Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

सिडनीमा २५५७ औं बुद्ध जयन्ती सम्पन्न

Posted by Ram Kumar Shrestha on May 26, 2013

1

सिड्नीमा सक्रिय १४ वटा संस्थाहरु – तमु समाज सिड्नी, बुद्ध दर्शन समिति, तमाङ सोसाइटी, गुठी अष्ट्रेलिया, मगर समाज अष्ट्रेलिया, पोखरा समाज सिड्नी, म्याग्दी सेवा समिति, नवास, चिनारी नेपाल, नेपलिज कोन्सुलेट न्यू साउथवेल्स, शेर्पा किडोग सिड्नी, थकाली समाज सिडनी, लुम्विनी-कपिलवस्तु दिवस अभियान, छन्त्याल परिवार सिड्नी – को संयुक्त आयोजनामा म्यारिकभिल टाउन हलमा बुद्धजयन्ती समारोह आयोजना भएको थियो। कार्यक्रममा बुद्ध पुजा अर्चना, प्रवचन र शान्ति र्याली भएको थियो। प्रमुख अतिथि, न्यु साउथ वेल्स राज्यका लागि महाबाँणिज्यदूत दिपक खड्काले आजको युद्ध र हिंसा ग्रस्त समाजमा गौतम बुद्धले दिनु भएको शान्ति, अहिंसा, प्रेम र करुणाको संदेश अझ बढी सार्थक भएको बताउदै अस्ट्रेलियामा लुम्बिनी प्रवर्द्धनको लागि आफू सक्रिय हुने बिचार राखेका थिए।

3

5

बुद्ध दर्शन समिति अस्ट्रेलियाका अध्यक्ष निमा शेर्पाले बुद्धको जन्मस्थलबारे भ्रम सृजना गर्ने अध्यन सामग्रिहरुलाई सच्याउन अस्ट्रेलियन सरकारका निकायहरुलाई अनुरोध गर्ने जानकारी दिएका थिए । उहाँले लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठद्धारा पठाइएको शुभ-कामना सन्देश पढेर सुनाउनु भएको थियो । त्यसरी चिनारी नेपालका अध्यक्ष गंगा नेम्कुलले लुम्बिनी बिकास कोषका प्रमुख ज्ञानिन राईद्धारा पठाइेको शुभ-कामना पढेर सुनाउनु भएको थियो ।

Lumbini promoted in The United Nations Day of Vasak 2013 Sydney 26/05/2013 in Town Hall. by ganga Bahadur Nemkul

Lumbini promoted in The United Nations Day of Vasak 2013 Sydney 26/05/2013 in Town Hall.
by ganga Bahadur Nemkul

 

2

गंगा बहादुर नेम्कुलका अनुसार पहिला पहिलाको तुलनामा यो बर्ष बिदेशीहरुलाई बुद्धको जन्मस्थलबारे प्रश्न गर्दा धेरैले नेपाल बताएका थिए ।

त्यसरी नै कार्यक्रममा गुठी अस्ट्रेलियाका तर्फबाट महेन्द्र श्रेष्ठ, महिलाका तर्फबाट ईन्द्र वन र कार्यक्रमका संयोजक अरुण कुमार तमाङले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सन्चालन भिमसेन सापकोटाले गर्नु भएको थियो ।

2 Responses to “सिडनीमा २५५७ औं बुद्ध जयन्ती सम्पन्न”

  1. बिदेशमा बसि “नेपाल” र नेपालीको गौरब “गौतम बुद्ध” बारे प्रचार प्रसार गरि रहनु भएकोमा हार्दिक बधाई

  2. बिदेशमा बसि “नेपाल” र नेपालीको गौरब “गौतम बुद्ध” बारे प्रचार प्रसार गरि रहनु भएकोमा हार्दिक धन्यबाद !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: