Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

बिबिध कार्यक्रमका साथ मेलबर्नमा २५५७ औं बुद्ध जयन्ती

Posted by Ram Kumar Shrestha on May 27, 2013

5

अस्ट्रेलियाको मेलबर्नमा २५५७ औं बुद्ध जयन्ती बिभिन्न कार्यक्रमका साथ मनाइएको छ । लिन्ह सोन बुद्धिस्ट टेम्पलमा बिहान तमाङ सोसाइटीले आयोजना गरेको कार्यक्रम लामाको पूजापाठबाट शुरु गरिएको थियो ।

1

कार्यक्रममा मन्तब्य दिने क्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले २५५७ औं बुद्ध जयन्ती बुद्धले महापरिनिर्वाण प्राप्त गर्नु भएको बर्षलाई आधार मानेर मनाइएको हो भने कतै २६३७ औं बुद्ध जयन्ती देखिएको खण्डमा त्यो बुद्धको जन्म भएको बर्षलाई आधार बनाएर मनाइएको बुद्ध जयन्ती भएको बताउनु भयो । त्यस्तै कतै कतै २६०२ औं संबुद्ध जयन्ती देखिएमा त्यो बुद्धले ज्ञान प्राप्त गर्नु भएको बर्षलाई आधार बनाएर मानिएको जयन्ती भएकोले यी फरक फरक अंकहरु सबै सही हुन तर केलाई आधार बनाएर मानिएको भन्ने कुराले मात्रै फरक पारिएकोले कुन सही र कुन गलत भन्ने समस्यामा पर्न सक्ने संभाबनालाई ध्यान राखी जानकारी दिनु आबस्यक ठानेको बताउनु भयो । राष्ट्र संघको अन्तराष्ट्रिय न्यायालय हेगमा बुद्धको मूर्ति राख्ने अनुमति दिएकोले आगामी जुनको तेश्रो हप्ता ढाइ फिट अग्लो बुद्धको मूर्ति राखिने र बुद्ध जन्मस्थलबारे सिर्जित समस्याले विश्वब्यापी रुप लिएको सन्दर्भमा बुद्धको मूर्तिको साथमा बुद्ध नेपालमा जन्मनु भएको जानकारी समेत राखिने बताउनु भयो । त्यसरी नै अन्य देशकाहरुले बुद्ध जयन्ती जे जस्तो तबरले भब्यताका साथ मनाउने गरेका छन बुद्ध जन्मनु भएकै देशका हामीहरुले आ-आफ्नै किसिमले फरक फरक कार्यक्रम मनाउँदा प्रभाबकारी नहुने भएकोले आगामी बर्षदेखि सबै संस्थाहरुले संयुक्त रुपमा प्रभाबकारी किसिमले बुद्ध जयन्ती मनाइनु पर्ने कुरामा जोड दिनु भयो ।

4

भिक्टोरियाका अबैतनिक महाबाणिज्यदूत महामहिम चन्द्र योन्जनले अभियानले बुद्ध जन्मस्थल बिषयमा उठाएका मुद्धाहरुलाई सरकारका तर्फबाट गर्नु पर्ने कुनै पनि सहयोग गर्न आफू पछि नपर्ने बताउँदै आगामी बर्षदेखि सबैले संयुक्त रुपमा नै कार्यक्रम गर्दा बढी प्रभाबकारी पनि हुने र सबैलाई धेरै कुरा ब्यबस्थापनामा सहज पनि हुने भएकोले बेलैमा त्यस्को लागि पहल गर्न आग्रह गर्नु भयो । मन्तब्यकै क्रममा जोग लिम्बूले बुद्ध जन्मस्थल बिषयमा अभियानले बिस्वब्यापी रुपमा चालेको कदमलाई सबैले सक्दो सहयोग गर्नु पर्ने बताउनु भयो ।

प्रकाश मोक्तानको सभापतित्वमा साजन तमाङले उदघोषण गर्नु भएको सो कार्यक्रममा उषा कार्की धमला, अनुपम सायर र साजन तमाङले बुद्धसम्बन्धी कबिता बाचन् गर्नु भएको थियो ।

त्यसरी नै क्लिफ्टन हिल पार्क ब्रन्सविकमा तमु समाजद्धारा आयोजना गरिएको कार्यक्रम मादी गुरुङले सन्चालन गर्नु भएको थियो भने लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठ, नेपाली संचारका निर्देशक प्रमोद के सोनी र बिक्रम गुरुङले मन्तब्य राख्नु भएको थियो । पूजा आजाबाट शुरु गरिएको सो कार्यक्रममा बिभिन्न खेलहरु खेलाइनुका अतिरिक्त २५५७ औं बुद्ध जयन्तीको अबसरमा नेपाली संचार रेडियोद्धारा नेपाली संचारको ईतिहासमा पहिलो पटक आयोजना गरिएको २४ घण्टे बुद्ध र लुम्बिनी बिषयबस्तुमा मात्रै केन्द्रित कार्यक्रमको लागि उपस्थितमध्येबाट केहीलाई सहभागी गराइएको थियो ।

त्यसरी नै मेलबर्नको फेडेरेशन स्क्वायरमा किरात फेस्टिबल मनाइएको थियो भने बेण्डिगोको बुद्ध मन्दिरमा हजारौंको संख्यामा भक्तजनहरुको उपस्थिति थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: