Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

नेपाली संचार जगतमा नयाँ रेकर्ड: बुद्ध र लुम्बिनीसम्बन्धी २४ घण्टे कार्यक्रम

Posted by Ram Kumar Shrestha on May 29, 2013

Nepali Sanchar record

बिस्वभरिका करोडौंद्धारा मनाइने बुद्ध जयन्तीमा बुद्धप्रतिको सम्मान, बुद्धका सन्देशहरुको प्रचार प्रसारका साथै सत्यको प्रतिरक्षाका लागि सत्यका पर्यायबाची बुद्धको जन्मस्थलको पनि प्रचार प्रसार गरी बर्षेनी झुक्केर वा झुक्याइएर बुद्ध जन्मस्थल जान चाहनेहरुलाई गलत ठाउँमा जानबाट पुग्ने वा पुर्याइने कामको अन्त्य गरी उनीहरुको मानबाधिकार रक्षाको लागि कार्य गरिनुलाई पनि बुद्ध जयन्तीको एउटा अभिन्न अंगको रुपमा लिइनु पर्ने हुन्छ यो समस्यालाई निस्तेज नपारियुन्जेलसम्म । यसैले लुम्बिनी-कपिलवस्तु दिवस अभियान शुरु भएपस्चात नेपाललाई बुद्ध जन्मनु भएको देशको रुपमा चिनाउने काम बुद्ध जयन्तीको अभिन्न अंग जस्तै बन्न पुगेको छ अधिकांश देशमा ।

Special

नेपाली संचार जगतमा २५५७ औं बुद्ध जयन्तीको पावन अबसर पारेर लुम्बिनी-कपिलवस्तु दिवस अभियानको उद्धेस्य प्राप्तीमा ऐक्यबद्धता जनाउँदै अस्ट्रेलियाको मेलबर्नबाट सन्चालित २४/७ रेडियोले लक्षित २४ घण्टे बुद्ध र लुम्बिनी बिषयमा मात्रै केन्द्रित भएर आयोजना गरेको कार्यक्रम सफलतापूर्बक सम्पन्न गरेको छ ।  कार्यक्रम मेलबर्न समय २४ मइको रातको १२ बजे शुरु गरेर २५ मइको रातको १२ बजे अन्त्य गरेको थियो ।

कार्यक्रममा सहभागी गराइएका बिभिन्न देशमा रहनु भएका बिशेष ब्यक्तिहरुमा इजरायलका लागि नेपाली राजदूत प्रल्हादकुमार प्रसाईं, अस्ट्रेलियाका न्यू साउथवेल्सका अबैतनिक महाबाणिज्य दूत दीपक खडका, अस्ट्रेलियाका भिक्टोरियाका अबैतनिक महाबाणिज्य दूत चन्द्र योन्जन, अस्ट्रेलियाका साउथ अस्ट्रेलियाका अबैतनिक महाबाणिज्य दूत दिपक धमला, लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठ,  सफल ब्यबसायी डा उपेन्द्र महतो, अभियानका विश्व कार्य समितिका जापान संयोजक एबं एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, अभियानका  विश्व कार्य समितिका सल्लाहकार एबं बरिस्ठ साहित्यकार डा कविताराम श्रेष्ठ, जन गायक एबं अभियानका सांस्कृतिक दूत जीवन शर्मा, नेप्लिज एसोशियसन भिक्टोरियाका उपाध्यक्ष डा महेश भण्डारी आदि हुनुहुन्थ्यो । कार्यक्रमको लागि नेपालबाट बिगेन तुलाधरले बाङेमुढा महाबिरका धमाओटी गुरुमा, आनन्दकुटीको भिक्षु कुन्दनी, २५५७ औं बुद्ध जयन्ती मूल समारोह संयोजक भान्ते आदिसंग कुराकानी गरी बिशेष रिपोर्ट पनि तयार गर्नु भएको थियो । कार्यक्रमभरी नै नक्कली लुम्बिनी बनाइनुका कारण, यस्ले सिर्जना गरेका समस्या, यस्को समाधानका उपाय आदिमा केन्द्रित भएर कुराकानी गरिएको थियो । समयाभाब र बिभिन्न देशको समय फरकका कारण देखा परेका बिभिध समस्याले गर्दा लिस्टमा पारिएका संपूर्ण ब्यक्तिहरुसंग कुराकानी गर्न असमर्थ हुनु परेको थियो ।

कार्यक्रमको अन्तिम करीब पन्ध्र मिनेट लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठसंग बिशेषत: समिक्षामा केन्द्रित भएर दोश्रो पटक कुराकानी गरिएको थियो । कुराकानीका क्रममा सीमित साधन र श्रोतका बाबजुद अभियानको उद्धेस्य प्राप्तीमा ऐक्यबद्धता दर्शाउँदै यसरी चुनौतिपूर्ण कार्यक्रम गरेकोमा ब्यक्तिगत रुपमा र अभियानका तर्फबाट नेपाली संचारको संपूर्ण टिमप्रति हार्दिक आभार ब्यक्त गर्नु भयो भने नेपाली संचार जगतमा यसरी नयाँ रेकर्ड कायम गरेकोमा हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा योभन्दा चुनौतिपूर्ण कामहरु गर्नमा समेत सफलता मिलोस भन्ने शुभ-कामना ब्यक्त गर्नु भयो ।

नेप्लिज एसोशियसन अफ भिक्टोरियाको एक्सेलेन्सी अवार्डमा भाषाको संस्कृति प्रबर्द्धनका लागि अवार्ड पाएको दुइ हप्ता पनि नबित्दै नेपाली संचार रेडियोले यसरी नेपाली संचार क्षेत्रमा अर्को कोसे ढुङ्गा पार गरेको हो । गत डिसेम्बर १ मा मेलबर्नमा चौथो लुम्बिनी-कपिलवस्तु दिवस मनाउने क्रममा अस्ट्रेलियाका भिक्टोरियाका अबैतनिक महाबाणिज्य दूत चन्द्र योन्जन र लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले नेपाली संचार रेडियोको संयुक्त रुपमा बिमोचन गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: