Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

बुद्ध नेपालमा जन्मेको भन्ने नाराका साथ २५५७ औं बुद्ध जयन्ती दुबइमा सम्पन्न

Posted by Ram Kumar Shrestha on May 26, 2013

dubaiduddhajayanti2013लालबहादुर ढेंगा, दुबई, युएई – युएईस्थित कार्यरत प्रवासी नेपालीहरूले गएको २४ मे शुक्रवारका दिन ‘भगवान् बुद्ध नेपालमा जन्मेको हो’ भन्ने नाराका साथ २५५७ औं बुद्ध जयन्ती विधिवत रूपमा पूजाआजा गर्दै विविध रंगारंग साङ्गीतिक माहौलमा मनाएको छ । सो बुद्ध जयन्ती तमु समाज युएईको आयोजना भएको हो ।

उक्त कार्यक्रमको अध्यक्षता तमु समाज युएईका अध्यक्ष डिआर गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिको आसनमा वृद्ध आमा गंगामति तमुस्यो रहनुभएको थियो ।

त्यस्तैगरी अन्य अतिथिहरुको रूपमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी र पत्रकारहरु रहेको कार्यक्रमलाई ईन्द्रा तमुले सञ्चालन गरेको थियो ।

भगवान् बुद्धको पूजाआजा सकिने लगत्तै प्रसादको वितरणपछि सांस्कृतिक प्रस्तुतिहरु सुरु भएको थियो । जसमा राजेश घलेले गाएको “हररात सपनीमा नेपाल देख्न पाऊँ, बिउंझेर नेपालकै माटोलाई चुम्न पाऊँ” भन्ने गीतले देश भक्तितिर लगेको थियो भने कपिल तामाङको “कान्छीलाई घुमाउने काठमाण्डौ सहर” गीतले दर्शकलाई एक छिनको लागि साच्चै नै काठमाण्डौ घुमाउनमा सफल भएको थियो ।

फेरि दीपक गुरुङ र नमुना गुरुङको “ऐ भेना ल्याई देऊ न मलाई पछौरी मलमलको” चुड्का गीतको नृत्यले हललाई नै तताएका थिए ।

स्थानीय गायक अमृत गुरुङको गीत “गुंरासको फेड मुनि सम्झनाको छाया” पनि निकै सान्दर्भिक लाग्थ्यो । त्यस्तैगरी जय गुरुङले गाएको गीत “सायद तिम्रो बाटोमा” र “हात्ती घोडा हैन मलाई माया चाहिन्छ” भन्ने गीतमा राम लामाको नृत्यले दर्शकलाई मनोरञ्जन दिएको थियो ।

अन्य कलाकार विनिता थापाको करुवा नृत्य, मुना गुरुङको आधुनिक गीत “सुरिलो रुख सल्लै हो, बोलाको तिमीले कल्लाई हो”, गुरुङ गीत “माया पिरती थेनो शिरमा” गुरुङहरुको मौलिकता झल्काउने गुरुङ ड्रेसमा आशिष गुरुङ र दीपक गुरुङको नृत्य र दीप सुब्बाले गाएको “तुलसी आगनमा रोपौला, जीवनभरी छातीमा राखी मायाले छोपौला” भन्ने गीतले पनि सबैलाई रमाइलो दिएको थियो ।

त्यस्तैगरी “शिखलेसको मेलैमा” भन्ने गीतमा नमुना गुरुङ र राम काजी गुरुङको युगल जोडीको नृत्यले दर्शकलाई मनोरञ्जन दिनमा सफल भएको थियो ।

हेमन्त गुरुङले गाएको गीत बल्ल–बल्ल भेट भो दर्शन नमस्ते, दीपक गुरुङको एकल नृत्य, अमृत गुरुङ र पवित्रा गुरुङको युगल जोडी नृत्य र शेरचन गुरुङको नृत्य पनि सबैले मन पराए ।

सोही कार्यक्रमको अवसरमा मृगौला पीडित दिनेश गुरुङलाई आर्थिक सङ्कलन गरी सहयोग स्वरूप १,२१६ दिराम प्रदान गरेको छ ।

उक्त आर्थिक सहयोगप्रति विशेष गरी ईन्द्रा श्रेष्ठ तमुस्यो, सविना तमुस्यो, बुद्धिजीवी, समाजसेवी र सम्पूर्ण सहयोगीहरुलाई तमु समाज युएईले धन्यवाद समेत दिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: