जर्मनमा २५५७औं बुद्ध जयन्ती विभिन्न कार्यक्रमका साथ
Posted by Ram Kumar Shrestha on May 29, 2013
एनआरएनए जर्मनी क्षेत्रिय समन्वय परिषद एनआरड्ब्लु र लुम्बिनी-कपिलवस्तु दिवस अभियान जर्मनीले संयुक्त रुपमा २५ मे २०१३का दिन जर्मनीको म्युनिस्टर शहरमा विभिन्न कार्यक्रमहरुका साथ २५५७ औं बुद्ध जयन्ती मनाए । उक्त कार्यक्रम एनआरएनए जर्मनी क्षेत्रिय समन्वय परिषद एनआरड्ब्लुका र लुम्बिनी-कपिलवस्तु दिवस अभियान जर्मनी क्षेत्रिय समितिका संयोजक शिखर खड्काको अध्यक्षतामा सम्पन्न भयो। एनआरएनए जर्मनीका उपाध्यक्ष कृष्ण प्रशाद गौतम, महिला प्रतिनिधि कमला (अमला) दाहाल , युवा प्रतिनिधि रण बहादुर साउद , एनआरएन ए जर्मनीका केन्द्रिय सदस्य तथा युरोपियन हिमालयन एसोसियसनका अध्यक्ष मान काजी नेपाली र एनआरएनए जर्मनी क्षेत्रिय समन्वय परिषद एनआरड्ब्लुका सचिव प्रकाश शर्मा लगायत बिशेष अतिथी हरुको उपस्थिती थियो। उपस्थिती अतिथीहरुले २५५७ औ बुद्ध जयन्तीको अवसरमा शुभकामना दिदै सिध्दार्थ गौतम बुद्ध नेपालको लुम्बिनीमा २५५७ बर्ष पहिले जन्मेका हुन भन्ने स्पस्ट पार्नु भयो।
यसै कार्क्रमका अध्यक्ष शिखर खड्काले विश्व शान्तिका अग्रदुत साथै प्रेमका प्रतिक गौतम बुद्धले प्रातिपादन गर्नु भएको मार्गदर्शनमा आधारित भइ आफू स्वमं तथा संपूर्ण प्राणी जगतले सुख एवं शान्तिमय जीवन यापन गर्न सकियोस भन्ने कामना गर्दै गौतम बुद्धको जन्मस्थानसम्बंधि विभिन्न देशका पाठ्यक्रम तथा म्युजियम र अन्य सर्बजानिक स्थानहरुमा भइरहेको भारतको भ्रमात्मक प्रचार-प्रसारहरुलाई सच्याउंदै लैजान रोक्नको लागि सिदार्थ गौतम बुद्ध नेपालमै जन्मिएका हुन यसमा कुनै शङ्खा छैन भन्ने बारेमा बिश्वभरी अझ धेरै जानकारी गराउनको लागि “बुद्ध को जन्मस्थल नेपाल हो” भन्ने मुल नाराका साथ २५५७ बुद्ध जयन्ती मनाएको जानकारी गराउनु भयो। लुम्बिनी कपिलबस्तु दिवस अभियानका अभियन्ता, समाजसेवि र यस कार्यक्रमका सन्चालक टन्क लम्सालले सिध्दार्थ गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन २५५७ औ बर्ष पहिले । हाम्रो छिमेकी राष्ट्रले नक्कली लुम्बिनी बनाएर विश्वलाई भ्रम पार्न लागेको हो ।
युनेस्कोको वर्ल्ड हेरिटेज साइट लिस्टमा बुद्ध जन्मस्थल भएका कारण लुम्बिनीलाई परेका छ, यो नेपाल मै पर्दछ। भन्नु भयो। यो कार्यक्रम लिट्टिल बुद्ध रेष्टुराको प्राङणमा आयोजना भएको थियो । उपस्थित सबै महानुभवहरुलाई खानाको ब्याबस्था लिट्टिल बुद्धले गरेको थियो। भगवान बुद्धको तस्बिर र मुर्तीमा माल्यरपर्ण गर्नुको साथै धुप बत्तीले पूजा आजा गरिएको थियो। बिदेशी अतिथिहरुलाई बुद्धको जन्मस्थलबारे भ्रम नपर्नको लागि जानकारी गराईेएको थियो । सबैको जानकारीको लागि दिनभर नै यो प्रकृया यथावत राखियो। एनआरएनए जर्मनीका अध्यक्ष पुष्प थापाले यस शुभ अवसरमा आफ्नो ब्यस्तताको कारणले उपस्थित हुन नपाएकोमा क्षमा प्रार्थी गर्दै २५५७ औ बुद्ध जयन्तीको शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभ कामना दिदै यस कार्यक्रमको सफलताको कामनाको सन्देश पठाउनु भएको थियो ।
Published links:
Leave a Reply