Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

इजरायलमा २५५७ औं बुद्ध जयन्ती ऐतिहासिक रुपमा सम्पन्न

Posted by Ram Kumar Shrestha on May 27, 2013

1

तेलअबिब । इजरायलस्थित नेपाली समुदायसँगको समन्वयमा नेपाली राजदूतावासले तेलअविवमा २५५७ औं बुद्धजयन्ती मनाएको छ । सोही अबसरमा सगरमाथा आरोहरणको बाषिर्की र नेपालका पर्यटकीय क्षेत्रको प्रर्बद्धनबारे पनि चर्चा भएको थियो ।

2

बैदेशिक रोजगारीको सिलशिलामामा इजरायलमा रहेका नेपालीहरूले इजरायलमा नेपालीहरुको इतिहासमै पहिलो पटक भगवान गौतम वुद्धको उपदेशलाई चरितार्थ प्रस्तुत गर्दै एकतावद्ध भइ शान्तिका अग्रदुत एबं अहिंसाका प्रतिक भगवान गौतम बुद्धको २५५७ औं बुद्ध जयन्ती तथा सगरमाथाको चुचुरोमा पहिलो पटक मानव पाइला परेको ६० वर्ष पुगेको उपलक्ष्यमा आयोजना गरिएको सगरमाथा हिरक महोत्सव भव्य रुपमा मनाइएको छ । नेपाली राजदूतावास इजरायल र इजरायलमा रहेका विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा २५५७ औ वुद्ध जयन्ती तथा हिरक महोत्सव भव्य रुपमा मनाइएको हो ।

कार्यक्रमको उद्घाटन इजरायलका लागि नेपाली राजदूत प्रल्हादकुमार प्रसाईं, म्यानमारका राजदूत म्यो आई, श्रीलंकाका राजदूत सरथ देभासेना र थाई राजदूतावासका उपनियोग प्रमुख सुचार्ट लेङसेङथोङले संयुक्तरुपमा गर्नुभएको थियो ।

उक्त कार्यक्रमको शुरुवातमा प्रमुख लामा थुप्तेन तामाङ, लामा पेमा तामाङ, लामा नावाङ रेञ्जिन शेर्पा र फुर्निमा शेर्पाद्वारा वौद्ध धार्मिक विधि अनुसार भगवान वुद्धको पूजाआर्चना गरिएको थियो । इजरायलको आर्थिक राजधानीको रुपमा रहेको तेलअभिवको हाहगना मार्गस्थिती वेतवारवर हलमा राजदूत प्रल्हाद कुमार प्रसाईद्धारा सभापतित्व गरिएको उक्त कार्यक्रमको प्रारम्भमा इजरायलमा रहेका नेपाली समुदायहरुद्वारा गठन गरिएका विभिन्न संघ संस्थाका प्रतिनिधीहरुलाई आशन ग्रहण गराउदै पहिलो चरणको कार्यक्रमको सुभारम्भ गरिएको थियो । कार्यक्रम सहआयोजकको रुपमा रहेका ११ वटा संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुलाई विशेष रुपमा आशन ग्रहण गराइएको थियो । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल, नेपाल आदिवासी जनजाती महासंघ, लुम्विनी कपिलवस्तु दिवश अभियान इजरायल शाखा, तमु समाज, इजरायल, शेर्पा संघ इजरायल, नेपाल तामाङ समाज, इजरायल, नेपाली नारी आवाज इजरायल , अन्तराष्ट्रिय कलाकार मञ्च इजरायल, तामाङ घेदुङ इजरायल, नेवा खल इजरायल, किरात योयाख्खा सोसाइटी इन इजरायल गरी ११ वटा संघ संस्था सह आयोजकको रुपमा रहेका थिए ।

उल्लेख्य रुपमा नेपालीहरु तथा इजरायलमा रहेका विभिन्न मुलकका कुट्नितिक नियोगमा कार्यरत कुटनितिक नियोग प्रमुखहरू तथा सम्बन्धित निकायका प्रतिनिधिहरू, इजरायलमा रहेका पर्यटन व्यवसायीहरु, इजरायल सरकारका विशिष्ट अधिकारीहरु लगायत विशेष व्यक्तित्वहरुको समेत उपस्थिती रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य दिंदै समारोह व्यवस्थापन सदस्य युवराज राईले इजरायलमा पहिलो पटक नेपाली राजदूतावास र अन्य सामाजिक संघ संगठनहरुसँगको संयुक्त आयोजनामा ऐतिहासिक रुपमा वुद्ध जयन्ती मनाउदा ज्यादै हर्षित भएको वताउदै आगामी बर्षहरुमा पनि यसै गरी नेपाली राजदूतावाससँगको सहकार्यमा वुद्ध जयन्ती मनाउन पाइयोस् भन्ने सुभेच्छा प्रकट गर्नुभएको थियो ।

सभापतिको आसनबाट राजदूत प्रल्हाद कुमार प्रसाईले भगवान वुद्धको जन्मोत्सव तथा हिरक महोत्सव विषेश उक्त समारोहलाई विशेष महत्वकासाथ लिंदै कार्यक्रममा उपस्थित भएकोमा विभिन्न देशका कटुनितिक प्रमुखहरु, उपनियोग प्रमुख तथा काउन्सिलरहरु, कुटनितिक नियोगका कर्मचारीहरु लगायत कार्यक्रममा उपस्थित सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो । राजदूत प्रसाईले भगवान गौतम वुद्धको जन्मस्थल लुम्विनीको बारेमा प्रकाश पार्दै लुम्वीनी लगायत नेपालको अन्य स्थलहरुको पनि भ्रमण गर्न इजरायलीहरुलाई आग्रह गर्नुभएको थियो । मानव कल्याणको निम्ति दया र भक्ति भन्ने भगवान वुद्धको सन्देशमाथि जोड दिदै राजदूत प्रसाईले इतिहासको अन्य कालखण्डहरुमा भन्दा अहिले वुद्धको सन्देशहरु अत्यन्तै प्रसंगिक हुँदै गइरहेको बताउऩुभयो ।

नेपालको पर्यटकिय आकर्षणहरुको बारेमा जानकारी दिंदै उहाँले नेपाल युवाहरुकोलागि मात्र नभएर अन्य सबै उमेरकाहरुको लागि समेत चासोको ठाउँ भएको बताउनुभयो । राजदूत प्रसाईले त्यसका अलावा सगरमाथा हिरक महोत्सवको बारेमा संक्षिप्त रुपमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै इजरायलकालागि म्यानमारका राजदूत मायो वाए, श्रीलंकाका राजदूत सेरत डेभासिने वाजिङसिंगेल र थाइल्यान्डी राजदूतावासका उपनियोग प्रमुख तथा काउन्सिलर सुकार्त लिइङसेङ्ताङले वुद्ध जयन्तीको उपलक्ष्यमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

इजरायली सोसल नेटवर्क साइटका संचालक दानी एव्राहिम, जो नेपालका एक असल मित्र पनि हुन, ले नेपालका पर्यटकीय आर्कषणबारे पावरप्वाइन्ट प्रस्तुति गरेका थिए । इजरायलका पहिलो सगरमाथा आरोही डोरान अर्लले सगरमाथा आरोहणबारे अनुभव सुनाएका थिए ।

दोश्रो चरणको कार्यक्रम अन्तर्गत नेपाली राजदूतावास इजरालका सहचारी हरि प्रसाईले उपस्थितहरुमाझ विश्वको सर्वोच्च सिखर सगरमाथाको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो ।

नेपालको पर्यटन विकाशको निम्ती अत्यन्तै सान्दर्भिक मानिएको यस कार्यक्रममा उल्लेख्य विदेशीहरुको समेत उपस्थिती रहेकोले कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको थियो । पहिलो चरणको कार्यक्रम गैर आवासिय नेपाली सँघ राष्ट्रिय समन्वय परिषदका महासचिव दिपक वलीले नेपाली भाषामा संचालन गर्नुभएको थियो भने विदेशीहरुलाई समेत लक्षित गरी संचालन गरिएको दोश्रो चरणको कार्यक्रम नेपाली राजदूतावासकी द्धितिय सचिव रोशन खनालले अग्रेजी भाषामा संचालन गर्नुभएको थियो । उद्घोषणको क्रममा द्धितिय सचिव खनालले वुद्धको जीवन र भोगाईको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा इजरायलमा रहेका स्थानिय कलाकारहरुले नेपाली कला संस्कृति झल्किने खालका नृत्य तथा नेपाली गीतहरु प्रस्तूत गरेका थिए । कार्यक्रमको समापनसँगै उपस्थीतहरुलाई प्रसाद वितरण गरिएको थियो ।

सो अबसरमा अन्तराष्ट्रिय नेपालि कलाकार समाज, अन्तराष्ट्रिय कलाकार मंच लगायत मा आबद्द नेपालीहरु द्वारा बिभिन्न नेपाली सांस्कृतिक प्रस्तुतीहरु देखाएका थिए । दुतावासकी दृतीय सचिव रोशन खनाल गौतम बुद्धको जीवनबारे र दूतावासका सहचारी हरिप्रसाद प्रसाईंले सगरमाथाबारे जानकारी गराउनुभएको थियो ।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: