Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

नेपाली शान्ति पदयात्रीलाइ नागोयामा सम्मान

Posted by Ram Kumar Shrestha on June 12, 2013

११ जुन, नागोया । बुद्ध नेपालमा जन्मेका हुन भन्ने सन्देश सहित विश्व शान्ति यात्रामा निस्किएका ३ जना यात्रीहरुलाई मंगलबार नागोयामा स्वागत एबम् सम्मान गरिएको छ ।

‘वल्ड पिस टुर ,पीस इन वर्ल्ड’ भन्ने नाराका साथ वुद्धको मूर्तिसहित जापान आएका क्याराभान ब्रोकाष्टिङका सदस्यहरु म्याग्दीका बिनोद शर्मा, चितवनका सरोज अर्याल र हंगकंगबाट यात्रामा संलग्न भएका बध्यवादक हरि श्रेष्ठलाइ नागोयाको नोनामीस्थित तोकुरिन्जु जिनज्यामा एनआरएन जापान तोकाईहोकुरिकुले एक कार्यक्रमको आयोजना गरि स्वागत एबम सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

एनआरएन जापान तोकाई होकुरिकुका सल्लाहकार मोहन खत्रीले यात्रीहरुलाई खादा ओढाई स्वागत एबम यात्राको पूर्ण सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रममा एनआरएन जापानका उपाध्यक्ष डिलाराम खरेल, सदस्य केशर गिरि, सल्लाहकार पारसमणि पोखरेल, लगाएतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

nagoya-preace-rally1कार्यक्रममा यात्राको सफलताको शुभकामना दिँदै सहयोग स्वरूप २० हजार जापानिज येन प्रदान गरिएको थियो । कार्यक्रम सँस्थाका कार्यबाहक संयोजक बिष्णुप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो ।

शान्ति यात्राका यात्री मध्येका एक सरोज अर्यालले आफुहरुले यात्रा गर्ने देशहरुमा सकेसम्म पिस मार्च गर्ने लक्ष्य राखिएको र त्यसमा पनि जापानिजहरु माझ अझ बिशेष रुपले पिस मार्च गर्न चाहेको बताए । जापानस्थित विभिन्न संघसँस्थाले सहयोग गरेता पनि पिस मार्च गर्ने उदेश्य पुरा हुन नसकेकोले आफुहरु १४ तारिकसम्म जापान रहने हुनाले अझै सकिन्छ भने पिस मार्चको व्यवस्थापन गरिदिन यहाँका संघ सँस्थालाई अनुरोध गरेका छन् ।

nagoya-preace-rally2

nagoya-preace-rally3

nagoya-preace-rally4

nagoya-preace-rally5

nagoya-preace-rally6

नेपालबाट आउने नेताहरुलाई स्वागत र सत्कार गर्न अग्रसर हुने नेपाली दुतावासले शान्ति यात्रीहरुलाई बेवास्ता गरेको  गुनासो सुनाएका छन् | उनीहरुका अनुसार अन्य देश्हरुमा त्यहाँस्थित नेपाली दुतावास आफै अग्रसरता लिई कार्यक्रम गर्ने हाम्रो भिसाको प्रक्रियालाई सहज बनाइदिने अझ हंगकंगमा त दुतावासले भिसाको लाग्ने शुल्क समेत सहयोग गरेको सुनाउँदै जापानस्थित नेपाली दूतावासले कुनै वास्ता नगरेको गुनासो गरेका छन् ।

उक्त यात्राको लागि हंगकंगस्थित त्यहाको एनआरएन र बुद्द आमा समूहले आफुहरुको टिकट खर्च सहयोग गरेको सुनाउँदै जापानमा पनि विभिन्न सँस्थाहरुले सहयोग गर्ने क्रमसंगै एन आर एन जापा ले पनि कोरियासम्मको टिकटको व्यवस्था गरिदिने अवाश्वसन पाएको बताएका छन् | यात्रीहरु १५ तारिक कोरिया हुँदै अष्टेलिया जाने छन् |

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: