Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

लुम्बिनी बौद्ध परिक्रमा सडक प्रस्ताब

Posted by Ram Kumar Shrestha on September 18, 2013

Lumbini_cartoसडक विभागले रुपन्देही, कपिलबस्तु र नवलपरासी जिल्लामा दुईवटा सडक निर्माण प्रस्ताव गरेको छ ।

सडक सुधार आयोजना अन्तर्गत रुपन्देही र कपिलबस्तु छुनेगरी एक र नवलपरासीमा मात्र पर्ने गरी एउटा सडक निर्माण प्रस्ताव गरिएको हो ।

रुपन्देहीको महेन्द्र राजमार्ग अन्तर्गत शीत्तलनगर बजारबाट सुरु भएर कपिलबस्तुको जयनगर गाविसको गोरुसिङगे बजारमा पुगेर अन्त हुनेगरी लुम्बिनी बौद्ध परिक्रमा सडक प्रस्ताव गरिएको छ ।

यो सडकको लम्बाई ९० किलोमिटर हुनेछ । यस्तै विभागले नवलपरासीको बाढीपीडित चोकबाट सुरु भई त्रिवेणी सुस्ता बजारमा पुगेर अन्त हुने बर्दघाट – पालडाडा – त्रिवेणी सडक पनि प्रस्ताव गरेको छ । यो सडकको लम्बाई २० किलोमिटर हुनेछ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्र्तगतको सडक सुधार आयोजनाले यी दुई सडक सहित मुलुकका अन्य भागमा नौं वटा सडक प्रस्ताव गरेको हो । प्रस्तावित सडकमध्ये लुम्बिनी बौद्ध परिक्रमा सडक सबैभन्दा लामो छ ।

लुम्बिनी बौद्ध परिक्रमा सडक शीत्तलनगरबाट सुरु भएर देवदह, मक्रहर, करहिया, आनन्दवन, फर्साटिकर, मानपकडी, मानमटेरिया, सूर्यपुरा, विसुनपुरा, एकला, तेनुहवा गाविस हुदै कपिलबस्तुको गोरुसिङगे पुग्नेछ ।

यो सडकले कपिलबस्तुका लवनी, बासखोर, पकडी, डुमरा, धरमपनिया, दोहनी, गोटिहवा, तौलिहवा, तिलौराकोट, धन्कौली, जयनगर गाविसलाई छुनेछ ।

बुद्ध सकिर्टको अवधारणा अनुसार यो सडक बनाउन लागिएको हो । सडक विभागले यो सहितका अन्य प्रस्तावित नौं वटै सडक ३० मीटरको बनाउने प्रस्ताव गरेको छ ।

लुम्बिनी बौद्ध परिक्रमा सडक शीत्तलनगरबाट देवदह मार्गहुदै मणिग्राम पुगेर फर्साटिकर हुदै लुम्बिनीबाट कपिलबस्तु पुग्नेछ । यो सडकले बुद्धसंग सम्बन्धित महत्वपूर्ण स्थानलाई जोड्ने लक्ष्य लिएको छ ।

रुपन्देहीको देवदह बुद्धको मावली स्थान, लुम्बिनी जन्मस्थान र तौलिहवा शाक्यमुनि दरबार हो । यस्तै बर्दघाट–पालडाडा – त्रिवेणी सडकले जिल्लाका माकर, दाउन्नेदेवी, रुपौंलिया र त्रिवेणी सुस्ता गाविसका विभिन्न भागलाई छुनेछ ।

सडक सुधार आयोजनाले प्रस्तावित सडकको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) का लागि सुचना निकालेर काम अघि बढाइएको जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: