Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

पोल्याण्डमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानको सोर्हौं राष्ट्रिय समिति गठन

Posted by Ram Kumar Shrestha on May 26, 2013

-दामोदरप्रसाद आचार्य

Design

विश्व मानचित्रमा नेपाल दक्षिण एसियामा रहेको सानो र हालसम्म गरिब मुलुक भनेर चिनिएको छ । वास्तवमा सानो मुलुक भए पनि राष्ट्रको विकाशको लागि प्रचुर सम्भावनाहरु भएको देश पनि नेपाल हो भनेर अन्तर्राष्ट्रिय समुदायले समेत भन्ने गर्दै आएको सत्यता लुकेको छैन । नेपाल र नेपालीको विकाश सम्भव छ तर हामी नेपालीले राष्ट्रिय भावनाबाट ओतप्रोत नहुने र देशप्रतिको मोहबाट ओझेलिने हो भने त्यो सम्भव पनि हुदैन । किनकि एउटाले मात्रै देशलाई राम्रो र समृद्ध बनाउन चाहँदैमा त्यो सम्भव हुदैन । आम नेपालीले राष्ट्रप्रतिको जिम्मेवारी बोध गरेर हातेमालो गर्दै अगाडि बढ्नु त्यसको लागि अपरिहार्य हुन्छ ।

हाम्रो नेपाल अति विशिष्ट गौरव नै गौरवबाट शोभायमान छ । आफ्नो स्वाभिमान र देशमा भएका गौरवहरुको रक्षा, विकाश र जगेर्ना गर्नु हामीहरुको दायित्व हो । हामीहरुको परिचय भनेको बुद्ध जन्मेको देश र संसारको सर्वोच्च शिखर सगरमाथाको देश नेपालका नेपालीको रुपमा लिइन्छ । तर हाम्रो गौरव बुद्धको जन्मस्थल लुम्बिनी, कपिलवस्तु उपर भारत पक्षबाट विभिन्न तरिकाबाट गरिदै आएका दिग्भ्रम र दुष्प्रचारलाई चिरेर सत्यका पर्यायवाची गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी नै हो भन्ने शास्वत सत्यलाई विश्वब्यापी प्रचारको आवस्यकता महसुस गरेर विभिन्न देशमा फैलिएर रहेका नेपालीहरुले नागरिकस्तरबाट ०१ डिसेम्बर २००९ बाट सुरु गरेको लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानले क्रमस: अग्रगति लिदै गर्दा अति महत्वपूर्ण उपलब्धिहरु हासिल गर्दै बढिरहेको छ । तसर्थ, संसारभरका विदेशीहरुलाई बुद्ध नेपालमा जन्मेका हुन भन्ने जानकारी दिनु आम नेपालीहरुको कर्तब्य पनि हो । यही कर्तव्यलाई आत्मवोध गर्दै लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियान अघि बढिरहेको छ ।

अर्कोतर्फ, विभिन्न देशहरुमा यस अभियानको राष्ट्रिय समितिहरु गठन गर्ने प्रक्रियाले पनि निरन्तरता पाइरहेका छन् । लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यको सक्रिय पहलमा यहि २५५७ औं बुद्ध जयन्तीको अवसरमा एनआरएनए पोल्याण्डका सचिव तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका महासचिव मित्रलाल पार्देको राष्ट्रिय संयोजकत्वमा पछि थप गर्ने सक्ने गरि हालको लागि ९ सदस्यीय लुम्बिनी-कपिलवस्तु दिवस अभियान, राष्ट्रिय समिति पोल्याण्ड गठन गरिएको छ । अन्य संयोजकहरुमा कल्पना न्यौपाने, गुरुदेव पौडेल, कविन्द्र सुबेदी, अनिल सापकोटा, रामकृष्ण कडेल, राजेश कार्की, पुश्कर न्यौपाने र योना दुदास कार्की रहनु भएको छ । साथै डा. श्री वोधराज सुबेदीलाई राष्ट्रिय समिति पोल्याण्डको सल्लाहकारको जिम्मेवारी दिने निर्णय भएको छ ।

Published Links

Nepal Japan
Janakpur
Ebaglung
Hongkong Nepali
Brussel Nepal

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: