Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for June, 2013

नेदरल्याण्डको द हेगमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानको सत्रौं राष्ट्रिय समिति गठन

Posted by Ram Kumar Shrestha on June 27, 2013

Netherland National Committee

२४ जुन, २०१३ हेग, नेदरल्याण्ड, दामोदरप्रसाद आचार्य:  विश्वमा शान्तिका अग्रदुत र एसियाको प्रकाशको रुपमा परिचित गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा भएको विषयमा कतिपय देशका जनतामा रहेको भ्रम र पाठ्यपुस्तकहरुमा समेत रहेको गलत जानकारीहरुलाई सच्याउन प्रयास गर्ने उद्धेश्यका साथै छिमेकी मुलुक भारतले विहार राज्यको पिपरहवामा नक्कली लुम्बिनी कपिलवस्तुको निर्माण कार्य अन्तिम चरणमा पुर्याएर विश्वभर शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी कपिलवस्तु नेपालमा भएको शास्वत सत्यलाई दिग्भ्रमित बनाउदै गएको परिवेशमा लुम्बिनी-कपिलवस्तु दिवस अभियान (कपिलवस्तु दिवस अभियान) को सूत्रपात भएको हो ।

बुद्धकै जन्मस्थलका तर्फबाट अन्तराष्ट्रियस्तरमा सिर्जित दिग्भ्रम र दुष्प्रचारलाई निराकरण गरी बुद्धको जन्मस्थल नेपालमा रहेको सत्यलाई दृढताका साथ स्थापित गर्ने प्रयास गरेको अवस्था नदेखेपछि अन्तत: विदेशमा छरिएर रहेका नेपालीहरुले जनस्तरबाट सन् १ डिसेम्वर २००९ ईतिहासमा  पहिलो पटक कपिलवस्तु दिवसको नामबाट १ डिसेम्वरलाई विश्व दिवसको रुपमा विश्वभर बुद्धको जन्मस्थल नेपालमा रहेको तथ्यलाई स्थापित गर्न विभिन्न कार्यक्रम गरि मनाउने कार्यको थालनी भयो ।  Read the rest of this entry »

Advertisements

Posted in समाचार | Leave a Comment »

बुद्ध नेपालमा जन्मनु भएको प्रचार प्रसारमा कोरियाली गर्बान्वित

Posted by Ram Kumar Shrestha on June 26, 2013

Korea

हरि श्रेष्ठ, दक्षिण कोरिया – दक्षिण कोरियाको खाह्वादो स्थित जन्दोंग्सा गुम्बामा अन्तराष्ट्रिय बिबिध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

दक्षिण कोरियाको प्राचिन तथा एतिहासिक वास्तुकलाको नमुना बिहारको रुपमा परिचित जन्दोंग्सा गुम्बामा विश्वशान्ती पद यात्रा र बौद्ध प्रदर्शनी तथा बिभिन्न बिबिध सांस्कृतिक कार्यक्रम भएको छ । कोरियामा रहेका स्वोदशी तथा बिदेशी नागरिकहरुलाई लक्षित गर्दै गरिएको सो कार्यक्रममा नेपाल पनि रहेको थियो ।

Korea2

Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

अन्तर्राष्ट्रिय अदालतमा बुद्धको मूर्ति स्थापना (तस्विरसहित)

Posted by Ram Kumar Shrestha on June 25, 2013

सन्तोष न्यौपाने/उज्यालो । नेदरल्याण्ड, असार ११ – नेदरल्याण्डको हेगमा रहेको अन्तर्राष्ट्रिय अदालत भवनमा गौतम वुद्धको मुर्ति प्रतिस्थापन गरिएको छ ।

Buddha establishment

नेपाली दुतावास बेल्जियम र गैर आवासीय नेपाली संघ एनआरएनको सहयोगमा पिस प्यालेस भनेर चिनिने अन्तर्राष्ट्रिय न्यायालय भवनको तेश्रो तल्लामा २ दशमलव ५ फिट अग्लो गौतम वुद्धको मूर्ति प्रतिस्थापन गरिएको हो ।

मूर्तिको साथमा राखिएको प्लेटमा बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने विवरणसहित बुद्धको सन्देश कुँदिएको छ । वुद्धको मूर्ति राखिएको भवन १ सय वर्ष अघि निर्माण भएको हो । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Buddha gift to Julia Gillard by Nepalese Community

Posted by Ram Kumar Shrestha on June 21, 2013

Assistant Minister Hon David Bradbury, MP Hon Ms. Michelle Rowland, Primi Minister Rt. Hon. Julia Gillard, Ram Kumar Shrestha and Mahendra Lamsal

Assistant Minister Hon David Bradbury, MP Hon Ms. Michelle Rowland, Prime Minister Rt. Hon. Julia Gillard, Ram Kumar Shrestha and Mahendra Lamsal

Prime Minister Office, Canberra, Australia, 19th June, 2013 On behalf of the Nepalese community living in Australia Lumbini-Kapilvastu Day Movement Global Coordinator Ram Kumar Shrestha and Australia’s Sub-Continent Ministerial Consultative Committee Member Mahendra Lamsal jointly presented the gift of Buddha statue and peace wish letter to the Prime Minister of Australia Julia Gillard. While presenting the gift Mr. Shrestha and Mr. Lamsal said that Buddha was born in Lumbini, Nepal and, hence; Nepalese community decided to present Peace symbol Buddha statue wishing peace in Australia along with its prosperous development. Prime Minister Gillard thanked for the gift and wish letter and expressed her happiness to have opportunity to decorate her office with the peace symbol Buddha. Immediately after the program Prime Minister Julia Gillard garnished her office show case by the Buddha statue presented by the Nepalese community.

Julia_Program

  Read the rest of this entry »

Posted in News | Tagged: , , , , , , , | 4 Comments »

How’s Buddhism spreading in Africa?

Posted by Ram Kumar Shrestha on June 15, 2013

By Rev. ILukpitiye Pannasekara Nayaka Thero

Buddhism came to other countries few years ago by different Buddhist teachers from different countries. They have established it properly and continue up to now.

But, very recently it came to Africa not more than 100 years history of Buddhism. It is very new, but, many countries like as Tanzania, Botswana, Kenya, Uganda, Malawi and South Africa have many Buddhist temples, organizations, centers and academic studies. Therefore after looking way back we can have some happy progress in future.

Among those countries Tanzania, Botswana, Kenya, Uganda and Malawi have one Buddhist temple in each country.
But, South Africa is having more Buddhist centers, temples and organizations which teach different kinds of Buddhist practices.

Especially University of South Africa (UNISA) (www.unisa.ac.za) is having some Buddhist studies up to Doctorate Degree studies under the religious studies. And also at University of Botswana (www.ub.bw) teach distance and internal Buddhist studies. Therefore it is better to open our Buddhist view about Buddhism in Africa. Read the rest of this entry »

Posted in Article | Tagged: , , , , | 1 Comment »

नेपाली शान्ति पदयात्रीलाइ नागोयामा सम्मान

Posted by Ram Kumar Shrestha on June 12, 2013

११ जुन, नागोया । बुद्ध नेपालमा जन्मेका हुन भन्ने सन्देश सहित विश्व शान्ति यात्रामा निस्किएका ३ जना यात्रीहरुलाई मंगलबार नागोयामा स्वागत एबम् सम्मान गरिएको छ ।

‘वल्ड पिस टुर ,पीस इन वर्ल्ड’ भन्ने नाराका साथ वुद्धको मूर्तिसहित जापान आएका क्याराभान ब्रोकाष्टिङका सदस्यहरु म्याग्दीका बिनोद शर्मा, चितवनका सरोज अर्याल र हंगकंगबाट यात्रामा संलग्न भएका बध्यवादक हरि श्रेष्ठलाइ नागोयाको नोनामीस्थित तोकुरिन्जु जिनज्यामा एनआरएन जापान तोकाईहोकुरिकुले एक कार्यक्रमको आयोजना गरि स्वागत एबम सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

एनआरएन जापान तोकाई होकुरिकुका सल्लाहकार मोहन खत्रीले यात्रीहरुलाई खादा ओढाई स्वागत एबम यात्राको पूर्ण सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रममा एनआरएन जापानका उपाध्यक्ष डिलाराम खरेल, सदस्य केशर गिरि, सल्लाहकार पारसमणि पोखरेल, लगाएतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

nagoya-preace-rally1कार्यक्रममा यात्राको सफलताको शुभकामना दिँदै सहयोग स्वरूप २० हजार जापानिज येन प्रदान गरिएको थियो । कार्यक्रम सँस्थाका कार्यबाहक संयोजक बिष्णुप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो ।

शान्ति यात्राका यात्री मध्येका एक सरोज अर्यालले आफुहरुले यात्रा गर्ने देशहरुमा सकेसम्म पिस मार्च गर्ने लक्ष्य राखिएको र त्यसमा पनि जापानिजहरु माझ अझ बिशेष रुपले पिस मार्च गर्न चाहेको बताए । जापानस्थित विभिन्न संघसँस्थाले सहयोग गरेता पनि पिस मार्च गर्ने उदेश्य पुरा हुन नसकेकोले आफुहरु १४ तारिकसम्म जापान रहने हुनाले अझै सकिन्छ भने पिस मार्चको व्यवस्थापन गरिदिन यहाँका संघ सँस्थालाई अनुरोध गरेका छन् । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

बुद्धकै देशमा बुद्धप्रतिको श्रृंखलाबद्ध बेवास्ता र अनादर?

Posted by Ram Kumar Shrestha on June 11, 2013

बौद्ध गुम्बा अथवा बौद्धमार्गीहरुमाथि संसारको कुनै पनि कुनामा हुने आक्रमण स्थानीय समस्याको रुपमा सीमित नहुने बर्तमान बिस्व सन्दर्भमा लुम्बिनीको बिकासमा झन्डै साँढे चार दशक बिभिन्न अन्तराष्ट्रिय ब्यक्ति र संस्थाहरु अथकित तवरबाट लागिपर्दा पनि बुद्धकै देशका तर्फबाट भने खासै चासो नदर्शाइनुले नतमस्तक हुनु पर्ने अवस्था सिर्जना भैरहेकोमा सुर्खेतको  दु:खद घटनाले विश्वको सामू अझै नतमस्तक हुनु पर्ने अवस्था सिर्जना गरिदिएको छ । हामीले पस्किने आदर्शहरु र स्पष्टिकरणहरु मात्रै व्याबहारिक रुपमा हाम्रो नतमस्तकको औषधी बन्न नसक्ने भैसकेको छ ।

रामकुमार श्रेष्ठ

Ramराष्ट्र संघका तात्कालिन महासचिब ऊ थान्त १९६७ मा लुम्बिनी भ्रमण गरेपस्चात १९७० मा राष्ट्र संघमा एउटा अन्तराष्ट्रिय समिति गठन गराए र संयुक्त राष्ट्र बिकास कार्यक्रमले जापानी आर्किटेक्ट प्रो। केन्जो टाङेलाई लुम्बिनिको बिकासको विस्तृत कार्य योजना बनाउन लगायो जुन १९७८ मा तयार भएको थियो १९८५ मा संपन्न गरिने लक्ष अनुरुप, तर साँढे तीन दशक बितिसक्ता पनि त्यस्ले पूर्णता नपाउँदै प्रो योङ हून क्वाकद्धारा अझ ठूलो गुरु योजना बनाउने काम संपन्न भैसकेको छ । १९८१ मा राष्ट्र संघका अर्का महासचिब कुर्त वाल्डहेइमले लुम्बिनीको भ्रमण गरे भने १९८९ मा अर्का महासचिब जाभियर पेरेज डे केलारले । १९९७ मा युनेस्कोले लुम्बिनीलाई बिस्व संपदा सूचिमा पर्यो । १९९८ मा बिस्व बुद्धिस्ट भेलाले लुम्बिनीलाई “Fountain of World Peace” घोषणा गर्योा भने १९९९ मा राष्ट्र संघले प्रो क्वाकलाई “Fountain of World Peace”  अबधारणानुरुप लुम्बिनी बिकास कार्य योजना तयार गर्ने जिम्मा दियो । २००४ को बिस्व बुद्धिस्ट भेलाले लुम्बिनीलाई “बिस्व शान्ति शहर” को रुपमा घोषणा गरे । २००८ मा राष्ट्र संघका बर्तमान महासचिब बान्की मूनले लुम्बिनीको भ्रमण गरे भने २०१२ मा उन्को दोश्रो नेपाल भ्रमणको तयारीलाई बिस्व जनमानसलाई आस्चर्य चकित तुल्याउँदै केही नेपालीद्धारा नै तुहाउने काम भयो । २००९ मा श्रीलंकाका रास्ट्रपति महिन्दा राजापाक्सले नेपाल भ्रमण गर्दा औपचारिक भ्रमण शुरु गर्नु अघि बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणलाई प्राथमिकतामा पारे । त्यसरी नै बहुचर्चित एपेक र युनिडो आफ्नै किसिमले कृयाशिल छन लुम्बिनी बिकासको लागि । यसरी अन्तराष्ट्रिय स्तरका संस्थाहरु र ब्यक्तिहरु करोडौंका आस्थाका केन्द्र शान्तिका अग्रदूत बुद्धको जन्मस्थल लुम्बिनी बिकासमा उच्च प्राथमिकताका साथ निरन्तर लागिरहँदा बुद्धकै देशका नेपाली भने अरुले गरेका सहयोग कार्यन्वयनलाई समेत प्राथमिकतामा पार्न नसक्ने, आफूले पनि केही नगर्ने र अरुले केही गर्न लाग्दा समेत उल्टो बिभिन्न बहानामा ब्यबधान र भ्रम सिर्जना गर्ने गरेर नेपालको लुम्बिनी बिकासलाई पूर्णता दिन नचाहनेहरुको सपनालाई साकार पार्ने कामले गर्दा बिस्वब्यापी महत्वका बुद्धको देशका भनेर गर्ब गर्न सकिन्छ बिदेशमा भन्ने मानसिकता कतै नतमस्तक हुनुपर्ने अवस्थामा परिणत हुने त होइन भन्ने चिन्ता देखिन थालेको छ धेरैमा आजकाल । Read the rest of this entry »

Posted in लेख / रचना | 1 Comment »

Three year old kid explains why he doesn´t want to eat meat

Posted by Ram Kumar Shrestha on June 11, 2013

Buddhists see the problem of war as a karmic one; the solution is seen as the practicing and teaching of correct ethical behavior. Good deeds lead to good consequences, bad deeds to bad. If we are encouraging war, how can we get a peaceful world? The most fundamental moral precept in Buddhist teaching is to respect for life and the prohibition against taking life. The taking of life not only covers human life but all sentient beings. If we end killing, the world will definitely be at peace. Writing in Physics World, Calvert calculates that the animals we eat emit 21% of all the carbon dioxide that can be attributed to human activity. This suggests that if the whole world becomes vegetarian, the global warming problem will be minimized a lot. Consumption of a vegetarian food can contribute to more peace minded citizens in the world. Peace or war, therefore, is our decision. This kid knows the problem, but we not.

Posted in Visual | 1 Comment »

काँक्रेविहार आफ्नो सही नामको खोजीमा छ

Posted by Ram Kumar Shrestha on June 8, 2013

डा. कविताराम श्रेष्ठ

dr-kavitaram-shrestha-233x300[कांक्रे बिहारको सम्बन्धमा अहिले सिर्जित अनाबस्यक बिबादबारे धेरै अनभिज्ञ छन र यस्को महत्वबारे पनि । तसर्थ यसै सन्दर्भमा लेखिएको लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व कार्य समितिका सल्लाहकार एबं बरिस्ठ साहित्यकार डा कबिताराम श्रेष्ठको यो आलेख जानकारीको लागि प्रकाशित गरिएको छ जुना ‘के किन भनियो ?’ भन्ने उहाँको पुस्तकमा प्रकाशित छ । यस पुस्तकको लागि उहाँले ‘नेपाल कल्चर सेन्टर’ लन्डनबाट ‘इन्नोभेटिव अन्तराष्ट्रिय अवार्ड’ २००८ मा पाउनु भएको थियो – सं]

सुर्खेत आउँदा थाहा थिएन कि याहाँ विरेन्द्रनगरको किनारैमा काँक्रेविहार जस्तो ऐतिहासिक साँस्कृतिक दृष्टिकोणले महत्वपूर्ण जीउँदो भग्नावशेष पनि छ । जीउँदो यस कारणले कि यो भग्नावशेष जस्तो मात्र नदेखिई भग्नअवस्थाको कुनै निर्माण जस्तो मात्र देखिन्छ जसलाई सजिलै पुनद्र्धार गर्न सकिन्छ । यसमा प्रयोग भएका मुर्तिहरू तथा कलाकृतिहरूले यो निर्माण बौद्धसम्प्रदायको थियो भन्ने सम्म स्पष्ट हुन्छ । तर यो विहार थियो वा मन्दिर, स्पष्ट हुँदैन । नाम भने विहार मानेर दिइएको छ – काँक्रेविहार । तर विडम्बना यो छ कि यो के थियो ? कसले बनायो ? कहिले बनायो ? किन बनायो ? कसैलाई थाहा छैन । तीन किलोमिटरकै दुरीमा रहेको पुरातत्व विभागको क्षत्रीय संग्रहालयलाई समेत थाहा छैन । यो नाम नै नितान्त नयाँ प्रतित हुन्छ । यी सवैको विश्लेषण प्राप्त लोकोक्तिहरू इतिहास तथा ऐतिहासिक सामाग्रीहरूको आधारमा निम्नानुसार गरिन्छ ।

मलाई यसबारे पहिलोचोटि बताउने व्यक्तिबाट सुन्दा लागेको थियो – त्यहाँ कुनै मध्यकालीन दुर्ग हुनसक्थ्यो जसलाई साधरणतः कुनै पुरानो दरवारको भग्नावशेष भन्ने गरिन्छ । तर त्यहाँ पुगेपछि म त पुरै आश्चर्यचकित नै भएं । त्यस्तो दुर्ग भनिनसक्ने खण्डहर रहेन छ त्यो । कुनै एक भव्य निर्माणको लागि प्रयोग भएका कलापूर्ण ढंगमा कुँदिएका ठूलाठूला ढुंगाका ब्लकहरू (टुक्राहरू) एकै ठाउँ थुप्रिएर रहेका रहेछन् त्याहाँ । ती ब्लकहरूमा खम्बा, तोरण, गजुर, दलिन, पेटी आदिका छेउ, टुप्पा, फेद, र बीचबीचका भागहरू स्पष्टै चिनिने देखिन्छन् । बनौटको कारणले पनि यो याहाँको भाग हो भनेर चिन्न सकिने । कुनैपनि भागलाई सकेसम्म एउटै ढुंगाको प्रयोग भएको । चेप्टै हुनुपर्ने सामग्री बाहेक लम्बा चौडा हुनपर्ने सामग्रीहरूका चौडाई र उचाई ३/४ फिटका छन् भने लम्बाई पनि ३/४ फिटदेखि १२ फिटसम्मका देखिन्छन् । हरेक भाग कलात्मक तथा आकर्षक ढंगले कुँदिएका देखिन्छन् ।

Kakre Bihar
Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

बुद्धको नाममा विवाद !! किन भयो यस्तो !!

Posted by Ram Kumar Shrestha on June 2, 2013

सुर्खेत- २५५७ औँ बुद्धजयन्तीको अवसरमा बुद्धमार्गीले सुर्खेतको काँक्रेविहारमा बुद्धमूर्ति राख्न खोज्दा स्थानीय प्रशासनले हस्तक्षेप गर्यो। झडपमा चार प्रहरी र १७ बुद्धमार्गी घाइते भए। प्रहरी हस्तक्षेपका बाबजुद काँक्रेविहार परिसरको पिपलचौतारीमा राखिएको बुद्धको १७ फिट अग्लो मूर्ति प्रहरीले सोही दिन नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पुर्याीयो। जवाफमा आदिवासी तथा जनजाति महासंघले अनिश्चितकालीन सुर्खेत बन्द आह्वान गर्योह।धार्मिक तथा पुरातात्विक महत्वको काँक्रेविहारमा शान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति राख्न खोज्दा किन अशान्ति विक्रमको बाह्रौँ/तेह्रौँ सताब्दीमा बनेको विश्वास गरिने भग्नावशेष काँक्रेविहारको २०५७ सालमा पुरातत्व विभागले उत्खनन् गरेपछि धर्मको नाममा विवाद बढेको हो। उत्खननपछि पुरातत्व विभागले काँक्रेविहारमा शिखरशैलीको मन्दिर भएको निश्कर्ष निकाल्दै त्यहाँ पुरानै ढाँचामा मन्दिर निर्माणको निर्णय गर्यो। तर, विभागको उक्त निर्णयमा बुद्धमार्गीहरु सहमत हुन सकेनन्। भग्नावशेषमा भेटिएका करिब ८० प्रतिशत मूर्ति, शिला र प्रस्तरहरु बुद्धसँग सम्वन्धित रहेकाले त्यहाँ विहार निर्माण गरिनुपर्ने उनीहरुको तर्क थियो। विभागले भने शिखरशैलीको ६५ फिट अग्लो मन्दिरको नक्सासमेत बनाएर २०६१ मंसिरदेखि निर्माण सुरु गर्योथ। बौद्ध धर्मालम्बीहरुको संस्था धर्मोदय सभा र बौद्धगुम्बा निर्माण तथा संरक्षण समितिले मन्दिर निर्माणको विरोध गर्दै काममा अवरोध खडा गरेका थिए।

करिब एक दशकअघि रोपिएको विवादको त्यही बीउ अहिले द्वन्द्वको कारण बनेको छ। आर्थिक अभावले भग्नावशेष क्षेत्रमा मन्दिर निर्माणकार्य अलपत्र भइरहँदा बुद्धमार्गीले भने त्यसको बाहिर बुद्धको विशाल मूर्ति राख्ने योजना तय गरे। यसको लागि बौद्धगुम्बा निर्माण तथा संरक्षण समितिको अगुवाइमा स्थानीय लाटीकोइली गाउँ विकास समिति र सुर्खेत जिल्ला विकास समितिसँग स्वीकृतिको लागि सिफारिस मागियो। त्यही सिफारिसको आधारमा समितिले जिल्ला प्रशासन कार्यालयसँग बुद्धमूर्ति स्थापनाको लागि अनुमति माग्यो। प्रशासनले पुरातत्व विभागको समेत परामर्श लिई २०६४ फागुन १२ गते उक्त स्थानमा बुद्धमूर्ति राख्नको लागि समितिलाई अनुमति दियो। पुरातत्व विभागको स्मारक संरक्षण शाखाले २०६४ भदौ १२ गते उक्त स्थानमा बुद्धको मूर्ति स्थापना गर्न सहमतिपत्र पठाएको थियो। स्थानीय प्रशासनले आवास तथा सहरी विभाग डिभिजन कार्यालयबाट प्रमाणित नक्साअनुसार बुद्धमूर्ति स्थापना गर्न सहमति दिएको थियो। Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

HUYEN SANG’S TRAVEL TO LUMBINI: A DESCRIPTION

Posted by Ram Kumar Shrestha on June 1, 2013

greater-lumbini

To the north-east of the arrow well about 80-90 li, we came to Lumbini (Lavani) garden.  Here is the bathing tank of the Sakyas, the water of which is bright and clear as a mirror, and the surface covered with a mixture of flowers.

To the north of this 24 or 25 paces there is an Asoka-flower tree, which is now decayed: this is the place where Bodhisattva was born on the eighth day of the second half of the same month, corresponding to the fifteenth day of the third month with us.  East from this is a stupa built by Asoka-raja, on the spot where the two dragons bathed the body of the prince.  When Bodhisattva was born, he walked without assistance in the direction of the four quarters, seven paces in each direction, and said, “I am the only lord in heaven and earth; from this time forth my births are finished.“  Where his feet had trod there sprang up great lotus flowers.  Moreover, two dragons sprang forth, and, fixed in the air, poured down the one a cold and the other a warm water stream from his mouth, to wash the prince.  Read the rest of this entry »

Posted in Miscellaneous | Tagged: , , , , , | Leave a Comment »

 
%d bloggers like this: