Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

शुभ-कामना

Posted by Ram Kumar Shrestha on May 25, 2013

[सिडनी र इजरायलमा मनाइएको २५५७ औं बुद्ध जयन्ती कार्यक्रमको लागि पठाइएको शुभ-कामना]

शुभ-कामना

निर्माणाधिन नक्कली लुम्बिनी र कपिलबस्तु जस्तो ठूलो परियोजना नै करीब करीब संपन्न हुने अवस्थामा पुगिसक्ता समेत यस्तो संबेदनशील बिषयमा देखिएको एक किसिमको सर्ब पक्षीय मौनताका कारण बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले ईतिहासमा पहिलो पटक १ डिसेम्बर २००९ लाई “कपिलवस्तु दिवस विस्व दिवस” को रुपमा मनाए । बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भलाई बिस्व सामू १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद अण्टोन फुहररले ल्याएको दिनलाई महत्व दिनु उपयुक्त र सान्दर्भिक हुने ठहर गरी यो दिनलाई कपिलवस्तु दिवसको रुपमा मनाइएको थियो । धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको तेश्रो बार्षिकोत्सब मनाउने क्रममा “लुम्बिनी-कपिलवस्तु दिवस अभियान”मा परिवर्तन गरिएको हो ।

कार्यक्रमलाई निरन्तरता दिन संस्थागत गरिनु पर्ने भएका कारण सन २०१० मा दुई चरणमा विश्व कार्य समिति गठन गरेपस्चात यो छोटो समयमा नै पन्ध्र देशमा राष्ट्रिय समिति, दुई देशमा स्टेट स्तरीय समिति, नेपालमा पत्रकार र पर्यटन ब्यबसायीको र लुम्बिनीमा स्थानीय समितिहरु गठन भएका छन ।

यो छोटो समयमा गुगलमा बुद्ध जन्मस्थल सच्याउन लगाउने, ब्रिटिश म्युजियमलाई त्यहाँ भएको गल्ती सच्याउन निर्णय गर्न लगाउने, प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, अमेरिकी जुता कंपनीद्धारा बुद्धको चित्र अंकित जुत्ता उत्पदन गरेकोमा अमेरिकी राष्ट्रपती ओबामालाई पत्र लेख्ने, बिभिन्न सन्दर्भमा वेलायतकी महारानी एलिजाबेथ, वेलायतका प्रधानमन्त्री डेभिड क्यामरुन, राष्ट्र संघका लागि जापानी राजदूत महामहिम ट्सुनेओ निशिदाहरुलाई अभियानको तर्फबाट पत्र लेख्ने काम भएका छन । त्यस्तै जाकारीया तथा पिबिएसलाई गल्ती सच्याउन अनुरोध गर्ने, लुम्बिनी गेटको लागि आर्थिक संकलन गर्न बिद्यार्थी परिचालन् गर्ने, राष्ट्र संघका महासचिब बान्की मून वृहत लुम्बिनी विकासको अन्तराष्ट्रिय समितिको संयोजकमा बस्न राजी हुनु भएकोले छिटोभन्दा छिटो उहाँको नेतृत्वमा अन्तराष्ट्रिय समिति गठन गर्ने प्रकृया अगाडि बढाउन अनुरोध गर्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको अस्ट्रेलिया भ्रमणको बेला उहाँ मार्फत पूर्व प्रधानमंत्री एबं वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक प्रचन्डलाई पत्र पठाउने, तेश्रो लुम्बिनी-कपिलवस्तु दिवस मा आयोजना गरिएको “लुम्बिनी बिकास- संभाबना र चुनौतिहरु” नामक अन्तराष्ट्रिय संगोस्ठीले तयार पारेको सुझाबहरु नेपाल सरकार र ठूला पार्टीहरुलाई बुझाउने काम भएका छन ।

बुद्धको बिस्वब्यापी महत्वका कारण सीमित स्वार्थका लागि शक्तिका भरमा सत्यका पर्यायबाची बुद्धको उन्कै नाममा असत्यको खेती गर्दै बुद्ध जन्मस्थलबारे सिर्जित समस्याले बिस्वब्यापी रुप लिएको सन्दर्भमा कोरियाको पाठ्यक्रममा बुद्ध जन्मस्थलबारेको जानकारी सच्याउने जस्तो अत्यन्तै महत्वपूर्ण कार्यलाई अन्य देशमा पनि निरन्तरता दिन सकिएमा बिस्वब्यापी समस्या समाधान गर्ने आधार हुनेछ यो । त्यसो नहुँदासम्म झुटोलाई दिन दहाडै बिभिन्न रुपमा बिभिन्न तवरबाट साँचो हो भन्नेहरुकै जटील प्रभाबकारी कार्यले निरन्तरता पाइरहेको बेलामा पदमा बस्नेले पदीय दायित्व र पदमा नहुनेले नागरिकीय दायित्वको रुपमा वास्तबिक सत्यलाई सत्यको रुपमा चिनाउने कार्यमा सबै स्वत: स्फूर्त रुपमा लाग्नु पर्ने देखिन्छ । यस्तो गरिनु नेपालीको हैसियतमा मात्रै नभएर बिस्व नागरिकको हैसियतमा काम गरेको रुपमा लिइनु पर्ने हुन्छ बर्षेनी बुद्ध जन्मस्थल जान चाहनेहरु या त झुक्किएर या त झुक्याइएर हजारौंको संख्यामा गलत लुम्बिनी पुग्ने वा पुर्याइनेहरुको मानबाधिकार संरक्षण गरिने भएकोले । अत: बिस्वभरिका करोडौंद्धारा मनाइने बुद्ध जयन्तीमा बुद्धप्रतिको सम्मान, बुद्धका सन्देशहरुको प्रचार प्रसारका साथै सत्यको प्रतिरक्षाका लागि सत्यका पर्यायबाची बुद्धको जन्मस्थलको पनि प्रचार प्रसार गरी बर्षेनी झुक्केर वा झुक्याइएर बुद्ध जन्मस्थल जान चाहनेहरुलाई गलत ठाउँमा जानबाट पुग्ने वा पुर्याइने कामको अन्त्य गरी उनीहरुको मानबाधिकार रक्षाको लागि कार्य गरिनुलाई पनि बुद्ध जयन्तीको एउटा अभिन्न अंगको रुपमा लिइनु पर्ने । यसो गर्न सकिंदा मात्रै सत्यका पर्यायबाची बुद्धप्रति सच्चा अर्थमा आदर गरेको ठहरिनेछ ।

यस्को लागि एकताको पनि त्यत्तिकै महत्व हुने भएकोले एकार्कामा आदर र प्रेम भाव सहित यसरी संयुक्त रुपमा प्रभाबकारी कार्यक्रम गर्नुको  बहुआयामिक महत्व हुने र असत्य सत्य जस्तो देखिइको अवस्थामा सत्यलाई सत्यकैम रुपमा उजागार गर्न पनि यस्ले महत्वपूर्ण भूमिका निर्बाह गर्नेछ । यसैले २५५७ औं बुद्ध जयन्तीको यस पावन घडीमा अभियानको तर्फबाट कार्यक्रमको पूर्ण सफलताको हार्दिक शुभ-कामना ब्यक्त गर्न चाहन्छु ।

रामकुमार श्रेष्ठ
लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व संयोजक

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: