Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

लुम्बिनी कपिलवस्तु दिवस अभियान राष्ट्रिय समिति, नेपालको प्रेस विज्ञप्ती

Posted by Ram Kumar Shrestha on May 31, 2013

logoआज बैशाख पूर्णिमाको दिन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाण (मृत्यु) को तिथि परेकोले संसारभरिका करिब ५० करोडभन्दा बढी बौद्ध धर्माबलम्बीहरुले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिका साथ यस वर्षको २५५७ औं जन्म जयन्ती विभिन्न कार्यक्रमका साथ मनाईदैछ । यसै दिन बुद्धको जन्मस्थल लुम्बिनी, नेपाल, र ज्ञान प्राप्त गरेको स्थान बोधगया, धर्म प्रचार शुरु गरेको स्थान क्रृषिपत्तन र निर्वाण प्राप्त गरेको स्थान कुशीनगर भारतलाई चारधामका रुपमा मेला संचालन गर्दछन् । आधुनिक विज्ञानका विश्लेषकहरु बुद्धको उपदेशलाई धर्मको रूपमाभन्दा पनि समाज उन्नतिका लागि आवश्यक पर्ने मार्गदर्शनका रूपमा उपयोग गर्न पर्ने मान्यता राख्ने लाखौंको लागि पनि यो त्यतिकै महत्वपूर्ण दिन हो । त्यसैले बुद्धका उपदेशहरु दिनानुदिन सान्दभिक र विश्वव्यापी बन्दैछन् । यदि बुद्धका उपदेशलाई आत्मसात गर्न सकेमा विश्वमा सद्भाव र दिगो शान्तिको स्थापना गर्न सकिन्छ ।

बुद्धको जन्मस्थलबारे सम्राट अशोकले ई.पू. २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राम्ही लिपीमा पाली भाषामा लेखेको अशोक स्तम्भमा पत्तालागेको १०८ वर्ष पुगिसकेको छ । तत्कालीन कमाण्डर जनरल खड्ग शम्शेर राणाले सिकार खेल्न जाँदा सन् १८९६ मा लुम्बिनीमा उक्त स्तम्भ देखेकोमा पछि पुरातत्वविद डा. फुररको सहयोगमा पनि यस स्तम्भ पत्ता लागेपछि विश्वव्यापी रूपमा प्रचारप्रसार कार्य भयो । त्यस्तै गरेर युनेस्कोले पनि बुद्धको जन्मस्थान नेपाल हो भनी प्रमाणिकरण गरि सक्दा पनि विश्वव्यापी रूपमा यस बारे भ्रम छर्ने कार्य भइरहेको छ । किनकि बुद्धको विश्वव्यापी महत्वबाट लालायितहरुद्वारा सत्यका पर्यायबाची बुद्धको उन्कै नाममा असत्यको खेती गर्दै नाजायज फाईदा लिन बुद्धको जन्मस्थानको विषयमा सिर्जना गरिएको दिग्म्रमले विश्वव्यापी रुप लिएको वर्षेनी या त झुक्किएर वा झुक्याइएर बुद्धको जन्मस्थल भ्रमणमा जान चाहने हजारौँलाई गलत ठाउँमा लैजाने गरिन्छ । यसले उनीहरुको मानवअधिकार हनन् भइरहेको छ । यसको लागि लन्डनस्थित संग्रहालय, अनलाइन पत्रिका हफिंगटन पोष्ट, टिभी स्टेशनहरुको सन्जाल पिबिएस, न्युजवीकका पूव सम्पादक एवं सिएनएनका कार्यक्रम प्रस्तोता जाकारीयाजस्ता व्यक्ति तथा संघ संस्थाले बुद्धलाई भारतीय भनी उल्लेख गरिएको यथार्थताले बुद्धको जन्मस्थलबारे सिर्जित दिग्भ्रम विश्वव्यापी बनेको छ । कतिपय देशको पाठ्यपुस्तकहरूमा पनि यस्ता भ्रमहरू पाईन्छन् । तर दुर्भाग्य नै भनौं, राज्यका महत्वपूर्ण अंगहरुले यस्तो संवेदनशील विषयवस्तुलाई प्राथमिकतामा नपारिँदा युनेस्कोलेसमेत बुद्ध नेपालमा जन्मिएको कुरा प्रमाणित हुँदासमेत जनता अझै दिग्भ्रममा छन् । नेपालकै त्रिभुवन विश्वविद्यालयमा पनि यस्ता दिग्भ्रम हामीले पहिचान गरेकै थियौँ । यसको लागि सरकारी तवरबाट अग्रसरता लिएमा सहजै समाधान हुनसक्छ । उदाहरणको लागि कोरियाको तत्कालिन राजदूत कमलप्रसाद कोइरालाको पहलमा कोरियाको पाठ्यपुस्तकमा भएको गल्ति सच्याउने निर्णय कोरिया सरकारले गरिसकेको छ । यस कार्यमा अन्य देशका नेपाली राजदूतले पनि निरन्तरता दिन जरुरी छ ।

त्यसैले यस्ता भ्रम निवारणको लागि तथा लुम्बिनीको प्रचारप्रसार तथा उन्नति र प्रगतिको लागि पहल गर्न सन् २००९ मा विश्वव्यापी रूपमा एक सन्जाल स्थापन भइ निरन्तररूपमा आफ्ना कार्यक्रमहरु विश्वव्यापी बनाइरहेका छन्, जसमा विश्वव्यापी रुपमा हजारौँ अभियन्ताहरु निरन्तर लागि परेका छन् । यसले अनगिन्ति सफलताहरु हासिल गरिसकेको छ । यस अभियान सुरु भएपछि बुद्धजयन्ती मनाउने कार्यक्रमहरुमा विश्वव्यापीरुपमा बुद्ध नेपालमा जन्मनुभएको सन्देश सम्प्रेषण कार्यले प्राथमिकता पाउँदै पनि आएको छ।

यसै सिलसिलामा सन् २००९ देखि डा. फुरहरको सम्मान स्वरुप डिसेम्बर १ मा लुम्बिनी कपिलवस्तु दिवस मनाउने कार्य पनि गर्दै आएको छ । विगत वर्ष २०१० डिसेम्बरमा विश्व अभियानको आयोजनामा काठमाडौँमा यस पर्व मनाउने सिलसिलामा एक अन्तर्राष्ट्रिय अन्तक्रिया कार्यक्रम सम्पन्न गरी यसबाट निस्केका निस्कर्षसहितको प्रतिवेदन नेपाल सरकारको प्रधानमन्त्री कार्यालय र सम्बन्धित अन्य निकायहरुमा पनि कार्यान्वयनको लागि पेश गरिसकिएको छ । यसमा लुम्बिनी विकासका सम्भावना, चुनौतिहरु र समाधानका उपायहरु पनि स्पष्ठरुपले उल्लेख गरिएको छ । तर कार्यान्वयन पक्ष फितलो भइरहेको छ । त्यसैले सरकारले यसबारेमा गम्भीर भएर सोच्नु आवस्यकता छ ।

यसको अलावा विश्वभरि छरिएर रहेका बुद्धसम्बन्धी नेपाली सन्जालहरु गोलबद्ध भइ एकीकृतरुपमा कार्यक्रमहरु संचालन गर्न अपरिहार्य छ । यसको लागि अष्ट्रेलिया, इजरायल, जापानजस्ता देशहरुले उदाहरणीय रुप प्रस्तुत गरिसकेका छन् भने ताइवानले पनि विगतमा संयुक्तरुपमा मनाएको थियो ।

अन्तमा, आजको दिनमा गौतम बुद्धबाट मार्गनिदेर्शित शान्ति, मानवता र सेवाको सन्देशले नेपाल तथा विश्वको हित तथा समृद्धिमा लाग्न सबैमा प्रेरणा मिलोस् भनी कामना पनि गर्दछौं ।

डा. हरिकुमार श्रेष्ठ
संयोजक तथा अभियान परिवार
लुम्बिनी कपिलवस्तु दिवस अभियान, राष्ट्रिय समिति, नेपाल
जेठ ११, २०७०

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: