, गीतहरु र बिभिन्न देशमा रहनु हुने बिभिन्न क्षेत्रका नेपाली र बिदेशीहरुसंग बुद्ध जयन्तीसग सान्दर्भिक प्रत्यक्ष कुराकानी सुन्न सक्नु हुनेछ ।

बिभिन्न देशको समयमा हुने फरक समयका कारण बिभिन्न कारणबश लक्षित ब्यक्तिहरुसंगको कुराकानीलाई प्रसारण गर्न समस्या पर्न सक्ने भए तापनि लक्षित ब्यक्तिहरुमा पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ, डा आरजु राणा देउवा, महामहिम राजदूत प्रल्हाद प्रसाई, नरेन्द्र जङ पिटार, डा कविताराम श्रेष्ठ, केदार शाक्य, डा कुसुम शाक्य, रामकुमार श्रेष्ठ, महामहिम दीपक खडका, महामहिम चन्द्र योन्जन, महामहिम दीपक धमला, देब मान हिराचन, जीवा लामिछाने, डा उपेन्द्र महतो, बरिस्ठ कलाकार द्धय मदन कृष्ण श्रेष्ठ र मनोज गजुरेल, जन गायक जीवन शर्मा, बरिस्ठ सीमाबिद बुद्धी नारायण श्रेष्ठ, किशोर शेरचन्द, प्रथम मिस नेपाल अस्ट्रेलिया रिचा धिताल, मिस नेपाल अस्ट्रेलिया २०१२ दिपाश्री शाह, कलाकार एबं Buddha was born in Nepal फिल्म बनाउने तयारीमा रहेका रमित ढुंगाना, हिमालयन भ्वाइस, कमला प्रसाइ, बरिस्ठ तबला बादक हरी श्रेष्ठ आदि छन । त्यसरी नै भिक्षु समहिता, डायन रौसिऔ पिएचडी आदिसंग पनि कुराकानी गरिनेछ ।

त्यसरी नै अस्ट्रिया, बेल्जियम, क्यानडा, चाइना, चेक रिपब्लिक, डेनमार्क, प्रान्स, जर्मनी, ग्रीस, हङकङ, हङेरी, आइसल्याण्ड, आयरल्याण्ड, इटाली, मलेशिया, नेदरल्याण्ड, न्यूजिल्याण्ड, नर्बे, पोल्याण्ड, पोर्तुगल, रोमानिया, सिङापुर, साउथ अफ्रिका, स्पेन, स्वीडेन, थाइल्याण्ड, बेलायत, अमेरिका र अस्ट्रेलिया बसोबास गर्नु हुने कुनै पनि ब्यक्तिलाई कुनै पनि बेला नेपाली संचारले फोन गर्न सक्नेछ । यी देशमा बसोबास गर्ने कसैसंग नेपाली संचारले कुराकानी गह्रोस भन्ने चाहनु हुन्छ अथवा आँफै कुराकानीमा सहभागी हुन चाहनु हुन्छ भने नाम र संपर्क नम्बर उपलब्ध गराउन सक्नु हुनेछ ।  कुराकानी गर्नु अघि मेसेज पठाएर अग्रिम जानकारी भने दिइनेछ । nepalisancharradio(Skype) लाई एड गरी आफ्नो उपयुक्त समयमा नेपाली संचारसंग संपर्कमा पनि रहन सक्नुहुनेछ ।

One Response to “नेपाली संचार रेडियोद्धारा लगातार २४ घण्टे बुद्धसम्बन्धी कार्यक्रम प्रसारण गरिने”

  1. Great work Ram kumar ji. I will help you.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: