Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

अन्तर्राष्ट्रिय अदालतमा बुद्धको मूर्ति स्थापना (तस्विरसहित)

Posted by Ram Kumar Shrestha on June 25, 2013

सन्तोष न्यौपाने/उज्यालो । नेदरल्याण्ड, असार ११ – नेदरल्याण्डको हेगमा रहेको अन्तर्राष्ट्रिय अदालत भवनमा गौतम वुद्धको मुर्ति प्रतिस्थापन गरिएको छ ।

Buddha establishment

नेपाली दुतावास बेल्जियम र गैर आवासीय नेपाली संघ एनआरएनको सहयोगमा पिस प्यालेस भनेर चिनिने अन्तर्राष्ट्रिय न्यायालय भवनको तेश्रो तल्लामा २ दशमलव ५ फिट अग्लो गौतम वुद्धको मूर्ति प्रतिस्थापन गरिएको हो ।

मूर्तिको साथमा राखिएको प्लेटमा बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने विवरणसहित बुद्धको सन्देश कुँदिएको छ । वुद्धको मूर्ति राखिएको भवन १ सय वर्ष अघि निर्माण भएको हो ।

Buddha banner

बुद्धको मूर्ति स्थापनाको लागि एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदले वेलायतमा बस्दै आएका गैरआवासीय नेपाली सुरेन्द्र श्रेष्ठको संयोजकत्वमा एउटा समिति गठन गरेको थियो । समितिको पहलमा एनआरएनले गत बैशाखमा बुद्धको मूर्ति राख्ने अनुमति पाएको थियो ।

बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेल, समितिका संयोजक श्रेष्ठ, इन्टरनेशनल क्रिमिनल कोर्ट अफ जष्टिस्का रजिष्टार फिलिप डि कोभरिअर, लुम्बिनी  कपिलवस्तु अभियानका यूरोप सल्लाहकार दामोदर आचर्यलगायत एनआरएन प्रतिनिधिहरुको उपस्थिती थियो ।

बुद्धको मूर्ति राखिएको भवनभित्र पिस प्यालेस लाइब्रेरी, हेग एकेडेमी अफ इन्टरनेशनल लगायत रहेकाले त्यहाँ वर्षेनी लाखौं पर्यटक र विद्यार्थीले भ्रमण गर्छन ।

प्रतिमा राख्न लुम्बिनी-कपिलबस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ र सल्लाहकार डा. कविताराम श्रेष्ठले पनि सहयोग गरेको एनआरएनले जनाएको छ । यो अदालतमा भारतका महात्मा गान्धी, जबहरलाल नेहरु, दक्षिण अफ्रिकाका नेता नेल्सन मण्डेलाका प्रतिमासहित विश्वका अधिकांश देशले दिएका उपहारहरु पनि राखिएका छन ।

बुद्धको मुर्ति स्थापनाका केही तस्बिरहरु । तस्बिर: सन्तोष न्यौपाने/उज्यालो

 @http://ujyaaloonline.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: